दिएर गयौ तिमी ,यो प्यार अनौठो एक्लो छू यहाॅ लाग्छ संसार अनौठो।। छैन स्पर्श कतै तिम्रो बहने पवनमा तर पनि म जिउने छ आधार अनौठो।। हुन्न अब कसैको म तिम्री नभएपछी एकछत्र राज तिम्रो अधिकार अनौठो।। मन मष्तिस्क सदैव लिई हिंड्दापनि गर्हौं कत्ति नलाग्ने तिम्रो भार अनौठो।। म परें बिरलै प्राथमिकतामा तिम्रो आफ्नै प्रेम नअट्ने त्यो परिवार अनौठो।।
mrigtrishna · Jun 21, 2016 1:00 AM · 17,444 views
सागरको गहिराइलाई समिटिएको एक थोप्लो आँशु जस्तो लाग्यो मलाई यो कविता ! हजुर जस्तो माया गर्ने केटिलाइ गुमाउनु शायेद कसैको दुर्भाग्य नै हो भन्दा गलत नहोला !
Nas · Jun 22, 2016 9:50 AM
धेरै धन्यवाद गज़ल को भाव एती सरल र मिठो बनाइदिनुभएकोमा !
Mrigtrishna · Jul 4, 2016 7:01 AM
धन्यबाद त् हजुरलाई मृगतृष्णाजी ...येति सारो मिठो गजल सुनाउनभाकोमा ! अनि हजुरले शुरु गर्न भाको बाल्यकालको कथालाइ तेतिकै थनकाइ नराख्नुस न प्लिज ! प्लिज मृगतृष्णाजी हजुरले आर्को भाग पनि लेखिदिनुस न है ! नत्र कसम म निराश हुनेछु ! हजुरले मलाई निराश त् बनाउन चाहन हुँदैन होला नि ..हगि ? लेख्नुस न ल ... फुर्सद लि वरी !
Nas · Jul 4, 2016 5:01 PM
आस्था दाहालको यो गजल को याद दिलाउनु भयो मृगतृष्णा जी ..... मिठो लाग्यो तपाईको रचना सङ्गीहरुको हुलमै हुदा मलाई उस्ले डाकेपछि । के गरुँ म रातो गुलाफ मेरै सामु राखेपछि । उम्कनलाई प्रयास मैले नगरेको होईन कति गरुँ अस्वीकार गर्दा गर्दै थाकेपछि । उसका पछि लाग्ने पनि थिए होलान कति कति गल्दै गएँ नजरबाणले मलाई मात्र ताकेपछि । उ मेरो अनि म उस्कै लागि जन्मेको रे हार खाएँ मलाई पाउन देबी देउता भाकेपछि । फलाम होईन मेरो मन पगाल्नलाई आगो चाहिने विबश भएँ उसको माया जालले मलाई ढाकेपछि । शनै:शनै छहारीको अभाव दुख्न थाल्यो गरेँ स्वीकार ममा पनि मायाको बेल पाकेपछि ।
ThahaChaena · Jul 5, 2016 2:49 PM
Nasjee , कोशिश जरुर गर्नेछु| निराश बनाउन त चाहान्न| छिट्टै लेख्ने प्रयेत्न गर्छु ल | :) धन्यबाद थानेजी , आस्थाजी को गजल मिठो लाग्यो| अरु रचनाहरु पनि पढ्न पाए अझ आभारी हुने थिएँ| :)
Mrigtrishna · Jul 8, 2016 4:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion