वोउ! हाउ रीच ईज माई कन्ट्री !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"पूर्वराष्ट्रपति डा. यादव अमेरिका जाँदै, उपचार खर्च दिएकोमा सरकारलार्इ दिए धन्यवाद" .....यादवले सबै नेपालीको कामनाले आफू चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाएका छन् । पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवम् प्रशासनिक सहयोग गरिदिएको भन्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । पूर्वराष्ट्रपति डा. यादवको उपचारका लागि सरकारले पेश्की स्वरूप ६० लाख उपचार खर्च उपलब्ध गराएको छ । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ । सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ । ...... " सोर्स: खबर पत्रिका अब मैले नबुझे कुरा धन्यवाद त नेपाली जनता लाई पो दिनु पर्ने हो! अब अनि फर्केर देश को सेवा गर्ने नि बाचा गरेका छन । निकै महँगो सेवा साबित भो नेपाली जनता लाई ! कठै बरि !!!

atomic · Sep 17, 2016 9:11 AM · 3,884 views

4 Replies

आजकल हाम्री अनु जाधव दिदीको प्रवचन सुन्न पाइया छैन। हुन त विजनेस क्लासको टिकटमा अम्रिका सवारी हुदैंछ होला। जोगले मिले यहीं अम्रिकामा लाइभ सुन्न पाइएला । Last edited: 17-Sep-16 11:48 AM

mangale · Sep 17, 2016 11:48 AM

भूपी सेरचनले लेख्नु भएको घुम्ने मेच माथिको अन्धो मान्छे तेसै लेख्नु भएको हैन | तिन तिन जना सहयोगी ? अमेरिका बस्ने पार्टीका मान्छेले आलो पालो गरि हेर्न गइ हाल्थे नी | लुटको धन फुपू को श्राद गर्न सजिलो छ | आफ्नो गोजी बात वा तलब बाट सहयोग गर त हेरौ ? हैन अमेरिका बाहेक अरु ठाउमा यो क्यान्सरको उपचार गर्ने डाक्टर हरु नै छैनन | कता जान्छन यी Texas को Anderson Hospital कि बोस्टन को DanaFarber तिर ?

magorkhe1 · Sep 17, 2016 12:11 PM

१५० x ३० = $ ४५०० सहयोगी लाई विट आउट टेक्स ४५०० डलर , राम्रो कमाई भो त ! हा हा ! खाने, बस्ने , घुम्ने पैसा त् डाक्टर साब कै बाट भै हाल्छ । दशैं रमाईलो हुने भो सहयोगी स्याल हरू ; अनि बुढो को !!!

atomic · Sep 17, 2016 12:21 PM

https://www.youtube.com/watch?...

shiva_linga · Sep 17, 2016 5:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all