मन्त्रीकै अगाडि गाइयो- ‘भारतले जे भने नि स्वीकार गरी मान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मन्त्रीकै अगाडि गाइयो- ‘भारतले जे भने नि स्वीकार गरी मान’ बच्चाहरुले आफैं लेखेर गाएछन्ः उपप्रधानमन्त्री रायमाझी उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र राजदूत रणजित राय सहभागी कार्यक्रममा गीत गाउँदै विद्यार्थीहरु १२ असार, काठमाडौं । अर्घाखाँची जिल्लाको जनज्योति विद्यालयलाई भारतीय दूतावासले एउटा भवन बनाइदियो । त्यसको कृतज्ञता उक्त विद्यालयले दयनीय ढंगले व्यक्त गरेको छ । भवन उदघाटन समारोहमा उपप्रधानमन्त्री तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायसमेत उपस्थित थिए । अर्घाखाँची उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको गृह जिल्ला हो । विद्यालयको उदघाटन समारोहको सुरुमै तीनजना छात्रालाई स्वागत गानका लागि मञ्चमा बोलाइयो । गुन्यु चोली र साडीमा मञ्चमा आएर उनीहरुले भारतको भक्तिगान गाए । गीतका शब्दहरु कसले कोरेका हुन् खुलेको छैन । तर, ती शब्दहरु कुनै पनि स्वाभिमानी नेपालीले पचाउनेखालका छैनन् । गीतको आरम्भमा भनिएको छ- ‘स्वागत गछौर्ं हामी शीरमा राखी हात, नवज्योति अघि बढ्यो भारतकै साथ ।’ त्यसपछि गीतमा यस्ता शब्दहरु छन्,- ‘खोई ज्योती तिमी त अन्त धाउँदैनौ भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौ भारतसँग नाता जोडी केही पाउँदैनौ जान भारतले जे भने नि स्वीकार गरी मान भारतले गर्दा पायौं हाम्ले यत्रो ज्ञान यो भन्दा ठूलो अरु केही पाउँदैनौं ज्यान ।’ यो गीतको भिडियो अर्घाखाँचीका पत्रकार हरिप्रसाद नेपालीले फेसबुकमा सार्वजनिक गरेका हुन् । ‘जनज्योति उच्च माविले यसरी बेच्यो नेपाली स्वाभिमान’ शीर्षकमा उनले राखेको भिडियो अहिले भाइरल बनिरहेको छ । उपप्रधानमन्त्री भन्छन्ः बच्चाहरुले आफैं लेखेर गाएछन् अनलाइनखबरले उपप्रधानमन्त्री रायमाझीसँग यस विषयमा जिज्ञासा प्रकट गर्‍यो । उनले आफूलाई पनि गीतका शब्दहरुले असहज महसुस भएको बताए । ‘गीतका केही शब्दहरु असहज लाग्नेखालका नै थिए, त्यसैले मैले आफ्नो भाषणमा घुमाउरो किसिमले असन्तुष्टि व्यक्त गरेँ,’ रायमाझीले भने । के भनेर असन्तुष्टि व्यक्त गर्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘मैले भनेँ, भारत र नेपाल दुई सार्वभौम राष्ट्र हुन् र हामीबीच एक अर्कालाई हस्तक्षेप गर्नेभन्दा मित्रवत् सहकार्य हुनुपर्छ ।’ गीतका विषयमा आफूले विद्यालयका जिम्मेवार पदाधिकारीलाई पनि सोधपुछ गरेको मन्त्री रायमाझीले बताए । ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राचार्यलाई सोध्दा उहाँहरुले बच्चाहरु आफैंले गीत लेखेर गाएको जवाफ दिनुभयो,’ उपप्रधानमन्त्री रायमाझीले भने । ‘बच्चाहरुले लेखेको गीत हामीले चेक गरेनौं, त्यस्ता शब्द छन् भन्ने जानकारी भएन,’ आफूले पाएको जवाफ उद्वृत गर्दै मन्त्री रायमाझीले भने । बालबालिका आफैंले अञ्जानमा लेखेकाले आफूले यस विषयलाई इस्यू नबनाउने उनको भनाइ छ । भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे आइतबार, १२ असार २०७३, १६ : २२ AddThis Sharing Buttons भारतीय राजदूत रञ्जित रे। अर्घखाँची–नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्।  उनले  नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए। आइतबार भारतीय राजदूतावासको सहयोगमा  निर्मित जनज्योति उच्च माविको विज्ञान संकाय  भवन उद्घाटन समारोहमा  उनले नेपाल भारतले साझा विकासको अवधारणलाई अंगिकार गर्नुपर्ने बताए। ‘नेपाल र भारत दुवै एक आपसमा नमिली दुवै देशको विकास संभव छैन’, उनले भने, ‘दुई देशको सम्वन्धमा सधै सुमधुर राख्नुपर्छ।’ छिमेकी देशमा अशान्ति हुन नहुने उनको भनाइ थियो। ‘छिमेकी देशमा अशान्ति भयो भने त्यसको असर अर्को देशलाई पर्छ’, उनले भने, ‘अशान्ति हुने खालका गतिविधि कसैले पनि गर्नुहुँदैन।’  उनले भारत र नेपालबीचको सम्वन्ध धार्मिक सांस्कृतिक र भौगोलिक रुपमा रहँदै आएको बताए। उनले  भारतले नेपालको विकासमा सधै सहयोग गर्दै जाने बताए। ‘नेपालको विकासका लागि भारतले जुनसुकै प्रकारको सहयोग गर्न तयार छ’, उनले भने ।  राजदूत रायले  भारतले उर्जाको क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि गर्न तयार रहेको बताए। उर्जा मन्त्रलायसँग सहकार्य गरि उर्जाको क्षेत्रमा लगानी गर्न भारत तयार रहेको उनले बताए ।  उनले पञ्चेश्वर, अप्पर कर्णली, अरुण तेस्रो लगायतका आयोजनाको निर्माण कार्य सम्पन्न गर्न भारत सरकार सहयोग गर्न तयार रहेको बताए । उनले अर्घाखाँची जिल्लाको खानेपानी समस्यालाई समाधान गर्न भारत सहयोग गर्न तयार रहेको बताए।  राजदूत रायले आगामी दिनमा पनि  जिल्लामा क्याम्पस तथा स्कुल भवन निर्माणमा भारतले सहयोग पुर्याइरहने  विश्वास दिलाए। यसैबीच रिपोर्टर्स क्लब अर्घाखाँचीले गरेको कार्यक्रममा राजदुत रायले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको बताए। उनले  मधेसी दलले नाकामा गएर धर्ना बसेका कारण परिस्थिति असहज भएको बताए।  भारतले नेपालको आन्तरिक मामलामा कहिल्यै हस्पक्षेप नगरेको दाबी गर्दै उनले नेपालको संविधानप्रति भारतले असन्तुष्टि नजनाएको जिकिर गरे।    

_____ · Jun 26, 2016 9:34 PM · 1,672 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all