Government already paid for his and his family's medical trip to USA. Now, government gives 10 million. Our priorities and beliefs are seriously messed up. I oppose this decision. ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहाललाई १ करोड दिने मन्त्रिपरिषदको निर्णय सरकारले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि रकम दिने निर्णय गरेको हो। http://setopati.com/raajneeti/...
metta · Jul 15, 2016 6:37 AM · 19,279 views
यो बाबु कतै पुष्पकमल दाहालको औलत त हैन ? संका पो लग्यो मलाई
naskojar · Jul 15, 2016 3:08 PM
korirala le pani nsikanu agi paisa badethe Oli pani badaaddai hola sala chor haru ......
submark · Jul 15, 2016 4:15 PM
कसलाई कसलाई दिने ? स रकारी भण्डार खोलि देउ, लुट को धन फुपू को श्राद्द मात्र गरेनौ ठुलो ढोका खोलिदियौ | हरेक बर्स सय पचास लाइ बिदेस पठाउ बिदेस |
MaGorkhe1 · Jul 15, 2016 6:23 PM
कसरी पायो आदित्य संरक्षण प्रतिष्ठानले एक करोड ? श्रावण १, २०७३- सरकारले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । झापाका शेषराज र ईश्वरा दाहालका छोरा दाहाल यही साउनमा ६ वर्ष पुग्दैछन् । बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् । विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् । कसरी भयो निर्णय ? एमाले-माओवादी गठबन्धनको द्वन्द्व चुलिँदै गएको अवस्थामा गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए । राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भएका उनीहरूले आधा घण्टा बालुवाटारको एउटा कोठामा छुट्टै बैठक गरे- अद्भुत बालक आदित्य दाहालसँग । त्यो बैठकको चाँजोपाँचो मिलाउने मुख्य व्यक्ति थिए माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ । बालक दाहालको अद्भुत क्षमताबाट करिब सबै मुख्य नेता प्रभावित छन् र उनलाई पटकपटक भेट्नेसमेत गर्छन् । त्यस्ता नेतामध्ये श्रेष्ठ बालक दाहालबाट अलिक बढी नै प्रभावित छन् । दाहालको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले 'आदित्य संरक्षण प्रतिष्ठान' खोलेका छन् । प्रतिष्ठान सञ्चालन गर्न केही रकम आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष प्रतिष्ठानका पदाधिकारीले निकाले । प्रतिष्ठानका पदाधिकारीलाई सहजीकरण गर्दै तीन जना प्रमुख शीर्ष नेताहरूसँग बालक दाहालसहित भेट्ने वातावरण नेता श्रेष्ठले मिलाए । उक्त भेटमा प्रतिष्ठानका तर्फबाट केही सहयोगको माग भयो । जुन मागप्रति प्रधानमन्त्री ओलीसहित देउवा र दाहालले पनि सकारात्मक धारणा राखे । उनीहरू तीनै जनाले सकेसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि पनि तीनै शीर्ष नेताले छुट्टाछुट्टै बालक दाहाललाई भेटेका थिए । बालक दाहालले असार २३ गतेको भेटमा तीन जना नेतालाई नै मिलेर जान सुझाव दिए । बोल्न र हिँडडुल गर्न नसक्ने तर लिखित रूपमा आफ्ना कुरा राख्ने बालक दाहालले समसायमिक राजनीतिक परिस्थिति र नेताले खेल्नुपर्ने भूमिकाबारे लेखेका शब्दले तीन नेता झन् प्रभावित भए । तीन शीर्ष नेताको त्यो बैठकको प्रतिबद्धता अनुरूप नै एक सातापछि सरकारले शुक्रबार प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रतिष्ठानलाई दिइएको रकम बालक दाहालको संरक्षणमा प्रयोग हुनेछ । यसअघि बालक दाहाललाई सुशील कोइराला सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको थियो । सरकारले उक्त निर्णय गरेपछि बालक दाहाल झन्डै दुई महिना अमेरिकामा उपचार गरी फर्के । तर उनलाई के भएको हो भन्ने डाक्टरहरूले पनि स्पष्ट पार्न सकेनन् । त्यसपछि दाहाल स्वदेशमै बसिरहेका छन् । http://bit.ly/29Ikah4
nozzs · Jul 15, 2016 8:12 PM
Bahulayo ki ke ho nepal sarkar. La oli ko natedar le yo padhnu hudaichha bhane oli ji lai yo nirnaya phirta lina lagaunu.
mancini · Jul 15, 2016 10:09 PM
BS decision. There was a young scientist back then, Ganesh Khatri, who invented many things of military importance. He died of poverty and sickness, got nothing from government. Yestai ho, guff hanna sakne lai ekdum profitable desh ho nepal.
seeker77 · Jul 15, 2016 10:25 PM
nozzs · Jul 15, 2016 11:54 PM
गुगल ब्वाईलाई गाडी किन्न सरकारी ढुकुटीबाट एक करोड दिने महादानी ओलीको जय! जय!! जय!!! आखिर यस अघि नै १ करोड २५ लाख पाइसकेका आदित्यलाई त्यति बक्सिसले नपुगेकै थियो। तपाईँको सरकारको प्रवक्ताले स्पष्ट शब्दमा नै आदित्यलाई घर र गाडी किन्न १ करोड दिने निर्णय गरेको सुनाए, अलिकति पनि नलुकाई। http://www.mysansar.com/2016/0...
metta · Jul 16, 2016 7:43 AM
metta · Jul 16, 2016 7:46 AM
राजनले बनाए ड्रोन - साप्ताहिक संवाददाता असार २९, २०७३- पर्वतको भोक्सिङ गाविसका १८ वर्षीय राजन गुरुङले मानवरहित विमान (ड्रोन) बनाएका छन् । उनले आफूले बनाएको ड्रोन पोखरामा उडाएर देखाएका छन् । सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत गुरुङले मानवरहित ड्रोन उडाएका हुन् । उक्त ड्रोन चार सय मिटरमाथिसम्म उड्न सक्छ । यो ड्रोनमा दुईवटा सेन्सर रिमोट डिभाइस जडान गरिएको छ । हालसम्म ३० भन्दाबढी आविष्कार गरेका गुरुङ गाउाको पानीघट्ट देखेर प्रविधितर्फ आकर्षित भएका हुन् । ड्रोन बनाउन गुरुङले बाास, खेलौना कारको मोटर तथा खेलौना हेलिकप्टरको पंखा आदि प्रयोग गरेका छन् । पैसा नभएकाले फलाम, आल्मोनियम तथा स्टिलको सट्टा बाँस प्रयोग गर्नु परेको राजनले बताएका छन् । http://saptahik.ekantipur.com/...
metta · Jul 16, 2016 3:17 PM
metta · Jul 16, 2016 3:18 PM
metta · Jul 16, 2016 3:23 PM
यदी प्रचण्ड प्रधानमन्त्री भए भने यो Yahoo Boy ले नी एक करोड पक्कै पाउँछ होला 😂😂
nozzs · Jul 16, 2016 4:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion