"कमल थापा नेपाली डोनाल्ड ट्रम्प" : पशुपति शमशेर राणा काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली डोनाल्ड ट्रम्पको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष राणाले थापालाई ट्रम्पसँग तुलना गरेका हुन्। अमेरिका रिपब्लिन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प डेमोक्र्याटिक पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार हिलारी क्लिन्टनप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन्। ट्रम्पकै शैलीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूमाथि गम्भीर आरोप लगाएको भन्दै राणाले माफी माग्नु पर्ने बताए। ‘उपप्रधान र परराष्ट्रमन्त्री भएको व्यक्तिले जुन निकृष्ट आरोप ममाथि लगाउनु भएको छ, उहाँ (थापा)ले माफी माग्नुपर्छ,’ राणाले भने,‘ हुँदै नभएको कुरा गरेर आफूमाथि गम्भीर आरोप लगाउन पाइँदैन।’ दुई राप्रपाबीच एकता गर्ने अन्तिम तयारी भएपछि राप्रपा अध्यक्ष राणाले राप्रपा नेपालसँग एकता गर्ने कार्यक्रममा नजान आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि दुई दलबीचको एकीकरण भाँडिएको थियो। दुई दलबीचको एकता विथोलिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी तत्वले एकता प्रक्रिया विथोलेको आरोप लगाउँदै त्यसको अगुवाई राणाले गरेको आरोप लगाएका थिए। राप्रपा नेपालका अध्यक्षलगायतका नेताले गालीगलाैज गर्ने काम दूर्भाग्यपूर्ण भएकाे बताए। राणाले दुई दलबीच एकता नहुनुमा भारतको कुनै दोष नरहेको बताए। उनले राप्रपा नेपालसँग एकताकालागि सँधै तयार रहेको भन्दै त्यसका लागि अन्तिम विधानलाई सन्तुलित बनाउनुपर्ने बताए। राणाको पत्रकार सम्मेलनमा लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, भुवन पाठकलगायतका नेता भने अनुपस्थित थिए।
Burga-Flippa · Aug 11, 2016 11:45 AM · 2,102 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion