रक्ताम्मै हुनेगरी घरको भित्तामा टाउको ठोक्काइदिए । ‘खुबै नेता बन्ने रहर छ हैन ?उम्रन पाएको छैन तीन पात ?’ भन्दै कपाल भुत्लाए । झापड हाने । अनि हत्कडी लगाइदिए । छोरीले गुहार मागिरहेकी थिइन् । ‘मेरी छोरीको केही गल्ती छैन । मआफैपनि भूपू आर्मी हो हजुर । मेरी छोरीलाई छोडिदिनुस् । त्यो निर्दोष बच्चीलाई के गर्नुभएको ? बरु मलाई सजाय दिनुस् ’ भन्दै मैले उनीहरुलाई रोक्न खोजें । तरउनीहरुले ‘बढ्ता बोल्छस्’ भन्दै मलाई पर हुत्याइदिए । अनि टाउकोमा लात्ताले हाने । गुहार माग्दै रोइरहेकी छोरीको पनि मुख बाँधिदिए । हामीलाई सहयोग गर्नकोही छिमेकीहरु पनि आएनन् । बरु डरले ढोका लगाएर बसे । झमक्क साँझ पर्दै थियो । वरपर झयाउकिरी कराउदै थिए । उनीहरुले छोरीलाई आँगनमा लडाएर राखेका थिए । केही घरभित्र पसेर सामान फुटाइरहेका थिए ।छोरी झण्डै बेहोस अवस्थामा थिइन् । बेलाबेलामा उनीहरुले अश्लिल शब्द प्रयोग गर्दै छोरीको शरिरमा लात्ति हानिरहेका थिए । मैले आँशु बगाउदै भगवानसँग प्राथनागरें । तर केही सिप लागेन । उनीहरुको कमाण्डरले मेरी छोरीलाई घिसार्दै लैजान आफ्ना सिहाहीहरुलाई आदेश दियो । उनीहरुले छोरीलाई यसरी घिसारे कि मन्दिरमाबलि दिएको पशुलाई पनि यसरी घिसारिदैन । मैले भगवानसँग हात जोड्दै भनें –‘हे भगवान, मान्छेका रुप धारण गरेका यी पशुहरुबाट कस्तो अत्याचार सहनु पर्यो ।के यीनका घरमा कोही दिदीबहिनी, छोराछोरी छैनन होला । आज जीवनमा नखाएको बिष पनि लाग्यो ।’ कमाण्डरको आदेशमा छोरीलाई घर नजिकैको बाहुन डाँडामा लगे । म पनि हारगुहार गर्दै पछि लागें । उनीहरुले एक किलो मिटर अघि बढेर आए सिधै गोलिठोक्ने धम्की दिएका थिए । तैपनि म अलिक परबाटै लुक्दै लुक्दै उनीहरुको पछि लागिरहेको थिएँ । अलिक पर पुगेपछि उनीहरु रोकिए । म घारीमा लुकेर सबै दृश्यहेरिरहें । पटकपटक भगवानसँग प्राथना गरें । पुरै पृथ्वीले नै थिचे जस्तो भो । सास नै रोकिएला जस्तो भो । म लाचार बाबु झाडीमा लुकेर छोरीमाथि भइरहेकोअन्याय रुदै हेरिरहेको थिएँ । उनीहरुले मेरी बेहोस छोरीलाई बलात्कार गर्न थाले । मैले हेर्न सकिन । आँखा छोपेर घोप्टो परेर रुन थालें । विगतमा म आर्मी भएरदेशको सेवा गर्न पाउँदा आफुलाई निकै गर्व लाग्थ्यो । तर आज त्यही पेशा प्रति अत्यन्तै घृणा लाग्यो । यस्तो दिन आउला भनेर मैले कल्पनासम्म पनि गरेको थिइन। यस्तो जागिर त दुस्मनले पनि नखाओस् जस्तो लाग्यो । ४ जनाले पालैपालो बलात्कार गरेपछि पनि उनीहरुले फेरी कुटे । बन्दुकको कुन्दाले, बुटले , लठ्ठीले । मेरा हातखुट्टा लुला भइसकेका थिए । मलाई भगवान प्रतिपनि घृणा जाग्यो । छोरीको प्राण अझै बाँकी थियो । सिमसिम पानी पनि पर्न लाग्यो । अब त छाडिदेलान् कि भन्ने लागेको थियो । तर उनीहरु भिरबाट धकेलेर मार्नेकि गोली ठोक्ने भन्ने विषयमा सल्लाह गर्न लागे । मैले मनमनै भनें –‘छोरी, उनीहरुले तिमीलाई भिरबाट फ्याकेभने तिम्रो बाबाले काँध थापेर भएपनि तिमीलाईबचाउनेछ चिन्ता नगर । ’ पानी दर्कन थाल्यो । उनीहरुले छोरीलाई भिरबाट धकेलेर मार्ने निधो गरे । त्यो सुन्नासाथ म बाहुन डाँडाको देब्रे पट्टीको भिरतिर दगुरें । पक्कै यहीबाट छोरीलाईहुत्याउलान् भनेर पाँचसय फिट मुनीपट्टी पुगेर हात थापेर बसें । उनीहरुले छोरीलाई घिसार्दै भिरको माथिपट्टी ल्याए । पानी परिरहेकाले के के कुरा गर्दै थिए बुझिएन ।एकजनाले ‘ड्याम्म’ लात्तिले हानेर छोरीलाई भिरबाट धकेलिदियो । छोरीले ‘बाबा’ भनेजस्तो लाग्यो । म लाचार बाबु छोरीको जीवित शरिर हातमा पर्ला कि भनेरभिरमुनी <span style="font-family: M
cornelluniversity · Jun 12, 2016 5:22 PM · 8,508 views
Fuck you for unnecessarily spamming Sajha with your copy paste gibberish.
Deke · Jun 12, 2016 11:50 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion