Bhut ko katha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रति ११ बजे तिर को कुरा ! मेरो ठुलो घर ( हजुरबुबा को घर ) खोला पारि थियो ! भोलि पल्ट मेरो कुप्रा बा ( हजुरबा को बुबा ) को सराद थियो ! सराद मा बिहान नै गएर स्कूल जाने plan थियो है ! मेरो कुप्रा हजुरबा काम्दा काम्दा खस्नु भएको थियो रे ! भोलि बिहान जान ready भएको म, आमा ले बेलका ११ बजे तिर त ठुलो घर जा तही गएर बस हल्का बिहान काम सगाउदै गर , म गाइ बस्तु को काम धन्दा सकेर बिहान आउछु भन्नु भयो ! भोलि सराद छ तेरो कुप्रा बा येतै उदै हुन्छन , ला यो रुद्रक्क्ष को माला लगाएर जा भन्नु भयो ! जनै लगाएको त छस ? गायत्री मन्त्र आउच भन्नु भयो ? मैले जनै लगाएको थिए गायत्री मन्त्र नाउने कुरै भएन , हजुरबा नै पुरेत भएपछि ! बेलुका खोला तरेर जाने भए केइ भयो भने जनै समात्नु र गायत्री मन्त्र पढ्नु भन्नु भएको थियो ! म नि हल्का हल्का डर लाग्दै गए तर मुजी केइ गरि भुत आयो भने टाप हान्छु, स्कूल म कुद्ने म त second third आउने नै गरेको थिए खोला को वोरिपरी बास झ्यांग थियो ! जादै थिए कसैले बास घारी मा ढुंगा हाने जसो लागो ! हल्का डर लाग्यो तर होइन जसो लाग्यो ! अलिक पर गको झन् कोइ रुदै गरे जसो लाग्छ ! ल मुजी आज यहि सकिने भए जसो लाग्यो ! तर नि गायत्री मन्त्र आउछ, बाल भएन भन्दै जादै थिए ! अलिक पर गको मे मे मे भन्दै रोएको सुन्छु ! अब जाठो भुत को कथा सानो म सुनेको नै थिए हल्का डर त लाग्ने नै भयो ! तर नि हैन जान्छु भुत देखिगाये भने त भोलि केटा हरु लाइ दरो गफ लाउन पाउछु जसतै लाग्यो थियो , फेरी कतै बाट आवाज आयो सी सी सी सी गरे जसो अब भने मेरो गेडा बाट पसिना तप तप चुइन थाल्यो ! जिन्दगि सकियो मुजी कुप्रा बा संगै जाने भए भनेर होस् हवस् नै गयो ! अजै गए ठ्याक्क खोला को पुल मुनि गएर हेर्या त गाउ का केटा हरु मुजी मेस्सी मेस्सी भन्दै रुदै पो रहेछन् , ए भाइ के भयो भन्दा त दाजु मेस्सी ले गॉल लायेना भन्छ ! जाठा हरु लाइ २ लात हानेर तेरो मेस्सी ले गर्दा झन्डै मेरो गेडा गयो गयो भनेर घर तिर लागे !

Bhutaneseguy · Jun 27, 2016 8:17 PM · 39,467 views

6 Replies

Funny. Very well done.

BadhiJanne · Jun 27, 2016 8:34 PM

हाहा।।। सातो खायो नि भुत्को कथा ले।। लाफिङ आउत लाउद।

nozzs · Jun 28, 2016 2:56 AM

भुटानीज ब्रोले आँशु झर्ने गरि हसाउनु भो ! हा हा ! दामी छ यो भुतको कथा !

Nas · Jun 28, 2016 2:57 PM

ओहो बढी जान्ने ब्रो , NOZZS ब्रो अनि नास ब्रो धन्यवाद है ! मेरो डर लाग्दो भुत को कथा मन पराइदिनु भएको मा ! नास ब्रो जस्तो साझा को बरिस्ट मान्छे को कम्मेन्ट आउनु लाइ मैले मेरो भाग्य सम्जेको छु !

Bhutaneseguy · Jun 30, 2016 6:47 AM

haha bro ko naam nai Bhootanese,

bondjamesbond · Jun 30, 2016 8:30 AM

भुटनिज ब्रो ! भाग्य त् मेरो हो भन्न पर्यो ! एस्तो रमाइलो कथा पढ्न पाउन ! कथाले एक दम सस्पेन्स विल्ड गरिराको थियो र क्लाइमेक्स बडो जोरदारले गयो ! सपेंस विल्ड अप को स्ट्रेस क्लाइम्यक्समा हाँसोको फुटकारसंगै रिलिज भो ! भेरी वेल डन शर्ट स्टोरी ब्रो ! एक हरफमै कथाले आफ्नो काम फत्ते गर्न सक्यो ! साझामा एस्तो खाली कथाहरु बेसी औंदैन ! लामो लामो कथाहरु फेरी आफुलाइ न त् पढ्ने फुर्सत छ न त् पेसेंस नै ! फेरी एक खेप ... दामी छ ब्रो !

Nas · Jun 30, 2016 10:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all