‘राजधानीमै मानव बलि दिइँदै थियो’ काठमाडौं– भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ। मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रामा केही छर्कदै छन्। उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन्। सबै ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन्। हड्डी जागेपछि चमत्कार हुने आसमा त्यहाँ एक जोडी मानव बलि दिइँदै छ ! पहरी लगातार मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन्। यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भू, सानोभ¥याङस्थिात घरको अध्ँयारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्, बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा । घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो– एक्काइसौँ शताब्दीमा पनि राजधानीमै सोच्नै नसकिने मानव बलिको अकल्पनीय घटना निम्त्याइँदै थियो । ... ... ... घटना गत वर्ष साउनको हो । ‘युवती रजस्वला भएकीले बलि केही दिन रोकेछन्, अब क्षमापूजा गर्ने र बोको चढाउने सल्लाह भएकै दिन युवती भागेर ज्यान जोगाउन सफल भइन्,’ घटनाका अनुसन्धान अधिकारीमध्ये प्रहरी निरीक्षक रुगम कुँवरले नागरिकसँग घटनाबारे सुनाए । उनका अनुसार गत साउन १४ गतेदेखि ३२ गतेसम्म ती युवतीलाई आरोपीले बलि दिनकै लागि भनेर बन्धक बनाएका थिए । युवतीको जाहेरी र पक्राउ आरोपीको बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो । ‘युवतीले जाहेरी दिएपछि खोजी सुरु ग¥यौं,’ कुँवरले भने, ‘भनेकै ठाउँ र कोठामा मानव खप्पर, हाडखोर, ठूलो खुकुरी र कालीको मूर्ति बरामद भयो, एउटा अँध्यारो कोठा पूजामा प्रयोग भएको रहेछ ।’उनका अनुसार पीडित युवतीलाई उनकै कान्छा बुबाका छोराले फकाएर तान्त्रिककहाँ ल्याएका थिए । यस्तो थियो घटना ओमकार शाह व्यापार व्यवसायमा भन्दा काम नगरी मनग्य कमाउने ध्याउन्नमा रहन्थे । अन्धविश्वासका पछाडि दगुर्थे । तन्त्रमन्त्र साधना गर्न सके चमत्कार हुने विश्वास थियो उनमा । उनी त्यसका लागि २०७० चैतमै मानव हड्डी खरिद गर्न दाङ पुगेको प्रहरीलाई बयान दिएका छन् । काठमाडौंबाट एक लाख रुपैयाँ बोकेर हड्डी किन्न गए पनि पैसा चोरिएपछि उनी रित्तै फर्के । तन्त्रमन्त्रले चमत्कार हुने अन्धविश्वासमा भौंतारिइरहेका शाह काठमाडौं मनमैजुमा बस्दै आएको भारतीय तान्त्रिक कानु पहरीको सम्पर्कमा पुगे । पहरीले मानव बलि दिने व्यवस्था गरे चमत्कार हुने सुनाएपछि शाह त्यसको तयारीमा जुटे ।शाहले काठमाडौंमा पढ्न बसेका आफ्नै हाडानाताभित्रका दाजुबहिनीलाई पूजामा बस्न फकाए । दुवै जना तयार भए । पूजा गर्ने ठाउँ भीमबहादुर भुजेलले खोजे । यामबहादुर रोका र छत्रबहादुर राईले सबै प्रबन्ध र पूजा खर्चमा सहयोग गर्ने निधो भयो । उदिम पुनमगर र भीमबहादुर थापा पनि सहयोगी निस्किए ।‘पूजामा पीडितलाई दिनहुँ सहभागी गराउने गरेका थिए,’ तत्कालीन धादिङ प्रहरी प्रमुख डिएसपी सविन प्रधानले सुनाए । उनका अनुसार युवतीलाई पूजा अवधिभर तान्त्रिक पहरीसँगै एउटा कोठामा राखिएको थियो । दिनहुँ पूजा चलिरहेको थियो हड्डी जागेको दिन युवतीलाई बलि दिने तयारी रहेछ । हड्डी भने जागेको थिए । एक दिन तान्त्रिकले बेहोसीमा युवतीलाई ‘तिमीहरु दुवै जनालाई बलि दिन लागेको’ भनेर सुनाएछ ।त्यसपछि भने युवती र उनका दाइ डरले खग्रास भए । ज्यान जोखिममा देखेपछि जसरी पनि भाग्ने जुक्ति खोज्न थाले । त्यत्तिकैमा युवती रजस्वाला भइन् । केही दिनका लागि पूजा रोकियो । तान्त्रिकले क्षमापूजा गरेर बोको बलि दिने योजना बनायो । त्यही मौका छोपेर युवती दाइलाई लिएर भागिन् । केही दिन काठमाडौंमै लुकेर बसिन्, पछि धादिङ घर गइन् र प्रहरीमा जाहेरी दिइन् । ‘प्रारम्भिक बयानमा पीडितले एउटै कोठामा राख्ने, दिनहुँ पूजा गर्ने र पछि धम्की दिएर बाध्य बनाएर राखेको बताएका थिए,’ प्रधानले भने, ‘तान्त्रिकले तिमीहरुलाई बलि दिन यहाँ राखेको भनेपछि डराएर भाग्ने दाउ खोजेछन् ।’ कथित् पूजाघरबाट भागे पनि भाइबहिनीलाई उक्त समूहले धम्क्याउन छाडेन । कहिले भगवान र पापको कथा सुनाउने, कहिले हत्या गरिदिने भन्दै धम्क्याउन नछाडेको पीडित युवतीले बयानमा खुलाएकी छन् ।‘सुरुमा म आफैं अचम्ममा परेँ, यस्तो पनि हुन सक्छ भन्दै सोचेँ तर पछि घटनास्थल छापा मार्दा सत्यजस्तै भेटियो,’ प्रधानले सुनाए । युवतीले आफूलाई बन्धक बनाएको र ज्यान जोखिममा राखेको भन्दै तान्त्रिक र सहयोगी समूहविरुद्ध धादिङ प्रहरीमा जाहेरी दिएपछि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सक्रिय भएको थियो । युवतीले भनेकै ठाउँमा घटनास्थल र सामग्री भेटेपछि युवतीको बयानका आधारमा एकपछि अर्का आरोपीलाई पक्राउ ग¥यो । घटनाको नियत बलि दिने भए पनि प्रहरीले शरीरबन्धक तथा अपहरण मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । ब्युरोको ‘पिलर १’ (जघन्य अपराध हेर्ने युनिट) ले घटनाका अन्य आरोपीलाई पक्राउ गरेर थुनछेक बहस गराइसके पनि एक जना फरारै थिए । उनको खोजीमा रहेको ब्युरोकै ‘पिलर ५’ ले पोखरामा रहेको सूचना पाएपछि भोजबहादुर थापालाई तीन दिनअघि भदौ २१ गते पक्राउ गरेको हो । ‘एउटा होटलमा कामदार रहेको अवस्थामा फेला पार्यौँ,’ ब्युरोका प्रहरी निरीक्षक भीष्म हुमागाईंले भने ।काठमाडौं जिल्ला अदालतले बिहीबार थापालाई पुर्पक्षमा पठाउने आदेश दिएको छ । थापासहित सबै अभियुक्त पुर्पक्षका लागि थुनामा छन् । पीडित युवतीलाई चासो छ– यो युगमा पनि अन्धविश्वासको पछि लागेर मान्छेकै बलि दिने सोच र तयारी गर्नेमाथि कानुनले कस्तो सजाय दिने हो !
nozzs · Sep 9, 2016 8:30 PM · 15,136 views
ल मानब बलि दिदा राम्रो हुन्छ भने यिनीहरुलाई बलि दिए हुन्छ , तर के गर्ने यिनीहरु मानब परेनन् , पशुहरु संग compare गरे पशुहरुलाई नै injustice .
jerryswari · Sep 9, 2016 10:54 PM
Nepali people are lowering to anything for money. Because of our women, Nepal is surpassing Philippines or Cambodia in the global scenario. Money is the primary goal. Desperation!
seeker77 · Sep 10, 2016 10:50 AM
एक बर्षअघिको यो घटना याद छ?? बालक बलि दिएको’ गाउँ कुडियाबाट फर्किएपछि… भगवती पाण्डे बुटवल, साउन ९ prin 4 Google + GET NEWS ALERTS रिपोर्टर डायरी मधेशी दलित जातिको बाहुल्यता रहेको नवलपरासीको कुडिया ४ मर्चहवा। ठाकुर, कोईरी, पासी, बढई, दुसाद, हरिजन, कोहार, चमार लगायतका समुदायका डेढ सय बढी घरपरिवार मिलेर बसेको उक्त गाउँ विगत ४ दिनयता उराठ जस्तै छ। अधिकांश खर र झिंगटीबाट बनाईएका घर टहराहरुको बिचका केहि घर गोठहरु भत्कार्ईएका छन्। दुई दिन भयो कसैका घरमा चुलो बलेको छैन। बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धा समेत त्रसितसँगै आक्रोशित छन्। गत मंगलबारदेखि हराएका स्थानीय १० वर्षीय बालक ४ दिनपछि घाँटी रेटि हत्या गरिएको अवस्थामा भेटिएपछि झारफुकको नाममा उनको बलि चढाईएको भन्दै स्थानीयवासी घटनाका दोषिप्रति आक्रोशित छन्। घटना नवलपरासी जिल्लाको कुडिया ४ मर्चहवा गाउँको हो। शुक्रवार साँझ करिब साढे पाँच बजेको थियो। नवलपरासीका पत्रकार हरि शर्माको समाचार आयो बलि दिने भन्दै १० वर्षिय बालकको घाँटी रेटि हत्या। स्थानीय स्तरमा मैले काम गर्ने लुम्बिनी सामुदायिक टेलिभिजनको साँझ सवा सात बजेको समाचार सम्पादन गर्दै थिएँ। समाचार हेरेँ तर पत्यार लागेन। हरिलाई फोन गर्दा ‘घटना सत्य हो मलाई पनि सुरूमा पत्यार लागेन धेरै समयपछि एक बोतल पानी खाएर बल्ल समाचार लेख्न सकेँ’, भन्ने जवाफ दिए। उनको जवाफ पछि म स्तब्ध भएँ। हरीसँगै घटनास्थलमा रहेका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलको मोबाईल नं. लिई फोन गरेर घटनाबारे अझ प्रष्ट भएँ। हरीसँगै प्रहरी निरीक्षक पोखरेलसँगको कुराकानीको आधारमा झारफुकको नाममा बालकको बली भन्ने समाचार लेखेर घर गएँ। रातभर निद्रा लागेन। सोचे घटनास्थल बुटवलबाट टाढा भएपनि भोलि बिहानै जानुपर्ला भन्ने लाग्यो। घटनाको वास्तविकता र त्यहाँको पछिल्लो अवस्थाबारे बुझ्नुपर्छ भन्ने लाग्यो। बुटवलदेखि घटनास्थल रहेको नवलपरासीको कुडिया ६० किलोमिटर टाढा थियो। भौगोलिक हिसाबले नयाँ ठाउँ त थियो नै स्थानीय भाषा बुझ्न र बोल्न समेत समस्या हुने भएपछि एक्लै जान सक्ने सम्भावना थिएन। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी र पत्रकार दिनेश पाण्डेलाई घटनास्थल जान आग्रह गरेँ। दुवैजनाले आफूहरू पनि जाने बताएपछि सनिबार बिहानै बुटवलबाट घटनास्थल नवलपरासीतर्फ लागेकि थिएँ। घटनास्थल मर्चहवा पुग्दा बिहानको ८ बजेको थियो। खर र झिंगटीले बारेका र टिन, टायल तथा खरले छाएका झुरुप्प घरहरुको बस्ती। हामीलाई देख्नेवित्तिकै पूर्व वडासदस्य समेत रहेका स्थानीय हरिलाल गुप्ताले घटनाबारे बुझ्न आउनु भएको हो भन्दै घटनास्थल देखाउँदै उक्त त्रासदीपूर्ण घटनाबारे बताउन थाले। गुप्ताका अनुसार गत मंगलबार स्थानीय खुदई चमारका छोरा विजय हरिजन विरामी भए। सामान्य ज्वरो आएका उनलाई बुवा खुदई र धामी झांक्रीको काम गर्ने सर्यभान हरिजन र रुद्धल हरिजनले झारफुक गरे। झारफुकको क्रममा विजय हरिजनले आफूलाई मान्छेको मासु खान मन लागेको र बली दिनुपर्ने बताए । बिहान झारफुकको क्रममा विजयले मान्छेको बली दिन भनेको र सोहि दिन दिउँसो ४ बजेदेखि स्थानीय शिवमंगल कोहार र निर्मला कोहारका १० वर्षिय छोरा सोनी भन्ने जीवन कोहार हराएका थिए। विजयले झारफुकको क्रममा बली दिन भनेको र सोहि दिन हराएका बालक ४ दिनपछि शुक्रबार दिउँसो घर नजिकैको झाडीमा घाँटी रेटिएको अवस्थामा फेला परेपछि बलीको नाममा चमार परिवारले बालकको हत्या गरेको स्थानीयको दाबी छ। हत्या गरिएका बालक जीवनका काका लालबहादुर कोहारले घर बाहिर खेल्दै गरेका भतिजालाई चमार परिवारले अनार खान दिने भन्दै फकाएर घर लगेर हत्या गरेको आरोप लगाए। ‘बिहान खुदईको छोराले बली चाहियो भनेको थियो सोहि दिन जीवन हराएपछि उनीहरूको परिवारप्रति शंका लागेको थियो। तर प्रमाण केहि नभएपछि भन्न सकेनौं शुक्रबार हत्या गरिएको अवस्थामा फेला परेपछि सोध्दा बली दिएको स्वीकार गरे,’ उनले भने। बालकको शव भेटिएपछि खुदई चमारको श्रीमती शान्ति चमारलाई सोध्दा आफूले खुट्टा समातेको र श्रीमानले घांटी रेटेर हत्या गरेको बताएको उनले बताए। लालबहादुर सँगै स्थानीय तुलसीप्रसाद शर्मा, सन्दीप यादव, राम प्रवेश लगायतले समेत बालकको बलीको नाममा चमार परिवारले घरभित्र पूजा गरी हत्या गरेको र हत्यापछि घरभित्र रहेको टिनको बाकस, शौचालय हुँदै झाडीमा लगेर फालेको दावी गर्छन्। घटनापछि हत्या गरिएका बालकका पुरै परिवार विक्षिप्त छन्। बालकका बुवा आमा सँगै ६२ वर्षिय हजुरबुवा परमानन्द र हजुरआमा सुभावती कोहार, काका काकी, ठूलो बुवा ठूलो आमा, भाई बहिनी सबै शोकमग्न छन्। हत्या गरिएका बालक कोहार दम्पतिका चार सन्तान मध्ये जेठो छोरा हुन्। उनीमाथि एक दिदी र एकएक जना भाई बहिनी छन्। जीवन स्थानीय शिवसम्भु प्राविमा कक्षा ३ मा पढ्ने उनकी दिदी प्रिती कोहारले बताईन्। आक्रोशित स्थानीयले घटनामा संलग्न भनिएका खुदई चमार, रुद्धल चमार लगायतका आरोपितका घरगोठ तोडफोड गरेका छन्। रुद्धलको घरभित्र विभिन्न देवी देवताका फोटोहरु झुण्डाईएको र पूजा गरेका सामाग्रीहरु छरिएका थिए। प्रहरीले घटनामा संलग्न भनिएका लुधिया चमार, चिनक चमार, दिनानाथ चमार, रुद्धल चमार, शान्ति चमार, विजय चमार लगायत ८ जनालाई शुक्रबार नै पक्राउ गरेपनि घटनाका मुख्य आरोपी खुदई चमारलाई सनिबार पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बालकको हत्या भएपनि कारण भने अनुसन्धानपछि मात्र खुल्नसक्ने बताएका छन्। घटनाका मुख्य आरोपी खुदई चमारलाई जिल्ला प्रहरी कार्यालय परासी लगेपछि हामी पनि बुटवल फर्कियौं। घटनास्थलबाट फर्किदै गर्दा मेरो मनमा एउटा प्रश्न तेर्सियो। संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन भईरहँदा केहि सहभागिले सभासदलाई सुझाव दिँदै भनेका थिए, ‘बाल बालिका अपहरण, हत्या, बलात्कार, देशद्रोह जस्ता जघन्य प्रकारका घटनाका दोषिलाई मृत्युदण्ड दिनसक्ने कानुन बनाउने बहशको थालनी गरियोस्।’ देश अहिले नयाँ संविधानको संघारमा उभिएको छ । संविधान जारी हुँदै गर्दा के साच्चै नेपालमा नभएको मृत्युदण्डको व्यवस्थामा पुनर्विचार गर्नुपर्ने समय आएको हो त? भाग्दाभाग्दै समातिए खुदई मोटरसाईकलमा लैजानु प्रहरीको कमजोरी मंगलबार बालक हराएको खबर गाउँभरी फैलिएपछि बालकको खोजी गर्ने बहानामा फरार घटनाका मुख्य आरोपि खुदई चमारलाई शनिबार स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बालकको हत्या गरेको आरोपमा परिवारका सबै सदस्य पक्राउ परेपछि खुदई गाउँटोलको अवस्था बुझ्न सुटुक्क घर आएका थिए। प्रहरीले स्थानीयले खुदईलाई फेला पारे अर्को घटना घट्न सक्ने अनुमान गरी मोटरसाईकलमा सुटुक्कै प्रहरी चौकी लैजादै थिए। स्थानीयले देखेपछि लखेटेर कुटपिट गरेका थिए। प्रहरी भ्यान घटनास्थलमा भएपनि मोटरसाईकलमा प्रहरी चौकी लैजान प्रहरीले गरेको कमजोरीका कारण पक्राउ परेका आरोपित झण्डै फेरि फरार भएका थिए। मोटरसाईकललाई बाटो छेकी कुटपिट गर्दै गरेका आरोपित खुदईलाई प्रहरी निरीक्षक पोखरेलले छेकेर ईलाका प्रहरी कार्यालय बेलाटारी पुर्याएका थिए। जघन्य अपराधको आरोपी व्यक्तिलाई स्थानीय व्यक्तिको विश्वासमा मोटरसाईकलमा प्रहरी चौकी लैजान भनी पठाउनु प्रहरीको आत्मघाती निर्णय थियो। जुन निर्णयले आरोपित भाग्न सक्नुको साथै स्थानीयको आक्रमणबाट थप घटना समेत घट्न सक्थ्यो। यद्दपी ईलाका प्रहरी कार्यालयबाट बोलाईएको प्रहरीको मोटरसाईकलले उद्धार गरी आरोपित व्यक्तिलाई सकुशल प्रहरी चौकी पुर्याइयो। प्रकाशित मिति: शनिबार, साउन ९, २०७२ १६:१३:३९
nozzs · Sep 10, 2016 6:50 PM
बालक बलि चढाउनेलाई सर्वश्वसहित जन्मकैद भगवती पाण्डे बुटवल, भदौ १४ print 3337 7 0 Google + GET NEWS ALERTS गतवर्ष नवलपरासीमा भएको बालकको हत्यामा संलग्नहरुलाई जिल्ला अदालत नवलपरासीले १२ जनालाई जन्मकैदको सजाय सुनाएको छ। अदालतले एक जनालाई सर्वस्वसहित र ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसला अनुसार जन्मकैद हुनेमा तीन जना घरका बाबु, आमा र छोरासमेत छन्। एक नाबालकलाई भने ६ महिनाको कैद सजाय सुनाएको छ। २०७२ साउन ५ गते नवलपरासी कुडियाँ गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षिय छोरा सोनु भनिने जीवन कोहारलाई छिमेकी कोदई हरिजनले आफ्ना छोरा बिजयलाई तान्त्रीक विद्या सिकाउने नाउँमा अन्य तीन जना झाँक्रीसँग मिलेर हत्या गरेका थिए। सोही घटनालाई सघाएको भन्दै अभियुक्तका अन्य परिवार सदस्यमाथि पनि मुद्दा चलाईएको थियो । अदालतको फैसला अनुसार घटनाका मूख्य अभियुक्त कोदई हरिजनलाई सर्वस्वसहित जन्मकैद सुनाइएको हो । जन्मकैदको सजाय पाउनेमा कोदईका श्रीमती कान्ती, उनका छोरा विजय छन्। त्यस्तै रुद्धलसहित उनकी श्रीमती बुनिया दुई छोराहरु रामानन्द र दिनानाथलाई समेत जन्मकैदको सजाय सुनाइएको छ। जन्मकैदको सजाय पाउने अन्यमा सूर्यमान र उनकी श्रीमती सुनिता छन् । त्यसैगरी घटनामा संलग्न भएको भन्दै छिमेकी गंगालाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ। गंगा तान्त्रिक मध्येका हुन् । नाबालक लक्ष्मीलाई भने नाबालक भएकाले ६ महिना कैद सुनाइएको छ। मान्छेको बलि नदिए छोरालाई सन्चो नहुने भन्दै कोदईले अन्य तीनजनालाई ५० हजार रूपैया दिएर बालकको घाँटी रेटेर हत्या गरेका थिए।
nozzs · Sep 10, 2016 7:03 PM
मानब बलि एउटा दिएर नफाप्ने रैछ , प्रचण्ड ले १७००० नेपाली को नर बलि दियो हेर त आइले फाली फाप ! १० करोड को घर , रेखा थापा संग छम छम , प्रधान मन्त्रि को पद ! हे राम म कहा जाम
instagram · Sep 11, 2016 10:38 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion