बचावट तिर लाग्नु ठिक होला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो जुलाई 4th हाम्रो दशैमा खसी बोकाको नास हुने जस्तै कुखुराको सत्य नास हुने दिन हो | आफुले त हिजै नै BBQ गरि सके | फेस्बुके हरुले टास्न भ्याई सके | बैठक कोठामा नया रंग फेरे पछि गह्रुङ्गा चिज बाहेक सबै बाहिरीए पछि नया रंगरोगन संग मेल खाने चिज किन्ने क्रममा किनमेल तिर लागियो | Homegoods बाट अर्को पसल जाने क्रममा पार्किंग लटमा छिर्दै थियौ कोहि निक्लिदै थियो | क्या भाग्यमानी दाया बाया पनि नगरी पार्क गर्न पाइयो | सोचाइ तेस्तो तर बास्तबिकता भने ठिक बिपरित हुन् पुग्यो | त्यो जीप अगाडि गयो भनेर म पार्क गर्न सिधा के गएको थिए उसले ब्याक गरेर ड्राइभर साईडको ढोका मा हानि दिई | मेरो बिचारमा उसले काध तिर मुन्टो नफर्काइ Rear View cameraमा मात्रैमा भर परि जस्तो छ | ढोका खोल्न नसकिने गरि हिर्काइ दीई | हेर्दा ढोका मात्र फेर्दा पुग्छ जस्तो छ | गाडि फेर्ने कुरा गर्दै छौ यो बर्स त हैन अर्को बर्स भने फेरिन्छ होला | तेसैले insurence बाट आउने चेक ( 800-1000 ) auto -body लाइ दीउ कि ठाक-ठुकेलाई ढोका फेरिदे भनौ ? It will not increase/decrease the value of my car. हाम्रा साझा का सल्लाहकार को के भनाइ छ ? ५-६ सय नै बचाउनु ठिक होला कि न होला ?

magorkhe1 · Jul 3, 2016 8:50 PM · 249 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion