मन्दिरा मञ्जुश्री “नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क आँशु झरे । मलाई यो नारीको कमजोरीपना त्यति उचित लागेन । त्यसैले मैले पनि नारी गुण देखाएर आमाको सार मिलाउनुको सट्टा नदेखेजस्तो गरेर टारेँ । काम विशेषले म काठमाडौँबाट विराटनगर जानुपर्ने थियो । घरमा बूढा भइसक्नुभएका आमा-बुबामात्र हुनुहुन्थ्यो । दाजुभाइहरू सबै परदेशमै थिए । त्यसैले मेरो सहयोगी कोही पनि थिएनन् । अर्कोतिर मैले आफ्नो सक्षमताको परिचय दिनु पनि थियो । त्यसकारण मैले मेरो यात्रा एक्लै नै गर्नुपर्ने थियो । आमा-बुबाको दृष्टिमा त म कमजोर नारीकै रूपमा गनिन्थेँ । त्यसैले पनि सुरक्षा र सजिलोको दृष्टिले मलाई दिउँसोको बसमा जाने सल्लाह दिनुभयो । म आफ्नो सामान बोकेर हिडेँ । बस स्टेण्डमा पुगेर टिकट काटेँ । विद्यार्थी सहुलियत भाडा दिएपछि मलाई चौध नं. को सिट देखाइदियो । सहुलियत दर भाडा वा रोजिएको अगाडिको सिट दुबैमा मैले एकलाई चुन्नु थियो । मैले सोचेँ- “आखिर गाडि एउटै त हो नि…अगाडि बसे पनि पछाडि बसे पनि के को फिक्री ?” गाडीमा चढेँ । दाहिनेपट्ट झ्यालको सिट चौध नंको रहेछ । आफ्नो सामान त्यही सिटमुनि हालेँ, केही माथि छज्जीमा राखेँ । मनमा कौतूहल जाग्यो- “अर्को खाली सीट कसको होला ? आइमाई होला कि लोग्नेमान्छे ? तरुनी वा तन्नेरी नै होलान् कि बुढाबुढी ? तल्लो स्तरका भुत्रे झामे्र काम गर्ने ढाक्रे खालका होलान् कि उच्च स्तरका स्मार्ट…? म सोच्दै बसेँ …। यो सीटमा कुनै आकर्षक युवक परे पनि लामो र पट्यारलाग्दो यात्रा सजिलै कट्थ्यो” भन्ने मिठो कल्पना गर्न थालें । अनि हिँड्ने बेलामा आमाले “आइमाई भएको सिट मिलाएर बस्नु है” भन्ने सम्झिएँ । अनि आमाको त्यस वाक्यप्रति उपेक्षित हाँसो हाँसे । किनकि कुनै तन्नेरी युवकसँगको सामीप्यतामा गरिने यात्राको मज्जा बिचरा मेरी बूढी आमालाई के थाहा र.. । गाडीमा चढने प्रत्येक व्यक्तिलाई म कौतूहलपूर्ण रूपले हेर्ने गर्थेँ । कतै यही त हैन मेरो सिटपार्टनर…। हमसफर…। सहयात्री…। अरू सिट एकाएक गर्दै भरिन लाग्यो, तर धेरै समयसम्म पनि मेरो सिटमा दाबी गर्न कोही पनि आएनन् । केही क्षणपछि एउटा झुत्रे..काम गरेर खाने जस्तो..सोझो..झुस्स दाह्री जुँगा भएको व्यक्ति नजिकै आएर “पन्द्र नंको सिट यही हैन” भन्यो ? मैले उसको हुलिया र स्थितिप्रति उपेक्षित भावले नाक खुम्चाउँदै आफू सभ्य हुनुको परिचय दिँदै “हो” भन्ने जवाफ दिएँ । मेरो भित्री आकाङ्क्षा र चाहना सबै चकनाचुर भयो । कहाँ स्मार्ट युवकको प्रतिक्षा गरिरहेकी म त्यस्तो झुत्रे झ्याउरेसँग यति लामो यात्रा गर्नुपर्ने…। कसरी दिनभरिको यात्रा यस्तो व्यक्तिसँग बसेर काटौं… । क्या बोर…। म छट्पट्टिएँ..। निस्सासिएँ…। बस्न नदिउँ भने ऊ उसको सिट दाबी गर्न आइरहेको छ…। दिउँ भने…उफ…!! मैले अगाडि पछाडि सबैतिर हेरेँ । सायद कसैले पनि मेरो छटपंटिलाई बुझिरहेको थिएनन् । ठीक मेरो अगाडिको दुवै सिट खाली थियो । अैलेसम्म पनि त्यो सिटमा बस्ने कोही आएका थिएनन् । सायद यो खाली नै होला भन्ने ठानेँ र जुरुक्क उठेँ अनि “तपाई बस्नु है” भनेर अघिल्लो सिटमा गएर बसेँ । त्यो बाह्र नंको सिट रहेछ । मैले झसङ्ग आमाले भनेको संझिए । “भरसक झ्याल र आठ बाह्र नंको सिट नपार्नु है । फाप्दैन…।” तर म त घुमीफिरी बाह्र नंको सिटमा नै पो परेछु…। हुन त मजस्तो पढेलेखेको मान्छेले र आज एक्काइसौँ शताब्दीमा आएर पनि यस्तो अन्धविश्वास गर्न नचाहे पनि परम्परागत संस्कारमा हुर्किएको मेरो मनले सोच्यो- “कतै बाह्र नं. सिट साँच्चै नै नफाप्ने पो हो कि…? अब फापे नफापेको प्रमाण त मेरो सिट पार्टनरको रूपमा आउने यात्रीले गर्छ । यदि मेरो भित्री चाहना अनुरूपको यात्री पर्यो भने फापेको मान्नुपर्ला…। नत्र नफापेको…।” मलाई अर्को डरपनि थियो कतै यो सिट दाबी गर्ने कोही त आउँदैन ? यो सिट खाली नै छ भन्ने निश्चित पनि त थिएन । म झयालबाट बाहिर देखिने क्रियाकलापहरू हेरिहरेकी थिएँ । ड्राइभर, खलासी, कण्डक्टरहरू नजिकैको पसलमा चिया खाइरहेका थिए । कुल्लीहरू/भरियाहरू गाडीमा सामान लोड गरिरहेका थिए । बाहिर चोकमा कतिपय मान्छेहरू आफन्तलाई गाडी चढाउन आएका र बिदाईका हात हल्लाउँदै गाडी हिँड्ने प्रतीक्षामा उभिइरहेका थिए । साना केटाहरू पत्रिका बेच्न कराइरहेका थिए । सडकमा राजधानीबाट बाहिर जाने गाडीहरू ध्र्यार-ध्र्यार गरिरहेका थिए । खलासी र टिकट दलालहरू सम्बन्धित ठाउँको नाम लिएर यात्रुहरू डाकिरहेका थिए । धरान-धरान, विराटनगार-विराटनगर, काँकडभिट्टा-काँकडभिट्टा आदि । “एक्सक्युज मी” बाह्र नं. सिट त मेरो थियो । एउटा पुरुष स्वरले मेरो छेउमा पुकार्यो । म झसङ्ग भए । किन कि बाह्र नं सिटमा त म बसिसकी थिएँ र कोही यो सिटको हकदाबी गर्न आइरहेको थियो । मलाई के गरौँ कसो गरौँ भयो । हुन त एघार नं.को सीट पनि खाली नै थियो । तर म त्यता बस्न चाहन्नथेँ । किनकि उभिएका मान्छे वा लोकल यात्रीहरू अथवा कन्डक्टरहरू आफ्नो जीउ दराल्दै हिँडेको अनि उभिने बहानामा बस्नेसँग त्यसमा पनि केटीसँग ढेसिएको मलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले झ्यालपट्टि बस्न मलाई मनपर्थ्यो र आफूलाई सुरक्षित ठान्थेँ । मैले खाली भएको सिटपट्टि इशारा गर्दै भने- “म झ्यालतिर बस्छु…। तपाई यता बस्नुस् न हुँदैन र ?” यति भन्दै मैले उसको अनुहार हेरेँ । अहँ ऊ मेरो चहानानुरूपको आकर्षक रूप रङको स्मार्ट पटक्कै थिएन । मलाई झनक्क रीस उठयो ऊप्रति…। किन र के कारणले रिस उठयो त्यो मलाई थाहा थिएन । तर रिस उठनुपर्ने वास्तविक कारण त्यही मान्छे, जुन मेरो चहाना अनुरूपको नहुनु नै थियो सायद…। उसको कुनै प्रत्यक्ष दोष थिएन । थियो केवल मेरो कल्पना र मनले सोचेजस्तो सुन्दर नहुनु मात्र । हुन त मेरो भित्री इच्छा पनि सिट पार्टनर कुनै पुरुषको नै अपेक्षा थियो र ऊ पनि पुरुष नै थियो । एकप्रकारले त मेरो आकाँक्षा पूरा नै भएको थियो । तर यहाँ त समस्या झन खडा भयो पुरुष त पर्यो तर चाहनानुरुपको आकर्षक र राम्रो परेन । “कस्तो अनुहार पनि नपरेको मान्छे…। त्यसमा पनि कालो चस्मा लगाएको…। हेर्दा गुण्डाजस्तो…। हैन, अनुहार पनि हुनुपर्छ नि गगल्स लगाउनलाई त…। सुहाओस नसुहाओस् । केटीलाई चिहाई चिहाई हेर्न लगाएको होला नि…।” एक्कासी मनमनै आक्रोस पोखेँ । “अब यति राम्री, जवान केटीसँग ढेसिएर, एकै सिटमा यात्रा गर्न पाउँदा त मख्ख पर्यो होला नि ! फेरी कहाँको पात्ले घारीमा जुका टिप्दै भेडा हेर्नेको छ जस्तो रूपरङ र हुलिया पनि । खुबै कति न शिक्षित र पढेलेखेको भएजस्तो गरेर अँगे्रजी बोल्छ- “एक्स्क्युज मी” त्यसको अर्थ त थाहा छैन होला त्यसलाई…।” अझै रिस मरेन मेरो । मैले मनमनै त्यो मान्छेलाई थुप्रै गाली गरेँ…। ममा रूपको घमण्ड थियो । सायद त्यसैले होला म नराम्रो मान्छेलाई घृणा गर्दथेँ । आफूजस्तै राम्रो मान्छेसँगमात्र बिहे गर्छु भन्ने भित्री आकाङ्क्षा थियो । त्यसैले त अहिले पच्चीस कट्दा पनि बिहे गरेकी थिइनँ । आफूले खोजेजस्तो सुन्दर नभेटेकोले…। अनि अर्कोकुरा, म नराम्रा मान्छे सबैलाई फटाहा नै ठान्थेँ र उसलाई पनि मैले त्यस्तै ठानेँ । गाडीका सिट लगभग पुरै भरिए । म त्यो मान्छेपट्टी फर्किंदापनि नफर्की, त्यसलाई मजाले हेर्दापनि नहेरी, अर्कोपट्टी फर्केर झ्यालबाट देखिने दृष्यहरूमा भुलिन थालेँ । ऊभने कति न शिक्षित र सभ्य भएजस्तो भएर पत्रिका पढन थाल्यो । अनि सायद मसँग बोल्ने निहुँले होला ‘पढ्ने हो , भनेर मतिर बढायो । मैले समाएँ तर पढने मुढ नै थिएन । शीर्षक पढदै पाना पल्टाउँदै गएँ । गाडी कलंकीबाट गुड्यो र क्रमशः काठमाडौँलाई बाई-बाई गर्दै फुत्त ओरालो लाग्यो । पहाडी क्षेत्रको नागबेली परेको घुमाउरो बाटोहँुदै । म आँखाभरि पारी गाउँका रमाइला र मनोरम दृष्यहरूलाई सँगाल्दै त्यो मान्छेप्रतिको वितृष्णा वा आक्रोश शान्त पार्ने प्रयास गर्दै थिएँ । धार्केमा चियानास्ता खानकोलागि गाडी रोकियो । सबै यात्रुहरू उत्रिए । मेरो सहयात्री पनि तल उत्रियो । मेरो बराबरीको अर्को सिटमा एउटी महिला थिइन् । उनीपनि सायद एक्लै थिइन् । त्यसैले मेरो साथी तल उत्रिएको बेला मैले आफ्नो सँगैको सिटमा तिनै महिलालाई राख्ने विचार गरेँ । म आफ्नो सिट पार्टनरलाई हटाउन चाहन्थेँ । यस्तो मनले नरुचाएको व्यक्तिसँग यात्रा गर्नु भन्दा त बुढी आइमाईसँग बस्नु नै राम्रो…। त्यसैले मैले उनलाई बोलाएँ, “ए दिदी तपाई यहाँ आउनुस न । केटी केटी मान्छे मिलेर बसौँ । यहाँको मान्छेलाई बरु त्यता पठाइदिउँ हुन्न ?” उनले पनि सजिलै भनिन्- “अहँ नाइँ ! म त आउँदिन ..। तपाईं बरु यता आउनुस न…।” उल्टै उनले पो मलाई बोलाइन् । मेरो कुरा उनले सजिलै अस्विकार गरिदिइन् । मलाई ती आइमाईप्रति पनि रिस उठ्यो किनकि मैले सोचे बिपरित उनले नै मलाई पो बोलाइन् । मेरो कुरा त सजिलैसँग इन्कार भएकोमा मैले मनमनै गाली गरेँ …”हेरन ! कस्ती मै हुँ भन्ने रहिछे…। हेर्दा भने कस्ती काँठे छे…। यता आइज न भन्छु, उल्टै म पो उता जानु अरे…। हैन, त्यसले मलाई के सम्झिएकी छ…हँ ? म जान्छु कि केहो ऊ पट्टि…?? त्यससँग निहुरिन जानुभन्दा त बरु यही पाखेसँग बस्नु नै जाति ।” मैले आफूलाई नै जिताउने अठोट गरेँ…। मैले आफैंले प्रर्याप्त खानेकुरा बोकेकी थिएँ । झिकेर खाएँ । बोटलको पानी पिएँ । पुनः यात्रीहरू आ-आफनो ठाँउमा आएर बसे…। मेरो सहयात्री भनाउँदो पनि आएर बस्यो । मैले उसलाई यसो ध्यान दिएँ लगभग ऊ र म सँग सँगैका जस्ता लाग्यो, म पनि बच्ची थिइनँ । छब्बीस टेकिसकेकी थिएँ । सामान्य स्तरको रफ लगाइ र आँखामा कालो चस्मा र नपरेको अनुहार त्यसमा पनि कालो वर्णको । उसको हुलिया देखेर मैले सोचेँ, दिनभरीको जवान केटीसँगको यात्राको फाइदाचाहीँ यसले पक्कै पनि उठाउने नै छ । बरु म उसलाई भाइ भन्ने सम्बोधन गरिदिन्छु । सायद यसो गर्दा त ऊ दिदी माथि केही गर्न सक्दैन वा दिदीप्रति को मर्यादाले मप्रति कुभावना राख्न पनि अलिक आँट आउँदैन कि । कुनै अभद्र व्यवहार गर्दैन कि । म यता यस्तै सोचेर टोल्हाउदै थिएँ । “बहिनी कहाँ जाने ?” उसको एक्कासीको प्रश्नले र त्यसमा पनि बहिनी सम्बोधनले म झसङ्गै भए । म उसलाई “भाइ” बनाउन खोज्दैछु तर उल्टै उसैले पो मलाई बहिनी भनेर सम्बोधन गर्यो । सायद उसले आफ्नो पौरुषत्व देखाएको होला । बहिनी भनेपछि त जे गर्न पनि सकिन्छ भनेर अधिकार देखाउन खोजेको होला नि ! मसँग ढेसिएर बसौँला.., छिल्लिएर जिस्कौं ला, गाडी गुड्दा हल्लिएको बहाना गर्दै बेलाबेलामा मेरो शरीर छुन पाउँला अनि निदाएको बहानामा मेरो काँधमाथि झुलौँला…। म निदाएको बेला सुम्सुम्याउँला…भन्ने सोचेको त होला नि त्यस मोराले…। मेरो मनमा चिसो पस्यो…। मुटु ढक्क भएर फूल्यो…। सम्भावित घटना घटन सक्ने परिकल्पनामा अनेकाँै शङ्का-उपशङ्काहरू रुमल्लिन थाले मष्तिस्कमा । म अब आफू असुरक्षित हुन सक्छु भन्ने शङ्काले झन् सर्तक हुन थालेँ…। वास्तवमा बाह्र नंको सिट फाप्दो रहेनछ त । अपसकुन नै हुदोँरहेछ…। यस्तै यस्तै तर्कना गर्नथालेँ म…। धेरै लोग्ने मान्छेहरू गाडीमा वा अन्य ठाँउमा भएको भीडको फाइदा लिइहाल्छन् । सिटमै बसेको छ भने पनि विभिन्न बहानाले छुन खोज्छन् । हात बाँधेर बस्ने बहानामा केटीका संवेदनशील अंगमा छुन खोज्छन् कोही भने निदाएर र थाहा नपाएको (बाहाना) अभिनय गर्दै आफ्नो शरीरलाई लथालिङ्ग छोडिदिन्छन् अनि केटीको काँधमा टाउको बोकाउन पनि पछि पर्दैनन् । उभिएको छ भने पनि जहाँ केटी छ, त्यहीँ नजिक आइपुग्छन् । अनि गाडीको असन्तुलनसँगै आˆनो शरीर पनि असन्तुलन भएको बहाना गर्दै केटीसँग ठोकिन्छन् । यो त उनीहरूको सामान्य प्रयासमात्र हो । लोग्नेमान्छेका यस्ता सस्ता कुप्रवृतिबाट परिचित मपनि उसलाई त्यही प्रवृत्तिकै सोच्न थालेँ । समय दिउँसो भए पनि सिटमा ऊ र म मात्र त थियौँ । लामो दुरीको यात्रामा ऊ पनि निदाएको बहानामा शरीर मलाई बोकाउन सक्छ । अथवा म निदाएको बेलामा उसले मौकाको फाइदा उठाउन सक्छ । हातहरू मेरो शरीरमा ल्याइपुर्याउन सक्छ । जे पनि त हुन सक्छ । यदि यस्तै नै भयो भने..? त्यसले त्यसै गर्यो भने ? अहँ म त कसैगरी पनि निदाउँदिन । म त सिधै कराउँछु । हकार्छु । अनि पछाडि गएर बस्ने धम्की दिन्छु । म भित्रभित्रै निकट भविष्यमा घट्नसक्ने संभावित घटनाकोलागि पूर्व तयारी गर्नथालेँ । अनि अझ खुम्चिएर सानो भएर बसेँ…। म यस्तै यस्तै सोचिरहेकी थिएँ । उसले फेरि सोध्यो- “बैनी ! कहाँ जाने हो ?” “विराटनगर” मैले सटिक उत्तर दिएँ सकभर उसलाई आफ्नो सही परिचय नदिने उद्देश्यले आˆनो ठेगाना भनिन् । “नास्ता खान किन नगएको त ?” उसले सायद मप्रति अपनत्व देखाउँदै सोध्यो । “हैन खानेकुरा मसँगै थियो, यहीँ खाएँ” मैले नचाही नचाही पनि उत्तर दिएँ । “म पनि जनकपुर जान भनेर हिँडेको थेँ, फेरि जान मन लागेन…। काँकडभिट्टासम्म जानुपर्ने काम थियो, उतै जान्छु भनेर लागेको…” मैले नसोधिकन नै उसले आˆनो गन्तव्य बतायो । “पुरै यात्राभरि साथ पाउने भइस मोरो ! त्यसैले त निहुँ पारी-पारी बोल्न खोज्दैछस् ।” मैले मनमनै त्यसलाई गाली गरेँ । मैले उसप्रति गहिरो चाख नदेखाएकोले होला सायद, ऊ चुपचापसँग हात बाँधेर बस्यो । मलाई कतै छुइन्छ कि भन्ने सतर्कता अपनाउदैँ । म झयालबाट देखिने बाहिरी दृष्यमा अलमल्लि रहेँ । ऊ चुपचाप भएकोमा मलाई पनि ढुक्क लाग्यो । धादिङ पुगेपछि आˆनै गतिमा गुडिरहेको गाडि घचक्क रोकियो । सबै यात्रुहरूले उत्सुकताबस बाहिर हेरे । खालासीले भन्यो “ल गाडी जाममा परेजस्तो छ ।” मैले पनि झ्यालबाट हेरेँ अगाडीको सडक पुरै गाडी नै गाडी । हल्लखल्ला भयो, “कृष्ण भीरमा पहिरो गएको छ अरे । गाडी जानै सक्दैन…। अब के गर्ने…?” सबैको मुहारमा प्रश्न झल्कियो । मेरो सहयात्री पनि निकैबेर पछि ब्युँझियो वा त ब्युँझिएको अभिनय गर्यो । “के भयो ?” भन्दै चनाखो भयो । मलाई बोल्न करै लाग्यो- “गाडी जाममा पर्यो अरे ।” अरू यात्रुहरूसँगै ऊपनि तल उत्रियो बस्तुस्थिति बुझ्न । एकछिनपछि तल उत्रिएकाहरूले खबर सुनाउन थाले । ऊ पनि अरूलाई भन्दा खासगरी मलाई खबर सुनाउन आयो । “बाटो नै छैन अरे… गाडी जाने त चान्स नै छैन…। पुरै जाम छ …।” उसले सुनाएको यस कुरालाई चाहिँ मैले राम्रै ध्यान दिएर सुनेँ । किनभने यो त मेरो पनि चासोको विषय थियो । ऊ पुनः उत्रियो…। वातावरण उराठलाग्दो थियो । तल धमिलो त्रिशुली बटारिएर आˆनै गतिमा बगिरहेको थियो । माथि त्रिशुलीको भीरमा कुनै महान व्यक्तिको स्वागतमा पंक्तिबद्ध उभिरहेका स्वागतार्थी जस्ता रंगिचंगि गाडीहरू दोहोरो लाइनमा खडा थिए । मध्यान्हको घाम । त्रिशुलीको खोँच । घामले तात्तिएर चौपट्टै उष्ण गर्मी थियो । गाडीका यात्रुहरूले बोकेको पानी सकिइसकेको थियो । त्रिशुलीको वेगलाई हेरेर तिर्खाएको जिब्रोले ओठ चाट्नुपर्ने अवस्था थियो । किनभने नजिकै बाटामा कतै घरहरू थिएनन । तल हेर्दा कहालीलाग्दो उर्लिएको त्रिशुली । माथी हेर्दा आक्कासिँदो भीर र त्यही भीरको बीचमा भएको बाटोभरि गाडी नै गाडी र मान्छेहरू । खानेकुरा बोकेका यात्रुहरूले आफूसँग भएका खानेकुराहरूले भोक मार्न थाले । नहुनेहरू सन्तोष मानेर निन्द्रासँग भोक साट्ने प्रयास गरिरहेका थिए । सधैँ नौ बजे खाना खाने बानी । आज त बाह्र बजिसकेको थियो । त्यसैले मैले पनि आˆनो सिट पार्टनर नभएको मौका पारेर कुपुकुपु खाएँ आफूले बोकेका खानेकुरा । एकक्षण पछि त ऊ पनि आइपुग्यो । “कस्तो भोक लागिसक्यो…कतै घर पनि छैन…होटलपनि छैन । दोकान भए त चाउचाउ बिस्कुट किनेर खानुहुन्थो नि…केही पनि छैन” भन्दै सिटमा आएर बस्यो । अहिले मैले बाह्र नंको सिटको अपसकुनलाई सम्झिएँ । एक त मनले नरुचाएको साथी पर्नु, अर्को यस्तो जाममा पर्नु, खान नपाउनु…। सबै सम्झिँदा आठ बाह्र नंले पिर्छ भन्ने आमाको मान्यतालाई मैले नचाहँदा नचाहँदै पनि सप्रमाण स्विकार्न पुगेँ । मौकाको फाइदा उठाउन गाडी रोकिएको ठाँउबाट एक दुई कोश वरपरका टुकुरे दोकानका व्यापारीहरू चाउचाउ र बिस्कुटको प्याकेट लिँदै आइपुगे । दशको पन्ध्र भन्दापनि सजिलै बिक्यो उनीहरूको सामान । किनकि काठमाडौँबाट पूर्व लाग्ने सबै गाडी त्यहिँ थुपि्रएका थिए । यात्रुको अनुपातमा त्यो सामान थोरै थियो । फेरि दिउँसो एक बजिसकेको थियो । भोकको अगाडि पन्ध्र रुपियाँ सामान्य नै थियो । एउटा फुच्चेले कार्टुन बोकेर चाउचाउ भन्दै आयो ।झ्यालबाट उसले त्यस केटालाई भित्र आउने इशारा गर्यो तर ऊ आइपुग्दा नपुग्दै अगाडीको यात्रुहरूले कार्टुन रित्याइहाले । मेरो सहयात्री हेरेको हेर्यै भयो । अनि बाध्य भएर धैर्य हुन खोज्यो र कुनै उपाय नभएपछि पुनः सिटमा नै चुपचाप लागेर बस्यो । ठिक्क पर्याे भन्यो मेरो मनले । बाटो यति भीड थियो कि श्वास पनि नछिर्ला जस्तो । तै पनि अलिकति ठाँउ भेट्टायो कि डाइभरले गाडी सुलुत्त निकाली हाल्थो । त्यस्तो सानो बाटो । दुवैपटि गाडी तैपनि प्रतिस्पर्धामा गाडी निकाल्यो अनुभवि डाइभरले । तर आफ्नो भने जिउ नै सिरिङ्ग हुन्यो । अलिकति अगाडी बढेर रोकियो गाडी । त्यहाँ बाटामा दुई चारवटा घर र खुद्रा पसल देखिए । त्यो सबैको आशाको त्यान्द्रो थियो फेरि सबै यात्रुहरूसँग ऊ पनि उत्सुकतावश बाहिर देखिएका घरहरू चियाउन थाल्यो । अनि यसो मपटि ढल्केर उसले आफ्नो पाइन्टको भित्री गोजीबाट एउटा पैसाको बन्डल निकाल्यो र “खुद्रा पैसा पनि बाहिर रहेनछ” भन्दै चार पाँचवटा हजारका र चार पाँचवटा नोट फटाफट निकाल्यो । मैले ध्यान दिएँ, ऊसँग कम्तिमा पनि लाख जति पैसा थियो । बाँकी पैसा पुनः यथास्थानमा राखेर तल उत्रियो । म छक्क परेँ । हेर्दा त्यस्तो खाते जस्तो छ । पाँच रूपैयाँ पनि मागेर पाउला जस्तो छ तर यत्रो पैसा…? मलाई आश्चर्य साथै डर पनि लाग्यो । जनकपुर हिँडेको भन्दै काँकडभिट्टा जान्छु भन्छ । सामान पनि खास केही भएजस्तो लाग्दैन । फेरी गगल्स लगाएर काग जस्तो देखिन्छ । पक्का पनि यो मान्छे गुण्डा हो यता दुइनम्बरी काम गर्ने हो । कि त केटी बेच्ने दलाल पो हो कि…? नत्र किन यसले यत्रो पैसा बोकेको छ ? कहाँबाट ल्याएको होला यत्रो पैसा ? यस्तो खाते जस्तो मान्छेले ?? मलाई त ऊ देखि झन डर लाग्यो । कतै यसले बिभिन्न उपायले, तरिकाले मलाई पनि बेच्न लग्यो भने ? भयंकर शङ्कालु प्रश्न म आफैभित्र उब्जियो । “गाडीमा अपरिचितले दिएको कुनै पनि खानेकुरा नखानु” भन्ने कुरा सम्झेँ । उसले पनि मलाई बाध्यतावश कुनै कुरा झुक्याएर खुवाउन सक्छ । बेहोशीमा ललाएर, फकाएर लैजान र बेच्न पनि त सक्छ । मेरो मुटु झन फूल्यो । ऊ पुनः खिन्न हुँदै आयो र मलाई आफै सुनायो- “पसलमा केही पनि छैन अगाडिका यात्रुहरूले सबै खानेकुरा सकिसकेछन् । मरिने भइयो भोकले ।” उसले भनेको कुरालाई मैले खासै ध्यान दिइनँ । मलाई डर लागेको कुरा वा उसको सत्य पत्ता लगाउने उत्सुकता जागिरहेको थियो । त्यसैले मैले पत्ता लगाउने उद्धेश्यले डराउँदै सोधेँ- “तपाई के काम गर्नु हुन्छ ?” “म एउटा व्यवसायिक संस्थामा काम गर्छु ।” उसले भन्यो । “म त्यसको व्यवस्थापक हुँ । संस्थाको कामले नै काठमाडौँ आएको थिएँ । एउटा मान्छेलाई नभेटी नहुने थियो । अब काँकडभिट्टा जाँदैछु ।” “उफ व्यवस्थापक रे हेर्दापनि त्यस्तै लाग्छ….” मैले मनमनै उपेक्षा गरे उसलाई । एउटा यात्रु गाडीमा चढ्यो र भन्यो “कोही भात खान चाहन्छ भने यहाँ एउटा (होटलमा) घरमा गुन्द्रुक र भात रु चालीसमा पाइन्छ अरे ।” उसलाई सायद ज्यादै भोक लागेको थियो । म त गुन्द्रुकसँग भए पनि भात खाने भनेर हत्त न पत्त उत्रियो । तर उ उत्रिएको केही बेरमा नै सडकका गाडी अलिकति चल्मलाए । हाम्रो ड्राइभरले पनि गाडी ध्यार्र…टिं…पारिहाल्यो । खलासीले सबै यात्रीलाई बोलायो सबै यात्रु आए । गाडी हिँडयो । ऊ पनि सिटमा आएर बस्दै भन्यो, भात त पाकिसकेको रहेछ तर खानै भ्याइएन…। म खुच्चिङ मार्दै मनभरि हाँसिरहेँ…। उसले खान नपाएकोमा । दिन क्रमशः ढल्कन लागेको थियो । समय दिउँसोको दुई वा तीन बजिसकेको थियो । अरू दिन यसबेला ढल्केबर वा लाहानतिर पुग्ने गाडी त्यसदिन त्रिशुलीलाई छोड्न सकेको थिएन । सबै यात्रुहरू अब भोकबाट लखतरान भएर सिटमा चुपचाप निदाउने अभिनय गर्न थाले । भोको पेटमा साँच्चीकै निदाउने चाहिँ सायद एक दुई जनामात्र थिए होला…। अरु यात्रीको जस्तै मेरो सहयात्रीको अवस्था पनि दयनीय नै थियो । उसले धेरै प्रयास गरेको थियो भोक लाग्दा एकपेट खानलाई…। तैपनि केही पनि खान पाएको थिएन । ऊ भित्री रूपमा जे जस्तो भए पनि, जो भए पनि र मैले उसलाई जे जस्तो सोचे पनि मानवताको नाताले मलाई उसप्रति टीठ लाग्यो । मसँग खानेकुरा प्रशस्त थियो । फलफुल पनि थियो । मेरो मानवताले मलाई उसलाई केही दिन अह्रायो । बिचरा जे जस्तो व्यवसाय गरेर कमाएको भए तापनि त्यत्रो बिधि पैसा गोजीमा छ तर मुखमा एक गाँस पनि खान पाएको छैन । मान्छेहरू पैसालाई नै ठुलो ठान्छन् तर समय र परिवेश अनुसारमात्र पैसा ठूलो हुँदोरहेछ । खै त त्यत्रो पैसा उसको गोजीमा भएर पनि उसले भोक मेट्न सकेन त…। आखिर भोक मार्न त खानेकुरा नै त चाहिँदो रहेछ…जे जस्तो भए पनि…। पाँचतारे होटलको भए पनि मागेर खाएको एकमुठी भात भए पनि । आखिर जीवन धान्नु नै त मुख्य उद्देश्य हो रहेछ । मैले पैसा र खानेकुराको तुलना गरेँ र पैसाको मूल्यको पनि गणना गरेँ । मैले मसँग भएको खानेकुरा झिकेर उसलाई खान दिएँ । उसले लिन मानेन । मैले “लिनु न भोक लाग्यो होला” भनेर पुनः अनुरोध गरेँ । “बिहान मैले त नास्ता खाएको छु नि…बरु तपाईलाई पो भोक लाग्यो होला त…नास्ता पनि खानु भएन…।” उसले उल्टै पो मलाई सहानुभुति दर्शायो । नखाए नखा न त मोरा मनमनै भनेँ र क्वाम क्वाम पारेँ उसलाई दिन ठीक पारेको खानकुरा । <p style="margin: 0px 0px 25px; padding: 0px; color: rgb(51, 51, 51); font-family: Verdana, Geneva, sans-serif;
ktmpost · Jul 30, 2016 3:28 PM · 11,195 views
नास बोरो, अन्दर्वेर बोरो पर्न पनि नजिकको सिट्मा अनि चाल पाउथ्यी। लोल
nozzs · Jul 30, 2016 8:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion