एनआरएनको ९ औं क्षेत्रिय सम्मेलनमा हिलारीलाइ प्रमुख अतिथिका रुपमा बाेलाइने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आगामी अगष्ट महिनाको २७ र २८ तारिखमा न्युजर्सीमा गैरआवासिय नेपाली संघको क्षेत्रिय सम्मेलन हुने भएको छ । हरेक दुई वर्षमा आयोजना हुने यो सम्मेलन यस पटक न्युजर्सी स्थित डब्बल टी हिल्टन होटेलमा आयोजना गरिने जानकारी न्युयोर्कमा आयोजीत पत्रकार सम्मेलनमा  जानकारी गराइएको छ। सम्मेलनको प्रमुख अतिथिको रूपमा डेमोक्रेटिक पार्टीकातर्फवाट राष्ट्रपतिका उमेद्वार हिलारी  क्लीन्टनलाई ल्याउने तयारी भेरहेको सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका क्षेत्रीय संयोजक सोनाम लामाले जानकारी दिएका छन्। 'निमन्त्रणा पठाएका छौँ निश्चित भैसकेको छैन' संयोजक लामाले भने। 'उहॉसहीत अन्य अमेरीकी सरकारी उच्च अधिकारीहरू र नेपालको परराष्ट्रमन्त्रीलाई पनि वोलाउने तयारी भैरहेको छ।' एनआरएन भिजन ट्वान्टी ट्वान्टी र वियोन्ड नारा दिइएको उक्त सम्मेलनका लागि ९ सदस्सिय आयोजक कार्यकारी कमिटि र २० वटा अरु कमिटीहरु गठन गरिएको वताईएको छ। गैर आवासिय नेपाली संघका विभिन्न ७३ देशका ३ सयबढी एनआरएनहरु सहभागी हुने आयोजनालाई एनआरएनए क्षेत्रिय संयोजक सोनाम लामाले संयोजन गर्ने भएका छन् भने सहसंयोजककोरूपमा एनआरएन अमेरीकाका अध्यक्ष डा केशव पौडेलले गर्नेछन। उक्त संम्मेलनमा नीतिगत रुपमा छलफलका साथै दशक लामो संस्थाको उद्देश्य, मिसन, गोल र संस्थाको संरचना अनि भावि उद्देश्यका विषयमा छलफल गरिने संयोजक लामाले वताए। संस्थाको विकासमा समयानुकुल परिवर्तनको खाँचो भएकोले सम्मेलनका क्रममा यो विषयलाई पनि महत्वका साथ हेरिएको उनको भनाई छ। एनआरएनलाई युनाईटेड नेसन जस्तै युएन अम्ब्रेलाको स्वरुप दिईनसक्ने वहस शुरुभैसकेको उनले वताए ।  अमेरिकामा आयोजना हुने क्षेत्रिय सम्मेलनको अर्को हिस्सेदार संस्था एनआरएन अमेरिकाले पनि यसलाई महत्वका साथ हेरेको छ। सम्मेलनमा आफ्नो व्यापक सहभागिता हुने वताउदै एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भने 'क्षेत्रिय सम्मेलन अमेरिकामा आयोजना भएकोले अमेरिकाका एनआरएनहरु निकै उत्साहित छौं।' अवसर र चूनौति दुवै हिसावले हेरिएको वताउदै डा पौडेलले अगाडी थपे 'पूनर्निमाणमा एनआरएनको भूमिका, एनआरएन मूख्यालय निर्माण, लगानीका कुराहरुमा महत्पूर्ण छलफल हुनेछ।'

cornelluniversity · Jun 12, 2016 5:18 PM · 11,525 views

1 Reply

Click bait title. It says right there, "'निमन्त्रणा पठाएका छौँ निश्चित भैसकेको छैन'". Wonder why they just said Hillary. They should have said both Obama and Putin invited.

BadhiJanne · Jun 12, 2016 9:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all