अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि नयाँ गन्तब्य बन्दै गएको परिपेक्षमा सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले विद्यार्थीको हकहितका लागि शैक्षिक मेलाकोआयोजना गर्ने भएको छ। वर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरुको गन्तब्य बन्दै गरेको अस्ट्रेलियामा यहाँको शैक्षिक अन्यौलता चिर्न निकै कठिन बन्दै गएको छ। आफ्नो दायित्वका रुपमा रहेको शैक्षिक परामर्शको कार्यक्रम यही जुन २१ तारिखका दिन सिड्नीमा आयोजना गर्न लागेको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकसपर्टका निर्देशक बद्री अर्यालले एकै ठाउँमा कलेज, पढाइ छात्रवृत्ति अनि कामको अवसरका बारेमा पनि छलफल हुने भएकोले यो मेला विद्यार्थीको लागि हितकर रहने बताए। कार्यक्रममा विश्वविद्यायलको प्रतिनिधित्व गर्दै चाल्स अल्वर्ट युनिभर्सिटीका जेफरी गोस्परले व्यवसायिक र व्यवस्थित विश्वविद्यालयका रुपमा रहेका कारण नेपाली विद्यार्थीहरु आफ्नो लागि पहिलो रोजाइ रहेको बताए। आफ्नो विश्वविद्ययालयमा करिब चारसय नेपाली रहेको बताउँदै उनले भने,‘उनीहरु मेहनति मात्र होइन ,भबिष्यप्रति चिन्तित र असल पनि छन्।’ यस्तै पत्रकार सम्मेलनमा टोरेन्स युनिभर्सीटीकी किम याङले आफ्नो देशभर छरिएर रहेको नेटवर्कभित्र नेपालीको सहभागिता रहने विश्वासका साथ एक्सपर्टको मेलामा सहभागी भएको बताइन्। उनले भनिन्,‘अहिलेसम्म टोरेन्समा नेपाली कमै छन् तर हामी उनीहरुको पहुँच र सहयोगका लागि यो मेलामा सहभागी बन्दै छौं।’ कार्यक्रममा अस्ट्रेलियाका १४ युनिभर्सिटीहरुको सहभागिता रहने एक्सपर्टका सञ्जीव शर्माले बताए। कार्यक्रममा सहभागी एक्सपर्टका बद्री अर्यालले भिषा, पढाइ, भबिष्य अनि कर्म क्षेत्रको ज्ञानका लागि एक्सपर्टले शैक्षिक मेलाको आयोजना गरेको बताए। ‘हाम्रो उदेश्य भनेको नेपाली विद्यार्थीले गलत बाटो र अलग सोचमा नहिडुन् भन्ने हो। कमसेकम सही मार्ग र अलग सोच अपनाए हामी सबै नेपाली कल्याण हुने थियो, हाम्रो उदेश्य यत्तिमात्र हो,’अर्का निर्देशक सञ्जीव शर्माले भने।
cornelluniversity · Jun 12, 2016 5:13 PM · 7,037 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion