निर्देशकले नायीकालाई यौन गर्ने निम्तो दिएपछि

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नवनायिकाले निर्देशकलाई लगाइन् गम्भीर आरोप By mysansar, र्‍याम्पबाट म्युजिक भिडियो हुँदै ‘बिर्खेलाई चिन्छस्’ शीर्षकको फिल्ममा डेब्यु गरेकी नायिका आयुषा राईले यो साता निर्देशक मुनाल शिशिर कोइरालामाथि गम्भीर आरोप लगाइन्। आसय करणीविरुद्ध समेत कानुन रहेको हाम्रो देशमा उनले प्रहरी वा मिडियामा गएर होइन, आफ्नै फेसबुकबाट मेसेज च्याटको स्क्रिनसट सार्वजनिक गर्दै लगाएको आरोपबारे न महिलावादीहरुले बोले, न मूलधारका मिडियाले नै। दुई दर्जनलाई ट्याग गर्दै उनले लेखेकी थिइन्- उहाँसँग बेडमा सुत्नु पर्‍यो रे। त्यो पनि विद् फिलिङ्ग्स। उनले आफ्नो पोस्टमा मेसेजको स्क्रिनसट पनि राखेकी थिइन्। हेर्नुस्- उनले लेखेकी छिन्- मेसजसम्म त ठीकै थियो। तर उहाँले फेस टु फेस त्यस्तो भन्नु भयो…। निर्देशकको बारेमा उनले लेखेकी छिन्- हाइट डेढ फुट साह्रै फोहोरी मान्छे काममा पनि कसैको त्यति धेरै इज्जत नगर्ने, कसको कसको हातबाट पिटाइ पनि खाइसक्नुभएको साह्रै नराम्रो मार्केट रेकर्ड भएको मान्छेले मसँग नाइट स्पेन्ड गर्न अप्रोच गर्ने? बुधबार रातिको यो आरोप स्टायटस पछि उनले त्यही रात फेरि अर्को स्टायटस लेख्दै भनेकी छिन्- उनले भने सुतेर मात्र हुँदैन। फिलिङ्ग्स हुनुपर्‍यो। नत्र त लाशसँग सुते नि भइहाल्यो नि हैन त। मैले यस्तो नि मान्छे हुन्छ भनेर सबैलाई सावधान हुनलाई स्टायटस अपडेट गरेको हुँ। सबकमात्र सिकाउनलाई। नत्र त म रेकर्ड गरेर लिएर आउँथे…तर धेरै किन दुःख दिनु भनेर मात्र छाडेको हुँ। नत्र त बोलाको ठाउँमै मिडिया र पुलिस लगेर हङ्गामा गर्न सक्थेँ। त्यति साह्रो नि के गर्नु भनेर चान्स दिएको। यो आरोप सही हो भने महिलावादीहरु कता हराएछन् कुन्नि? कि महिलामात्रको बस चलेकोमै मख्ख रहेछन्? गलत हो भने जथाभावी लेखियो भनेर उजुरी गर्ने आँट पनि भएनछ। अनि समाजलाई यस्ता कुरा सामान्य लाग्ने गरी पाचन प्रणाली विकास भइसकेको पो हो कि, केही थाहा पाउन सकिएन। तपाईँलाई के लाग्छ ? छ वर्षअघि एक कलाकारले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनै गरी आफूमाथि बलात्कारको प्रयास भएको आरोप लगाएकी थिइन्। तर दोषीमाथि कारबाही भएको त के मुद्दा प्रक्रिया अघि बढेकोसम्म जानकारी आएन त्यसपछि। हेर्नुस् त्यतिबेलाको ब्लग http://www.mysansar.com/2015/0...

cybernepali · Jun 13, 2016 10:01 AM · 10,867 views

1 Reply

सार्है गतिलो काम गर्नु भो अयुषा राइजी ! साला खाते पाजीलाइ ठिक पार्न भएछ ! हेरम न साला नेपालको खाते महिलाबादी संस्थानहरुले कत्तिको हजुरलाइ मदत गर्नेछन ! न सुर्ताउनुस अयुषाजी ! म अचेल येसो फिल्म बनाउन सिक्दै छु ! पछि काठमाडौँ आउँदा हजुरसंग फिल्म बनाउछु ल ! तर म त्यो पाजी बाहुन जस्तो खाते निर्देसक होइन ! तेसैले हजुर ढुक्क हुनसक्नु हुन्छ है !

Nas · Jun 13, 2016 10:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all