बेला बेलां साझामा आयेर नेपालांं गर येसो-उसो गर्नलाई कसो गर्नी? कां कसरी गर्नी? भनेर अनाब सनाब सोध्निहरु प्रती लछित खुराक! फेला परौला तिमारु पनि बिचार गराओ।। सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा - केपी ढुंगाना, काठमाडौं प्रतिकात्मक तस्बिर श्रावण ६, २०७३- क्यानडाबाट फर्किएका मनोज गौतम रमाइलो गर्न ठमेलको इबिजा रेस्टुरेन्ट पुगे। रेस्टुरेन्टको माहौलमा ५ पेग ह्विस्की पिएपछि ‘सेक्स पार्टनर’ खोज्न ठमेलका चोक चहार्न थाले। ग्राहक खोज्न ठमेल चोकमा बसेका सञ्जीव बोहोराको नजर उनीमाथि पर्यो। ‘सर जाने हो?’ बोहोराको प्रस्तावमा उत्साहित हुँदै गौतमले भने, ‘जान त जाने तर झारेझुरे हुन्न मलाई।’ ‘अलि महँगो पर्छ नि’ भन्दै उनले चल्तीका नायिका र मोडल गरी १० जनाजतिको नाम लिए। तीमध्ये गौतमले एक नाम चयन गरे। ‘५० हजार पर्छ सर यसको त !’ रमझमका लागि भन्दै एक हजार अमेरिकी डलर साटेर बसेका गौतमले राजी हुँदै ‘५० हैन ५५ दिन्छु’ भनेपछि बोहाराले ट्याक्सी बोलाए। ट्याक्सी चालक अनिल तामाङले दरबारमार्गतिर बस्दा प्रहरीको छापामा पर्न सकिन्छ भन्दै उनलाई गौशालाको एक होटलमा जान प्रस्ताव गरे। गौतम राजी भए। गौशाला पुगेपछि बोहोरा र तामाङले नायिका हिँडिसकेको बताउँदै ह्विस्की थप्न प्रस्ताव गरे। सेलिब्रेटीसँग रात बिताउन पाइने भइयो भनेर मक्ख हुँदै गौतम राजी भए। बिहान आँखा खुल्दा कोठामा गौतम एक्लै थिए। हत्तपत्त उनले पर्स चेक गरे। ५५ हजार रुपैयाँ पर्समा थिएन। होटलका कर्मचारीसँग सोध्दा बोहोरा र तामाङ दुवै बेलुकै हिँडेको खुल्यो। यी दुई जना हिँडेपछि उनको कोठामा अरू कोही आएका थिएनन्। बल्ल चाल पाए, पैसाको बलमा ‘सेलिब्रेटी सेक्स पार्टनर’ खोज्दा उनी लुटेराको फन्दामा परेका थिए। केही दिन त्यसै बसेका उनले घटनाबारे महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी गरेको करिब ३० दिनपछि प्रहरीले ‘सेलिब्रेटीको नाम लिँदै लुटपाटमा संलग्न बोहोरा र तामाङलाई बुधबार पक्राउ गर्यो। ‘पीडित पैसा लुटिएको भन्दा पनि दलालले प्रस्ताव गरेको नायिकासँग भेट्न नपाएकोमा बढी थकथक मानिरहेका थिए,’ सोह्रखुट्टेका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘तामाङ र बोहोराले होटलमा पुर्याएर ह्विस्कीमा नशालु दबाई मिलाएर बेहोस बनाएर पैसा लुटेको देखिन्छ।’ प्रहरीका अनुसार पक्राउ परेका बोहोरा युवती मिलाउन ठमेल क्षेत्रमा कहलिएका दलाल हुन् भने तामाङ उनका साथी। बोहोराले ग्राहक खोज्ने र तामाङले आफ्नो ट्याक्सीमा राखेर सम्पर्कमा रहेको होटलमा लैजाने गर्दै आएका थिए। गौतमको जानकारीका आधारमा प्रहरीले बोहोरा र तामाङको मोबाइलमा रहेको सम्पर्क नम्बरको सूची हेर्दा दर्जनौं ‘नायिका र मोडल’ को नाम देखियो। तामाङको भाइबरमा केही चल्तीका मोडलसँग मोलतोलको दोहोरो संवादका विवरण प्रहरीले फेला पारेको छ। तामाङले बयानमा बेलुका ८ देखि १२ बजेसम्म यौन मनोरञ्जन खोज्ने ग्राहकको माग पूरा गराएरै यही धन्दाबाट मासिक ४ लाखसम्म कमाउने गरेको बताएको डीएसपी राठौरले बताए। ‘कुन कुन सेलिब्रेटी बोहोरा र तामाङको सम्पर्कमा थिए भन्ने पुष्टि भइसकेको छैन,’ डीएसपी राठौरले भने, ‘भाइबरको संवादका आधारमा केही नाम शंकाको सूचीमा राखेका छौं, विस्तृत अनुसन्धानपछि मात्रै हो या हैन भन्न सकिन्छ।’ ४२ दलाल फन्दामासोह्रखुट्टे वृत्तले ३ महिनाको बीचमा ठमेल क्षेत्रमा ग्राहक खोज्ने ४२ जना दलाललाई पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार पक्राउ परेका दलालमध्ये कोही ठमेलको चोकमा उभिएर ग्राहक बोलाएर नजिकैको गेस्ट हाउसमा पुर्याइदिनेदेखि ‘काठमाडौंका चल्तीका होटलमा लगेर महँगा होटल र व्यक्तिगत अपार्टमेन्ट’ मा पुर्याइदिनेसम्म रहेका डीएसपी राठौरले जानकारी दिए। पक्राउ परेका दलालमाथि प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धान गर्ने गरेको छ। सार्वजनिक अपराधको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइहाल्छन्। ‘पक्राउ परेकामध्ये तीन जना पटके नै हुन्,’ राठौरले भने, ‘केही दलाल पक्राउ परेपछि अन्यत्र गएका छन्।’ http://bit.ly/2adFSpC Last edited: 20-Jul-16 09:09 PM
nozzs · Jul 20, 2016 9:08 PM · 12,348 views
US मा पाच सयमा Baywatch अथवा पोर्नस्टारहरु जस्तो मोडेल पाउछ, यो मुजीलाइ नेपाल केहि दिन आएर पनि होर्निनेस लाई ठान्न नसक्ने | धन्न थुनामा परेन | यो article पढेर त्यो गौतम भन्ने मान्छेले केहि नसिकेको जस्तो लाग्छ |
jerryswari · Jul 20, 2016 11:02 PM
Mr. गौतमलाई त अझ पैसा लुटेको भन्दा नि त्यो नायिका सङ बस्न नपाको पो दुखेसो रैछ। जेलां जाकेर डन्डा खाएपछि मात्र बुद्दी आउला जस्तो छ। अनि यो दलालले सेटिङ गरेको नायिका चाहिँ को रैछ कुन्नी? अब कुन दिन celebrity sex rackade को न्युज आउँछ।
nozzs · Jul 21, 2016 6:42 PM
i wont hesitate a bit to spend $1K for PK. sorry Nasie
NepaliSailla · Aug 16, 2016 7:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion