ए काल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Suraj Parajuli - ए काल! आईज तलाई, पर्खेर बसीराछु! कैले आउछस? आकाशतिर, फर्केर बसीराछु!! - चोट दूनीयाले मलाई, यती दियो की, सिङ्गो मान्छे टुक्रा टुक्रा, चर्केर बसीराछु!! - किन यस्तो लेखीस भाग्य?, भनी रिसाएर, मन्दिरको ढुङ्गा सगं, झर्केर बसीराछु!! - जीन्दगीमा मैले पनी, गरे हुला पाप धेरै, हेर न आज गंगाजल, छर्केर बसीराछु!! - या त लैजा प्राण मेरो, या बाच्न दे मलाई, जीवन-मरणको दोसाधमा, अड्केर बसीराछु - एकान्त प्रेमी

Ekantapremi · Aug 3, 2016 11:09 AM · 13,088 views

5 Replies

जिबन कति रंगिन छ जिएर त हेर रुस्लानमा कोक राखि पिएर त हेर धोका दिने राक्षसनी को रैछ ह राक्षसनीको छाला काढी मुटु सिएर त हेर (Note :Don't Thank Me, It all right)

surajdai · Aug 3, 2016 12:05 PM

सूरज (एकान्तप्रेमी )जी को राम्रो प्रयास मात्र भन्न सक्छु । बिम्ब प्रयोग अलि मिलेन जस्तो टुक्रा टुक्रा चर्किंदैन, ढुंगा संग झर्केर बस्नुको अर्थ हुन्न । काफिया मिलाउनको खातिर मात्र शब्दको चयन गर्नाले राम्रो गजल बन्दैन । पुनर्लेखन गर्नु होस् , यही गजल स्तरीय गजल बन्न सक्छ । मेरो सुझाव अप्रिय लागे मेटाई दिए हुन्छ । धन्यबाद ।

rahulvai · Aug 3, 2016 12:17 PM

@rahulvai le surajdai lai birsidine!!!!

surajdai · Aug 3, 2016 2:14 PM

@surajdai छाला काढेर सिलाउनु भएन नि सुरज दाइ , त्यो त क्रुर नै भयो नि , मखुला ?? :P

rahulvai · Aug 3, 2016 3:23 PM

dhanyabaad ma sudhar garne koshis garnexu

Ekantapremi · Aug 4, 2016 11:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all