अलक्षिनाताको सुरुवात

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टिपन टापन आज दिन पनि रमाइलो थियो लुजियाना बाट ल्याएको " Slap yo Mama " मसलामा घडीचरो को सेकुवा पनि खाइयो | खर्बुजा काटेको chopping बोर्ड चै उल्टा भयो रे भनेर गृहलक्ष्मी को गुनासो फेरी सुन्नु पर्‍यो | यो मुला chopping बोर्ड को एक साईड कार्विङ गरेको चै सुल्टा रे अनी अर्को साइड plain  चै उल्टा हो रे | जती पल्ट् उल्टा सुल्टाको भाषाण सुने पनि केही काट्नु पर्‍यो भने उत्ल्टा सुल्टाको कुरा दिमागमा आउँदैन | काटेर छोड्यो कि सुरु हुन्छ लक्षिन र अलक्षिन भित्र्याउने भाषाण | यो मेरो मात्र हो कि तपाईं हरुको घरमा पनि उल्ता सुल्टा कुरा कानी उठछन ? जती पल्ट् उल्तो र सुल्टो को भाषाण सुन्छु तेतिनै पल्ट् भोली Walmart बाट एउटा उल्टो र सुल्टो नहुने चपिङ बोर्ड ल्याउछु भन्ने कुरा पनि छेपाराको कथा जस्तै हुन पुगेको छ (छेपारोको कथा नसुनेका हरुले बा आमालाई सोध्दा बेस होला )  | विवाहित र गल्फ्रेन्ड हुने हरु : सहबास् पछी कती उल्टो कट्टु लागाईयो को कुनै हिसाब किताब राख्नु भएको छ ? तेसो भए त धेरै जस्तो सहबासको रातले अलक्षिन भित्राए त ? टोइलेतमा हावा भरियो |  मान्छेले हावा भरियो भन्ने कुरा दैनिक सुनिएको र भोगिएका कुरा हुन| अचम्म मान्नु होला यो गोर्खेको काम छैन जे पायो तेही बकबासी कुरा लेखी बस्छ, | यो हावा भरिने काम त्यो पनि Toilet लाई भन्ने कुरा चै हावादारिनै हुन कस्ता कस्ता मान्छे छिर्छन साझामा:  भन्ने को कमी हुँदैन होला ?  घर छ भनेर इर्श्या गर्नु होला | घर भए पछी पाइने दु:ख त्यो मेरो जन्तरे भाईले अमेरिका आएर पाएको दु:ख पाए भन्दा ठुला दु:ख हुन | खुचचिङ् भने हुन्छ |  दु:ख कती बेहोर्नु पर्छ त्यो चाँही कती बर्ष पुरानो घर किन्नु भएको छ  तेस्मा भर पर्छ | मुला बसाइ छ अमेरिकाको को एक घन्टी ठोके पछी आउछ बनाउछ जान्छ केको गन्थन भन्नु होला | मित्र हो  पुरानो खटारा रेडियो , साइकल, मोटर साइकल , कार किन्नु भएको छ ? किन्नु भएको भए बियर झुन्ड्याएर सान्त्वना दिन आउनु हुन्थ्यो | डेराको बसाइ क्या आनन्ददायी , केही तलमाथी हुन पाको छैन घन्टी ठोके पछी कोही आउछ ठोक ठाक गर्छ जान्छ | तेस्ले भर्ने बिलमा तपाईंको आँखा कहिलै पुग्दैन | हामीले घन्टी ठोक्नु अघी क्रेडिट कार्ड वा चेकबूक तयार पार्नु पर्छ  | हामीहरुले आफुलाई चिनाउनु पर्दा स्वाभिमानी , अभिमानी र अ-स्वबलम्बी (परालम्बि?)भन्दा फरक नपर्ला ? घरमा बत्ती फ्युज भए भने मान्छे बोलाउछौ हैन त ? घर किनेर पाइेको दु:खले घर हुनु को खुशीलाई बिस्थापित गरेको छ  अनी ठोक ठाके याने स्वबिलम्बी बन्नु परेको छ | फ्लस गर्दा बढी आवाज आएको complain गरेका थिए, केही ठोक ठाक र प्लन्जरले मार  धुलाइ पनि गरेको थिए | आज त एती ठुलो आवाज मात्र गरेको हैन घर नै थथर्कियो | मस्त सुताइमा परेको बेला परेको भए फेरी नेपालमा भुचालो आएको बेला ठोक ठोक भन्दै उठेको झै उठिन्थ्यो होला ?    भोलिको खोज अनी  मर्मत सम्हार को बिसय टोइलेटमा भरिएको हावा छ | लौ साथी हो हावा मान्छे लाई मात्र भरिने हैन टोइलेटलाई पनि भरिदो रहेछ | जानकारीमा राखी राख्नुस्, घर किन्नु भए पछी  कही कतै तपाईंको टोइलेटलाई हावा भरिए साझा सम्झनु होला | Last edited: 18-Jun-16 10:04 PM Last edited: 18-Jun-16 11:23 PM

magorkhe1 · Jun 18, 2016 9:58 PM · 3,523 views

4 Replies

डेराको बास भएकोले toilet मा हावा भर्ने काम पर्दैन \ अब गोर्खे ब्रो को पहिलो दुइ प्रश्न: chopping board उल्टो सुल्टो कहिले समस्या परेन , जता पनि सम्मै \ अब कट्टु उल्टो लगाउने कुरामा चै , मेरो उत्तर जिरो पल्ट \ रतिक्रिया पछि आधा लिटर देखि एक लिटर सम्म पनि पिउने बानी छ आफ्नो त | तेस्को कारण चै : कतै पढेको थिए "रतिक्रिया पछि पिसाब गरे पछि मुत्रनली infection को सम्भावना कम हुन्छ " , तेसैले गर्दा पानि पिएको कम्तिमा आधी घण्टा सुत्दिन अनि त त्यो आधी घण्टा उल्टो कट्टु लगाउने कुरा भएन \ Last edited: 19-Jun-16 01:36 AM

nepalilaure · Jun 19, 2016 1:36 AM

"सहबास् पछी कती उल्टो कट्टु लागाईयो ..." हा हा ! गोर्खे ब्रो ! सहि कुरो ! "दु:ख कती बेहोर्नु पर्छ त्यो चाँही कती बर्ष पुरानो घर किन्नु भएको छ तेस्मा भर पर्छ | ... पुरानो खटारा...कार किन्नु भएको छ ? " गोर्खे ब्रो, मैले जिन्दगिमा किनेको पहिलो कार एक हजार डलरमा ! त्यो कार डोनेट गरुन्जेलसम्ममा ६ हजार जति त् मेन्टेन गर्दै गयो ! सार्है दुख देको थियो नि !

Nas · Jun 19, 2016 1:42 AM

गोर्खे ब्रो , उल्टो कट्टु त बरु ठिकै हो \ बरु त्यो brief underwear लगाउने हरु त कहिले कहिँ झुक्केर बुढीको पेन्टी लगाउचन भन्ने सुनेको थिए , थाहा छैन जोक गरेको हो कि साचो नै हो \ आफु त boxer लगाउने भएर कहिले पनि तेस्तो भएको छैन \ ब्रो को त तेस्तो भएको छैन होला नि :)

nepalilaure · Jun 19, 2016 1:55 AM

नास ब्रो : ८५ को CiviC ९५० मा किनियो ७ डलरको Thermostat फेरे पुन्ग्नेमा Rediator फेराए , HeadGasket फेराए को महिना दिनमै फेरी फेर्नु पर्ने भए पछि अर्को किन्ने बनाए | अज्ञानताको मूल्य हृदयविदारक हुन्छ | लाहुरे ब्रो : दशौ कक्षामा हुदा एकदिन उत्तेजित अबस्थामा पुगे को बेला ब्रिफ बाट बाहिर चिहाउन सफल भै पाइन्ट चिस्याई दिए पछि बक्सर लगाउन सुरु गरेको हु |

magorkhe1 · Jun 19, 2016 5:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all