hello साथीहरु मलाई एउटा समस्या पर्यो। मेरो दाँया छाती तिर दुख्ने समस्या थियो पहिले देखिनै। कहिले फिल हुँदैन अनी कहिले अलिक बढी नै दुख्छ। कहिले चै हरेक सास लिदा दुख्छ। म त्यस्तो स्मोकर त हैन तर खाने छोड्ने भाईरक्छ। हिजो ४/५ टाइमस् स्मोक गरेको थिए। छाती एकदम भारी भयो अनी हरेक श्वास लिदा भित्र कता कता दुक्छ। एस्तो बारम्बार भईरहन्छ। नेपालमा अलिक बर्ष अगाडि चेक पनि गराएको केइ छैन भन्थ्यो जबकी मलाई एस्तो दुख्ने भाईरख्थ्यो त्यो बेलानी। सधैं यस्तै भईरको भएर धेरै त वास्तै गर्दिन तेइ नि कहिले कही चै अलिक बढी नै हुन्छ। साथीहरुलाई सुनाउदा ग्यास्ट्रिक ले गर्दा हो भन्छन। तर मलाई चै त्यस्तो लाग्दैन अलिक लामो सास तान्दा त अलिक गाह्रो नै हुन्छ कहिले त। साझा मा पोस्ट गर्नुको साटो जचाउन जा भन्नु होला समस्या नै तेइ छ। इन्सुरेन्स छैन अनी एतिकै त कहाँ कसरी जानु? के होला अनी के गर्ने होला एसो सिरियस सल्ला दिनुहोस न ल
k vo · Sep 16, 2016 4:57 PM · 10,395 views
इन्सुरेन्स छैन भनेर सधै तेस्तै बस्नु पनि भएन मित्र कुन ठाउमा बस्नुहुन्छ ? बिना इन्सुरेन्स पनि उपचार गर्ने डाक्टर हरु थुप्रै छन खोज्नु पर्यो / डालस मा भए carrollton मा apex क्लिनिक भन्ने छ पाकिस्तानी को त्यहाँ जानु भए हुन्छ / अरु पनि होलान खोज्नु पर्छ
lekalikrishna · Sep 16, 2016 5:47 PM
डिसी मा छु हजुर
k vo · Sep 16, 2016 5:53 PM
I am not around DC but I googled and found that there are some free clinics and hospitals around DC area. You might have to call them and make an appointment in advance. Here is a link for Hoya Clinic. Please seek medical help as soon as possible and quit smoking. https://hoyaclinic.som.georget...
ujl · Sep 16, 2016 6:36 PM
धन्यवाद उज्ल ज्यु म भर्जिनियामा काम गर्छु। मैले नि गुगल मा खोजेको त फ्री वला त भेटेन। हजुरले खोज्दा आउथ्यो कि हजुर। भर्जिनिय भए काममा जादा मिलाएर जान्थिए
k vo · Sep 16, 2016 7:15 PM
New york aaunus. Free maa ta chaina. Sasto maa indian dr cha.
instagram · Sep 16, 2016 7:25 PM
छाती दुख्ने समस्या थियो ? अनि के भन्थ्यो त नेपालका डाक्टरले ? ४-५ पल्ट सम्म चुरस पीए हुन्छ भनेका हुन् ? चुरस छुदै नाछुनुस | कहिले काही ग्यास्ट्रिक को कारणले पनि छाती दुखेको हो कि अरु केही ( पेट ) छुट्याउन गाह्रो हुन्छ | बिहान चिया कफी मात्र पिएर काममा जाने अनि १-२ बजे लन्च खाने दीउसो पेप्सी कोला मात्र पिएर बस्ने गर्नु हुन्छ होला ? एक ताका तेसै गरिन्थ्यो | कहिले काही त एउटा कोक पीए पछि भोक पनि मार्थ्यो | यो बिसयमा ( खान पिन ) पनि ध्यान दिनु होला | Last edited: 17-Sep-16 12:37 PM
magorkhe1 · Sep 17, 2016 12:37 PM
इंस्ताग्राम ज्यु त्यता आउन अलिक समस्या छ। मगोर्खे ज्यु एस्तो भाईरक्छ बारम्बार। कहिले कही अलिकती बढी दुक्छ कहिले अलिक कम। मेरो सन्का चाइ ग्यस्ट्रिक मा छैन। मलाई भएको सिम्टोमस एसो नेट मा हेर्दा चै नुमोथोरक्स् सग मेल खान्छ अब चै कुनै इन्सुरेन्स लिनइ पर्ने भयो। खाने कुरामा चाइ कुनै कम्प्रमाइज गर्दिन म। मज्जाले बजाएर खान्छु। त्यस्तो ग्याप राख्दिन. सर्ट टर्म इन्सुरेन्स लिदा कुन ठीक होला अनी तुरुन्तै जचाउन सकिन्छ त्यस्तो ले? कतिको फाईदा होला नि?
k vo · Sep 17, 2016 1:00 PM
ईन्सुरेन्स लिएर चेक गरे राम्रो । तर चाँडो , सस्तो चेक अप को लागी " urgent medial stop" हरू धेरै जसो थुप्रो ठाँउ मा छन , इन्डियन, चाईनिज, खेरै ले नै चलाएका । दुखाई पहिले देखि नै थियो , अहिले झन बढेको हो भने , पत्ता त लाउनै पर्छ । बिधार्थी हो भने मलाई थाहा भएको ISO Insurance ho, काम बाट हो भने अझ सस्तो पर्नपर्ने हो । Health Insurance त सँधै का लागी लिए हुन्छ । हामी मरे पछि पैसा आउँछ भनि life insurance लिन्छौं, गाड़ी देमेज हुन्छ भनि car Insurance कम्पलसरी लिन्छौं , Health insurance चाहीं किन नलिने त । सबै ले डाक्टर यादव ले झै घन्टा नि मुफ़्त मा उपचार पाउँदैन क्यारे ।।। गेट वेल सून !
atomic · Sep 17, 2016 1:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion