घृणा लाग्छ आफै संग र यी गोबर गणेश हनुमान संग महेश भट्टराई , कोलम्बिया, अमेरिका

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घृणा लाग्छ आफै संग र यी गोबर गणेश हनुमान संग महेश भट्टराई , कोलम्बिया, अमेरिका mahesh bhattrai म सानो बच्चा छदा बालिघरे दमाईको काखमा बसेर , टासिदै मकै , भट्ट खाएको हिजो जस्तो लाग्छ । नयाँ नयाँ राम्रा राम्रा लुगा सिलाउने दमै सबै को प्यारो । छोइएर खान हुदैन भन्थे, तर आफु लाई टासिएरै हेर्नु पर्ने, टासिएरै खानु पर्ने। दसैँ आयो कि खुकुरी उदाउनु पर्ने,कामीको आरनमा गएर उनकै छोराछोरी संग खेलियो, दिएको संगै खाइयो। फाटेको चप्पल सिलाउन सार्की कहाँ गइयो, कैले घरमा भेट नहुने, धेरै बेर कुर्नु पर्ने , उनकै छोराछोरी संग खेलियो, संगै बाडीचुडी खाइयो। केटाकेटी लाई जे गरे नि सबै छुट,! चोखो मन भए पछी के को डर । सानै देखी लाएको बानि , ठुलो भए पछि नि गएन। मेरो पहिलो अफिसको दिन, पानी प्यास लाग्यो , किरिरि घन्टी थिचे, पिएन आयो मैले भने "एक गिलास पानी ख्वाऊ न" हस हजुर भन्दै गयो। पानी अर्कै मानिसले ल्याएर दियो। म त् अल्ल मल्ल परे । मैले कारण सोधे, उसले भन्यो ऊ त सार्की हो त सर ! मैले तुरुन्तै उसलाई बोलाएर कारण सोधें, उसले “पाप लाग्ने” कुरा बतायो । म सानै देखी समाजले भन्ने तल्लो जात संग उठबस गरि हुर्केको मानिस , मेरो शब्दकोषमा जातभात थिदै थिएन। म पनि भर्खरको युवा र जिद्दी स्वाभावको मानिस , धेरै बेर सम्म बहस र घम्साघम्सी नै पर्यो । मैले उसको हातबाटै पानी दिए खाने नत्र नखाने प्रतिज्ञा गरे ! बिचरा जात र पदले थेचिएको के गरोस, आफू हारेर पनि मलाई जिताइ दियो ! तर कसै लाई नभन्ने सर्तमा । त्यस दिन देखि ऊ मेरो सबभन्दा प्यारो र म उसको सबै भन्दा नजिकको मानिस बन्न पुगे ।रिटायर्ड भएर पनि ऊ संग को सधै भरि सम्बन्ध सुमधुर रयो। पाँच रुपैयाँको तरकाली ल्याएर ५० माग्थ्यो, मैले १०० दिएर पठाउथे ! अन्तरआत्मा बाटै आषिश दिएर जान्थ्यो ! मेरो प्यारो नामको धनबहादुर। अमेरिका आए पछि कामको पहिलो cook out पार्टी burger, hot dog, meet ball हेर्दै खाऊ खाऊ लाग्ने, । मिठो मानी मानी खाए। मलाई के थाहा सबै गाई पोलको भन्ने , सोध्ने हिम्मत पनि गरिन आर्को दिन आएर सोधेको त सबै बीफ रहेछ ! दिनभरी उक उक गरियो, गाइको बाच्छीले दिनभर पेटमा लात्तो हानी राख्यो । बाजे बराजु ले राम्रै संग छापी दिएका रैछन क्यारे दिमागमा । छोराछोरी स्कुल कलेज ब्रेकफास्ट, लन्च विफ टन्न मिठो मानेर खान्छन्। खान हुदैन, हाम्रो धर्म र जात ले दिदैन भन्यो , एक हजार प्रस्न, हामी लाई काचई खान्छन । छोराछोरीको इच्छा लाई मारिदिनु पनि भएन । कति वावुआमाले गुपचुप राख्छन्, ! कति छोराछोरीले वावुआमालाई भन्न डराउछन्। खान चाहि मज्जाले खान्छन्, तै चुप, मै चूप ! अझै रमाइलो कुरा त आज हामी बिदेशमा आएर जातिए पार्टी र पार्टी को पुच्छर भएका छौ । आज पनि तिमी हामी जातपातका कुरा गर्दैर्छैा ! नेताहरुले राजनीति गरि जनता फुटाउने हतियारको मतियार भएका छैा। थुक्क घृणा लाग्छ आफै संग र यी गोबर गणेश हनुमान संग । के बिदेशमा हामीले कहिँ कतै नेपाली जात पात को नाममा तिमीलाई छुट्याएका छौ ??? हामी संगै रेस्टुरेन्टमा काम गर्छै, संगै भाडा माझ्छैा, संगै पोछा लाउछैा अनि संगै बसेर खान्छैा। सधै संगै बसेर दुख सुख साटासाट गर्छैा, तिमि मेरो मिल्ने साथी पनि हौ भने कुन अधिकार को कुरा गर्दैछैा । मैले बुझ्नै नसकेको कुरा । बाहुनको लामो टुप्पीले तिम्रो नाकमा काउकुती लागेको वा छशरा जनैको धागोले घाँटीपासो वा खसखस लागेको छ भने तिम्रो बुद्धीलाई मैले के नै भन्न सक्छु र ? तेही जनैको धागो नभिरेको र टुप्पी छप्ट्याएको पनि दशकै भैसक्यो ! बाजे बराजु ले दिएको रगत र जात संग किन पंङ्गा लिन्छैा । यदि कसैले तिम्रो जातको कारणले बेदभाव गरेको छ भने आउ म तिमी संगै अदालत जान तयार छु । न्यायको लागि संगै लडौ । होइन भने तिम्रो संगठन भोली देखि नै बर्खास्थ गर । सक्छैा भने तिम्रो जातपातको प्रस्न तिम्रो छोराछोरी संग सोध ।नत्र तिमीलाई हाम्रो समाजिक एकता लाई फुटाउने कुनै आधिकार छैन। तिमि आफैले आफैलाई समाजबाट तिरस्कित र अलग्ग राख्ने प्रयत्न्न गर्छैा भने मैले के भन्ने । जब सम्म तिमी अशिक्षा अज्ञानताको भुमरीमा रुमल्ली रहन्छौ र प्रकाशबाट टाढा रहन्छौ, म तिमी र तिम्रो बुद्धीलाई कठैबरा सिवाय के नै भन्न सक्छु र ? - See more at: http://enepalese.com/2016/07/8...

ktmpost · Jul 23, 2016 3:41 PM · 2,685 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all