मेरो काम १० बजे मात्र सुरु हुन्छ तेसैले ९:३० मा निक्लन्छु | श्रीमतीजी सात देखी सात तिस बिच निक्ली सक्छीन | ८:३० तिर लन्च पोको पारेर काम जान तयार भएर बसेको थिए | फेरी दिर्घ सन्काका लागि रेस्टरूम जानु पर्ने भयो | दिर्घ सन्का गरेर फ्लस गर्न खोजेको थिए आँखा कमोट भित्र पुग्छ अनी मेरो मन झस्क्क हुन्छ | कमोटको पानी सबै रातो छ | सबै भन्दा पहिलो सोच लगातार दुई दिन देखी स्वर्गबासी छिमेकी काकिलाई देखी रहेको कुरा आउछ | शायद यही नराम्रो हुनु जनाउन देखेको हुला ? प्राय मैले स्वर्गबासी लाई देखे पछी साना तिना नराम्रा कुरा हरु भै रहेका हुन्छन | अनी बाउलाई सम्झिए | उनी पहाड बेच बिखन भए गरौला भनी पहाड गएका बेला रगत आची गरे पछी काठमाण्डौ पुर्याएको थियो | त्यहा आन्द्रा काटेर फ्यालिए को सात महिना मात्र बचेँका थिए | अनी मैले पनि तेही ६-७ महिना मात्र बाचिन्छ होला लाग्न थालयो |काममा फोन गरेर बिरामी भएको जानकारी दिए | राहुलभाइ को आन्द्राको सेल्फी सम्झन पुगे साथमा वहाँले लेख्नु भएको कुनै महिलाको कथा पनि सम्झना पुगे | यि सम्झना सङै बाउको आन्द्रा काटे झै मेरो पनि काटिन्छ तेस पछी नेपाल जाने अनी दसैं तिहार पनि नजिकै छ त्यही मनाउने कुरा आउछ | ९०-९५ पुगेका काकाहरु सँग अन्तिम टिका थप्ने अनी जेठि दिदी सँग पनि अन्तिम भाईटिका थाप्ने योजना बने | आन्द्राको फोटो खिचेको छ् बर्ष मात्र भएको छ | चिया ३-४ पल्ट् पिउथे २-३ बर्ष भयो जिउले नसहने भए पछी पिउन छोडेको थिए अनी दैनिक १५० मिलिग्राम को Zentac खाइ राखिएको छ | गत हप्ता वाल्मार्टमा औषधी किन्दा सोधेको थिए दैनिक खाइ राख्दा एस्को नाकारात्मक असार हरु केही छन कि भनी ? छैनन भन्ने उत्तर पाएको थिए | दिमागले एक पछी अर्का कुरा हरु प्रोसेस् गर्न थालयो आँफै प्रश्न अनी आँफै उत्तर दिन थालियो | पोजेटिभ भन्दा नेगेटिभ सोचका बाढि उर्लिए | श्रीमती लाई खबर गरेको छुईन , उनी कार्यालय भित्र मात्र छिरेकी होलिन आत्तिएर घर आउलिन बरु साझ मा खान पिन पछी सबिस्तार कुरा गरी योजना बनाउला भनी खबर गरिन | डाक्टरकहा एसो भयो भनी फोन गरेको तुरुन्त ईमर्जेन्सी जाने सल्लाह दिए | बच्चालाई एस्तो भयो भन्दा मैले बनाएको टिवाना चिया धेरै पीइस तेसैले होला भन्ने जबाफ पाए | हिसाब गर्दा ४ पल्ट् पिएको रहेछु , यो चिया पिउदा पेट दुख्दैन तर हाम्रो तरिकाको चियाले अझै पनि पेट दुख्छ | चियाको सट्टा कफी पिउछु | कफीमा क्रिम हालेको मन पर्ने भएर ल्याएको क्रिमरमा corn Syrup हालेको रहेछ हिजै मात्र फ्यालिएको थियो | कुनै बेला बिट सलादमा हालेर खाएको बेला एस्तै भएको थियो अनी के के खाइेको थियो हिजो सुत्नु अघी देखी अस्ती बिहान सम्मको गणना गर्दै गए | रुलअाउट् गर्दै गए | बेलुका चिकेन चिल्ली र नान खाइेको थियो , दिउसो मनग्य वाटरमेलन खाएको थिए ( पहिले पनि खाइथ्यो , तेस्को असर होइन मा पुगे ) सलाद खाइेको थियो त्यो पनि सधाझै को खान पिन हो | लन्चमा TJ को चिकेन टिक्का मसला खाइेको थियो | बिहानको ब्रेक्फास्ट सदा झै Oatmeal नै खाईेको हो | त्यो भन्दा अघिल्लो दिन रायो साग, कालो दाल, अलिकती खिर र आधा नान खाइेको हो | कुनै नौलो कुरा खाएको छैन , रातो लट्टे को साग खाईेको होइन नत् बिट | तेसो भए अबस्य नै रगत नै आची गरिको निर्क्यौलमा पुगियो अनी बाउसँग चाडै भेट हुने भयो भन्ने मा पारीयो | मर्ता क्या नही कर्ता भने झै घर बसी हालियो अब तातो पानीमा अमिलो र नुन हालेर पिएर पेट सफा गर्छु तेस पछी पनि रगत देखियो भने इमर्जेन्सी जान्छु भनी सोच राखे | बाउ खसेको समाचार मेरा मित्र हरिकुजेलले दिउसै थाहा पाएका थिए मलाई चै खानपिन गरे पछी राती सुनाएका थिए म पनि बेलुकाको खान पिन पंछी नै सुनाउला र एमेर्जेन्सी जाउला भनी सोच राखे | नेपालजाने र उतै दसैं तिहार मनाउने बिचार झनै गाढा हुँदै गयो भने अर्को प्रश्न खनिन्छ अन्तिम दसैं तिहारमा आफ्ना बाल बच्चा र श्रीमतीलाई चै के गर्छस् ? यो द्वन्दमा मेरो मन घर गएर दसैं तिहार मनाउने र भेट घाट गर्ने बिचार नै पहिलो प्राथमिकता पाउछ | एक पछी अर्को कुरा आउछन | बाउसँग भेट भएर कान्छु किन त्यस्तो गल्ती गरिस तैले म जस्तै भनी सोधे भने के जबाफ दिने कुरामा म अड्किए | के उत्तर दिने ?जबाफको खोजिमा १०-१५ मिनेट बित्छन कुनै उत्तर नै छैन| जुरुक्क उठेर आफ्नो योजना मुताबिक नुन र अमिलो पानी पिउन पानी बसाल्न भान्छा तिर लाग्छु लगभग २ घण्टा बिती सकेको छ | म केट्लिमा पानी भर्दै थिए मेरा आँखा टोलाउदै एता उता डुल्छन र नजिकै कुनामा कुन्जिएको चिप्समा पुग्छ| मेरो पानी भराइ रोकिन्छ | मेरो काल अाइपुगेको रहेनछ म मर्दिन भने | त्यो त त बिटको चिप्स खाएर पो रहेछ | मरु या बाछु तर दसैं तिहार नेपाल गएर मनाउने कुरा भने अझै द्रिढ छ | साझ श्रीमतीजी आए पछी सल्लाह गर्छु तर दिन कसरी बिताउने भन्दा आफिले लेखेको उखान सम्झिए " काम छैन बुहारी साझा छिर " Last edited: 28-Jul-16 01:19 PM
magorkhe1 · Jul 22, 2016 1:30 PM · 17,096 views
Timi [Disallowed String for - use not allowed] gorkhe buda ko jindagi pani dukha mai jane vo. Kaile gadi bigrincha,kaile gadi thokdincha,kaile afanta le paisa khaidincha, kaile kando bata ragat aaucha. Purbajanma ma [Disallowed String for - use not allowed] thulai paap garya rahecheu. California tira ho bhane ekpalta samundra ma gayera dubulki marera aau sab thik huncha.(sandharva summer ko). Haina bhane backyard ma gayera ekpalta sutukka tanera aau ani suta bholi sab thik huncha. #iamwithdrgkc # iamwithkpoli.
Gwach · Jul 23, 2016 12:41 PM
Magorkhe, you are a hypochondriac, you must be depressed. And please don't make your own ukhan tukka 'काम छैन बुहारी साझा छिर' It just spoils whole story. Aja first time bujeko ho, gorkhey le lekheko.. Yesto manowaad aru pani jaaos.
bittertruth · Jul 23, 2016 3:49 PM
रुल आउट गर्दै गए पछि खान पिन हैन भने पछि ६-७ महिनाको जीबन बाकि रह्यो भने पछि धेरै सोच हरु आए | तर मर्नु अघि नेपालमा गएर दशैँ तिहार मनाउने अनि सबै संग भेट घाट गर्ने कुराले प्रथम प्राथमिकता पायो | सोध्नु होला मरिने भैयो भनेर डर लागेन ? डर हैन कति बाचिन्छ त्यो समय भित्र के के गर्ने त्यो तिर बढी ध्यानाकर्सण हुदो रहेछ | ग्वाच ब्रो यमराजको ढोका पुगेर फर्केको अनुभब गरेको मानिसलाई किन तेस्तो disallowed हुने गरि लेखु परेको ? Atlantic जाउला , बिसेष प्रोगाम नै बनाउनु पर्छ | नजिकै हो भने पिकअप गरुअला | BT ब्रो घर बसेर गर्ने काम केहि नभए पछि समय बिताईको मेलो साझा भएकोले बनाइ दिएको हु त्यो उखान | साथि हो यो घटनाले एउटा कुरा बुझायो त्यो के हो भने दशैँ तिहार रम झम र खसी मासु भन्दा धेरै माथि को बिषय रहेछ |
magorkhe1 · Jul 23, 2016 9:54 PM
Timi buda yati chado mardainau. Tenson na leu. Timi lai gali gareko haina timi lai pareko samasya dekhera surprise vayeko. End of summer ma ocean city jane plan chha feri ghumna tyahi bela timi ani hamro pyaro hairy NAS dai lai bolaula. Euta kt le bolai ra chhe. Nas daju ko lagi ho yo pali chai. Timi pani nepal jana la raichau dashain ma. Mero pani dashain ra tihar manaune plan chha. Pokhara tira bhetnu parla buda timi sanga ani pokhreli swad linu parcha. Aaile lai yetinai. #iamwithdrkc
Gwach · Jul 24, 2016 12:21 PM
Send me in box message. Gwatch which city you are in ? I am planing a trip from South Carolina to Connecticut Bridgeport on this weekend. GT ब्रो ले पुराना उखान मात्रै उखान ठान्नु हुन्छ जस्तो छ ? यो उखान साझा छिरे देखी नै प्रयोग गर्दै आएको छु भने साझा पनि एउटा नसा नै रहेछ तेसैले मैले Sajha-disorder न्वारान गर्न पुगेको छु | दिन भरि घर बसियो , अनि साझा छिरियो | दिन बिताउने मेलो गरिटोपलेको हुँ |काट्नु र तास्नु भन्दा २-४ हरफ आफ्नै टास्न खोजेको हुँ | Last edited: 21-Oct-16 09:36 AM
magorkhe1 · Jul 26, 2016 3:56 PM
साथि हो : गत साताको लामो दुरीको यात्राको बेला एक मित्र कहा पाहुना हुन् पुगियो | चिया पीए पछि पेट दुखे जस्तो हुने अनि असजिलो हुन्छ तेसैले पीउन छोडे भन्दा उनले भने मैले बनाएको चिया पीएर हेर तिम्लाई केहि हुदैन भन्दै चिया दिए | नभन्दै केहि भएन | उनका दाइलाइ पनि यस्तै हुन्थ्यो रे ! चिया र दुध मिसाएर पकाएको चियाले पेट दुखाउन थालेको रहेछ | उनले चिया पत्ती उमाली सके पछि कपमा चिया खन्याए पछि मात्रै दुध या क्रिमर हाल्दा रहेछन | एउतै कारण दुध र चिया पत्ती बेस्सरी उमाले पछि निकोटिनको मात्रा बढ्छ होला अनि त्यो पनि खालि पेटमा पिएर दुखेको हुनु पर्छ | लौ साथि हो सुनेको कुरा तपाइँ समक्ष राखिदिए |पेटले नसहेर चिया पिउन छोड्नु भएको भए यसरी बनाएर पिएर हेर्नुस |
magorkhe1 · Sep 15, 2016 8:21 AM
BT ब्रो : माथिको उखान आफैलाई लागु हुने हुनाले कोरेको हु | जाठो काम खोज्दा खोज्दा हैरानै भै सकियो | अनुहार हेर्दा मेक्सिकाने संग ठ्याक्कै मिल्छ | ग्रोसरी स्टोर छिर्यो कि स्पेनिश भाषा मा बोल्न आउछन अनि आफुले जानेको स्पेनिश शब्द " से हाब्ला नो स्पेनियोल" | यो शब्द को पाठ येति राम्ररि गरियो को टोन पनि उस्तै लागेर होला " पोर्चुगिज" शब्द सुने पछि त पोर्चुगिज होस् वा बोल्छस जे भने पनि अर्को जानेको " से फल्मामोस नो पोर्चुगिज " भन्न पछि पर्दिन | अनि एसो तल देखि माथि हेरेर ए जाठो त अमेरिका आएर ठुलो भईस भन्दै टाडीइञ्छन | सुन्नु भएकै होला " म्याकडोनाल्ड" मा काम गर्ने कालेले काले झैँ नबोलेर गोरे झैँ नक्कल गर्यो भनि झगडा गर्न आएको समाचार पढेको थिए | धन्न तेस्तो चै भएको छैन तर काम खोजाइमा भने अबस्यनै भएको छ , मुखले नभने पनि ब्यबहारले देखाई सक्यो | फेडरलमा सेलेक्सन पनि भए क्लियरेन्स लिन आमा बाउ देखि दाजु भाइ सबैको जन्म मिति देखि कहा काम गर्यो सबै हाल्नु पर्ने | फसादको कुरा सबै जसोले पैसा चलाएका छन् दिने नाम निसान छैन : म भाइ होइन बाउ हु बाउकै त हो ? चलाए त चलाए भन्ने ठान्छन | एउटा गुले भाइ थियो कहिले काही एसो फोन बाट इन्फोर्मेशन लीइन्थ्यो मुजी सनक्क सन्केको कुरा नेपाल गएको बेला म त भागि भागि हिडेको छु भने पछि मात्र थाहा भयो त्यो पनि दिदीले सुने पछि हैन के गर्यौ कान्छो भाइ लाइ भागेर हिड्छ रे ? लौ भन्नुस त अब के गर्ने ? भएका दाजुभाइ दिदि बहिनी कसैको नाम नराखी sf86 भरेको मिलेन भन्छ अनि यो गुले रास्ट्रपति आए पछि त रजिस्ट्री मेल त्यो पनि हुलाकमै गैर लिनु पर्ने पठाएको थियो : के रहेछ भन्दा त्यो काम पनि छैन रे ? UBER चलाउनु पर्यो भनेको जाठो गाडि पनि पुरानो पर्यो अनि सेलमा APP राख्न सकिएको छैन, हेरी मर्नु भन्दा छेरी मर्नु जाति भन्थे अनि एउटा गुलेको महान बाणी सुने पछि रजिस्टर गरेको हु | UBER ड्राइभ गर्नु भनेको ट्याक्सी ड्राईभर बने जस्तो होईन रे ? नेपालमा हुदा मेरा मित्रको हाकिम संग भना भनि हुदा गधा शब्द निस्किए पछि उसको बचाब चै गधा जस्तो मानिस भनेको हु गधा नै चै भनेको होईन रे ?उनको यो तर्क मेरो शुक्ष्म दिमाग भित्र पसे पनि अहिले सम्म पच्न सकेको छैन भने यिनको यो ट्याक्सी ड्राईभर होईनौ (Escort vs Prostitute) पनि त्यसै संग मितेरी लगाएर बसेको छ | भएन भनि subway मा काम सिकौ भनि खोज खाज गरेको त ९०% त भारतीयमुल्काकै रहेछ | मेरा गुरुले सुनाएको उन्खान " बाहुन घरका पैसा कतै नजाउँन " किन भन्दा ससुरालीमा पुजा आजा र श्राद्द गर्नु पर्ने भए पहिलो प्राथमिकता ज्वाइले पाउने रे ? यिनको पनि ठ्याक्कै तेस्तै रहेछ | जाठो ग्यास स्टेसन र भाते पसलमा मात्र हो Employee चाहिने र राख्ने ? प्राय जस्तो सबै काम हरु भित्र भित्रै भरीइ सक्छन अनि यी मुजी खैरे हरु अरुले काम ओगटे भने अफाह फ़ैलाउछन | जाठा हरु चिनेको र आफन्तलाइ छिरायो अनि अर्को बिचरा घोटिएको घोटिऐ , यी पनि कम पाखण्डी छन् र ? यिनका मुखमा राम राम बगलीमा छुरा हुन्छन | जाठा जाठि हरुका स्टाफ़िङ्ग एजेन्सीमा बोलाएर पेपर वर्क सिध्याए पछि नत फोन उठाउछन न त् इमेल कै जबाफ दिन्छन | कोटा पुर्याउनु थियो पुर्याए | अन्तरवार्तामा गए पनि अनुहार र बोलि सुन्ना साथ् IT guy का ? बाट हिसाब किताब मा आइपुग्यो भन्ने होलान ? एउटा चिनेको साथि ओहायोमा काम खोज्दा खोज्दा दिक्क भएर नामै फेरे दाई तै पनि हात लाग्यो सुन्ना रे | Shyam Bahadur बाट Sam हुन पुग्यो रे ? म पनि न्वारन गर्नलाई तम तयार भएको छु | मछिन्द्र बहादुर गोर्खाली को नया नाम के राख्दा ठिक होला ? साझामा चै मगोरखे अनि पहिलो गोर्खे भएर १ पनि राखी हाले | यमराजको बाट फिर्ता आएको मानिस हु म , लौ मेरो न्वारान गरिदिनुस अनि काम पाइन्थ्यो कि ? साभार: साथीभाईका नया पुराना कुरा Last edited: 14-Feb-17 10:22 AM
MaGorkhe1 · Feb 14, 2017 10:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion