लस अन्जेल्सको सम्मेलन यस्तो भयेछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

युएनए सम्मेलन सम्पन्न: एक छोटो समिक्षा&nbsp; &nbsp;&nbsp; &nbsp; &nbsp;&nbsp;Lekhnath Gautam&nbsp;&nbsp; | &nbsp; 1275 Views &nbsp; | &nbsp; Published Date :&nbsp;6th July 2016&nbsp;| - लस एञ्जलस, जुलाई ४। युनाइटेड नेपलिज एसोसिएसनको पहिलो सम्मेलन सम्पन्न भएको छ। जुलाई २ देखि ४ सम्म सम्पन्न यस सम्मेलनको अन्तिम दिन अर्थात् जुलाई ४ का दिन खेलकुद र अन्य क्षेत्रमा गरिएका प्रतिष्पर्धामा बिजयीहरुलाई पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरियो। सबभन्दा बढी धनराशी $५००० को पुरस्कार फुटबलको बिजेता टोलि न्यु योर्क नेपलिज फुटबल क्लबले प्राप्त गर्यो भने दोश्रो बाल्टिमोरको टीम भयो। त्यस्तै अन्य खेलहरुमा भलिबलमा एलएको टीमले प्रथम स्थान प्राप्त गर्यो भने क्रिकेटमा डालसको टीम भयो। बास्केटबल, टेबल टेनिस लगायतका खेलहरु सम्पन भए। खेलकुदका सबै कार्यक्रमहरु &nbsp;कुशलतापुर्बक र शान्त पुर्बक नै सम्पन्न भए। जुलाई ४ का कार्यक्रम लगायत अन्य कुनै कार्यक्रमहरु समयमा शुरु र अन्त्य भने हुन सकेनन । युवा द्वारा युबाको लागि गरिएको भनिएको यो सम्मेलनमा पनि “उही नेपाली समय” को रोग प्रशस्तै देखियो । पुरस्कार वितरण र समापन समारोह दिउसो दुइ बजे भनेर प्रचार गरिए पनि अन्तिम समयमा ७ बजेको लागि सारिएको थियो। ३ दिने कार्यक्रममा धेरै खाले प्रतियोगिता र कार्यक्रम भएकोले पुरस्कार वितरण र समापनको लागि लामो समय लाग्नु स्वाभाविक थियो। तै पनि पत्रकार सन्दिप चौधरीले त्यसलाई छोट्याउन धेरै प्रयत्न गरे। तर कार्यक्रम नै ढिलो शुरु भए पछि अन्त्य पनि ढिलो हुने नै भयो। त्यसपछिको बिपुल क्षेत्रि र ब्याण्डको कार्यक्रम अलि पर सर्यो। तर समग्रमा कार्यक्रम राम्रो भयो। सहभागीहरुले मज्जा लिएर सबै प्रस्तुतिहरु हेरे। समापन कार्यक्रममा केहि बक्ताहरुले पनि आफ्नो विचार प्रस्तुत गरे। एसपी सर्बेन्द्र खनालले अलि भावुक भएर सम्बोधन गरे। नेपालमा तपाईंले केहि गर्न चाहनुहुन्छ भने “सबै मिलाइदिञ्छु” , उनले भने। युवाहरुले संयोजन र संचालन गरेको कार्यक्रमको उनले खुलेर प्रशंशा गरे। नेपाली कांग्रेसका युवा नेता बिस्वप्रकाश शर्मा र स्वर्णिम वाग्लेले नबोले पनि पुरस्कार र प्रमाणपत्र वितरण गरे&nbsp;।&nbsp; युनाइटेड नेपलिज एसोसिएसनका संस्थापक सभापति पासांग लामाले अर्को अधिबेशन २०१७ मा डालसमा हुने जानकारी सहित कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिए&nbsp;।&nbsp;त्यस्तै सम्मेलनका संयोजक बिस्व सुबेदीले पनि सहयोग गर्ने, खेलकुदमा भाग लिने, नेपालबाट आउनुहुने र सहभागिता जनाउनेहरुलाइ धन्यवाद दिए। सम्मेलनको समग्र मुल्यांकन युएनएले र संयोजक संस्था एफवन ग्रुपले अबस्य गर्ला तर यसमा केहि राम्रा भए पनि केहि हुनुपर्ने राम्रा कुरा हुन सकेनन। यो सम्मेलन एएनएको सम्मेलनको तिथिमिति संग बाझिएको थियो। किन यसो गरियो, कसले गर्यो भनेर अब माथापच्ची गर्नु भन्दा यसले के गर्यो त भनेर मुल्यांकन गर्दै भावी कार्यक्रम के गर्ने भनेर सोंच्ने बेला हो यो। जहिले पनि सुधार गर्ने ठाउं हुन्छ भन्ने बिस्वब्यापी मान्यता छ। भव्य भयो भने पनि त्यो भन्दा राम्रो गर्न सकिने थिएन भने होइन, गर्ने ठाउं हुन्छ। यो सम्मेलनमा पनि ती छिद्रहरू प्रशस्त थिए । सबैको आफ्नै भोगाइ हुन्छ, सबैको आफ्नै दृष्टिकोण हुन्छ। कुनै कुरा सम्पूर्ण रुपमा ठिक वा बेठिक हुँदैन। गणितका फर्मुला त गोलमाल पार्न सकिन्छ भने जिव्रो चलाए हुने कुरामा सबैले एउटै देख्छन र त्यहि भन्छन भन्ने छैन। मेरो बुझाइमा यो&nbsp;सम्मेलन&nbsp;समग्रतामा&nbsp;सफल भएको मान्छु। भर्खरका अनुभव नभएका ठिटाहरूले सम्पूर्ण रुपमा संयोजन गरेकोले त्यसको प्रतिबिम्ब देखिए पनि कार्यक्रमहरु राम्रै रुपमा संचालन भए। उपस्थिति भने त्यति सन्तोषजनक भएन। लस एञ्जलसको ठुलो नेपाली समाज त्यहाँ देख्न पाइएन। त्यसमा समन्वय नपुगेर हो वा आयोजकको पहुँच पुग्न नसकेर हो, त्यत्रो बहुप्रचारित सम्मेलनमा पनि “केहि” बाहेक आम नेपाली समुदाय पुरै बाहिर देखियो। यसमा कसैको इगो छ या अन्य केहि कारणले त्यस्तो भयो भन्ने कुरा त बिस्तारै कुराहरु आउंदै पनि जालान। तर त्यो त्रुटि सच्च्याउने युवाहरुले भुल्नु हुन्न। आफ्नो बाउ आमा भनेका बाउ आमा नै हुन्, आफ्ना अग्रज भनेका अग्रज नै हुन्। तिनको अनुभव, सिप र क्षमता प्रयोग गरेर उनीहरुको विश्वास जित्दै आफ्नो भविस्य बनाउनु पर्छ। आफ्नो इतिहास र अग्रजहरुको अस्तित्वलाई स्वीकार नगर्नु “बालहठ” हो । त्यसलाई मैले “अज्ञानी बालक” भन्न रुचाउँछु । मलाई लाग्छ यो कुरा लस एञ्जलसको नेपाली प्रबुद्ध समाजले पनि बिर्सिनु हुन्न। युवा एकातिर र बुढापाका अर्को तिर हुने स्थिति पैदा दिनु हुन्न। कमजोरी स्वीकार गर्ने हिम्मत “आधुनिक, नयाँ र मै हुँ” भन्ने युवाहरुले गर्नु पर्छ भने अज्ञानी बालकको बालहठ भन्ने बुझेर आगामी दिनमा उनीहरुको अघि बढ्ने अभियानलाई टेवा दिनु पर्छ, सहयोग गर्नु पर्छ। संकीर्ण सोंच र कुखुरे छाती लिएर गुम्सिएर बस्नु हुन्न।&nbsp;यहि कारणले एलएको नेपाली समाज विभक्त हुनुहुन्न। सबैले आफ्नो छाति फराकिलो पार्नै पर्छ। मलाई अर्को खड्केको कुरा संचार क्षेत्रलाइ गरिएको उपेक्षा पनि हो। एलएमा थुप्रै संचारकर्मी हुनुहुन्छ तर त्यहाँ कसैको उपस्थिति देखिन। सबै समाचारको कभर गर्ने जिम्मा हिमालय खबरलाइ दिइएको भन्ने सुनिए पनि हिमालय खबर पनि त्यहाँ खासै देखिएन। डोल्मा लामा पत्रकारको रुपमा भन्दा पनि आफ्नै संस्थाको प्रतिनिधिको रुपमा कार्यक्रम समयभर आफ्नै तरिकाले प्रस्तुत हुनु भयो। म पनि सूचना क्षेत्रसंग सम्बद्ध भएकोले नबोलाए पनि ” मान या नमान, मै &nbsp;तेरा मेहेमान” भन्ने उक्ति चरितार्थ हुने गरी त्यहाँ पुगेको थिएँ। कार्यक्रम अबधिभर मेरो उपस्थिति “नरुचाइएको” प्रस्टै देखिन्थ्यो। तैपनि त्यो कार्यक्रमलाई आफ्नो “धर्म” मानेर कभर गर्ने प्रयास गरें। तर जे जस्तो भए पनि मैले उनीहरुको जोशलाइ स्यालुट गर्छु। मेरो कुनै गुनासो छैन।&nbsp;आगामी दिनमा सूचना र संचार मात्र होइन अन्य क्षेत्रमा पनि यी युबाहरुसंग काम गर्न मलाई गाह्रो छैन&nbsp;। युवा लक्षित कार्यक्रममा युवाको सक्रियता र सहभागिता के मा रह्यो भन्ने कुरा नबुझी भोलिका कार्यक्रम वा योजना बनाउन सकिन्न। हाम्रो नेपाली युवा युबतीहरु के चाहन्छन भन्ने नबुझी कार्यक्रम गरियो भने त्यो सफल हुँदैन। कार्यक्रममा कसैलाई घोक्रेठ्याक लगाएर ल्याउन मिल्दैन। यो ३ दिने कार्यक्रम हेर्दा नेपाली युवाहरुको मनस्थिति प्रस्ट संग देखियो। उनीहरुको रुचि कि त खेलकुदमा कि त मनोरंजनमा थियो। युबाहरुलाई अमेरिकी समाजमा इण्टिग्रेट अर्थात् “बिलय” गराउन आबस्यक ज्ञान, शिप र क्षमता वृद्धि गर्न आबस्यक जानकारी दिन गरिएका फोरममा पिठ फर्काउने तर “छाला प्रदर्शन र दर्शन” अनि दारु पानीमा&nbsp;देखिएको रुचिले मलाई लाग्छ संस्थाको उद्देस्यलाइ नै चुनौती दिएको छ । सामाजिक दायित्व, सामुदायिक दायित्व र व्यक्तिगत स्वतन्त्रताको रेखा धमिलो बन्नु हाम्रो लागि सुखद होइन। यसले हामी “नयाँ पुस्ता” हौँ भनेर जति उफ्रे पनि यो पाराले&nbsp;हाम्रो भविस्य उज्यालो हुन सक्दैन। हाम्रा र राम्रा कुरा छोड्ने र अरुका नराम्रा कुरा अंगिकार गर्ने प्रवृति यहि रुपमा झांगियो भने त्यसले हामीलाई अन्तै पुर्याउन सक्छ। अल्प बस्त्र धारी र छोटा बस्त्रधारी आफ्नै छोरीको तिघ्रामा हात राखेर सेल्फी खिच्ने बाउहरुले पनि आफ्ना छोराछोरीको चारित्रिक यात्रा कहाँ जाँदैछ&nbsp;भनेर नसोच्ने हो भने अरुले राम राम मात्र भन्न सकिन्छ काँध थाप्न जान सकिन्न&nbsp;। अन्यमा, कार्यक्रम सन्तोषप्रद रह्यो। सम्मेलनले धेरै कुरा सिकाएको पनि छ। यसले एक हुनु पर्छ भनें सिकाएको छ। राम्रो कामको लागि सबै मिल्नु पर्छ भन्ने सिकाएको छ। मिले जे पनि गर्न सकिन्छ भन्ने सिकाएको छ। राम्रो गर्नु पर्छ भन्ने सिकाएको छ। गर्ने नगर्ने कुरा भने सबै हाम्रै जिम्मामा छ। <img class="aligncenter size-full wp-image-18831" src="http://uskhabaronline.com/wp-c..." alt="Version 2" width="4032" height="3024" srcset="http://uskhabaronline.com/wp-c... 4032w, http://uskhabaronline.com/wp-c... 300w, http://uskhabaronline.com/wp-c... 768w, http://uskhabaronline.com/wp-c... 1024w, http://uskhabaronline.com/wp-c... 940w, http://uskhabaronline.com/wp-c... 174w" sizes="(max-width: 4032px) 100vw, 4032p

cybernepali · Jul 6, 2016 1:42 PM · 13,729 views

4 Replies

Just a quick question, ANA and UNA what is it ? Is it kinda separate organization and programs they do? I heard about it at Atlanta and this one is in LA, What in the world is it? 🤔🤔🤔 Last edited: 06-Jul-16 04:29 PM

atomic · Jul 6, 2016 4:29 PM

aja kaal birthday party garda ta yo bhanda bade manche aaucha, k taal ko convention hola yo

Rambrooo · Jul 6, 2016 8:09 PM

सम्मेलन को कुरा भेट घाट मात्रै हो भन्ने मेरो धारणा छ | देखाउने मुखौटा र प्रचार प्रसार को माध्यम मात्र हो | निर्णय गर्ने र गरिने कुरा कार्य कारिणी ले गर्ने कुरा हो एउटा कोठा भित्र गरिने कुरा हुन | भेलामा हामीले यो यो गर्न लागेका छौ को जानकारी दिने र तेस्को बारेमा कसैको सुझाब भए सुझाब को मुल्यांकन गर्ने र आबस्यक देखिएमा सुधार गर्ने | भिड भाड मा गएर कसैले यो भएन त्यो भएन भन्छ भने म चै के भन्छु भने गलत ठाउमा पुग्नु भयो अनि ठुला ठुला कुराको अपेक्षा राखी जानु भयो | यो त आफन्त संग भेट घाट हुने ठाउ हो र बहाना हो &nbsp;| जाड र रक्सि पिउने नेपालीको २ दिने अखडा हो | Last edited: 06-Jul-16 09:06 PM

magorkhe1 · Jul 6, 2016 9:04 PM

सत प्रतिशत सही कुरो!!!

atomic · Jul 7, 2016 9:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all