के हो मेरो पहिचान ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैले तपाईंलाई मर्सिया, भैयाँ, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू, काले, धोती, भेले आदि भनेर रंगभेद र दुव्र्यवहार गर्छ भने त्यो तपाईंको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छेको संकीर्ण सोचाइ र कमजोरी हो। कुनै जमानामा हाम्रै देश नेपालमा मनु मखु, मस्या ख:, अर्थात् 'मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो। आज आएर यही देशमा मधिसे मूलका डा. रामवरण यादव प्रथम राष्ट्रपति बने, भोलि जो कुनै पनि राष्ट्रपति बन्न सक्छ। म मधेसमा जन्मेँ। कालो छु, कसैको नाक थेप्चो छ, कसैको नाक चुच्चो छ, कसैको आँखा चिम्सो छ, कसैले ट ट गरेर बोल्छ। कालो वर्ण, चुच्चे नाक, थेप्चो नाक, चिम्सो आँखा त प्लास्टिक सर्जरी गरेर परिवर्तन होला तर तपाईंको विचार, सोच र शैलीलाई के गर्ने ? नेपालमा अहिले एक सय २५ भन्दा धेरै जनजाति छन् भने करिब एक सय १० भन्दा बढी भाषाभाषी छन्। अनेकतामा एकता र एकतामा अनेकता नै नेपालीको विशेषता हो। हाम्रो देश बहुसंस्कृतिको धनी देश मानिन्छ जसको मि श्रणले नेपाली संस्कृति बनेको छ। पहिचानका लागि लड्ने हो भने म त मिथिलावासी हुँ। सबै तराईवासी मिथिला होइनन्। आधाभन्दा बढी मिथिलावासी इन्डियामा छन्। अब भन्नुहोस् म मेरो पहिचानको लागि नेपालसँग लडुँ वा इन्डियासँग लडुँ ? पहिचानकै लागि संघर्ष गर्ने हो भने त मेरो पहिचान मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन। त्यसैले भाषा, संस्कृति, रहनसहन, धर्म, सामाजिक सम्बन्धलाई राजनीतिक रंग दिन हुँदैन। जातीय विभेदी मानसिकताको अशोभनीय चिन्तनलाई चाँडोभन्दा चाँडो अन्त गरौं नत्र यसले विनाश निम्त्याउँछ, सामाजिक द्वन्द्व बढाउँछ, देश शक्तिहीन बनाउँछ। केही निहित स्वार्थका लागि देश तथा जनताको बली नचढाऊ। नेपाली भन्न सिक्नुभन्दा स्वाभिमानी नेपाली बन्न सिकौं। अब हामीले हिँड्ने बाटो लामो छ, उकालो छ, अप्ठ्यारो छ, अत्यासलाग्दो छ तर हामी सबै मिलेर हिँड्ने हो भने एक दिन गन्तव्यमा पुग्न अवश्य सफल भइन्छ। अन्तर्राष्ट्रिय जगत्मा हाम्रो पहिचान नेपालीभन्दा अरू केही हुन सक्दैन। हो, अरू पहिचान भए पनि त्यसको औचित्य हुँदैन, विभाजनको बीउ रोपेर देशमा अस्थिरता निम्त्याउने काम नगरौं नेपाली पहिचानबाहेक अरु निहुँ खोज्नेहरूलाई राजनैतिक मसलामात्र हो। अहिले भएकै सिंगो पहिचान संरक्षण गर्न सकिएको छैन भने अब बन्ने बाइसेचौबीसे पहिचान संरक्षण कसरी हुन्छ होला ? शान्ति र समृद्धिको लागि जनताले लडे, मतदान गरे, संविधान पनि ल्याए तर पनि रगतको खोलो अझै बगिरहेको छ। मानवीय सम्बन्ध नै सबैभन्दा ठूलो सम्बन्ध हो जसको सुन्दरता हामीले देशबाट, राजनीतिबाट, सामाजिक संघसंगठन र व्यक्तिव्यक्तिबाट सद्भाव, सम्मान, स्थान बनाउँदै शान्ति र समृद्धितर्फ लाग्नु पर्दछ। म यादवको छोरी हुँ। जातभात अनि रहनसहनको कुरामा मैले पनि थुप्रै दुव्र्यवहार भोगेको र सहेको छु तर मलाई मेरो देशसँग, सरकारसँग, धर्मसँग कुनै गुनासो छैन। गुनासो त केवल हाम्रो समाजको सोचसँग छ, व्यवहारसँग छ। मैले जहिले पनि देशले मलाई के दियोभन्दा पनि मैले देशलाई के दिए भन्ने कुरामा ध्यान दिएको छु। जब दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोण बदलिन्छ तबमात्र दुनियाँले हामीलाई हेर्ने दृष्टिकोण पनि बदलिन्छ। राष्ट्र, राष्ट्रियता, स्वाभिमानको लागि लड्ने हिजो पनि गलत थिएनन्, आज पनि गलत छैनन् र भोलि पनि गलत हुँदैनन् ! गलत त त्यो हुन्छ जस्ले देश र समाजको हितविपरीत काम गर्दछ। खै के गर्ने नेपालमा राजनीतिक लाभको लागि आफ्नो स्वाभिमान बेच्नेहरू धरै छन्। गरिबले एक छाक भात खान पाउन, स्वच्छ हावामा सास फेर्न पाउन, पिउन योग्य पानी पिउन पाउन, हरेक नागरिक स्वस्थ होऊन्जस्ता जीवन चलाउन आधारभूत आवश्यकताबाट हामी अझै पनि वञ्चित छौं। असल नेतृत्वले देशको भाग्य निर्धारण गर्छ तर यहाँ बनाउनेभन्दा बिगार्नेको भीड छ, आकाशपाताल जोड्न सपना बाँड्ने र बालुवाको महल बनाउनेको भीड छ। बीचमा घुन पिसिएझैं पिसिएका छन् गरिबदु:खी नेपाली जनता। नकारात्मक विचार भएको मान्छेहरू संसारको सबै ठाउँमा हुन्छन् नेपालमा पनि धेरै छन् तर दुर्भाग्य खाली नकारात्मक विचार भएको मान्छेको मात्र हालिमुहाली छ। मेरो काम त लेख्दै जान्छु, लेखेकोलाई व्यवहारमा उत्रार्दै जान्छु, सायद मैले लेखेको र गरेका कामले एउटा नौलो सकारात्मक बहस सुरु होला र एक दिन समाजमा नकारात्मक विचारमा कमी पक्कै आउनेछ। आशा छ यो परिवर्तन हाम्रै पालोमा हुनेछ। दु:ख त मलाई तब लाग्छ जब म देशमा केही गर्नको लागि बाँच्नेभन्दा बाँच्नको लागि केही गर्नेहरूको भीड बढिरहेको देख्छु। म र मजस्ता थुप्रै नेपालीहरू अँध्यारोबीचमा पनि केही आशालाग्दो भविष्यको खोजीमा छौं। राजनीति केवल जितको लागिमात्रै भयो, यो देशमा हार्न कोही चाहन्नन् तर हरेक पल, हरेक दिन हार्नेहरू नेपाली जनतामात्रै रहे। आजकल हरेक क्षेत्रलाई कमाउने धन्दा बनाउनेहरूको भीड छ। दिनप्रतिदिन राजनीतिले व्यापार उद्योगको रूप लिँदैछ आफ्नै पैसामा आफन्तसँग पटकपटक आफैं बेचिएका छौं हामी। खै के भनुँ, कसलाई भनु, म र मजस्ता अरू नेपालीहरू आजकल आशावादीबाट रक्षात्मक निराशावादी बन्न पुगेका छौं। विभिन्न तन्त्रका साथै राजतन्त्रको त बिदाइ गरे नेपाली जनताले तर रजौटातन्त्रबाट कहिले मुक्ति पाउने हो ? http://www.annapurnapost.com/N... Last edited: 14-Jun-16 12:24 AM

yadavanu · Jun 14, 2016 12:19 AM · 12,443 views

8 Replies

यिनी फेरी आइन बबरौना साझा मा! कस्ती "attention seeking" बिच रैछिन

dkhanal · Jun 14, 2016 7:36 AM

Wakka dikka lagisakyo!!! Ho, ma newar ho la " malai jyapu bhan , syasya bhan " i don't give a damn, this is what I'm , who cares. " kura lai tankayeko cha, lamba chauda lekhe cha" , in Nepal all they need is job so that they stop bitching with each other , and you need a job too.

atomic · Jun 14, 2016 8:42 AM

Dkhanal , every sajha user has right to speak of their mind. Let's comment about her writing or how you feel it not about her presence here. Thank you.

instagram · Jun 14, 2016 8:55 AM

Atomic thats what she is saying. Let's end this all discrimination. You are in USA it doesn't matter about cast , male , female or even being gay but in rural nepal it still does. She is trying to end all this (short of) !!

instagram · Jun 14, 2016 9:00 AM

Instagram brother, she comes back with the same shitty race related article everytime..she is nothing but an attention seeker..showing off as the President's daughter...she could have done so much while she had the power..with the kind of blabbering she does now, she is not going to get anywhere...as you know, action speaks louder than words! Cheers bro!

dkhanal · Jun 14, 2016 9:20 AM

What ya all think that in USA there is no discrimination ? There is no racist behavior ? There is no fight between the classes? In spite of all having this here they have minimum wage job or government benefits, that's makes the culture different too. I won't say , she is wrong in saying that all, but what I mean is " she is just attention seeker who is trying to make an unique identity in the society" ...... Writing article doesn't only change the world by the way!!!!

atomic · Jun 14, 2016 1:46 PM

Writing article is okay but why post the same sh*t again and again in the same forum?

ujl · Jun 14, 2016 2:00 PM

Is she single ?

paraozzy · Jun 16, 2016 9:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all