अचेल मलाई, पत्र-पत्रीका र मिडिया हरु ले छुट्टै नाम दिएको छ - मिस्टर डन...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाई कुनेै समाजले यो स्थीतिमा ल्याएको होइन । निर्णय मेरो थियो । सिर्फ लिन चाहन्थे (Revenge) बदला," दार्शनिकहरु बदला होइन माफी दिनु जस्तो उपकार केहि होइन भन्थे तर यो सिर्फ दर्शनमा मात्र सिमित रह्यो। जिवनमा कति यस्ता घटनाहरु छन जुन माफि दिन लायक हुदैन । मेरै आगनमा मेरी आमा बलत्कृत हुन्छिन । बाउ लाई झून्डाएर मेरै आँखा अगाडि मारिन्छ । के म टुलुटुलु हेरेर बसु । अन्याय सहदै माफ दिदै बसु, दुनियामा आँशु झार्द भिक माग्दै हिडु । अर्ह, हुदैन म बाट यो सब असम्भव । म एक स्वतन्त्र मान्छे हुँ । मान्छे जन्मदा स्वतन्त्र भएर जन्मन्छ । तर त्यसपछि भने समाज संस्कृति सम्भताले बाधेर साँधुरो पारी दिन्छ । म अरुको नियम मान्न तयार छैन । मेरो जिवन मरो निर्णय, मेरो आँखा मेरो संसार संसार हेर्ने मेरो आँखा हो । म जस्तो देख्छु त्यस्तो परिभाषित गर्ने अधिकार म मा छ । त्यो जन्मजातै बोकेर ल्याएको अधिकार जस्ले खोस्न खोज्छ । म त्यसलाई जिउदै आगो लगाएर सल्काईदिन्छु । म यति कठोर पनि थिईन । म कुनै बेला यति नरम मान्छे थिए जस्को फाईदा उठाउँदै केहि पात्रहरुले जुत्ताको मोजा जत्तिको पनि स्थान दिएनन् । कत्तिले जुक्ताको मोजा सरह बनाउन खोजे । तर जिवनमा एक दिन यस्तो आयो । अनायसै सिह् जस्तो गर्जिन पुगेछु । त्यो गुर्जाई सुनेर केहि व्यक्तिहरु पगल भयो भन्ने हल्ला फैलाउदै हिडेका थिए । तिनै व्यक्तिहरुलाई दुई दिनसम्म कोठामा थुनेर चरम यातना दिएँ । तातो फलामले डामी दिएँ । करेन्ट लगाईदिए जिब्रोमा जस्ले मेरो फाइदा लुट्दै बदनाम गर्दे हिडेका थिए । तिनै व्यक्तिहरु जलबिधुतको नयाँ योजना आउँदा ४० लाख घुस खाएर फरार भएका थिए । आज मेरो हातबाट करेन्ट खाए । यसको शिर अब सात पुस्ता सम्मले पनि मलाई सिधा हेर्ने आँट गर्ने छैन । जस्ले मेरो जन्मसिद्ध बाच्ने अधिकार हनन गर्ने खोजेका थिए । बदनामीको बिल्ला भिराउन खोज्दै थियो । यो त कनै जमानाको कुरा भो । म को हुँ । मरो नाम के हो । मेरो परिचय केहि सिमित व्यक्ति बाहेक कसैलाई पनि थाहा छैन । अचेल त म यस्तो महसुस हुन्छ । आफैले आफ्नो परिचय भुलेजस्तो लाग्छ । बिगत सँग अब मेरो केहि सम्बन्ध छैन । बिगतमा बाच्न मन लाग्दैन । बिगत मै मात्र रम्ने त्यती पछौटे मान्छे पनि म होईन। बर्तमानमा मान्छे जे गर्छ उही नै उसको परिचय हो । मेरो बुबा भन्नुहुन्थो "सुन्दर त्यो हो जो सुन्दर काम गर्छ ।" "Beautiful is that who does beautiful work" जब सम्म उहाँको यो धर्तिमा प्राण थियो । मैले एक असल पिताले गर्ब गर्न लायक धेरै काम गरे । पछाडी बाट बेला बखतमा धाम मार्दै भन्नूहुन्थो । "बाबु जिवनमा तिम्ले मैले सोचे भन्दा पनि धेरै राम्रा काम ग¥यौ । मलाई गर्ब छ तिमि जस्तो असल पुत्र पाएर ।" बिचार उहाको साथी हरु बिचमा पनि सधै मेरो तारिफ गरी रहनु हुन्थ्यो रे ! आज त ति समय स्मृती को पानाहरुमा मात्र सिमित छन । उहाँको देहान्त पछिका मेरा दिनहरु यति कष्टकर भएर बितेकी सामान्य मान्छेले कल्पना सम्म पनि गर्न सक्दैनन् । सिक्का एक पाटो बाट अर्को पाटो तिर पल्टिए जस्तो भयो । जहाँ घृणा, बदनामी, हत्यारा कसैको मुत्यूकुन्डली बाकेर हिडेको थिँए । तै पनि आज सम्म सत्मार्ग कहिल्यै छोडेको छैन । पिताको हरेक बचन कहिले नागेको छैन । हरेक काम कारण विना गर्दिन । साथीहरु भन्थे सकारात्मक सोच्नु पर्छ, इमान्दार हुनुपर्छ । तर त्यो भन्नेहरुलाई नै थाहा छैन कि सकारात्मक कसरी सोच्नुपर्छ । इमान्दार कहाँ हुनु पर्छ । सकरात्मक सोच्नुपर्छ जिवनको उदेश्य र लक्ष्यलाई पुर्ण गर्न । इमान्दार हुनुपर्छ जिवनको उदेश्य साकार पार्न । इमान्दार हुनुको यो मतलव होइन कि कसैको अन्याय सहनु । कोही मेरो प्राण हरण गर्न खोज्दैछ भने के म त्यसलार्ई सकारात्मक सोचुँ अनि इमान्दार बनेर माफी माग्न जाउँ । त्यस्तो पनि गर्छन् कति दिमाग नभएका भ्रमित मान्छेहरु कुन जमानामा बाँचेका छन् । आँशु लुकाएर पनि किन हाँसेका छन् । आज हिजो विहानको घटनाले रातको १ बजेसम्म पनि निन्द्रा लागेन यो जाबो २ कौडीको केटीले मेरो ठेगाना कसरी पत्ता लगाएर गुहार माग्दै यहाँ आई । को हो यो । यसको यहाँ आउने कत्रो हिम्मत मेरो आगनको ढुङ्का ढुङ्काहरुमा मुत्यूको अक्षरहरु कोरीएका छन् । कोहि त आँगन टेक्न नपाई त्यहिँ ठहरै हुन्छन् । मेरो आँगनको ढुङ्का पनि बोल्छ । माटो पनि बोल्छ । कोही चिच्याउन खोज्छ भने फलामको पारो बनेर त्यहि पोल्छ । त्यहि नारी पात्र आँगनमा अझै सुक्क- सुक्क गर्दै रोइरहेकि थिइ ! मैले कसैलाई आग्रह गरे त्यसलाई कोठा नं. २० मा लगिदिनु । आराम गर्नु भनिदिए । मनमा शंका लागि रह्यो कतै यो केटि जासुत त गर्दे छैन । तुरुन्त मेरो प्राइेभेट इन्जिनियरलाई यस्को फोन चेक गर्न लगाए । कल लिस्ट सबै चेक गर्न लगाए । त्यस्तो केही रहेनछ ! निसन्देह जिवनमा पहिलो पटक मेरो घर प्रवेश गरी कुनै प्रेमिको नाताले होइन एक मानवताको नाताले...... जहाँ -जहाँ मानवता हरण भएको छ त्यहाँ कृष्ण, त्यहाँ जिसस् क्राइस्टको रुप लिन्छु । अचेल मेरो जिवनमा एउटै दर्शनमा चलेको छ त्यो हो "न्याय र स्वतन्त्रता "कुनै बेला, ऊ न त क्विन एलिजाबेथ थिइ, न त क्विन भिक्टोरिया नै, तर मैले रानी जतिकै कै इज्जत दिएको थिए । मेरो लागि सन्सार नै तिमी थियौ । मैले माया पाउन माया गरेको थिइन । कुनै स्वार्थ थिएन । फिर्फ मेरो भनाइ के हो भने तिम्ले मलाई बुझ्न सकेनौ, म घायल भै, तिमी - तिमी भन्दै दिन रात बिताउथे । तिम्लाई लाग्ला त्यो पागलपन थियो । अह, बिल्कुल होइन्, त्यो कुनै पगलपन थिएन । माया प्रेम मात्र होइन तिम्रो लागि जिन्दगी नै उपहार दिन चाह्न्थे । नारी लाई इज्जत गर्नु नै आफ्नो सम्मान ठान्थे । तर परीस्थीति निकै फरक रै’छ, मैले एक कोहोरो जती जे माने पनि कसैले मन देखी स्विकारे को छैन भने त्यसको कुनै अर्थ हुदो रहेनछ । हृद्यको नसा - नसामातिम्रै माया बगेको सम्झन्थे तर बिडम्बना तिमी ले नै झुटो साबित गर्ने कोसिस गरी रहेयौ । बगरको ढुङा -ढुङा हरुमा, रुखको पात- पात हरु मा कोरिएका थिए हाम्रो नाम हरु तर तिम्ले त्यसलाई मेट्नु नै आफ्नो कर्तब्य ठान्यौ ।अहिले सम्झिदा अचम्म लाग्छ,कस्ले दियो तिम्लाई त्यो अधिकार ? मुटु भरी पलाएका पालुवा लाई निमोठेर बगर मा फ्याक्न खोज्ने ? शृङगार उपहार दिन खोज्दा सुबार मात्र रोज्ने । जस्ले मुटु देखी माया गर्‍यो उसै माथी बज्र प्रहार । थाहा थियो तर समय निकै ढिला भैसके को हुनेछ! । कुनै दिन तिम्रो जिबनमा अन्य कसै सँग प्रेम हुनेछ । आज सम्म मलाई लाई दिन कन्जुस गरेको त्यही २ अक्षर सिर्फ माया र खुशी नै त थियो नि ! तर सबै म जस्तो कहाँ हुन्छन र सबै कुरा बुझ्ने कुनै यस्तो दिन आउने छ तिम्रो जिबनमा, कसैले पहिलो भेटमा नै तिम्रो त्यो यौबन लुट्ने छ । तिम्रो जिबन नै लीलामि मा राखिदिने छ । अनि जब तिम्रो जिबन मा आधी हुरी आइ, मन सुनामी को छा;ल हरुले बगाउने छ त्यो बेला मलाई सम्झने छौ, मेरो नि:स्वार्थ प्रेम - जहाँ तिम्रा हरेक इच्छा र चाहना हरु को पुजा गरिन्थ्यो ।

cornelluniversity · Jun 12, 2016 5:16 PM · 285 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all