सविन ढकाल/पहिलोपोस्ट - 'झन्डै आमाछोरालाई नै मारेका थिए', काखमा ८ महिनाको नवजात शिशु। रुन्चे स्वर, आँखाबाट तप्किन लागेका आँसुका ढिकासहित उनले सुनाइन्, 'साँझ साढे चार बजेतिर म बच्चालाई लुगा फेराउन कोठाभित्र छिरेको थिएँ। एक्कासी भूकम्पले घर हल्लाए जस्तो भयो। मन आत्तियो, बच्चा रुन थाल्यो। बाहिर निस्कन खोजेको ढोका नै खुलेन। घर पुरै लडे जस्तो भएको थियो।' वास्तवमा यो भूकम्प थिएन। उनको घरमा डोजर बज्रिएको थियो। डोजरले ढाका फोरेपछि उनी निस्किन भ्याइन्। अहिले उनी बस्दै आएको घर भग्नावशेषमा परिणत भएको छ। 'खै, कसले एक्कासी आएर घर भत्कायो, पत्तो छैन', उनले रुँदै सुनाइन्, 'बाहिर हेर्दा १५/२० जना गुन्डाजस्ता केटा थिए, हामी घरमा ३ जना महिला मात्र थियौँ। प्रहरी पनि थियो तर हेरेर मात्र बसिरहेका थिए।' आइतबार मिनभवनमा रहेको जुन घरलाई डोजर लगाएर यसरी भत्काइएको थियो, त्यो घर र जग्गाको विषयमा अदालतमा २१ वटा मुद्दा विचाराधीन छन्। छेउमै रहेका ७१ वर्षका वृद्ध गणेशलाल अवाल भन्छन्, 'यो उमेरमा घर न घाटको बनाइदिए। हामीलाई कसैले घर भत्काउने जानकारी दिएको थिएन। अदालतले गरेको कुनै पनि निर्णय हामी मान्न तयार थियौँ।' गणेशलाल अवालेका बुवा र हजुरबुबाको पुस्ताले नै मिनभवनमा नै जीवन बिताएका थिए। गणेशलालको नाममा मीनभवन अगाडि ४ रोपनी ८ आना जग्गा थियो। एक रोपनी जग्गा छुट्याउने अनि बांकी ३ रोपनी ८ आना जग्गामा चाहिँ अर्पाटमेन्ट बनाउने र त्यसको ३० प्रतिशत रकम पाउने आकर्षक प्रस्ताव स्वीकार्दा अवाले परिवार यो लफडामा फँसेको हो। प्रहरीले अदालतमा विचाराधीन मुद्दा आफै मिलाउन खोजेको आरोप अवाले परिवार लगाउँछ। महानगरीय प्रहरी परिसर काठमाडौका एसएपी विक्रमसिह थापाले १ दिनभित्र घर छोड, नत्र हातखुट्टा भाँचिदिन्छुसम्म भनेको गणेशलाल बताउँछन्। तर एसएसपी थापा भने यस विषयमा प्रहरीलाई जानकारी नै नभएको बताउँछन्। उनी भन्छन्, 'यो प्रहरीको विषयमा नै पर्दैन। प्रहरी यसमा बेकसुर छ।' आरोप प्रत्यारोप भइरहँदा घर भने डोजरले भत्काइसकेको छ। http://www.pahilopost.com/cont...
cybernepali · Jun 28, 2016 3:10 PM · 17,540 views
harek kura ko dui side huncha, as someone said in here. If the government had marked the house for demolition after the quake (like I think they put different colored 'stickers') and the family decided to move into the house after more than a year of inaction from the government and without big earthquake, then they shouldn't be so surprised. On the other hand, if the government fu(ked up then they need to be fully compensated.
jerryswari · Jun 28, 2016 9:22 PM
Agreed : If it was a mistake by government , should pay full compensation.
magorkhe1 · Jun 29, 2016 11:02 AM
jerryswari, I get your argument but you can not bulldozed a human occupied home AT ALL whether that family is legally or illegally staying at the house. That's just inhuman and animalistic behaviour.
sajhamitra · Jun 29, 2016 12:20 PM
How can they get compensation, forget abt that Government has full resources, I think they wont hv enough money to hv some plain lawyer. Unless government comes forward and come with proposal, I dont that will ever happen ill luck all i can say
coool · Jun 29, 2016 12:24 PM
i think we should help this guy. kasailai dhukha pardha hami sabai agadhi badhnna parch
coool · Jun 30, 2016 1:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion