“मर्स्या” भनेको हेपेर भनिएको होइन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो लेख रोसन श्रेष्ठ ज्यू द्वारा लिखित हो। मैले मेरा मधेशी साथीहरुलाइ भनेको छु, मधेश र नेवार बीच यूगौको सहकार्य छ । कतिपय नेवार भजनमण्डलहरुमा मधेशका मैथली र भोजपुरी भजनहरु अझै गाइन्छन । मधेश र नेवार बिच रहेको साँस्कृतिक आदानप्रदानको अवशेष धेरै संस्कृति र प्रचलनहरुमा मनग्य देख्न पाइन्छ । यिनै कारणहरुले गर्दा म तर्क गर्छु कि मधेशको गुमेको अस्तित्व (यदि गुमेको सहि हो भने), त्यसको बचावट नेवारले ‘मर्स्या’ शव्दमार्फत गरेको छ । मर्स्या शव्दलाइ हीन वा हेय भावले हेर्न जरुरी छैन । किन कि एकताका मधेशमा नै पनि मधेशी शव्द बिलाइसकेको थियो । गजेन्द्रनारायणका अग्रजहरुले पनि ‘तराइ’मात्र प्रयोग गरे, मधेश प्रयोग गरेनन । तर नेवारले आफ्नो भाषामा मधेशको अस्तित्व हराउन दिएन । ‘मर्सय वनेगु’, ‘मर्स्या भाय्’, ‘मर्स्या भौमचा’, ‘मर्स्या सस:’, ‘मर्स्या बज्ये’, ‘मर्स्या’ आदि शब्दहरु निरन्तर नेवारले प्रयोग गरीरहे । यी कुनै पनि शब्दहरु हेयभावका शब्दहरु होइनन । अरु आम शव्द झै सामान्य शब्द हुन । जस्तै: “खस”लाई “खय्”भन्नु, “बाहुन”लाई “बर्मुं” भन्नु, “नेवार”लाई “नेवाः” भन्नु, “तामाङ”लाई “सँय्” भन्नु, “शेर्पा”लाई “स्यार्पा भन्नु वा “मगर”लाई “मगः” भन्नु कुनै हेयशब्द होइन। पञ्चायति कालखण्डमा मधेशमा काठमाँडौसितको असन्तुष्टि पोख्ने माध्यमको रुपमा ‘मर्स्या’ शब्दको दुरुपयोग गरीयो । खासगरी ‘मनू मखु मर्स्या ख:’ भन्ने एक हरफलाइ अनावश्यक रुपमा घृणाको प्रतिक बनाइयो । कलेज लाइफकै बेला मेरा एक मधेशी केटा साथीलाइ पहाडिया केटी साथी असाध्यै मन परेछ । उनी सित प्रेम प्रस्ताव राख्न सहयोग माग्न ती केटा साथी मकहाँ आए, र उनको आग्रहअनुसार प्रेमप्रस्ताव राखिदिए मेरो लागि सबै क्लास असाइनमेन्टहरु गरीदिने, ल्याब रिपोर्ट लेखिदिने, आदि इत्यादि वाचा गर्न थाले । मलाइ त्यस्तो मामिलामा फँस्ने रुचि नभएको हुँदा मैले जवाफ दिएँ, ‘हैन हैन साथि, प्रस्ताव गर्ने काम आफै गर, म तिमीले कुरा गर्न खोजेको छ भनेर बताइदिउँला, कुरा गर्न साथी बस्न परे म पनि सँगै बस्दिउँला । तर म प्रेम प्रस्ताव लगिदिने, चिठ्टी दिने, आदि काम कसैको लागि पनि गर्दिन ।’ ती साथीले मलाइ तत्काल भने – ‘कहाँ हुन्छ यार? हामी मधेशीले भनेको कुरा काठमाण्डुको केटीले कहाँ सुन्छ र? हामीलाइ त मनू मखु मर्स्या ख: भन्छ ।’ ‘काठमाँडौमा मधेशीलाइ मान्छे नै गन्दैनन, हेर हामी मधेशीलाइ मनू मखु मर्स्या ख: भनेर हेप्छ’ भन्ने कुरालाइ शिक्षित र अशिक्षितमाझ ब्यापक प्रचार भएको रहेछ । एक पल्ट पुल्चोक इञ्जिनियरीङ क्याम्पसको कक्षाकोठामा स्व. डा. जितनारायण नायकले पढाइकै बीच ‘हामी मधैशीलाइ काठमान्डौमा मनू मखु मर्स्या ख: भन्ने जमाना थियो, तपाइ हेर्नुहुन्छ?’ भन्नु भएको थियो । काठमाण्डु बसाइको १२-१३ वर्षपछाडि पनि मैले काठमाण्डुमा कुनै पनि रैथानेको मुखबाट त्यो वाक्य सुन्न पाइन । नायक सरसित पछि मैले ‘मनू मखु मर्स्या ख:’ भन्ने वाक्यको विषयमा कुरा बुझ्न खोज्दा घरबेटीले उहाँलाइ दिएको दु:ख, प्रशासनले दिएको झमेला, उहाँकै पहाडिया समकक्षिहरुले गरेको ब्यवहार आदि उहाँले भोगेको अप्ठेरोहरु सुनाउनु भयो । उहाँको नेवार घरबेटीसित हुने नोंकझोंकभन्दा बाहेक उहाँका बाँकि सबै गुनासो र अप्ठेरो नेवार समुदायसित असम्बन्धित थिए । मैले उहाँलाइ भने – ‘तपाइले भोगेका ती घटनाहरु नेवार वाक्य ‘मनू मखु मर्स्या ख:’सित कसरी सम्बन्धित भयो? जबकि तपाइले भोगेका पीडा बढाउने वा घटाउने मामिलामा घरबेटी एकजना बाहेक अन्य नेवार समुदायको कुनै हात नै छैन रहेछ । तपाइले यदि मधेशी घरबेटी पाउनु भएको भए फरक ब्यवहार हुनेथियो होला?’ त्यो बेला शायद उहाँ आफै घरबेटी बनीसक्नु भएको हुनाले उहाँले मेरो कुरामा बिमति जनाउनु भएन । बरु त्यो वाक्यले सबै पहाडियाको मनस्थीति दर्शाउँछ भन्ने खालको गोलमटोल जवाफ दिनु भयो र उहाँले कक्षामा त्यो कुरा राख्नुको आशय नेवार समुदाय-इत्तर थिएन भन्ने प्रष्ट पार्नु भयो । तर मेरो मनमा यो ‘मनू मखु मर्स्या ख:’ प्रचार हुनुको रहस्य थाहा पाउने खुल्दुलि जागि नै रह्यो । ‘मनू मखु मर्स्या ख:’ कहाँ प्रयोग गरीएको रहेछ भन्दाखेरी एक जना डस्ना सिउन बोलाएको मधेशी कामदार घरमा आएर ढोका ढक्ढक्याएको रहेछ । घरधन्दामा ब्यस्त आमाले सानी नानीलाइ ‘कुने सु मनू वल, स्व स्व’ (अर्थात, तल को पाहुना आयो हेर हेर) भनेको रहेछ । अनि सानी नानीले ‘मनू मखु मर्स्या ख:’ (अर्थात, पाहुना होइन काम गर्न बोलाएको मधेशी हो) भनेको रहेछ । यो वाक्य जुन प्रसंगमा जसरी प्रयोग भयो, यदि त्यो सत्य हो भने, त्यहाँ कुनै हेय वा घृणाको गुञ्जायस छैन । नेपालभाषामा वाक्य प्रयोजनमुताविक एकै शव्दको फरक फरक अर्थ हुने गर्छ । जस्ते ‘वा’ भन्ने शव्दले धान, दाँत, आउनु जस्ता फरक फरक अर्थ जनाउँदछ । त्यस्तै ‘मनू’ शव्दले पनि मानिस मात्र नभइ पाहुना पनि जनाउँछ । वाक्य संयोजनअनुसार साक्षी, प्रतिस्पर्धि, अतिथि, आमन्त्रित भद्रजन, वयष्क मानिस आदि विविध अर्थमा ‘मनू’ शव्द प्रयोग हुन्छ । एक अबोध बालिकाले आफ्नो सामान्य शैलीमा प्रयोग भएको त्यो वाक्य काठमाँडौमा मधेशीहरु हेपिन्छन, मानिसको दर्जामा राखिंदैन भन्ने प्रचार गर्ने साधन बन्यो । यस्तो कुप्रचार हुनु आफैमा नेवार समुदाय माथि एक प्रकारको अन्याय हो । नगरेको पापको भागिदार बन्नु पर्ने अभिशाप झै हो । अहिले मधेश आन्दोलन र जारी नाकाकस्सीको बीचमा फेरी पहाडिया भर्सेस मधेशिया मानसिकता तिब्र भएको छ । अहिलेको नेवार समुदाय महेन्द्रकालीन पहाडिया राष्ट्रबादको शिक्षामा चुर्लुम्म डुबिसकेको छ । पहाडिया सत्ताधारीका हर्ताकर्तामा दरिएका खनालहरुले निर्लज्ज भएर ‘के त्यसो भए तपाइ धोति प्रदेश बनाउन दिने?’ भनी कुर्लँदा थपडी मार्ने नेवारहरु पनि छन होलान । पहाडिया सत्ताधारीका हर्ताकर्तामा दरिएका ओली, रावत, पौडेल, सिटौलाहरुले ‘मधेशले अधिकार माग्न बिहार जाने हो, हामीकहाँ किन आउने?’ भन्दा दंगदास पर्ने नेवारहरु पनि छन होलान । तर ती नेवारहरुले नेवार इतिहास, सभ्यता र समाजको प्रतिनिधित्व गर्दैनन, गर्न दिनु हुँदैन भन्ने मेरो बुझाइ छ । मधेशको ऐतिहासिकता खोतल्दा धेरैले भारतको ‘मध्य प्रदेश’को समानान्तरमा ‘मध्य देश’को कल्पना गरी त्यसैको अपभ्रंशित स्वरुप मधेश भएको तर्क तेर्साउँछन । म त्यो तर्कलाइ मनगढन्त भन्ठान्छु । किन कि ‘मध्य देश’को अस्तित्व इतिहासमा छैन । ‘मध्य प्रदेश’ को अस्तित्व त भारत स्वतन्त्रता पछि मात्रै देखिएको हो । ‘मधेश’ पनि पछि बनेको शब्द हो । यसको मुलरुप नेपालभाषाको मरस हो, जुन आफैमा एक अपभ्रंशित रुप हो । त्यो शव्द ‘मगदस’ बाट आएको तथा ‘मगदस’ शब्द ‘मगध देश’को छोटो रुप रहेको हुन सक्छ । इतिहासमा मगध देशको अस्तित्व छ । राजा जनकले शासन गरेको मिथिला क्षेत्र नै विशाल मगध साम्राज्यको रुपमा झण्डै ४०० वर्ष भारतीय उपमहाद्वीपमा अस्तित्वमा रहेको थियो । त्यहि मगध देशमा जाने कर्मलाइ नेवारहरु अद्यापि ‘मर्सय् वनेगु’ भन्छन । त्यहि मगध देशबाट बिहा गरेर ल्याएको बुहारीलाइ ‘मर्स्या भौमचा’ भन्छन । नेवार समाजमा अद्यापि रहेका यस्ता साँस्कृतिक अवयवहरुले आज पनि मगध देशको अस्तित्व बचाइ रहेको छ । नेपालको मधेश त्यहि प्राचीन मगध देशको निरन्तरता हो भन्ने मेरो ठम्याइ छ । शायद त्यो विशाल मगध देशको अस्तित्व आजको मधेशले धेरै समय अगाडि नै बिर्सिसकेको छ, तर नेवार समाजले आफ्नो भाषा र शब्दमा ‘मरस’लाइ मर्न दिएन र आज ‘मधेश’ शब्दले जीवन्तता पायो । त्यसैले अब ‘मनू मखु मर्स्या ख:’ वाक्यको यथार्थ र ब्यापकता बुझी नेवार र मधेशको ऐेतिहासिक साँस्कृतिक सामिप्यतालाइ नविकरण गर्ने हो कि?

Rukshana Newa · Jun 23, 2016 12:58 AM · 18,776 views

9 Replies

कसले के भन्यो तर त्यो भन्न खोजेको होइन भने पानि माथिको ओबानो हुन् खोज्नु मात्र हो | यो उपत्यका बासि जो थानकोट काटेर कमै गएका होलान अनि २० बर्स अगिको अनुभब लेख्दै छु |  उपत्यका बासि आफुलाई धेरै सहरिया ठान्छन र अरुलाई होच्याउन पाए ठुलो मान्छे हुने ( सायद ट्रंप को मिचाहा र होच्याएर बोल्ने बानि धेरै नेपालीले मन पराएका छन् र यो नै मुख्य गुण मानि यिनको ताबेदारी गर्दैछन )| अरुलाई तल पारेर हेर्नु मानब गुण हो तेस्माथि बर्ण ब्यबस्थामा हुर्किएका बढेका हरुको जिनमा नै बोकेर आएका हुन्छन | शिक्षाले ज्ञान दिन्छ तर बिबेक भने दिदैंन यो त संस्कारमा हुर्किन्छ बड्छ : कुनै बेला साझामा उपत्यकाको हैन भन्ना साथ् खिच्चा कुकुर झैँ पछि लागेको पनि देखेको छौ | मेरो अंग्रेजीको सर ले कुनै बेला " त " सब्द को प्रयोग गर्नु हुन्थ्यो | धेरै जसो तिमि सब्द्को प्रयोग गर्थे | यी अंग्रेजी सरले "त्भ" ने पनि हेपाइ नभएर स्नेह साथ् भनिएको महसुश हुन्थ्यो | भन्न खोजेको कुरा के हो भने अन्धो छ भनेर जानी सके पछि अन्धो भनेर अनि लनगडेलाई लंगाड़े भनेर पुकारी राख्नु पर्दैन | अर्को कुरा कालो छाला हुनासाथ मार्सिया भन्न पछि नपरेको पनि देखेको छु | मेरो डेरे मित्र काला बर्णका थिए | ट्याक्सी खोज्दै थिए : एउटाले बढो मिठो संग हिन्दीको ज्ञान भएको जनायो " खालि नही है " जबकी ठेट नेपालीमा सोध्दै थियो | नानि मैया तिम्ले जसको लेख टास्यौ उसलाई जबाफ दिन चाहन्छु : मार्सिया भने पनि कुन Tone मा मार्सिया भन्यौ तेसमा पनि भर पर्छ | तिमीलाई तिम्रा साथि हरुले तिम्रो नाम एक चोटी लिए पछि बीच बीच मा राखेर कुरा गर्छन गर्दैनन् ? तर "मार्सिया" भन्ने बाक्य हरेक सब्दमा जोडिएको हुन्थ्यो त्यो चै के हो नि ? आज भोलि मार्सिया हरु ले नेवारी सिकाउने भएका छन् | एक दिन सुन्तला किन्न गएको मसिनो स्वरमा सोधे अनि अलिकति घटाएर दिन्छस भन्दा क्या चड्केर कुरा गर्यो | सम्झे मर्सियाले लोकल हैन भन्ने थाहा पायो भनि अर्को पसलबाट किनेर घर लागे | यो सबै एसियन का गुण हुन् | नानि अरुको लेख टासेर वाहि वाहि कमाउनु भन्दा आफुले पनि केहि सृजना गरेर देखाउ अनि थाहा हुन्छ परिश्रम को फल | Let us see who you are , what are your thoughts. If you can post your own writing. We know how to get those stuff surfing internet.  कसैले लेख्नु भएको थियो : एकिकरण कालो_ दिनको सुरुवात मा लिन्छौ भनेर , त्यो नभएको भए तिमि हामि इन्डियन कहलिन्थ्यौ | तिम्रो उपत्यका नेवारी र नेपालि नभएर हिन्दि भासी हुन्थ्यौ | कोहि कोहि विद्वान पनि निक्लेलान बरु भारतीय भएकै बेश हुन्थ्यो होला, CK राउत को अनुयायी हौ पनि भन्ने पढे लौ मलाइ पनि बनाउनुस उसको अनुयायी | उसको अनुयायी हुने ब्र्म्हबाणि मलाइ पनि दिनुस | जय नेपाल को ठाउमा जय हिन्द भन्ने हो ? Last edited: 23-Jun-16 07:39 AM

magorkhe1 · Jun 23, 2016 7:35 AM

Very much agree with MaGorkhe, would like to add more. I myself have been a huge culprit growing up. I am pretty sure I was hurting their sentiments but I just didn’t care much. Person from Madhesh would be called ‘Marsya,’ those with mongoloid face were ‘bhote,’ brahmins would be ‘tapari’ and newars would be ‘jyapu.’ These were actually my close friends and were used to it, on a hindsight they just tolerated it. Sure, in most instances I’d use these terms amicably – but whenever I fought/argued with them I made sure I used these terms in the most derogatory fashion I could muster. One can argue that these terms are used with utmost respect, with love – but whenever you address a person constantly as a group that the person represents, you kind of take away their individuality. “Nepali,” in no way can be a derogatory term, but I sure don’t want to be addressed as Nepali in each and every conversation with my coworkers and my boss. When the term has derogatory connotation, then it is even worse and such is the case with Marsya. It certainly has patronizing angle, it never is used with respect. You might have the best of intention, but you have to think about how the person you are addressing is receiving it. I could call you the worst of names and say that I say I meant no disrespect, does that work? I don’t know if I’ll ever seek atonement for the names I have called my friends; one thing I will sure do is that I will never repeat that mistake. If it is not received well, I shouldn’t repeat it. Common sense.

Kiddo · Jun 23, 2016 9:01 AM

"mana maka marsya kha" bhanera dherai choti suneko chhu. jasko artha lagchha "manchhe haina madhise ho"

dustanki · Jun 23, 2016 9:16 AM

yo marsya sabda pani angreji sabda FUCK jastai ho jasto lagyo... Fuck you! ra Fuck yeah! thyakka negative ra positive cha tara dubai ma prayog garna sakincha... Tehi vayera marsya vanne pani euta neutral sabda ho.. aba tesma "TONE" k rakhincha tyo vanne ra sunne ma var parne ho.. Marsya sabda ko kehi dosh chiana....

RAAJJ · Jun 24, 2016 3:25 PM

Very true raj , just like using word " nigga" lol...anyways I'm waiting here for some inputs of "anu ji" aka our own ex president's daughter! Being myself newar, within newar " they use so many racist words among themselves going with caste" , words like syawsyaw , barey, Nya, podey, jyapu, gobhaju etc etc. This looks like never ending story and some culprit just finds the way to do politics. And it is exactly how these words are use in which accent and context.

atomic · Jun 24, 2016 5:34 PM

Tone? Show me one guy from Madhesh who will be happy to hear the word "marsya", whether it is said on positive tone of negative.

BadhiJanne · Jun 24, 2016 9:28 PM

Offense is more taken that given. Even I am commented as "chakka" in this society. But I cannot take a particular word as offensive. You know, in Sikkim "chhakka" is just a common term for transgender, which is taken as offensive in Nepal. In India "hijra" is a common word, not exactly to transgenders but a particular group/organization of transgenders. I have refused to take these words as offensive anyway and how much a person may cry these words have stopped making difference to me. Lets stop taking offence. I do agree with racism in Newar community. But if we stop taking offenses, offenders won't be successful to offend us in any ways.

Rukshana Newa · Jun 25, 2016 1:59 AM

You can stop taking offense but can't expect every body else to do so and go on insulting people. Kudos for not being offended by the word Chhakka, I'm yet to meet a person who doesn't get offended by the word. Now acting violently while being offended is not tolerable, but you just can't insult people and expect them not to be offended. Why use the terms that offends them?

BadhiJanne · Jun 25, 2016 2:35 AM

If we go after etymology even "Mother-F***" may sound harmless. George Carlin, in a later standup, admitted that this word did not belong on his list of 7 words you can't say on TV, as it is a derivative of the word “fuck". Marsya - in any Nepali person' cognitive dictionary is a derogatory term referring to a group of people from Terai. I am from Terai and I lived in a dera in Kathmandu. That is exactly the visual imagery of a Marsya. Doesn't take into account that I am Ganesh J. or that in offering grateful homage to Sangita Rayamahji's "All Mothers are working Mothers: A Play", I sent a letter to the editors at Kantipur dainik, who published, why we should read not only more from Sangita Rayamahji but also Eve Ensler in our colleges.Note the irony of stereotypes. To negate my own perception of how 'Marsya' is perceived by native Kathmanduites, I am trying to persuade you that reading Vagina Monologues is not a typical Marsya discourse and that I am an elite individual which is why you should respect me. Like someone posted earlier, we're all implicit in this. Not only that we called our friends bhele, madhise, maade ( माडे ), bhote, jyapu, barmu, tapare, baje, chamaar, pakhe to label their representation of a group derogatorily, we also labelled them individually kale, baam, daante, dare, dede, bhakbhake, baans (bamboo), mote, chakka,, torpe. We are the society of unequal. This notion of everyone should get the equal opportunity no matter their caste and ethnicity did not really down on me, even though, I studied about it in my School and my College. It mostly took me to actually study and live in a Western country to actually realize how gravely wrong it was. At least that is my experience.

kalidasbhaisaab · Jun 25, 2016 9:48 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all