डिसी नेपालको ननसेन्स न्युज र नेपाली महिलाहरुको अमेरिकामा ब्यापार April 12, 2015 admin अप्रिल १२, आज वासिंगटन डिसीबाट बिना भट्टराइको नाउमा डिसी नेपालमा अपलोड गरिएको एउटा न्युज ननसेन्स भएको दुनिया नेपालीहरुले गरिरहेको आलोचनाले प्रस्ट्याई रहेको एकातिर छ भने अर्कोतिर त्यहि न्युजले न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, म्यासाचुसेट्स, मेरिल्याण्ड, फ्लोरिडा, कोलोराडो लगायतका राज्यहरुमा पेशा गरिरहेका साना महिला ब्यबसायीहरुको ब्यापारमा चुनौती ल्याई दिएको छ । डिसी नेपालको वेब पेजमा छापिएको यो समाचार देख्दा त्यसको चिकित्सा सम्बन्धि आधार र श्रोत केहि खुलेको छैन । डिसी नेपालमा बिना भट्टराईले लेखेकी छिन – अहिले अस्पतालहरुमा त्यस्ता कैयौं रोगिहरु उपचारका लागि आउने गरेको डाक्टरहरुले बताउने गरेका छन । तर आँखाको सुछ्म नसाहरु नै छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि असंभव छ । त्यसैले आँखाको र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा वैसमा राम्री देखिन परेला मिलाउने काम ज्यादै घातक र खतरनाक मानिन्छ । अब प्रश्न उठ्छ कुन अस्पतालहरुमा त्यस्ता रोगीहरु आउने गर्दा रहेछन? त्यस्ता रोगीहरुको उपचार गर्ने डाक्टरहरु को को हुन? भट्टराईले आफ्नो लेखमा श्रोत खुलाएकि छैनन । लेखिका भट्टराई भन्छिन -यसको साथै पुरुसहरुले पनि आफ्नो दारि जुँगा उखेल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि स्वास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ । लेखिका भट्टराईलाई यो पनि सोधी हालौं -आँखाको स्वास्थ्यको लागि हानिकारक भएको प्रमाण के हो? यस्तो हानीकारक तत्व के हो? र उपचार असम्भव हुने बिस्वशनिय आधार के? बिस्वशनिय आधारको रुपमा कुनै कस्मेटोलजिस्ट वा डर्म्याटलजिस्टको भनाई उद्दृत गरिएको भए त्यो कुरा बिस्वशनिय हुन्थ्यो । एक जना चिकित्सकले नै भनेको झैं लेखिका भट्टराई भन्छिन -परेलाको जरा धेरै भित्रसम्म पुगेको हुन्छ । आखा धेरै संबेदनसिल अङ्ग भएकाले थ्रेडिंग गर्दा आँखाको भित्रपट्टि भाको मस्तिस्कबाट आँखामा गएका सुछ्म नसाहरु चुतिन्छन। अनि आँखाले बिस्तारै काम गर्न छोड्छ, फल स्वरूप टाउको दुख्ने, आखा नदेख्ने, मस्तिस्कको नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ । यो भनाईहरुबाट रत्नपार्कका चटकेहरुले भारतीय घरेलु आयुर्वेदिक औषधिहरुको बिज्ञापन गरे जस्तो लेखिका भट्टराईको लेखबाट बुझिन्छ । लेखिका भट्टराइले हदै नाघेर बयान गरेकी छिन -थ्रेडिंग गर्दा नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भएका कारणले यस्तो केहि छिनको रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारिहरुले आफ्नो स्वास्थ्यमा खेलबाड गरिरहेका छन । त्यस्तो नशा सम्बन्धि रोग लाग्ने ग्यारेन्टी गर्ने को हो? त्यस्तो ग्यारेन्टी गर्ने डाक्टर अमेरिकामा वा कहाँ छ? लेखिका भट्टराई र उनको लेख सम्प्रेषण गर्ने डिसी नेपाललाई अमेरिकामा थ्रेडिंग ब्यबसाय गर्ने झन्डै ५ सयको हाराहारीका नेपालीहरुले प्रश्न सोध्न सक्छन । ननसेन्स न्युजमाथि सार्बजनिक निन्दा ……………………………………… डिसी नेपालको यो ननसेन्स न्युजको अहिलेसम्म आधा दर्जन नेपालीहरुले निन्दा गरिसकेका छन । यो क्रम बढ्दो छ । सीधाकुराले पहिले पनि भनिसकेको हो -जसले जे मन लाग्यो त्यो फ्याकेको बस्तु डिसी नेपालको न्युज बन्छ । यस्तो न्युजले डिसी नेपालको अन्तरास्ट्रिय गरिमा त बढ्ला तर अमेरिकाको नेपाली समाजमा थ्रेडिंग ब्यबसाय गरिरहेका स्वरोजगारहरुको खाइबाटो हरण हुने भने पक्का छ । थ्रेडिंग ब्यबसाय र एनआरएन अमेरिका ……………………………………….. अमेरिकामा कुनै पनि ब्यबसाय नेपालको जस्तो हचुवा, बिज्ञान, ब्यबहार र सिद्दान्त भन्दा बाहिर रहेर, नियम कानून मिचेर, ग्राहकहरुको आँखा छलेर, महँगो शुल्क असुलेर वा उपभोक्ता नियमावली बिपरित कसैले संचालन गरेका हुंदैनन । यदि यी सब नियम, कानून र सिद्दान्त मिचेर गरिएको छ भने त्यो ब्यबसाय टिक्दै टिक्दैन । अरु त के? त्यो ब्यबसाय भित्र ग्राहक नै पस्दैन । यो नेपाल होइन, जहा नियम कानून पैसामा बिक्छ । अमेरिकामा कर दस्तुर टेबुल मुनिबाट तिर्न नमिल्ने हुनाले डिसी नेपालकी लेखिका भट्टराइको लेखले अमेरिकाको चिकित्सा बिज्ञानलाई चुनौती मात्र दिएको छैन नेपाली समाजमा यो ब्यबसाय गरि खाने हजारौं नेपालीहरुलाई थ्रेडिंग पेशाबाट बिमुख गराउन दुस्साहस समेत गरेको छ । एनआरएन अमेरिकाको बोर्डमा रहेका र अहिले निर्बाचनको माहौलमा होमिएका आधा दर्जन उम्मेदवारहरुको समेत पेशा थ्रेडिंग भएकाले उनीहरुलाई लक्षित गरी यतिखेर यो ननसेन्स न्युज बाहिर ल्याईएको हुन सक्ने केहि उम्मेदवारहरुले बताएका छन । हेयर स्यालन, नेल स्पा, थ्रेडिंग आदि इत्यादि नामले पुकारिने यो व्यवसायमा टेक्सास, क्यालिफोर्निया र न्युयोर्कका नाम चलेका व्यक्तिहरु समेत सामेल छन । टेक्सासका कृष्ण लामिछाने, नर्दर्न क्यालिफोर्नियाका अनिल पाण्डे, साउदर्न क्यालिफोर्नियाका डा. शम्भु ढुंगाना, भक्त थापा, मुकुन्द ढुंगाना, शारदा श्रेष्ठ, शान्तिराम ढकाल, उमा कार्की थापा, बलराम थापा, इन्दिरा त्रिपाठी, राजेन्द्र सिवाकोटी, संगीता लम्साल सिवाकोटी, न्युयोर्कका बेद खरेल, मोहन ज्ञवाली, मिलन शाही आदि नाउ चलेका व्यक्तिहरुको बढ्दो ब्यापारलाई लक्षित गरी डिसी नेपालले अफवाह फैलाउन लेखिका भट्टराइ मार्फत आज यो ननसेन्स न्युज बाहिर ल्याएको बताईएको छ । यसको पछाडी ठुलै सड्यन्त्र लुकेको बताईएको छ । http://dcnepal.com/news/news.p... गलत न्युज बाहिर ल्याउनु दुर्भाग्य …………………………………. अमेरिकामा जे सुकै ब्यापार वा ब्यबसाय गरे पनि त्यो राज्य कानूनको खिलापमा हुन्न भने जुन सुकै पेशा मर्यादित छ । अमर्यादित भए राज्य कानून आकर्षित हुने र दण्डित हुने हुँदा डिसी नेपालको गलत न्युज कसैप्रति लक्षित मात्र होइन नेपाली समाजमा बढ्दो ब्यापार र स्वरोजगार माथि डिसी नेपालको यो हमला पनि हो । कम्तिमा अर्काको ब्यबसायमा १२ घण्टा उभिनु भन्दा आफ्नै स्वरोजगार गरेर जिबिका चलाईरहेका नेपालीहरुमाथि यो सड्यन्त्र निन्दनीय छ । - See more at: http://www.sidhakurausa.com/?p...
ktmpost · Sep 28, 2016 9:38 AM · 2,300 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion