#एकजमानाथियो ( रमाइलो लागेर facebook बाट तानेर रखियेको) ------------------------------ युवराज लम्साल #एकजमानाथियो class मा सरले हाजिर गर्दा आफ्नो पालो आउदा Yes Sir ! भनिन्थ्यो र अर्को साथीको पालोमा साथीको मुख थुनिन्थ्यो । Yubaraj Poudel #एकजमानाथियो विदेशबाट नेपाल फर्केको मान्छे र उसले ल्याएको सामान हेर्न उसका घरमा मान्छेको भिड लाग्थ्यो | ऐले त घरैपिच्छेका मान्छे बिदेशमा छन् , अम्रिकै बाट फर्केकालाई गाउंमा बाल दिन्नन् | 😜 Manisha Karki Chhetri #एकजमानाथियो भुइँमा खसेको खानेकुरा टिपेर राम कि भूत भनेर साथिलाई सोधिन्थ्यो अनि साथिले भूत भन्यो भने नखाने र राम भन्यो भने खाइन्थ्यो ।। Raman Karki Raman कार्की #एकजमानाथियो अाज स्कुल बाट घर फर्कदा चुइगम किनेर खादइ अाइन्थ्याे बेलुका खाना खाने बेला भित्तामा टासेर राखिन्थ्याे फेरि भाेलि स्कुल जाने बेला कसइले नदेख्ने गरि उक्कायर खादइ गइन्थ्याे Himal Bista #एकजमानाथियो पुतलीको टीका लगायो भने पैसा भेटिन्छ भनेर विद्यालय नगई दिनभरी पुतलीको पछि पछी दौडिन्थ्यो।।। Matthew John #एकजमानाथियो साथिहरु सङाग घेरा हालेर बसेर ,,,म सङ्ग भोटे कुकुर छ कस्लाइ टोकला भनेर खेलिनत्यो ्् रुमाल वाला खेल Bijay Lama #एकजमानाथियो सरले पढाउदा पनि कक्षाकाे कुनामा बसि चाउचाउ खाईन्थ्याे र सरले हेरदा मुख चलाउन छाडिन्थ्याे। Ruks Bro #एकजमानाथियो सधै कट्टु लाईन्थ्यो। कट्टु जहिले पनि त्यही बाट च्यातिन्थ्यो जहाबाट च्यातिन हुदैन थ्यो। आजकालका जिन्स पाईन्ट लाउने भुराभुरीलाई के था। Ribaj Dahal #एकजमानाथियो चुङ्गी खेल्न , घुर्रा घुमाउन कम्ति मज्जा आउँदैनथ्यो आजकाल त #क्याण्डिक्रस र सव वे सर्फले जमाना खायो # SarÖz Karki #एकजमानाथियो जब मोटे हरुलाइ सधै गोल किपर राखिन्थ्यो Kamala Basnet एक जमना थियो गाँउको धनि मान्छेको घरको झालवाट शनिवारदिने हिन्दि फिलिम हेरिन्थियो।। के. पि. दङ्गालि #एकजमानाथियो स्वस्थानिको प्रसाद थुक्नु हुदैन भनि उखुको टुक्रा पुरै चपाएर निलिन्थ्यो !! राजु भाइ: #एकजमानाथियो सबै हिन्दी फिल्म हेरेर हासेको देख्दा बुझ्दै नबुझी खित्का छोडेर हासिन्थ्यो ।पछी कसैले के बुझेर हासिस भनेर सोध्यो भने सबै हास्दा हासेको भनिन्थ्यो l Prem Gayak Baglung #एकजमानाथियो सबैले सुन्ने गरी भाई बैनिलाई फुलाईन्थ्यो थाहा नपाउने गरि चिमोटिन्थ्यो। Binod Phuyal #एकजमानाथियो राती सु आयो भने बहिर निस्किनको डरले झ्यालबाटै सुइक्याइन्थ्यो!!!!! SarÖz Karki #एकजमानाथियो भाडाकुटी खेल्दा म बुडा उनी बुडि हुन्थिन।ऐले उनी अर्कौकी साच्चिकैको बुडि भैसकिन। ;) -----------------
nozzs · Jun 23, 2016 9:24 PM · 6,502 views
जिन्स सस्तो सुलभ मुल्यमा नपाइने जमानाको कुरा | पिताजीले विदेश बाट ल्याइदिएको जिन्सको पाइन्ट र टप लगाएर भट्टराइजि शनिबार टुपुल्किए | मानौ उनकै जिउलाइ मिल्ने गरि सिलाईएको थियो | जिन्सको लुगा देखाउन आएको कसैले Acknowledge गरेको आभास पनि दिएनौ? मन खिन्न पारेर जानुभयो |
magorkhe1 · Jun 24, 2016 6:51 AM
एक जमाना थियो- सपनामा बारिको कान्ला, बाटो नजिकको झाडी झ्याङमा पिसाब गरेको देखिन्थ्यो तर पत्तै नपाई बिस्तरा मै तातो हुनि गरि सुइकी सक्या हुन्थ्यो अनि एकछिन पछि तेइ तातो मुत चिसो भर रात भर निन्द्रा लाग्दैन थियो। फेरि बिहान हुदा सम्म त्यो ओछ्यान नसुकेर, बल गरि गरि थिचेर बसिन्थ्यो तर स्कुल जानी बेला सम्मै मरि गये सुके पो। आमाले जबर्जस्ती उथौन आउँदा पो लाज त अनि घर थर्किनी गरि गर्नु हुने गाली फेरि साथी भाइले थाहा पौनी डर। उफ! अहिले सम्जिदा पनि लाज लग्छ हौ। पूरा बिहान बेडमा बस्दा होमवर्क नि गर्न नपाको, आमाको रीस्ले ननुहाइ दिनि अनि स्कुल जान्न भनी रोयो। के को मुक्ती मिल्नु। तेइ मुत गनाको जिउ अनि कट्टु लगार तान्दै स्कुल पुरौनी। अहिले सम्जिदा पो रमाइलो त तेति बेला त थुलो पिडा थियो हजुर पिडा ।। ;D
nozzs · Jun 24, 2016 9:10 AM
सायद यस्ता सपना सबैले देख्छन होला ? मैले पनि पाच बर्सको जति थिए होला एक रात सपनामा अर्को गाह्रो भ्याऊने गरि मुतेको थिए, डसना छेडेर भुई सम्म भिज्ने गरि मुतेछु | बिर्सी सकेछु |
magorkhe1 · Jun 24, 2016 11:29 AM
"अम्रिकै बाट फर्केकालाई गाउंमा बाल दिन्नन् " WTF ??? ....... as if अम्रिका बाट फर्कनू is something like returning from the first landing on the moon.
Burga-Flippa · Jun 24, 2016 12:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion