भत्काउने राजनीति देखेँ, अब म बनाउने राजनीति गर्छु’ तीन पुस्ताको भोगाइ बोकेर रञ्जु राजनीतिमा गत शनिबार डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा एेक्यबद्दता जनाउँदै निस्केको जुलुसमा रञ्जु दर्शना। तस्बिर: सोमेश वर्मा स्वस्फुर्त जम्मा भएका दसौं हजारको त्यो भिडमा ९५ प्रतिशत भर्खरका तन्नेरी देखिन्थे। माइतीघरको त्यो ठेलमठेलमा आक्कलझुक्कल फेला पर्ने परिचित र परिपक्व अनुहारमा मैले परैबाट डा. अभि सुवेदीलाई देखेँ। उनी कलेजका छात्राहरूको एउटा हुलसामु पुगेर केही सोधिरहेका थिए। विश्वविद्यालयका परिचित गुरुलाई नचिन्ने ती छात्रा १२ कक्षा सकेर स्नातक तयारीका निम्ति भर्खर चितवनबाट आएका रहेछन्। ‘नेपालमा हाम्रो आन्तरिक पावर हराएको छैन,’ प्राध्यापक सुवेदीले आँखा चम्किलो बनाउँदै मतिर हेरेर भने, ‘यिनीहरूले हो अब परिवर्तन गर्ने।’ नेपालमा परिवर्तन गर्छु भन्नेहरू शक्तिमा जानेबित्तिकै सबै एकै पोको परेका बेला यी भर्खरका विद्यार्थीले बलियो सम्भावना देखाएको उनको भनाइ थियो। विद्वान अर्जुन अपादुराइले भन्ने गरेको ‘अल्टरनेट फोर्स’ (वैकल्पिक शक्ति) बल्ल फेला परेको उल्लेख गर्दै सुवेदी जुलुसमा अघि बढ्न थाले। युवा पुस्ताको बाहुल्य रहेको त्यो भीड नयाँबानेश्वरतिर बढ्यो। जुलुस जति भव्य र आक्रामक देखिन्थ्यो, त्यसले त्यत्तिकै संयम पनि अपनाएको थियो। बाटोमा कसैले पानीको बोतल वा अन्य कुरा फ्याँकेर फोहोर पारिदेलान् भन्दै जुलुसमा सामेल तन्नेरीहरू सजग थिए। फोटो खिच्न वा हेर्न सडकछेउका अग्ला संरचनामा कोही उभिएको छ भने पनि त्यहाँ रोपिएका वनस्पति नासिएलान् भनेर तुरुन्तका तुरुन्तै उनीहरू आएर हटाइहाल्थे। जुलुस नियन्त्रित गर्न डोरीको घेरा तान्दै लैजाने अर्को समूह उत्तिकै जागरुक थियो। सबैभन्दा परिपक्वता त उनीहरूले एभरेस्ट होटलअगाडि पुगेपछि सुरक्षा घेरामा देखाए। यति विशाल र आक्रोशित जुलुस हुँदाहुँदै सुरक्षा घेर नाघ्ने प्रयास कसैले गरेनन्। जताततै अन्धकार बन्दै गएको समाजमा शनिबार निस्केको त्यो जुलुस साँच्चिकै उज्यालो धर्सो लागिरहेको थियो। को हुन् यिनीहरू? के फरक छ यो पुस्तामा? म जिज्ञासु थिएँ। हामी हिँडिरहेकै ठाउँमा करिब सय मिटर अगाडि एउटा सानो ट्रक थियो। त्यसैमाथि चढेकी एक किशोरीले त्यहाँ धेरैको ध्यान खिँचिरहेकी थिइन्। हातमा माइक लिएर चिच्याइरहेकी ती किशोरी हरेक पल नयाँ नयाँ नारा लगाइरहेकी थिइन्। प्रत्येक नाराको भाषा सन्तुलित थियो। जबकि, उनको प्रस्तुतिमा आगो बलिरहेको प्रतीत हुन्थ्यो। उनको अनुहार राँकिएको थियो। उनले प्रयोग गरेका शब्द सालिन हुँदाहुँदै हरेकपटक चिच्याएर बोल्दा दावानलबाट आक्रोशका ज्वाला फुटेर निस्केजस्तो देखिन्थ्यो। जुलुस सकियो। तर, ती किशोरीप्रतिको जिज्ञासा सकिएन। ‘मेरो नाम रन्जु दर्शना,’ भोलिपल्ट भेटमा उनले आफ्नो नाम बताउनेबित्तिकै मेरो मनमा प्रश्न उठ्यो, ‘यो दर्शना कस्तो थर हो?’ ‘सरनेम पनि चाहिन्छ? मलाई त यही नामले चिन्छन्। दर्शना म आफैंले राखेको टाइटल हो। सुरुमा यो नामबाट फेसबुक अकाउन्ट खोलेको थिएँ। त्यसपछि यही नाम भयो। नागरिकतामा चाहिँ न्यौपाने लेखेको छ।’ हामीसँग भेट्न अख्तियार अगाडिको जुलुस छाडेर आएको र आफू हिँड्नेबित्तिकै त्यहाँबाट सहकर्मीहरू समातिएको खबरले उनी विचलित थिइन्। नेसनल कलेजमा डेभलपमेन्ट स्टडिज स्नातक दोस्रो वर्षकी छात्रा रञ्जु यसरी जुलुसमा हिँड्न थालेको तीन वर्ष भएछ। उनी १२ कक्षा पढ्दै गर्दा डा. गोविन्द केसीकै समर्थनमा पहिलोपटक सडकमा ओर्लिएकी थिइन्। त्यो दिन भ्यालेन्टाइन डे थियो। विदा माग्दा उनी पढ्ने हेराल्ड इन्टरनेसनलका शिक्षकले जुलुसमा जान लागेको भनेर पत्याउनै मानेका थिएनन्। रञ्जुले महाराजगन्ज चक्रपथमा घर बताएपछि हामीले पुख्र्यौली थलोबारे जिज्ञासा राख्यौं। ‘मलाई आफू जन्मेदेखिको थाहा छ, त्यसअघिको थाहा छैन,’ उनले भनिन्। यो अलिक अनौठो कुरा थियो। त्यसैले जिज्ञासा झनै बढ्यो। उत्तर दिनुअघि उनी एकछिन थामिइन्। त्यसपछि धाराप्रवाह बढिन्– ‘म मामुसँग मात्र बस्छु। म छ महिनाको गर्भ रहँदै मेरो मामु र बाबा छुट्टिनुभएको हो। १७ वर्षको उमेरमा पुग्दा पहिलोपटक मेरो बाबालाई देखेको हुँ। त्यो पनि ममीको नामबाट नागरिकता नबनिदिएर। बाबाचाहिँ उता विराटनगरमा बस्नुहुन्छ। अर्को बिहे गर्नुभएको छ। दोस्रो श्रीमतिबाट दुई बहिनी र एक भाइसहितको परिवार लिएर। यस्तो मेरो कथा छ, त्यसैले म आफूलाई ओरिजिनली काठमाडौंकै ठान्छु। नागरिकतामा जतासुकैको लेखियोस्।’ यसरी एउटा अर्को रोचक शृंखला थपिन् उनले। बाबाले गर्भवती आमालाई छाडेर गएपछि आफू मावल हजुरआमाकै संरक्षकत्वमा हुर्किएको उनले सुनाइन्। ‘८५ वर्षको उमेरमा पनि हजुरआमा साह्रै कडा हुनुहुन्छ,’ उनले भनिन्, ‘हिजो पनि जुलुसबाट फर्कंदा ‘दिनभरि हिँडेर खिस्रिक्क परिछे, बाँदर्नीजस्तो’ भनिरहनुभएको थियो।’ उनी हाँसिन्। उनलाई साथ दिँदै हामी पनि हाँस्यौं। मामाघरको ओत पाएर हुर्केकी दर्शनाले एसएलसीपछि नै नोकरी गर्न थालेकी थिइन्। एपटेक कम्प्युटर इन्स्टिच्युटमा टेलिमार्केटर थिइन् उनी। त्यसपछि विस्तारै उनलाई ‘नागरिकता’ भन्ने कुनै कागज हुन्छ जसको अभावमा अघि बढ्न सकिँदैन भन्ने महशुस हुन थाल्यो। ‘सुरुमा त बैंक अकाउन्ट खोल्नै नागरिकता नभई हुँदैन भनियो,’ उनी थप्छिन्, ‘म दौडादौड सरकारी कार्यालय धाउन थालेँ।’ उनी वडा कार्यालय गइन्, बबरमहलबाट सिफारिस ल्याएपछि भरेर दिइन्। ‘वडा कार्यालयका सचिवले भित्रको केही पढ्दा पनि पढ्नुभएन,’ भन्दै गइन्, ‘ममीको नागरिकता देख्नेबित्तिकै ‘ए...आमाको नामबाट नागरिकता?’ भन्दै फुत्त अर्कोतिर पन्छ्याइ दिनुभयो।’ सानैदेखि आमाको संघर्ष हेर्दै हुर्केकी रञ्जुले उनी जन्मेको देशमा छोरी हुनु कति सकसको काम रहेछ भनेर फेरि महसुस गरिन्। तै उनले हार मानिनन्। ती वडा सचिवलाई फाइलभित्रको कागज हेर्न जिद्दी गरिन्। भित्र हेरेपछि ‘ए...यो त सर्लाही लेखेको रहेछ। सर्लाहीबाट मात्र हुन्छ’ भन्दै सचिवले फाइल उनकै हातमा थमाइदिए। बिहे भएपछि रञ्जुकी आमा सर्लाहीमै गएर बुवाको घरमा बसेकी थिइन्। उनकी आमाको नागरिकता पनि बुवाकै नागरिकताका आधारमा उतै बनेको रहेछ। उनका बुवाले पत्नी त्यागेलगत्तै बसाइँ सरेर विराटनगर गएका रहेछन्। कट्टर धार्मिक परम्परा मान्ने रञ्जुका पिता विराटनगरमा जजमान काम गर्छन्। उतातिर हजुरबुवा, बुवा मात्र होइन उनलाई हुर्काउने मामाघरकी हजुरआमा पनि वैष्णव हुन्। नागरिकताको जटिलताले रञ्जुलाई उनको बुवा खोज्नैपर्ने अवस्थामा पुर्यायो। उनी उतिबेलै विराटनगर पुगेर नागरिकता बनाएर फर्किइन्। रञ्जुकी ममी र बाबाको भने छुट्टिएको घडीदेखि नै फेरि भेटघाट भएको छैन। उनले त्यसको सम्भावना पनि देखेकी छैनन्। नागरिकता बनाउन गएपछि बुवालाई भेटेकी उनले लगत्तै अर्को मौका पनि पाइन्। हेटौंडामा ठूलीआमा सिकिस्त बिरामी सुनेर पुगेको बेला त्यहाँ उनको बुवा सपत्नी आएका थिए। ‘सानीआमाले पशुपतिको दर्शन गर्नुभएको थिएन,’ उनले भनिन्, ‘बुवाआमा दुवैलाई काठमाडौंमा घुमाउने काम मैले नै गरिदिएकी थिएँ।’ त्यतिबेला रञ्जुका बुवा भक्तपुरस्थित उनको अर्को ठूलोबुवाकहाँ बसेका थिए। ‘मैले धरहरा, स्वयम्भू र पशुपतिनाथ लगिदिएँ,’ उनी भन्छिन्, ‘कान्छी ममी कस्तो फुरुङ्ग पर्नुभएको थियो।’ एउटी मात्र छोरी रञ्जु यसरी घरि जुलुस त घरि हडतालमा हिँडेको देख्दा उनकी आमालाई सुरुसुरुमा अनौठो लाग्थ्यो। तर, सानैदेखि ‘मायाको पोको’ उनलाई आमा फकाउने तरिका पनि राम्रैसँग थाहा छ। उनी सरल भाषामा आमाले बुझ्ने गरी सम्झाउँछिन्। जस्तो, गोविन्द केसीकै अभियान– ‘ममी हेर्नुस्त! त्यो हेलिकप्टर किन आएको थाहा छ?’ टिचिङ अस्पताल छेवैमा घर भएकी उनी आमालाई भन्दिरहिछन्, ‘दुर्गम गाउँहरूमा उपचार नहुने भएकाले त्यसले बिरामीलाई बोकेर काठमाडौं ल्याएको हो। सक्नेले यसरी हेलिकप्टरमा राखेर बिरामी ल्याउँछन्। नसक्ने त उपचारै नपाएर उतै मरिरहेका छन्।’ ‘त्यहीँ नजिकै अस्पताल भइदिएको भए उनीहरूले घरछेउमै उपचार पाउँथे। होइन ममी?’ उनी भन्दिरहिछन्, ‘त्यसैले हामीले डा. केसीको अभियानलाई बलियो बनाउनुपरेको हो।’ रञ्जुलाई अस्ति मात्र यो अभियानकै क्रममा तयार पारिएको एउटा सानो भिडियोले निकै घत पारेको रहेछ। त्यसमा दुर्गम गाउँकी बूढीआमैले जीवनमा सिटामोल पनि नदेखेको दुखेसो सुनाइरहेकी थिइन्। ‘मेरी ममी गहिरा राजनीतिक कुराहरू बुझ्नु हुन्न,’ उनी भन्छिन्, ‘हामीकहाँ भएका यस्ता बेथितिहरू उहाँ सजिलै बुझ्नुहुन्छ र म त्यसैलाई अझ सरल व्याख्या गरेर आफू किन र कहाँ गइरहेको छु भन्ने बुझाउने कोसिस गर्छु।’ यसरी आमालाई बुझाइसकेपछि कहिले राति १० बजे त कहिले साढे १० बजे घर पुग्दा पनि उनले ‘सपोर्ट’ नै पाउने गरेकी छन्। उनले केटाकेटीमै बलिदान सिनेमा हेरेकी थिइन्। त्यसमा हरिवंश आचार्यले पक्राउ पर्नेबेला आमालाई सम्झाइरहेका हुन्छन्। ‘आमा तिमी एक्लै रोइदेऊ न है। तिमी एक्लै रोइदियौ भने अरू हजारौं आमाले हाँस्न पाउँछन्,’ हरिवंशको त्यो संवाद अहिले पनि रञ्जुलाई आदर्श लाग्छ। 'म पनि आमालाई यस्तै भन्छु,' रञ्जुले भनिन्। रञ्जु र उनकी आमाबीच अरू पनि थुप्रै बेथितिलाई लिएर यस्तै संवाद हुन्छ। उनको घरै सामुन्नेको बाटोमा पानी पर्नेबित्तिकै जहिल्यै पोखरी बन्छ। ‘यो किन भएको थाहा छ? किनभने काम नगरिदिएर हो ममी,’ रञ्जु भन्छिन्, ‘यस्ता बाटो बनाउन भनेर यति धेरै पैसा आउँछ ममी, तर खर्च हुँदैन हामीकहाँ। किनभने काम गरिदिने मान्छे नै छैनन्।’ यसरी बेथिति औंल्याउँदा औंल्याउँदै उनी दुई वर्षअघि एउटा पार्टीमा आबद्ध भइन्। त्यो हो ‘विवेकशील नेपाली’ दल। कुकुर तिहारको दिन कुकुरलाई माला लगाइदिएर एकहुल तन्नेरीले त्यतिबेला चुनाव घोषणापत्र सार्वजनिक गरेका थिए। त्यो समाचार तस्बिरसहित द हिमालयन टाइम्समा छापिएको थियो। रञ्जुलाई यो निकै अनौठो लाग्यो। उनले इन्टरनेटमा गएर यसबारे थप खोजी गरिन्। यो समूहको सबै कुरा रमाइलो लाग्दै गएपछि उनी पनि त्यसैमा मिसिन पुगिन्। १२ कक्षाकी छात्रा चुनावमा डटेर होमिइन्। भरे त संसारमा यत्रोविधि माया गर्ने उनकै आमाले कांग्रेसलाई भोट हालेको थाहा पाइन्। तर, उनी दुःखी भइनन्। किनभने, रञ्जुलाई थाहा छ परिवर्तन एकैपटक आउँदैन। अलिक दिनअघि जातीय विभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस परेको थियो। रञ्जुले सडक नाटकमा अभिनय गरेकी थिइन्। आफ्नो प्रस्तुति हेर्न उनले घरमा भएका सबैलाइ बोलाइन्। आफ्नो नाटक हेर्न बूढी हजुरआमा पनि आएको बेला उनलाई असाध्यै खुसी लागेको थियो। त्यसमा उनले दलित महिलाको भूमिका खेलेकी थिइन्। हजुरआमाले सुरुदेखि अन्तिमसम्म चाख मानेर हेरिन्। अन्तिममा रञ्जुले ‘जातपातका आधारमा भेदभाव गर्नुहुँदैन’ भनेर लामै संवाद बोलेकी थिइन्। त्यो चाहिँ हजुरआमालाई उत्ति मन परेनछ। ‘तैले अस्ति नाटक चाहिँ राम्रो गरिस्,’ एक सातापछि नातिनी–बज्यै कुराकानी गर्दा भनिछिन्, ‘अन्तिममा भनेको चाहिँ ठिक भएन।’ हजुरआमाले उल्टो सोधिछिन्, ‘त्यस्तो हो त?’ त्यसपछि हजुरआमाले नातिनीलाई लामै प्रवचन दिएर सृष्टिको जन्म कसरी भएको भनेर बताइछिन्। भगवानले मान्छेको सिर्जना शिरबाट, काँधबाट, खुट्टाबाट गरेका आधार दिइछन्। </di
nozzs · Jul 26, 2016 8:06 PM · 23,889 views
Fan
sidhasojhoketo · Jul 27, 2016 7:21 AM
बिबेकशील नेपाली मलाई चै पार्टी भन्दा फेस बुक ग्रुप जस्तो लाग्छ। बिचाराहरु राम्रो तरिका ले भद्र तरिका मा राजनीति गर्छन तेस्तो आवाज कल्ले सुन्ने नेपाला ।
instagram · Jul 27, 2016 7:46 AM
insta, Nothing personal but we (including me) are mean to acknowledge the positive vibe but quick to criticize. Best we can do is share about this to people in Nepal when you have any chance. You/I can make a difference.
kalikopoi · Jul 27, 2016 8:09 AM
Kaali bhauju ko poi , we maa me aaucha teti ta malai ni thaha cha haha
instagram · Jul 27, 2016 12:10 PM
I think "Facebook" is one of the best medium to approach they have find to meet young people and introduce themself. The whole Nepali population been covered by only congress, uml, Maoist and other semi-popular parties influence and dominance; people don't even have good choices to choose from those list of culprits. ( I don't remember when was the last election and we all know the result which we are facing right now ) . They do not have sufficient amount of money like those bhrastachari parties have . I guess we all can just appreciate their work at least who are working eventhough they staying out of government. I wish good luck to them. ( I do not belong to any party though 🤒 )
atomic · Jul 27, 2016 12:48 PM
मलाई एस्तो केटा जस्तो देखिने केटी हरु सारै मन पर्छ sojoketo have a craze 4 tomboy.. अब सोजोकेटो पनि बिबेकसिल नेपाली जोइन गर्छ र रन्जु संग मिलेर समाजसेवा गर्छ
sojoketo · Jul 27, 2016 12:52 PM
Organized religions, organized party politics can go only so far. People eventually come out of dogma and start using their conscience instead of blindly following them. With the influx of information flow made possible by the new social media, we will see this trend even more. This is what Arab uprising saw, India's AAP is the result of the same thing. People get fed up of responsiveness, or lack thereof, of the leaders who sit on the top of traditional institutions. Even in the US where two parties seem to have the good grip on the party politics, we see politicians constantly voting for opponent parties or against their own party it it makes sense. In Nepal where 99% of the leaders were traditionally corrupt, people like Lalbabu Pandit, KP Oli do find being an example still is a thing. I feel like in the past Nepalese society view the people as losers if they rose to the top, but still remained poor. Dr. KC has successfully banked on these kind of frustrations that people have which is going to be more and more successful in the days to come. Public will have a say.
Altijdgoede · Jul 27, 2016 1:10 PM
@sojoketo What a co-incident that we have similar name and similar craze! Last edited: 27-Jul-16 05:30 PM
sidhasojhoketo · Jul 27, 2016 5:30 PM
Looks like 2 gays just met soul mate lol
instagram · Jul 27, 2016 5:53 PM
युवा अघि सर्छ, देश अघि बढ्छ। अहिलेको परिप्रेक्ष्यमा बिबेकशिल दलको motive अनि काम गराइ प्रसंशा गर्न योग्री छ। राज्नितिक चेतना भयेका र कुनै स्वर्थहिन युवा जमातले सुन्यबाट सुरु गरेर आज युवाहरूलाई देश र राजनीति प्रति positive चासो vibe सृजना गरेको छ बिबेकशिलले। भलै सानो, बिगतको अनुभव नभयेका भखरका तन्नेरीहरुको दल किन नहोस् येस्ले नेपालको बौद्धिक छेत्र अनि युवाहरूको ध्यान तानेको छ र यिन्को motive र intension सकारात्मक सफा अनि आसावादी छ।
nozzs · Jul 27, 2016 7:21 PM
instagram for your saying sidhasojoketo would like to ram your bushy ass with his thing which you always prefer all the way down in your mouth sojoketo is only into girls..
sojoketo · Jul 28, 2016 12:29 AM
आठ कक्षा फेल नेपालीलाई हार्वर्डमा कक्षा लिन निम्तो.... फोहोर उठाउने मिलन राइको कथा: बिहीबार बिहानै सामाजिक सञ्जालमा एक तन्नेरीले अघिल्लो दिन नयाँबानेश्वरमा निकालिएको जुलुसले फ्याँकेका फोहोर र प्लेकार्ड उठाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो। सबैतिर संक्रमण र द्वन्द्व चलिरहेको यो समयमा मान्छेको ध्यान आकर्षित हुने फाट्टफुट्ट सानोतिनो काम गरेरै चर्चा कमाउन खोज्ने पनि देखापरिरहेकै छन्। यो पनि त्यसैको एउटा पाटो होला भनेर खासै ध्यान दिइएन। दिउँसो हुँदा नहुँदै सामाजिक सञ्जालमा यसलाई सार्वजनिक पहिचान बनाएका व्यक्तित्वहरूले पनि सेयर गर्न थाले। त्यसपछि के रहेछ भनेर जिज्ञासा जन्म्यो। खोजी सुरु भयो, मिलन राईको। नयाँबानेश्वरमा कोठा भाडा लिएर एक्लै बस्ने उनी बेलुकी मात्र फेला परे। हामीले खासै नचिनेको मिलनलाई यतिबेला उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियानका निम्ति संसारभरिका ठूलो सिर्जनशिल घेराले चिन्दै आएको छ। केही दिनअघि मात्र बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए। त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो। ‘गार्डियन’ लगायत युरोपका महत्वपूर्ण अखबारहरूले त्यससम्बन्धी समाचार पहिलो पृष्ठमै प्रकाशित गरेका थिए। इन्स्टाग्राममा ‘ब्रसेल्स अट्याक’ भनेर खोजियो भने मिलन राईका पुतली प्रयोग भएका तस्बिर फेला पर्छन्। ‘बेल्जियम मात्र होइन,’ मिलन भन्छन्, ‘संसारका ४० वटा मुलुकका बेग्लाबेग्लै भावनामा मेरा पुतली प्रयोग भइसकेका छन्।’ अफ्रिकाका नामै नसुनिएका मुलुकमा समेत उनको पुतली प्रयोग भइरहेका छन्। आफू कहिल्यै नपुगेका ठाउँमा आफ्नो सिर्जना यसरी पुगिरहेको र अझ बढी त्यसले त्यहाँको सामाजिक अभियानमा काम गरिरहेको देख्दा मिलन दंग पर्छन्। यसरी फेला पर्ने तस्बिरहरू उनी फेसबुकमा पोस्ट गर्न छुटाउँदैनन्। ‘कसैले आन्दोलनमा प्रयोग गर्छन् त कसैले शान्तिको आह्वानमा,’ मिलन भन्छन्, ‘प्रेमको निम्ति पनि पुतलीको प्रयोग भइरहेको छ।’ संसारभरि पुतली उडाउँदै गरेका मिलनले छोटो अवधिमै चर्चाभन्दा बाहिर रहेर मुलुकभित्र र बाहिर सामाजिक क्षेत्रमा उल्लेख्य काम गरिसकेका छन्। त्यसको उल्लेख गर्नुभन्दा पहिले बिहीबारको घटना– खासमा नयाँबानेश्वरमा फोहोर टिप्ने मात्र उनको उद्देश्य थिएन। त्यो त नगरपालिकाले नै सफा गरिहाल्थ्यो। मिलन त त्यो सबै फोहोर जम्मा गरेर माइतीघर मण्डलामा थुपार्ने र त्यसमाथि चिताजस्तो बनाएर पल्टने योजनामा थिए। त्यो एक खालको प्रतीकात्मक अभिव्यक्ति हुने थियो। हामीले फाल्ने फोहोरहरूले अन्ततः हाम्रै विनाश गर्छ भन्ने सन्देश जाओस् भनेर मिलन त्यसको कलात्मक प्रस्तुति दिन चाहन्थे। बुधबारको जुलुसले फालेको त्यत्रो फोहोर देख्दादेख्दै वास्तै नगरेर हिँड्ने सहरबासी उनलाई ‘निन्द्रामै हिँड्छन् कि क्या हो?’ भन्ने लागेको थियो। त्यसैले मानिसलाई ब्युँझाउने उनको उद्देश्य थियो। बिहीबार उनी पाँचै बजे उठेर गए। प्लास्टिकका बोतल, खैनीका प्याकेट र नारा लेखिएका प्लेकार्ड टिप्न थाले। छ बजे त्यस ठाउँमा नगरपालिकाका स्विपरहरू पनि आउन थाले। त्यसपछि चाहिँ मिलनको अप्ठेरो सुरु भयो। उनले थुपारेका सबै फोहोर ती स्विपरले बेग्लाबेग्लै ट्रक र कन्टेनरमा हालिदिए। उनीहरूको कामलाई रोक्नु पनि उचित लागेन। मिलनले उल्टो सहयोगै गरे र अन्तिममा माइतीघर पुगेपछि सबै स्विपरलाई आफ्नै खर्चले खाजा खुवाएर विदा गरे। फर्किएर आएपछि उनले त्यसका फोटो फेसबुकमा सेयर गरे। त्यो भाइरल भयो। त्यतिञ्जेलसम्म ठीकै थियो। तर, जब उनको उद्देश्य बुझ्दै नबुझेर समाचारहरूमा उल्लेख हुन थाल्यो, उनलाई चित्त दुख्यो। ‘मान्छेले कुरै नबुझेर यसलाई भोला रिजालको विरोध गरेको भनेर परिभाषित गरिदिए,’ उनी भन्छन्, ‘यो त मेरो फोहोरविरोधी र सभ्यता पक्षधर सोचाइ पो थियो। त्यसलाई संकुचित बनाइयो।’ उनका अनुसार त्यो काम कुनै व्यक्तिविशेषको विरोधमा थिएन। यसलाई त्यस रूपमा व्याख्या गर्दा त्यसले अर्को नकारात्मकता जन्माउँथ्यो, जुन मिलन कदापि चाहँदैन थिए। मिलन मूलतः कलाकार हुन्। उनी पेन्टिङ गर्छन्। तर, कहिल्यै कतै यससम्बन्धी तालिम वा अध्ययन गरेका छैनन्। न त उनी नेपालभित्र कलाकारहरूको सर्कलमा भिजेकै छन्। यस्तै अवस्थामा सन् २००७ मा भारतमा आयोजना भएको एउटा पेन्टिङ प्रतिस्पर्धामा उनले भाग लिएका थिए। क्यामेल आर्ट फाउन्डेसनको त्यो प्रतिस्पर्धामा नेपालबाट अन्य कलाकारको पनि सहभागिता थियो। उनले नेपालमा पहिचान बनाएका सहभागी केही कलाकारको नाम पनि सुनाए। त्यो प्रतिस्पर्धामा दुईवटा विधा छुट्याइएको थियो। मिलनले सुरुमा ‘स्टुडेन्ट’मा भर्न खोजेका थिए। तर, त्यसका निम्ति अध्ययन गरेको संस्थाको नाम दिनुपथ्र्यो। उनीसँग थिएन। जे पर्ला पर्ला भनेर व्यावसायिक कलाकारहरूको निम्ति छुट्याइएको विधामै भाग लिइदिए। जब फारम भरेको दुई महिनामै प्रोफेसनलमै उत्कृष्ट दसमा परेको खबर आयो, उनी चकित परे। ‘लाइट’ शीर्षकमा सेमी एब्स्ट्रयाक्ट पेन्टिङ थियो त्यो। त्यसको केही सातापछि त झन् उनी प्रथम नै भएको खबर आयो। त्यसको प्रदर्शनी पटनामा भएको बेला उनी पनि पुगेका थिए। त्यसपछि हौसिएर मिलनले काठमाडौंमा प्रदर्शनी गरे। ‘पेन्टिङ त राम्रै बिक्री भयो। तर, मलाई कहाँ चित्त बुझेन भने कति थोरै घेरा छ यहाँ पेन्टिङ हेर्नेहरूको। सानो घेराकै मानिस दोहोरिइरहेका हुन्छन्। किन्नेले किनेर लगेपछि सिद्धियो। सडकमा रहेका आममानिसको पहुँचभन्दा कति पर छ पेन्टिङ। मलाइ ग्यालरी साँघुरो लागेपछि यसलाई ठेलेर निस्कन मन लाग्यो।’ त्यसपछि उनले प्रत्यक्ष साँगीतिक कार्यक्रम गर्ने रेस्टुरेन्टहरूमा गएर उनीहरूको संगीत सुन्दै लाइभ पेन्टिङ थाले। अलिक फराकिलो जमात त भयो। तर, फेरि पनि हुनेखानेको पहुँचमै सीमित भइयो। ‘ त्यसपछि म एउटा अर्को अभियानमा लागेँ। जो जो भेट हुन्छ सबैसँग इयरफोन माग्दै हिँड्ने। यसरी मैले एक वर्षमा चार हजारवटा इयरफोन जम्मा गरेको थिएँ।’ । त्योबेला मिलनका निम्ति ती इयरफोन वस्तु मात्र नभएर उनलाई सुम्पने हजारौं मानिसको जीवनसँग अन्तरंग जोडिएको साधन थियो। कसैले कुनै समय मिठो गीत सुनेका होलान् त कसैले आफ्नो प्रेमीसँग संवाद गरेका होलान्। ‘यस्तो महत्वको कुरामा धेरै फिलिङ डिपोजिट भएको हुन्छ,’ मिलन भन्छन्, ‘त्यसलाई मैले आममानिसका आवाज नसुनिएको बेला समाज र राजनीतिसँग जोड्दै कलात्मक प्रदर्शनी गर्न खोजेँ।’ ती चुपचाप इयरफोनहरू प्रस्तुत गरेर मान्छेको मनमा चर्को ध्वनि निकाल्न चाहन्थे उनी। उनले प्रतिस्थापन कलाका निम्ति माइतीघर मण्डला छनौट गरे। तर, महानगरपालिकाले त्यहाँ प्रदर्शनको अनुमति नै दिएन। अब के गर्ने? घोरिँदा घोरिँदै एक दिन सातदोबाटोस्थित उनको स्टुडियोमा छेवैमा पुतली आएर बस्यो। सुरुमा त्यति वास्ता गरेनन्। रमाइलो लागेपछि एकछिन त्यता हेरे। हेर्दाहेर्दै एउटा गजबको आइडिया दिमागमा जन्मियो। ‘त्यति सामान्य चिजले पनि गजबसँग ध्यान आकृष्ट गरिरहेको थियो,’ उनले भने, ‘हामी अभिव्यक्त गर्न जटिल तरिका खोज्छौं, जबकि सामान्य चिजबिजले कति गहन अर्थ दिइरहेका हुन्छन्।’ उनले कागजको पुतली बनाए र एउटा सार्वजनिक स्थानमा रुखको ठुटामा लगेर टाँसे। भोलिपल्ट गएर हेर्दा मान्छेले फ्याँकिसकेका रहेछन्। ‘मैले मनमनै उडेर गएको कल्पना गरेँ र निरन्तर फरक फरक ठाउँमा राख्दै गएँ,’ उनले थपे, ‘मलाई हरेक नयाँ ठाउँमा मेरो पुतली बसेको देख्दा आनन्द लाग्थ्यो।’ एउटा विन्दुमा गएर उनीसँग भएको सबै पैसा सकियो। त्यसपछि कहाँबाट अगाडि बढाउने? उनी ‘स्पोन्सर’ खोज्न गए। तर, सबैले हाँसेर उडाइदिए। उनले आफ्ना पुतली र त्यसका उडानलाई फेसबुकमा राख्न थाले। यो लगाव देखेर फेसबुक प्रयोगकर्तामध्येबाटै थोरै थोरै लगानी जुट्न थाल्यो। उनी थप उत्साहित भएर सिँढी बोकेरै पुतली टाँस्दै हिँड्न थाले। सात–आठ महिनापछि त युरोपतिरबाट समेत उनको कामको प्रशंसा आउन सुरु भयो। उनीहरूले मिलनसँग पुतली माग्न थाले। स्कटल्यान्डबाट मागे, बेलायतबाट मागे। त्यसपछि त जर्मनीबाट मिलनलाई निम्ता नै आयो। युरोपका धेरै मुलुकमा पटकपटक बोलाए। उनले ती ती स्थानमा गएर पुतलीको उडान भरिदिए। त्यसपछि अमेरिकाबाट पनि बोलाए। उनी जहाँ जाँदा पनि सुटकेसभरि पुतली बोकेर हिँड्थे र सबैतिर प्रदर्शन गर्थे। ‘दुई महिनाअघि दोस्रोपटकको मेरो अमेरिका भ्रमण विशेष थियो,’ उनले भने, ‘हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तक्र्रिया र उनीहरूलाई लेक्चर दिन मलाई बोलाइएको थियो।’ उक्त विश्वविद्यालयले कलाकारहरूका निम्ति गरेको खुला आह्वानमा प्रतिस्पर्धाबाट उनी छनौटमा परेका थिए। कलालाई ग्यालरीमा राख्नेभन्दा यसले समाजमै कसरी परिवर्तनमा सघाउ पुर्याउँछ भन्नेबारे विश्वभरिका कलाकारलाई त्यो खुला निमन्त्रणा थियो। दक्षिण एसियाबाट त्यो प्रतिस्पर्धामा मिलनले जित हासिल गरे। त्यतिबेला हावर्डका फेकल्टी विद्यार्थीहरूलाई लेक्चर पनि दिनुपर्ने थियो। एक साताको त्यो कार्यक्रममा मिलनलाई प्रत्येक लेक्चरको पारिश्रमिक एक हजार डलर दिइएको थियो। ‘ जबकि म कहिल्यै कसैसँग कलाकारिता सिक्नु त परको कुरा, आठ कक्षा पढ्दा सधैं फेल भएर पढाइ छुटेको मान्छे हुँ।’ मिलनले यो वाक्य पूरा गर्नेबित्तिकै म अवाक् भएको थिएँ। ‘हो, म स्कुल ड्रपआउट हुँ,’ उनले मुसुक्क हाँस्दै थपे, ‘त्यो पनि लाजमर्दो पाराले ड्रपआउट।’ त्यसपछि म उनको व्यक्तिगत विवरणबारे जान्न उत्सुक भएँ। मूलघर भोजपुरमा जन्मेका उनी धरानका स्थायी बासिन्दा रहेछन्। बुवा ब्रिटिस गोर्खा सैनिक भएकाले हङकङमा बस्थे। त्यसैले मिलनको प्रारम्भिक बाल्यकाल हङकङमै बित्यो। आठ वर्षको हुँदा उनी फर्केर धरान आए। ‘त्यसपछि केही वर्ष त सामान्य नै बित्यो,’ उनी भन्छन्, ‘आठ कक्षा भने मरिगए छिचोल्न सकिनँ।’ पढ्दै नपढ्ने विद्यार्थी भएकाले धरानमा जुन स्कुल जाँदा पनि ‘रेस्टिकेट’ हुन थालेछन्। अन्ततः लाज लागेर स्कुल र सहर दुवै परिवर्तन गरे। काठमाडौं आए। यहाँ आएर न्यू मिलिनियम हाइस्कुलमा नौ कक्षामा भर्ना गरिए। उनका अनुसार भर्खर खुलेको त्यो स्कुलले आठ फेल विद्यार्थीलाई पनि नौ कक्षामा लिन तयार भइदिएको थियो। तर, उनी त्यो पनि फेल भए। नौ कक्षामै दुईवटा विषयमा फेल भए पनि स्कुलले उनलाई दसमा पुर्याइदियो। ‘एसएलसी त दिन पाइन्थ्यो,’ मिलन भन्छन्, ‘तर, यो बेकारको सास्ती उठाउन मनलागेन र दिँदै दिइनँ।’ आफूले पढेनन् भन्दैमा अरू भाइबहिनीलाई पढ्नु हुँदैन भनेर चाहिँ उनी कदापि सल्लाह दिँदैनन्। ‘मेरो व्यक्तिगत केसमा पढाइलाई जुन हिसाबले डेलिभर गरिएको (सिकाइएको) थियो त्यो ख्वै किन हो रेजुनेट (प्रतिध्वनित) नै भएन,’ उनी भन्छन्, ‘तर, पढाइ मानिसको निम्ति लाइफलाइन हो।’ एकोहोरो बानीले आफूलाई चाहिँ एकसुरमा हिँडाइ रहेको ठान्छन् उनी। चार जनाको परिवारमा बुवा, आमा र भाइ बेलायतमै बस्छन्। मिलनलाई काठमाडौं छाडेर अन्त जाने मन कहिल्यै लागेन। उनी घरि रेलिङ भाँचिएको थापाथलीको बागमती पुल रंग्याएर खतरनाक देखाइदिन्छन् त घरि मधेसमा प्रदर्शनकारीको हत्या भइरहँदा प्लास्टिक ओढेर रत्नपार्कमा प्रतीकात्मक प्रदर्शन गर्छन्। त्यसैगरी खुलामञ्चको ‘डोम’मा सातवटा खण्ड देखेपछि त्यसमा इन्द्रेणीको रंग भर्ने कल्पना पनि उनी नै गर्छन्। नेताहरूले भाषण गर्ने त्यो फुस्रो ठाउँमा आफूले इन्द्रेणीको रंग पोत्न खोज्दा नगरपालिकाले नदिएपछि आधारातमै साथीहरूसहित गएर रंग्याइदिएको घटना सम्झँदा अहिले पनि उनलाई रमाइलो लाग्छ। आजभोलि ठूला नेताहरू त्यही इन्द्रेणीमुनि बसेर भाषण गरिरहेको देख्दा उनलाई आनन्द लाग्छ। जाबो रंगले पनि कति फरक पार्छ भन्ने यी उदाहरण रहेको उनी सुनाउँछन्। चक्रपथ विस्तारका बेला १२ सयवटा रुख काट्न लागेको थाहा पाएपछि त उनले ती सबैमा लगेर पुतली मात्रै टाँसेनन्, साथीहरूसँग मिलेर चिनियाँ दूतावास र सडक विभागमा विरोध पनि प्रकट गरे। बल्लतल्ल २५ प्रतिशत रुखहरू बाँचेकामा उनलाई थोरै भए पनि सन्तुष्टि मिल्छ। यसरी एकसुरमा हिँडेका मानिसको मन केही वर्षयता पुतलीमै गएर अडिएको छ। पहिला कैंचीले काटेर बनाउँथे। रातभरिमा दुई–तीन सयवटासम्म बन्थ्यो। हिजोआज मेसिनले नै गर्ने गरी डाई तयार भएको छ। अर्डर गर्नेबित्तिकै एकैपटक दस हजारवटा बनेर आउँछ। देश–विदेशका मानिस उनीसँग पुतली माग्न आउँछन्। कसैकसैले बोकेर अन्यत्र लगिदिन्छन्। बाँडिदिन्छन्। यसरी फैलँदै गएको पुतली विभिन्न अभियान र परियोजनामा प्रयोग भएपछि उनका बारेमा जिज्ञासा पनि उठ्छ। त्यसैले हफिङटन पोस्ट, मिरर, गार्डियनलगायत थुप्रै विश्वप्रसिद्ध अखबारमा उनका बारे फिचर छापिइसकेका छन्। ‘पोहोर भुइँचालोमा काम गर्दा त विदेशीहरु आएर मेरो बारेमा सानो वृत्तचित्र पनि बनाएका थिए,’ उनले भने, ‘अपवर्दी च्यानलबाट त्यो सार्वजनिक भएको थियो।’ त्यो च्यानलको पहुँच सामाजिक सञ्जालमा असाध्यै धेरै छ। त्यसपछि त नामै नसुनेका देशहरूबाट समेत मानिस ले उनलाई सम्पर्क गर्न थालेका छन्। के गरे र उनले भुइँचालोमा? ‘सयौं शौचालय बनाएँ’ कसरी? कहाँ? ‘ भुइँचालोलगत्तै म सबैभन्दा पहिले हजारौं मानिस शरण लिइरहेको टुँडिखेल पुगेको थिएँ,’ उनले आफ्नो कामको नया अध्याय उघार्न थाले, ‘त्यहाँ शौचालय नभएर मानिसलाई आपत परिरहेको थियो।’ टुँडिखेलमै अलि दिनअघि रामदेवको योगा क्याम्प चल्दा केवल पिसाब फेर्न बनाइएको चारवटा ठाउँ पनि भरिएर बिजोग थियो। महिलाहरूले शौचालय जान मध्यरात पर्खने गरेको सुनाएपछि मिलनलाई भाउन्न भएर आयो। ‘साधनस्रोत केही नभए पनि भोलिदेखि आफू आउने र मिलेर केही गर्ने उनीहरूलाई सुनाएँ,’ मिलनले थपे, ‘त्यसपछि भोलिपल्टै तीन जना साथीहरू मिलेर बाँस र त्रिपाल खोज्न सुरु गर्यौं।’ उनीहरू तीन जनामा एक जना अस्ति सिंहदरबारमा रातो रंग फ्याँक्ने इसान पनि थिए। त्योबेला त्रिपाल र बाँसजस्ता कुराको माग असाध्यै बढी थियो। ‘त्यसमाथि हामीसँग त पैसा पनि थिएन,’ उनी भन्छन्, ‘मान्छे पैसा तिरेरै किन्न तछाडमछाड गरेपछि मेरो पालो त्रिपालको बण्डल समातेर छाड्दै छाडिनँ र अर्को साथीलाई पैसा खोज्न पठाएँ।’ पैसाको बन्दोबस्त भयो। एक सय १० वटा बाँस पनि त्यसैगरी किने। टुँडिखेल पुगेपछि त्यहाँ उनीहरूलाई सघाउन छ–सात जना भाइबहिनी मिसिए। ज्यावल केही थिएन। छेवैमा मुख्यालय रहेका सैनिकसँग माग्न गए पनि केही छैन भनेर पठाए। सामान्य माटो खन्ने घरेलु साधन प्रयोग गरेरै खोस्रन सुरु गरे। ‘यता फेसबुकमा पनि पोस्ट गर्यौं,’ उनी भन्छन्, ‘त्यसपछि त कुटो, कोदालो र बेल्चा लिएर साथीहरू आइपुगे।’ आफूहरू अबेर रातिसम्म काम गरेको देखेपछि भने छेवैको सैनिक मुख्यालयबाट कर्नेल स्वयं उनीहरू काम गरिरहेको ठाउँमा आइपुगे। उनले पछि सेनाहरू पठाएर मिलनको टिमलाई सघाउन लगाएछन्। यसरी काम छिटो भयो। ‘ भुइँचालोको दोस्रो दिनमै टुँडिखेलमा ४५ वटा शौचालय हामीले उभ्याइसकेका थियौं,’ उनले सुनाए, ‘त्यतिञ्जेल हामी ६५ जना साथी भइसकेका थियौं भने उता फेसबुकमा असाध्यै धेरै साथीहरूमाझ यो कुरा फैलिसकेको थियो।’ यसरी सहयोगका हात पनि बढ्न थाले। मानिसहरू पनि ‘यिनीहरूले शौचालय बनाउँछन्’ भन्ने थाहा पाएर ओइरिन थाले। शौचालय बनाउन धेरै पैसा चाहिँदै चाहिँदैन थियो। मिलनलाई उनको काम देखेपछि आमाबुवा र चिनजानका मानिसले पनि पैसा दिएर सहयोग गरेका थिए। त्यसमाथि स्वयंसेवा गर्न थप तन्नेरीहरूले पनि पैसा मिलाउन थाले। फेसबुकबाटै धेरैले आर्थिक सहयोग दिन खोजे पनि उनीहरूले त्यसमा धेरै ध्यान दिएनन्। आवश्यकै परेन। त्यसपछि उनीहरूले यो कामलाई ‘ट्वाइलेट डायरिज’ नामकरण गरेर एउटा अभियानकै रूप दिए। ‘हामी गाउँ–गाउँमा शौचालय बनाउन गयौं,’ उनी भन्छन्, ‘मकवानपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका थुप्रो गाउँमा हामीले बनाएका शौचालय उभिए।’ यसै क्रममा सिन्धुपाल्चोकको फटकशिला गाउँमा त दसवटा कोठाको स्कुल भवन नै उनीहरूले तयार पारिदिए। त्यो स्कुल बनाउन मिलनलाई बेलायतका पेन्टरहरूले पैसा उठाएर सहयोग गरेका रहेछन्। ‘मान्छेमा अठोट, इमानदारी र लगनशिलता भयो भने जे पनि सम्भव हुँदो रहेछ,’ मिलन भन्छन्, ‘खाने मुखलाई जुँगाले छेक्दैन रहेछ।’ (गिरीश गिरी/फोटोः सेतोपाटी) Last edited: 29-Jul-16 09:11 PM
nozzs · Jul 29, 2016 9:04 PM
बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु’ मिलन पाण्डे print 12K 131 10 Google + GET NEWS ALERTS बुबा, मलाई तपाईंले ‘मेरो छोरा डाक्टर बन्छ, इन्जिनियर बन्छ, धेरै पैसा कमाउँछ अनि बालाई पाल्छ’ भन्दै बुई चढाएको हिजोझैं लाग्छ। मलाई हुर्काउन, सक्षम बनाउन तपाईंले आफ्ना धेरै इच्छा–आंकाक्षा समर्पित गर्नुभएको छ। मेरो खुसीका लागि तपाईंले गर्नुभएको समर्पण मैले बुझेको छु। छोरा इञ्जिनियरिङ सकेर बाहिर जाओस् अनि उच्च शिक्षा हासिल गरोस् भन्ने तपाईं चाहनुहुन्छ। तपाईंलाई मैले आफ्नो जिन्दगी सुरक्षित गरोस् भन्ने छ। आज तपाईंकै आशिर्वादले म त्यो सपना पूरा गर्ने स्थितिमा पुगेको पनि छु। तर बुबा, म विदेश जान्न, स्वदेशमै पढ्छु अनि राजनीति गर्छु। केही वर्षअघि ‘कुकुर’ चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवारको पक्षमा चुनावी अभियानमा हिँडेको थाहा पाएर तपाईंले ‘छोरा पढाइ बिगारेर राजनीतिमा लाग्यो’ भनेर खाना नखाएको मैले बिर्सेको छैन। तपाईंको चिन्ता नाजायज होइन। आफ्ना छोराछोरी ठूलो मान्छे बनुन्, धेरै पढुन् भन्नु स्वाभाविकै हो। हालको राजनीतिको अवस्था हेर्दा आफ्ना छोराछोरी राजनीतिमा नलागुन् भन्नु बुबाआमाको ठाउँबाट सही हो। तर बुबा, पोखरी फोहोर छ भनेर सफा नगर्ने हो भने पोखरी कसरी सफा हुन्छ त? म जन्मेको दिन नेपाल बन्द थियो। त्यसैले, म घरमै जन्मिएँ। म झोला बोकेर स्कुल जान हिँड्थेँ, आज बन्द भनिन्थ्यो। अनि, म चुपचाप फर्किन्थेँ। मैले एसएलसी दिँदै गर्दा मेरो प्रश्नपत्र बाहिरेको भन्दै पत्रिकामा छापिएको थियो। जब म डाक्टर बन्न प्रवेश परीक्षा दिन तम्सिएँ, राजनीतिक आडमा प्रश्नपत्र बाहिरिएको अनि बेचिएको खबर आयो। घुस खाएर नाम निकालेको खबर आयो। मेरो एक नम्बर नपुगेर नाम निस्किएन। जब म डाक्टर बन्ने सपना त्यागेर इञ्जिनियरिङको प्रवेश परीक्षामा सामेल भएँ त्यहाँ पनि मलाई यो बेथितिले छाडेन। परीक्षा दिएर जब म खुसी हुँदै बाहिर निस्किएँ, भोलिपल्ट पत्रिकामा प्रश्नपत्र बाहिरेको अनि फेरि पुनः परीक्षा हुने भयो भन्दा म कति रोएको थिएँ। बुबा, तपाईं राजनीति नगर भन्नुहुन्छ तर म त जन्मेकै दिनदेखि राजनीतिमै छु झैं लाग्छ। बरु अब भने म, ममाथि भइरहेको जबर्जस्तीको राजनीति रोक्न, राजनीति गर्न जाँदै छु। नेपालको राजनीति मात्रै होइन, नेपालको इतिहास पनि संक्रमणकालबाट गुज्रँदै छ। यो सामान्य परिस्थिति होइन। तपाईं आफ्ना छोराछोरी अमेरिका जाउन्, नेपालमा दुःख खेपेर यहीँ इलम गर्न नपरोस् भन्नुहुन्छ। तर, फेरि तपाईंलाई देश राम्रो भएको पनि हेर्नुछ। बुबा, तपाईंलाई मेरो सामान्य प्रश्न, तपाईंका छोराछोरी राजनीतिमा लाग्न नहुने अनि अर्काका छोराछोरीले तपाईंका निम्ति यो देश किन बनाइदिनुपर्ने? तपाईंजस्तै सबैले यही सोच्छन्, अब भन्नुस् देश कसले बनाउने? यहाँ को बस्ने? हुन त देश बनाउन राजनीति नै गर्नुपर्छ भन्ने होइन। आ–आफ्नो स्थानबाट सर्वोत्कृष्ट काम गरेर पनि देश बनाउन सकिन्छ, तर त्यसका निम्ति राजनीति सफा हुनुपर्छ। आमनागरिकको भावना बुझेको मानिसको नेतृत्व हुनुपर्छ, तर यहाँ त्यही छैन बुबा। हालको राजनीतिमा धेरै कम मात्र सक्षम मानिस छन्। तिनले पनि नतिजा दिन सकेनन्। केही गर्ने माहोल नै बन्न सकेको छैन। त्यसैले, अब युवा अघि सर्नुपर्छ अनि देश विकासका अरू क्षेत्रसँगै राजनीतिमा पनि लाग्नुपर्छ। त्यसका लागि मैले पाइला चाल्नैपर्छ बुबा। नत्र ढिला हुन्छ। यो पुस्तासँग अब पनि पर्खने समय छैन। यो पुस्तासँग भएको उत्तम र अन्तिम मौका यही नै हो। साढे दुई वर्षअघि त्यही ‘कुकुर’ चुनाव चिह्न लिएर उठेका उम्मेदवारको चुनावी अभियानमा सक्रिय रहँदै गर्दा मैले एक जना यस्तो मान्छे भेटेँ, जसको प्रश्नले मेरो जिन्दगी नै परिवर्तन गरिदियो। काठमाडौं–८, भीमसेनस्थानको ओरालोमा पर्चा बाँड्ने क्रममा, मैले एक जना बूढी आमालाई पर्चा दिँदै भनेँ, ‘आमा, यसपालि युवालाई भोट दिनुस् है?’ उहाँले सोध्नुभयो, ‘भोट हालेपछि के हुन्छ बाबु?’ मैले उत्तर दिएँ, ‘संविधान बन्छ, विकासको बाटोमा देश अघि बढ्छ।’ आमाले तुरुन्तै गहभरि आँशु राख्दै भन्नुभयो, ‘अनि त्यसपछि मेरो अमेरिकामा रहेका छोराछोरी, नाति–नातिना पनि नेपाल आउँछन् होला है?’ म निशब्द भएँ। केही उत्तर दिन सकिनँ। हामी आफू पछि हटेर यो कस्तो समाज निर्माण गर्दैछौं? हामी किन पन्छिरहेका छौं? बुबा, म तिनै बूढी आमामा मेरी आमाको झल्को देख्छु। मलाई तिनको परिवार नेपाल फर्काउनुछ। मलाई विकास अनि समृद्धिको राजनीति गर्नुछ। त्यसैले, मलाई नरोक्नुस् बरु राजनीति गर्न आशिर्वाद दिनुस्। मलाई यो देशका असक्षम नेताहरू अनि देशको हालत देख्दा निकै पीडा हुन्छ। धेरै रिस उठ्छ। हामीलाई प्रकृतिले सबै कुरा दिएको छ। म केही दिनअघि इन्डियाबाट नेपालमा काम गर्न आएका एक जना दाइले भनेको सम्झन्छु। उनी भन्थे, ‘नेपालमा त म पैसा हावामा नाचेको देख्छु।’ सारा विश्वले त्यो कुरा देखेको छ। तर, हाम्रो नेतृत्वले बुझ्न सकेन बुबा। हाइड्रोपावर, पर्यटन, कृषि, जडिबुटी, हावा, पानी आदि इत्यादी सब छ हामीसँग तर त्यो बुझ्ने नेतृत्व भएन। यहाँ बहुदलीय प्रजातन्त्र आएको पनि तीन दशक पुग्न लागिसक्यो। यति समयमा त मरुभूमि पनि हराभरा हुन्छ तर हाम्रो हराभरा देश मरुभूमि भएको छ। हाम्रो देश बनाउन केही गर्नुपर्दैन थियो बुबा, केही नगर्देको भए मात्र पनि पुग्थ्यो। आफैं विकास हुन्थ्यो। त्यस्तो सम्भावनाले भरिएको देश हो हाम्रो, तर केही व्यक्तिको स्वार्थ अनि इगोमा देश २८ वर्षदेखि फसेको छ। उनीहरूले चाहेर पनि अब केही गर्न सक्दैनन्। अब पनि मेरो पुस्ताले त्यो दायित्व नलिने हो भने देश कहिल्यै बन्दैन। एकदिन यस्तो आउनेछ, नेपालीले आफू नेपाली हुँ भन्न लाज मान्ने छन्। त्यस्तो परिस्थिति रोक्नुछ। त्यसैले बुबा, मलाई २१ औं शताब्दिको विकास उन्मुख राजनीति गर्नुछ। बुबा, ठूलो बुबाको घर जाने बाटो किन चिल्लो छ थाहा छ, त्यो ठाउँमा पूर्वमन्त्रीको घर छ अनि रमेश अंकलको घरमा किन सधैं पानी आउँछ थाहा छ? किनकि त्यो इलाकामा नेपाल सरकारका ठूला कर्मचारीहरू बस्छन्। बुबा, यहाँ त लोडसेडिङको तालिकादेखि भात पकाउने ग्यासमा समेत व्यक्तिगत स्वार्थका लागि राजनीति हुन्छ। हामीले यी सबैको धेरै वर्षदेखि मौन समर्थन गर्यौं। आक्कलझुक्कल विरोध पनि गर्यौं। धेरै वर्ष कोही आएर देशको नेतृत्व लिन्छ कि भनेर पनि हेर्यौं, अब आफैं अघि बढेर चुनौती दिने बेला आएको छ। विकल्प कुर्दै बस्ने होइन, विकल्प बन्ने बेला भएको छ। मैले केही समययता सामाजिक अनि राजनीतिक अभियानहरूकै सिलसिलामा तपाईं–हामीले आशा गरेका धेरै नेता, सामाजिक व्यक्तित्व, पूर्व मन्त्री, प्रधानमन्त्रीहरू भेट्ने अनि उहाँहरूको भिजन बुझ्ने मौका पाएँ। उहाँहरूलाई भेटेपछि मभित्र रहेको अलि अलि आशा पनि मर्यो बुबा। सेतो कमिज लगाउनेहरू दाग लाग्ने डरले राजनीतिमा हाम फाल्न सक्दैनन् अनि फोहोर कमिज लगाउनेलाई न नागरिकको फिक्री छ न त देशकै। त्यसैले पनि म जस्ता युवासँग अब विकल्प छैन। न त समय नै छ। अब यो देश युवाले नै अघि बढाउनुपर्छ बुबा। नेपाल एकीकरण गर्न निस्कदा पृथ्वीनारायण शाह १९ वर्षका थिए। ३१ वर्षको उमेरमा भीमसेन थापा यही देशका प्रधानमन्त्री बनेका थिए। १९ वर्षकै उमेरमा मार्क जुकेरबर्गले फेसबुकबाट दुनिया हल्लाएका थिए। इतिहास साक्षी छ बुबा, युवाले देश बनाएका छन्, संसार हल्लाएका छन्। नपत्याउने खोलाले नै बगाएको छ। के बिपी कोइराला राजनीतिमा आउनुअघि ठूला नेता थिए र? ली क्वान युलाई राजनीतिमा जानुअघि कसले पत्याएका थिए र? के नेल्सन मन्डेला परिस्थितिसँग भागेरै नेल्सन मण्डेला बनेका हुन् त? हैन बुबा, परिस्थितिसँग भाग्नु समाधान होइन। त्यसैले बुबा, मलाई यो बन्दै गरेको इतिहासमा एउटा इँटा थप्ने मौका दिनुस्। बुबा, मलाई राजनीति गर्न अनुमति दिनुहोस्। अब यो देशमा आधुनिक कृषिका बारेमा किसानसँगै खेत जोत्न सक्ने नेता चाहिएको छ। इञ्जिनियर अनि विज्ञसँग बसेर पूर्वाधारको कुरा गर्न सक्ने मन्त्री चाहिएको छ। शिक्षा अनि स्वास्थलाई प्राथमिकतामा राखेर नीति बनाउन सक्ने सांसद चाहिएको छ। अनि, यो देशलाई युवासँगै गितार बोकेर युवाहरूसँग झुम्न सक्ने प्रधानमन्त्रीको खाँचो छ। त्यसैले अब मजस्तो युवा मैदानमा आउनुको विकल्प छैन। मैले धेरै युवालाई प्रतिनिधित्व गर्नुछ। मैले धेरै युवालाई हौस्याउनुछ। राजनीतिमा आउन प्रेरित गर्नुछ। त्यसैले पनि, अब मैले पाइला कमाउन हुँदैन बुबा, मैले राजनीति नै गर्नुपर्छ। बुबा, देश बनाउने उत्तम समय २०४६ पछि तपाईंकै पालामा थियो, तर तपाईंको पुस्ता त्यहीँनेर चुक्यो। अब हाम्रो पुस्तालाई चुक्न दिनुहुँदैन। त्यसैले पनि अब म अघि बढ्नुपर्छ। धेरैलाई अघि बढाउनुपर्छ। राजनीति नै सफा नभएसम्म केही हुनेवाला छैन। तपाईंको पुस्ताले अलि सक्रियता लिएको भए आज मैले राजनीति गर्नुपर्दैन थियो। त्यसैले पनि, म मेरो आगामी पुस्ताका लागि निराशा छाडेर जान सक्दिन बुबा। मैले अब सुसंस्कृत राजनीतिको थालनी गर्नैपर्छ। अझै पनि मलाई बुझ्नुभएन अनि राजनीति गरेर मैले आफ्नो भविष्य बिगार्दै छु भनेर सोच्नुहुन्छ भने बुबा म तपाईंसँग माफी माग्दै यति भन्न चाहन्छु, ‘बिग्रे आफू बिग्रन्छु, सप्रे सारा देश सपार्छु, बा म राजनीति गर्छु।’
nozzs · Aug 31, 2016 10:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion