होशियार !! नेपालमा नक्कली डाक्टरको बिगबिगी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर २८८२१ पटकसोमबार, ६ असार काठमाडौ । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’ - See more at: http://www.nepalsandesh.com/20... कान्तिपुर मेडिकल कलेजका मालिक नै नक्कली डाक्टर ! काठमाडौं–कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटल सामाखुसीका डाक्टर समेत नक्कली आरोपमा समातिएका छन् । पक्राउ परेका बुद्धिमान श्रेष्ठ अस्पतालका मालिक समेत रहेको बताइएको छ । स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्दै आएका उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले’ चलाएको अपरेसनको क्रममा समातिएका हुन् । सीआईबीले देशभर चलाएको अपरेशनका क्रममा उनीसहित ३६ नक्कली डाक्टर पक्राउ परेका छन् । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन ‘क्वाक’ अन्तर्गत ठूलो संख्यामा नक्कली डाक्टरहरु पक्राउ परेका हुन् । - See more at: http://www.ratopati.com/news/5... एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली काठमाडौं–प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’ एसपीका भाइदेखि नेताका बुहारीसम्म प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाइ हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरूका बुहारी हुन् । प्रहरी अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए । पक्राउ परेका ३६ मध्ये ६ जना महिला छन् ।  पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए । कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/aakhab...

cybernepali · Jun 20, 2016 10:31 AM · 15,703 views

3 Replies

neta huna ko lagi kehi pani qualification chaihi daina, natra bhane dherai yestai hunthe.

jerryswari · Jun 20, 2016 10:35 AM

ajanma karabas ko sajaya hunu parchha, public ko health/ jyan ma khelwaad gareko aarop ma.

seeker77 · Jun 20, 2016 11:00 AM

पहिले नै यस्तो फेक डिग्री काम लाग्ने थाहा भाको भए गाइनेकोलोजिस्ट को सर्टिफिकेट लिन्थे | थुक्क तु लेट

funtush · Jun 21, 2016 10:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all