उनको आँखा तराई !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पाठक बर्ग हेडिङ सँग बिषय बस्तु न मिले रिसाइ नहाल्नु होस् | यस् चोटि चै लेखी सके पछी मात्र हेडिङ लेखेको छु | रिसाउनै हुन्छ भने Copy & paste गर्ने सँग रिसाउनु होला | किन्की यिनिहरुकै दिमागको उपज हो कि अरुको छुट्याउन गाह्रो हुन्छ | यो सापटी मगाइ हैन डकैति नै हो भन्ने मेरो धारणा छ | हिजो मेरो कजनले दाई मलाई त्यो स्टेट्ले चालाएको केरियर सेन्टर पुर्याइदेन भन्यो | एसो र उसो गर भनेर सिकाइ रहनु भनेको बाह्र खरी पढाए जस्तो हो | कमसे कम आँफैले खोजेर बुझेको हुनाले काम धाम चाडै पाउला र दायित्व बाट मुक्त होईन्छ भन्ने झिनो आशा पलायो | मेरो कुराको आसय बुझ्नु भयो होला ? मैले पनि बहाना बनाएर बिदा लिएर बसेर बिहानै केरियर सेन्टर पुगियो | सबैतिर प्रोसेस त उही त हो नि | मान्छे कती थिए फ्रन्ट डेस्क छेउ बाट के देख्नु ? सोधी हाली "Do you have an appointment " ? छैन वाक- इन हो भने यहाँ साईन गर अनी त्यहा गएर पर्खेर बस कसैले तलाई सहयोग गर्छ भनेर देखाई | अचम्म लाग्छ यो Appointment को कुरा, झिङा मारेर ग्राहक कुरेर बसेको भए पनि सोधी हाल्नु पर्ने " Do you have ...."? अनी अर्को १ घण्टा कुर्दा कोही ग्राहक देखिन्नन | हामीले हजामकहा गए जस्तो बस्दै गर सिध्याउना साथ चटाचट काट्न सुरु गरे जस्तै ग्राहक आए पछी काम सुरु गरे के हुन्छ ? शायद इज्जत जाने हो कि आदतसे मजबुर हुन ? Or preserving their Culture? पालो आउनु के थियो फर्स्ट र लास्ट पनि तै भाई मात्रै थियो | तातो न छारोको आधा घण्टा कुराइ परियो | झारा टराइ मेलो नेपालमा मात्रै हो र् यहाँ पनि उत्तिकै हुन्छन | एक जनाले केरियर काउन्सेलर एलेक्स भनेर चिनायो अनी हामी उस्को टेबल नजिक बस्न पुग्यौ | आर्को आधा घण्टामा भाई को सबै इन्फो राखी सके पछी सबै भन्दा पहिलो काम रेजुमे बनाउने work-shop जानु ठीक छ भनी राख्यो | तेस पछी Access र Excel ट्रेनिग लीई राख भनी प्रोग्राम खोल्यो | सहभागिका नाम हरु सरर हेर्न पाइयो | म त कुरुवा मात्रै त हो मोनिटर बाट टाढा थिए र मोनिटरका अक्षर पढ्न सक्दिन थिए | भैया पुलुक्क मेरो अनुहारमा हेर्छ अनी एलेक्स लाई भन्छ " Do you have on other day "? मैले भने किन समय खेर फाल्छस | बिहान काममा जादा पुर्याइ दिन्छु अनी लन्च को बेला घर पुह्राई दिउला | दाई त भन्थिस हाम्रो थर भएको यो जिल्लामा ४-५ जना मात्रै होलाउ ? हाम्रो थर नेपालमै पनि कम सुनिन्छन जस्तो लाग्थ्यो | कसैले सुन्नु भएको छ "बजगाइ" थर भएको मान्छे ? मेरो थर राख्न साथ पहिलो पेजमा ८ जनाको नाम देखे अर्को पेज मा पनी थिए कि ? भैयाले अर्को साताको लागि साईन गर्‍यो | He was not ready to interact. तेसो भए तैले साइन नगरेको दिन आएर बजगाइहरुलाई लाई भेटी आउने शनिबार BBQ को प्रोग्राम राख्छु भनेको त आँखा पो तर्छ | के भयो तिम्लाई भनेर सोधे? दाई तिम्लाई पनि आफ्नो जातको भएर जातिबादी हुन लागेका हौकी भनी तर्सिएको ? तर्सिनु पर्ने के कुरा भयो र भेट घाट मात्रै त हो नि भने | १५ बर्ष अघी एउटा नेपाली देखिदा पनि क्या आनन्द लाग्थ्यो अझै पनि लाग्छ | तर आजकाल हामी एती भयौ कि सबै प्राय सबैको आफ्नो आफ्नो सानो सानो ग्रुप छ | बिशेष अवस्था बाहेक सबै आफ्नो आफ्नो ग्रुप मा सिमित भएर बस्न र भेट्घाट गर्न रुचाउछन | खुशी लाग्यो सानो ठाउमा पनि गाउले हरु पुगेका रहेछन | भैयाको आँखा तराइमा परे पछी BBQ को सोच पनि मरेर गयो |

magorkhe1 · Jun 24, 2016 1:08 PM · 5,546 views

2 Replies

गोर्खे ब्रो ले भाईको आसय अल्लि बुज्नु भएन कि जस्तो लाग्यो :) आफ्नो थर भएको मात्र होइन कोइ पनि नेपाली संग interact गर्न जाँगर नलागेको होला नि त | तेसमाथि आफ्नै थर भएको मान्छेहरु लाई avoid गर्न अलि गारो हुन्छ होला होइन ? आफुलाई त तेस्तो अनुभब छैन :) अति आवस्यक सहयोग चाहियो भने तपाई हुनु हुदो रैछ \ तपाई नभएको भए भाई को दिमागले अर्कै तरिकाले सोच्थ्यो होला \ गोर्खे ब्रो , धेरै जसो मान्छे हरु तपाइको भाईको जस्तो अवस्थाबाट गुज्रिएका हुन्छन होइन र ? मात्रा/परिमाण मा फरक होला | Last edited: 24-Jun-16 01:59 PM

nepalilaure · Jun 24, 2016 1:57 PM

केहि बाहिरिन्छन केहि भित्रिन्छन | यो सप्ताहन्त बैठक कोठामा नयाँ रङ रोकन गर्ने योजना अनुसार रङ पोतनको काम सकियो |रङ रोगन लगाउने काम मेरो सामर्थ बाहिरको कुरा हो | पेन्टिङ गर्दा हरेक stroke smooth हुनु पर्छ | ब्रस वा रोलरमा प्रेसर एकनासको हुनु पर्छ नत्र पोताइ नमिली धर्का हरु देखिने हुन्छ तेसैले मेरो सहभागिता चै अन्य छेत्रमा मात्र् हुने गर्छ| यस् पल्ट् २-४ वटा रङ रोगन गर्ने Tools हरु ल्याइेको थियो तेस्ले हो वा अनुभबले हो अलिक सुबिस्था सँग लगाइयो | एन केन प्रकारेण रङ पोत्ने काम सकियो| मेरो कथाको सुरुआत नयाँ रङ पोतन पछी गरिएको कोठा को arrangement बारे हो | ठुलो बडेमानको book rack लाई बैठक कोठा अन्यात्र सार्ने हो कि भनी सोच राखियो | बच्चाले त Craigslist मा राख्ने सल्लाह पनी पोखेका हुन | सम्बेदनशील मुल्य जोडीएको हुनाले बच्चाको कुरा लागु नहुने भए पछी र अन्यात्र सार्न सम्भब नभए पछी बैठकको एक कुनामा नयाँ पोजिसनमा कुजियो |अहिले यो मन नलागी उभिएर बसेको जस्तो लाग्छ| बैठक कोठा छिर्दा साइडमा झट्ट आँखा पुग्छ भने २-४ स्तेप भित्र पुगे पछी मात्रा तेस्को अनुहार देखिएको भान हुन्छ | कोठामा भएका चिज हरुमा सोफा, दुरदर्सन र दुरदर्शन राख्ने ६ फिटे टेबल्, दुई वटा साइड टेबेल , कफी टेबल र एउटा ल्याम बाहेक केही re-arrange मा परे बाँकी सबै केही बाहिरिए | प्रकृति दर्साउने पेन्टिङ पहिले रखिएको ठाउमा बाट हटेर भरेङको बिसौनिमा (Landing surface )राख्न पुगियो | देशेमरु झ्या एका तिरको पर्खालमा खादा ओडेर बसेको थियो साथमा हिमालका ३ र ४ फिटे पोस्टर पनि बाहिरिए | कुनै बेला खादा लगाएर नेपाली अभिनेत्रिले फोटो खिचाईन भनेर देशका नयाँ पुस्ताले माफि माग्न लगाए भनेर पढेको दिन देखी खादाको लगौटी लागाएको फोटो खिची टासुला भनी यो खादालाई सुरक्षित राखेको छु , हेर्न मन लागेको छ यि नौटन्किका नाटक हरु| जान्न् मन लागेको छ पुरुसले गर्दा तेसतै नाटक रचाउन्छन वा आँखामा पट्टी बाधेर बस्छन | किन टासिनस त भन्नु होला ? DSL क्यामरा पनि छ तर फोटोग्राफर भेट्टाएको छुईन | १२ बर्स्मा चौथौ पल्ट् रङ रोगन फेरिए अनी हरेक रङ रोगन पछी केही सामाग्री थन्किने, केही डोनेसनमा पुग्छन अनी नया बस्तु भित्रिन्छन | म नवौ वा दशौ कक्षा हुँदा पढेको एउटा लेख सम्झन पुग्छु |टोलमा भएको पुस्तकालयमा Reader Digest ता नियमित रुपमा आउथ्यो | Humor सेक्सन पढि सके पछी मात्र अरु बिषय बस्तु हेरिन्थ्यो| यो कथामा कसैले एउटा ठुलो पेन्टिङ उपहार स्वरुप पाउछ भने उत्तिकै मन पराउछ |घर लगे पछी कहाँ राख्दा ठीक हुन्छ भनी ठाउँ ठाउँ राख्दै उप्युक्त स्थान खोज्न महिनौ घोत्लिन्छ | अन्त्यमा गएर बैठक कोठामा राखदा ठीक हुने निर्क्यौल गर्छ कहाँ राख्ने निर्क्यौल पछी उस्ले डकर्मि बोलाएर मुल ढोका र अगाडिका झ्याल हरु निकाल्न लगाएर अर्कै ठाउमा सार्न लगाउछ | किन तेसो गर्नु पर्‍यो भन्दा यो उपहार स्वरुप पाएको पेन्टिङ लाई उपयुक्त ठाउमा राख्नलाई घरकै रुप रेखा नै परिवर्तन गरेको थियो | बाको पालामा झुन्डिएका तस्बिर अझै पनि याथास्थनमा छन दसौ बर्ष पछी घर जादा पनि घर घर नै लाग्छ र म बसुन्जेलको पाहुना हुँ भन्ने कुरा उब्जदैन |

magorkhe1 · Jun 27, 2016 9:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all