काठमाडौं । सपनाको शहर अमेरिकामा विभिन्न जोखिमयुक्त तस्करी मार्गबाट पनि पचासौं लाख खर्च गरेर जान चाहनेहरुको लर्को नेपालमा छ । यहि कम्जोरीको फाइदा उठाउँदै एक गिरोहले पछिल्लो समय ६ सय नेपालीलाई अमेरिकाको भिषा लगाइदिने मास्टर प्लान नै तयार गरेको बताइएको छ । नेपालमा प्रसस्त रोजगारीको अवसर नहुनु र अर्कोतिर राजनीतिक अस्थिरताले व्यावसाय धारासायी हुनुले गर्दा कतिपय योग्य र व्यवसायी नेपालीहरु नै अवसरको खोजीमा विदेशतिर अकर्षित हुने गरेका छन् । यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करीमा संलग्न गिरोहहरुले आकर्षित मुलुकहरुमा मोटो रकम अशुलेर तस्करी गर्ने गरेका छन् । यसैको एउटा उदाहरण हो, अमेरिकामा विभिन्न इभेण्टका नाममा बर्षौदेखि मानव तस्करी गर्दै आएको वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्ट र यसका संचालक हुन् बुद्धी प्रसाद रेग्मी । “नेपाल एक्जिविसन एण्ड ट्रेड सो” नामाकरण दिई ई।स। सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युर्योकमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीताका लागि भन्दै सो समूहले ६ सय जनाको आवेदन माग गरि मोटो रकम अशुली रहेको फेला परेको छ । उक्त मितिमा गर्ने भनिएको कार्यक्रम सम्बन्धि बुकलेट नै प्रकाशन गरि स्टल बुकिंङको नाममा न्यूनतम सात हजार चार सय उन्नान्सय देखि अधिकतम १४ हजार उन्नासय डलरका दरले रकम उठाउने भनिएतापनि सहभागी हुन चाहने प्रत्येक व्यक्तिहरुलाई भिषा लागेमा न्यूनतम २० लाखसम्म तिर्नुपर्ने भन्दै बार्गेनिङ गर्ने गरेको बताइएको छ । उक्त व्यापारिक मेलामा सहभागी हुनका लागि आवेदन साथ न्यूनतम पाँच लाखदेखि १० लाखसम्म रकम अशुली रहेको सो समूहले नेपाली व्यापारीहरुको विश्वसनियताको लागि नेपालका प्रतिष्ठित औद्योगिक संस्थाहरुको नाम समेत दुरुपयोग गरेको खुलेको छ । उसले आयोजना गर्ने व्यापारिक मेला सम्बन्धी बुकलेटमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतको लोगो समेत समावेश गरेको छ, तर नेपाल उद्योग वाणिज्य महासंघले भने आफ्नो संस्थासंग कुनै सरसल्लाह नगरि अवैधानिक रुपमा नाम र लोगो प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै आयोजक संस्थालाई चेतावनी सहित पत्र पठाएको बुझिएको छ । महासंघले आफ्नो अधिकारिक वेभसाइटमा पनि उक्त कुरा उल्लेख गरेको छ । महासंघ मात्र होइन्, आयोजकले उल्लेख गरेका अन्य प्रतिष्ठित व्यापारीक संस्थाहरुको पनि केवल कार्यक्रम आयोजनाको प्रतिष्ठाको लागि मात्र लोगो दुरुपयोग गरिएको हुनसक्ने स्रोतको दावी छ । कार्यक्रमसंग सम्बन्धित एक असन्तुष्ट सदस्यले अरोप लगाउँदै भने आयोजकले उल्लेख गरेका अन्य संस्थाहरुको संलग्नतापनि फर्जि हो । साथै उनीहरुले कलाकारको फर्जि कागजात तयारपारि यसअघि पनि तस्करी गररेको आरोप लागेको छ । इभेन्टका नाममा मानव तस्करी, चर्चित कलाकारको प्रयोग पछिल्लो समय कलाकारिताको आड्मा विभिन्न म’लकमा मानव तस्करी धन्दामा चर्चित कलाकारहरुको संलग्नतामा तस्करी धन्दा मौलाएको कति छ रु कलाकारहरुलाई संलग्न गराई तस्करी धन्दा गर्ने गिरोहका नाइके पनि ब’द्धिप्रसाद रेग्मी भएको फेला परेको छ । जिनु नेपाल, बद्री पंगेनीका साथमा एक इभेन्टमा जान लाग्दा एअरपोर्टमा सारदा रेग्मी उर्फ सानु शर्मा । जिनु नेपाल, बद्री पंगेनीका साथमा एक इभेन्टमा जान लाग्दा एअरपोर्टमा सारदा रेग्मी उर्फ सानु शर्मा । जितु नेपाल, प्रमोद खरेल, कोमल वली, बद्री पंगेनीदेखि विभिन्न चर्चित कलाकारहरुसमेतलाई प्रयोग गरि यस अघि पनि वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्ट विभिन्न मुलुकमा मानत तस्करी गर्ने गरेको आचार्यका निकत स्रोतले तीव्रखबरलाई बताएको छ । यसरी तस्करी धन्दामा रेग्मीका श्रीमती सारदा रेग्मीले नेपालमा सबै व्यवस्था मिलाउने गरेकी छिन् । भने अमेरिका बसेर विभिन्न इभेन्टको व्यवस्था मिलाउने काम बुद्धि रेग्मीले गर्ने गरेको बताइएको छ । यसै विषयमा ब’द्धि रेग्मीले तीव्रखबरको फेसबुक म्यासेजमा समाचार नलेख्न चेतावनी दिएका छन् । प्रतिकृया दिँदै रेग्मीले भनेका छन्- समाचार लेख्ने भए, उनको पछि लाग्न र उनले धन्दा गर्ने कार्यालयदेखि उनका आसेपासेलाई पछ्याउन समेत उनले सुझाएका छन् । त्यसैगरि उक्त कार्यक्रम नजिकिँदै गर्दा उनकी श्रीमती सारदा रेग्मी उर्फ सानु शर्माले आफुले सम्बन्धित ठाउँमा चार महिनापछि समाचारको वास्तविकता खोल्ने बताएकी छिन् । जसजसलाई भेटन् पर्ने हो र भन्नु पर्ने हो त्यो सबै चार महिनापछि गर्छु उनले भनिन् । तीव्रखबरले यस विषमा थप खोजी जारी राखेको छ । Source : http://tibrakhabar.com/?p=2706... तेइ त म पनि सोची रा थे जाबो एउटा नेपाल डे को आयोजना त राम्ररी गर्न नसक्ने आयोजकहरु ( केहि महिना अगड़ी न्यू योर्क मा आयोजित नेपाल डे र यस कार्येक्रम का आयोजक एकै हुन) ले कसरी एत्रो कार्येक्रम मा हात हाले भनेर । असली कुरो त अरु नै पो रहेछ । Glad it came before it happened !!
instagram · Aug 15, 2016 5:26 AM · 12,178 views
jatho tai holas dalal sala damai [Disallowed String for - use not allowed] sarko ko baan,.talai arulai madise bhanda khub ananda aucha hoina thukka damai sala tali matra gali garna aucha sala goru..blady uneducated
Buppy Shah · Aug 15, 2016 7:02 AM
Our fellow Nepali is ready to pay 50-60 lakh and not sure they will cross the US boarder or not Have you read a story of a lady who crossed the boarder.? She was raped . Feel bad but you should have known that before choosing that path. With 50-60 Lakh money you can have a small business and grow with it. But we wanted to be rich and famous in short period. Last edited: 15-Aug-16 01:58 PM
MaGorkhe1 · Aug 15, 2016 10:36 AM
सेतो पाटि मा सफाई छापेछन , मैले कमेन्ट हानेको डिलिट गर्देछन ! पत्रुकारिता http://global.setopati.com/ame...
instagram · Aug 21, 2016 10:33 AM
50 lakh tirera gas station ma kaam garna jane lai ram ram matrai bhanna sakinchha.....
shiva_linga · Aug 21, 2016 1:57 PM
अमेरिका बाबू अमेरिका ।
instagram · Aug 21, 2016 6:39 PM
American dream is already a dream for the vast majority of Americans, and yet many Nepalese like to sell the same dream when they post fancy pics in their Facebook wall.
ramas · Aug 23, 2016 1:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion