तिम्रो खेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नै बाजी जित्ने दाउ चाल्यौ तिमीले प्रेमको आगो झोसी झोसी गाल्यौ तिमीले सपना सारा मिठा थिए बुनिएका सजिएका इच्छा माथी वासनाको दिप बाल्यौ तिमीले एकोहोरो नाइँ नास्ती, हुन्न भनिरहँदा म अस्मिताको मेरो घर त्यो ढाल्यौ तिमीले आँखा रसिलो मेरो कहिले हुनदिन्न भन्थ्यौ मेरो इज्ज़त आफ्नो वचन फाल्यौ तिमीले | डरायौ हो? तिमी विरुद्ध लड्छु कि कतै म समाजको डर देखाई मुख टाल्यौ तिमीले ||

Mrigtrishna · Jul 13, 2016 7:48 AM · 16,281 views

6 Replies

पिडा छ हजुर पिडा .. अंग प्रत्यंगको नाप लिई शल्यक्रिया गरेपछि मुटु चिरा चिरा पारि नुन छर्क्यौ तिमीले

KaliKoPoi · Jul 13, 2016 8:56 AM

देख्नासाथ तिमीलाई मनमा फ़क्रन्थे कोपिलाहरु तर अनायाशै मन भरि बिष बृक्ष्य पाल्यौ तिमीले

Altijdgoede · Jul 13, 2016 9:21 AM

ओह्हो, पिडा र रोदनले भरिएको कस्तो वियोगान्त गजल ! मृगतृष्णाजी ..त्यो गजल पढेर मलाइ त् एस्तो लाग्यो कि ति गजलका नारिको अश्मितालाइ कसैले जबर्जस्ति लुटेको हुनपर्छ भनेर .. के मेरो अनुमान ठिक हो मृगतृष्णाजी ?

Nas · Jul 13, 2016 10:21 AM

मृगतृष्णा ज्यू, तपाईको गजलहरु खारिदै आईरहेको छ . एउटा गजलकारको उदय देख्दै छु म . हरेक गजलमा एउटा पूर्ण कथा पस्किने गर्नु भएको छ जुन साह्रै सुन्दर लाग्छन् मलाइ . धन्यवाद यति मिठो गजलको लागि - थाहा छैन

ThahaChaena · Jul 13, 2016 11:22 AM

धन्यवाद KALIKOPOI, ALTIJDGOEDE JEE. हजुरहरु थपिदिनु हुन्छ र त अझै लेख्ने हौसला मिल्छ.| NAS जी जबर्जस्ति को अनुमान एकदम मिल्यो :) | बिश्वास गरेको मान्छेबाट नै घात हुनु अनि चिन्दै नाचिनेको मानिस बाट लुटिनु दुई भिन्न पाटाहरु हुन् सायद| बितृष्णा पैदा हुन्छ भन्या कहिले काही त वियोगान्त लेख्दा | thahachaena जी धन्यवाद फ़ुर्काइदिनु भएकोमा | हजुरहरु मन पराइदिनुहुञ्छ, कमि कमजोरी औल्याई दिनुहुन्छ त्यसैले प्रेरित गर्छ |

Mrigtrishna · Jul 14, 2016 12:24 AM

"बिश्वास गरेको मान्छेबाट नै घात हुनु"....भने पछि आफ्नै प्रेमीबाट बलात्कार हुन् पुगेकी हो र उ, मृगतृष्णा .?... तर यो कसरि सम्भव छ भन न मृगतृष्णा... चिन-जान भैसकेको प्रेमीकालाइ कसरि बलात्कार गर्न मिल्छ र ? उनीहरुले आफ्नो प्रेमको रापको प्यास त पहिले नै धेरै बुझाइसकेको हुनपर्छ ! तेसरी आफ्नो तृष्णा मेटाउँदै आएका प्रेमीले फेरी किन प्रेमिकालाइ बलात्कार गर्न पर्यो र ? तिम्रो गजल फेरी ३ खेप पढे...म अलिक सोचमा डुब्न पुगे मृगतृष्णा ... ति प्रेमिकाको पिढा बुझ्न नसकेर .....मृगतृष्णा, प्लिज मलाई फुर्सदमा यो कुरा बुझाई देउ न ल !

Nas · Jul 14, 2016 10:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all