काठमाडौँ, भदौ ९गते । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ गीतका गायक खेमराज गुरुङको आज निधन भएको छ । कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको आज साँझ करिब ६ बजे चाबहिलस्थित मेडिकेयर हस्पिटलमा निधन भएको हो । उहाँलाई ११ दिनदेखि सोही अस्पतालको सघन उपचार कक्षमा राखेर विशेष उपचार गरिएको स्व गुरुङका भतिजा रत्न गुरुङले राससलाई जानकारी दिनुभयो । गुरुङका आमा र दिदी बेलायतमा भएका कारण उहाँहरू आएपछि मात्र अन्त्येष्टि गरिने छ । त्यतिन्जेल शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने तय गरिएको छ । स्व गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे, ढाक्रे (लोकगीत) र घुमफिर लगायत लोक तथा लोक पप गीतका एल्बम बजारमा उपलब्ध छन् । रासस
AluBhanta · Aug 25, 2016 5:04 PM · 8,824 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion