मैले अस्वीकार गरेको भारतीय चासो प्रचण्डले स्वीकारेः कमल थापा अनलाइनखबर १६ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले अस्वीकार गरेको भारतीय प्रस्ताव प्रधानमन्त्री प्रचण्डले मानेको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा जारी भएको २५ बुँदे वक्तव्य आपत्तिजनक र अनुपयुक्त रहेको बताए । पार्टीका दिवंगत नेता चन्द्रबहादुर गुरुङको वार्षिक पुण्य तिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्व परराष्टमन्त्री समेत रहेका थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा भारतीय पक्षले यही विषय प्रवेश गराउन चाहेको तर, नेपालले अस्वीकार गरेको बताए । उनले भने, भारत छोड्ने बेलामा मैले नै विदेशमन्त्री सुष्मा स्वराजलार्इ टेलिफोन गरेर यो विषय दुई देशका साझा एजेन्डाको रुपमा मान्न तयार छैनौं, यो संयुक्त वक्तव्यको अंश बन्न नसक्ने अवगत गराएको हुँ। तर, अहिले त्यहि विषयमा समझदारी बन्नु राष्ट्रका लागि दु:खद कुरा हो ।’ थापाले अघि भने, संयुक्त वक्तव्यमा उल्लेखित विषयले सार्वभौमिकता संकुचित हुने हो कि भनेर आशंका बढेर गएको छ ।’ उनले नयाँ संविधान जारी भएपछि देशमा शान्ति, स्थिरता कायम हुने र प्रजातान्त्र सुदृढीकरण हुने जनअपेक्षा क्रमशः कुठाराघात हुँदै गएको बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गुरुङको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख ग/] । चन्द्रबहादुरजी साधारण मान्छे हुन् तर उहाँका केही गुण, चरित्र र विशेषता थिए जसले गर्दा राप्रपा नेपालले सधैं सम्झिरहेको छ, गुरुङ राष्ट्रवादी व्यक्ति रहेको भन्दै थापाले भने । स्मृति सभालाई उपाध्यक्ष टंक ढकाल, निरञ्जन थापा लगायतले सम्बोधन गरेका थिए । राप्रपा नेपालका तत्कालीन महामन्त्री गुरुङको गतवर्ष उपचारका क्रममा अमेरिकामा निधन भएको थियो । २०७३ असोज १६ गते १८:४४ मा प्रकाशित
_____ · Oct 2, 2016 8:01 AM · 2,024 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion