डोनाल्ड ट्रम्पले जित्न सक्छन् राष्ट्रपतिको निर्वाचन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गएको २१ मार्चमा वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको प्रेस कन्फ्रेन्स थियो। बीचको सिटबाट कालो वर्णकी एउटी महिलाले प्रश्न सोध्न हात उठाइरहेकी थिइन्। प्रश्न सोध्ने पालो पाउनु मुश्किल थियो। पालो नआउँदै ती महिला जरुक्क उठिन्। छातीमा ‘मिडिया’ लेखेको ब्याज लगाएकी उनले बाँकी धेरै पत्रकारको प्रश्नलाई ‘ओभर टेक’ गरिन्। ‘मेरो नाम एलेसा हो।’ ऐलिसीले थपिन ‘पूर्व आर्मी भेट्रान हुँ। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलामा बाँचेकी जिउँदो पात्र पनि हुँ। र ब्लग लेख्न रुचाउँछु।’ नामसँगै लामो परिचय जोडिन थालेपछि ट्रम्प हतारिए र हात तेर्स्याए। ती महिलाको स्वरलाई उछिन्दै झन् चर्को स्वरमा बोल्न थाले–‘मिस, तपार्इको प्रश्न के हो?’ ३८ वर्षीया ऐलिसाले कुनै प्रश्न सोधिनन्। बरु एक वाक्यमा आफ्नो भनाइ मात्र टुंगाइन् -आइ निड् अ जब। अर्थात् मलाई जागिर चाहियो। हक्की स्वभावका डोनाल्ड ट्रम्पले स्टेजमै आएर आफ्ना बारेमा सबै अमेरिकनलाई सार्वजानिक रुपमै बताइदिन एलिसालाई आग्रह गरे। एलिसा स्टेजमा पुगिन्। ‘तपार्इको बारेमा २ मिनेटमा बताउनुस्।’ ट्रमले सार्वजानिक माइकबाटै आग्रह गरे। सबै मिडियालाई साक्षी राखेर ‘घर सजावटमा आफ्नो विशेष इच्छा रहेको’ बताइन् ऐलिसाले। र, फेरि ट्रम्पलाई सार्वजानिक रुपमै आग्रह गरिन्- आइ निड जब। ट्रम्पले स्टेजबाट सार्वजानिक रुपमा घोषणा गरे ‘तलबको नेगोसियसन गर्नुस् तपार्इको जागिर भयो।’ एलिसाले जागिर पाइन् कि पाइनन् कसैले ‘फलोअप’ गरेन। तर, यो घटनाले ट्रम्पको बजार भने पिट्यो। कसैलाई खुसी बनाउनलाई मिलाएर जवाफ दिन जान्दैनन् डोनाल्ड ट्रम्प। उनी राजनीतिज्ञ कम र व्यापारी बढी हुन्। व्यावसायिक अधिकार प्रसस्त भएको मुलुकमा व्यापारीले कसैलाई खुसी बनाइरहनु पर्दैन। त्यसैले  ट्रम्पले यो स्वभाव सिकेनन्। ठाडो, रुखो, तितो र सत्य बोल्न नहच्किने ट्रम्पलाई माथिको घटनाबाट जति फाइदा हुनुपर्ने थियो त्यति भएन। हिलारीलाई ‘म्याडम प्रेसिडन्ड’को सम्भावना देख्ने कसैले पनि तीन महिना अघिसम्म ट्रम्प उदाएर रेस चलाउन तयार पारिएको मैदानसम्म आइपुग्लान् भन्ने सोचेकै थिएनन्। पोटोम्याकस्थित निजी निवासमा हिलारी क्लिन्टनका भाइ टोनी रोदामले भनेका थिए–मेक्सिकोमा पर्खाल लगाउँछु भन्दै हिँडिरहेको पागललाई किनारा लगाउन हामी लागिरहनु पर्दैन। टेक्सासबाट उदाउँदै गरेका रिपब्लिकनकै अर्का उम्मेदवार टेड क्रुजले नै ठीक पारिहाल्छन्। तर, निर्वाचनको हावा ठीक उल्टो चल्यो। हिलारीले पहिलो ‘प्रेसिडेण्टियल डिबेट’ मा कमजोर ठानेका सहकर्मी बर्नी स्याण्ड्रर्स ‘नो ह्वोर’ बाट ‘सम ह्वोर’ का लागि उकालो चढ्दै गर्दा हिलारीबाटै ‘इतिहासमै सन्काहा अमेरिकन लिडर’को उपमा पाएका डोनाल्ड ट्रम्पले टेड क्रुजलाई किनारा लगाइसकेका थिए। नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पमाथि विजय प्राप्त गर्नु हिलारीका लागि ‘फलामको चिउरा’ बराबर हो। यी कारणहरु हुन्, जसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनसक्छन्। फ्यामिली लिगेसीको 'फोविया’ अमेरिकाको राजनीतिलार्इ कहिलेसम्म ‘फ्यामिली लिगेसी’ मा चल्न दिने भन्ने ठूलो डिबेट छ अमेरिकन मतदातामा। रिपब्लिकनका तर्फबाट राष्ट्रपति उम्मेद्वारका लागि प्राइमरीको निर्वाचनमा उम्मेद्वारी दिएका पूर्व राष्ट्रपति जर्ज बुसका भाइ जेभ बुसले केही राज्यहरुमा भएको प्राइमरी निर्वाचनको परिणाम लगत्तै हात उठाए। ‘फ्यामिली लिगेसी’ लाई निरन्तरता दिन नहुने डिबेटले स्थान लिँदै जान थालेपछि र मतदाताहरुले ‘फ्यामिली लिगेसी’लार्इ मन पराउन छाडेका तथ्याकं जम्मा हुन थालेपछि जेभ बुस आक्रामक रुपमा आउनै चाहेनन्। सहज रुपमा प्राइमरीबाटै बाहिरिए।  ‘बेंगाजी र इमेल स्क्याण्डल’ राष्ट्रपति उम्मेद्वारको नोमिनेशनमै हिलारीलाई ठूलो धक्का दिने बाधाहरु थिए ‘बेंगाजी र इमेल स्क्याण्डल’। ‘बेंगाजी’ लिवियाको दोश्रो ठूलो शहर हो। सेप्टेम्वर ११, २०१२ मा स्लामिक आतंककारीहरुले अमेरिकन डिप्लोम्याट्सलाई तारो बनाएर गरिएको आक्रमणमा लिबियाका लागि तत्कालिन अमेरिकन राजदूत क्रिष्टोफर स्टेभेन्स लगायत ४ जना अमेरिकन नागरिकहरु मारिए। एउटा मात्र अमेरिकन नागरिक मारिनुले पनि अमेरिकन राजनीतिमा अर्थ राख्छ। त्यसमाथि स्लामिक आतंककारीहरुबाट अमेरिकन नागरिक मारिनु राज्यको ठूलो कमजोरीका रुपमा हेर्ने गरिन्छ। जतिबेला लिवियामा ‘बेंगाजी’ आक्रमण भयो त्यो बेला हिलारी क्लिन्टन राष्ट्रपति ओबामाको पहिलो कार्यकाल अन्तर्गत ‘स्टेट सेक्रेटरी’का रुपमा कार्यरत थिइन्। त्यसैले यो घटनाको जवाफदेही क्लिन्टन हुनु पर्यो। सुरक्षामा ध्यान पुर्याउन नसकेको, आक्रमण लगत्तै सैनिक सहायता पुर्याउन नसकेको र मिडियामा हतारले ‘बेंगाजी’ घटनालाई जानकारी गराउन खोजेको जस्ता आरोपलाई डोनाल्ड ट्रम्पले ‘हिलारीले अमेरिकन सुरक्षा नीति फेल भइसकेको’ उदाहरणका रुपमा फेरि उठान गर्ने छन्। हिलारी क्लिन्टन ‘स्टेट सेक्रेटरी’ रहेकै बेला घरको सर्भरबाट कार्यालयको प्रयोजनका लागि इमेल प्रयोग गरेको स्क्याण्डललाई पनि ट्रम्पले उठाउने छन्। क्लिन चिट पाइसकेकी भए पनि यसलाई डिफेन्स गरेर राट्रपतिको निर्वाचनमा विजय हासिल गर्न मुश्किल पर्नेछ हिलारीलाई। आलोपालो राजनीति १९ औँ शताब्दीमा अमेरिकामा सक्रिय रहेको राजनीतिक पार्टी ‘विग’ले समालेको राष्ट्रपतिको तीन कार्यकाल बाहेक अहिलेसम्मको अमेरिकन राजनीति आलोपालो जस्तै गरेर चलेको छ। डेमोक्र्याट र रिपब्लिकनले चाहेर आलोपालो भएको होइन। एउटा कार्यकालमा रिपब्लिकनसँग मतदाताहरु तिक्तता बढाउँछन् र डेमोक्र्याटलाई विजयी बनाउँछन्। फेरि अर्को कार्यकालमा डेमोक्रयाटसँग तिक्तता बढ्छ र रिपब्लिकनलाई जिताउँछन्। हिलारी क्लिन्टनका पति बिल क्लिन्टन राष्ट्रपति हुनुभन्दा अगाडि रिपब्लिकनबाट जर्ज एच बुस राष्ट्रपति थिए। गल्फ र इराक युद्धबाट आजित अमेरिकी मतदाता परिवर्तन चाहन्थ्ये। एक कार्यकालमै जोर्ज एच बुस बाहिरिएपछि डेमोक्र्याटका तर्फवाट बिल क्लिन्टनको उदय भयो। दुर्इ कार्यकालपछि फेरि मतदाता जर्ज एच बुसका छोरा जर्ज डब्लु बुसतिर आकर्षित भए। उनको दुर्इ कार्यकालपछि पालो फेरि डेमोक्रयाटतिर मोडियो। राष्ट्रपति बाराक ओबामा दुबै कार्यकाल राष्ट्रपति विजयी भए। जसले जे सुकै भनुन् मतदाता फेरि परिवर्तन चाहन्छन्। अमेरिकन राजनीति यसैगरी चलेको छ। अमेरिकन मतदाताहरुले अँगाल्दै आएको आलो पालो नेतृत्वलाई विश्लेषण गर्ने हो भने, पालो रिपब्लिकनको हो। इमिग्रान्टको मताधिकार खोइ? अवैधानिक रुपमा बसेकाहरुलाई निकाल्ने जस्ता चर्को नाराले डोनाल्ड ट्रम्पको टिआरपी घटेको छ। पक्कै लाखौको संख्यामा रहेका अवैधानिकले डोनाल्ड ट्रम्पलाई मन पराउँदैनन्। तर, चर्को सुनिने उनीहरुको आवाजले बाहिरबाट हेर्दा हिलारीलाई फाइदा पुगेजस्तो देखिए पनि प्रत्यक्ष रुपमा फाइदा छैन। डोनाल्ड ट्रम्पलाई मन नपराउने र चर्को स्वरमा उफ्रिन खोज्नेहरुसँग ‘उफ्रिने अधिकार त छ तर मताधिकार छैन। राजनीतिमा ‘भोट डज म्याटर’। ग्रीन कार्ड भएकाहरुले मताधिकार प्रयोग गर्न पाउँदैनन् तर, चुनाव अभियानमा भाग लिन पाउँछन्। डोनाल्ड ट्रम्पको चर्को विरोधमा उत्रेका इमिग्रान्टहरुले मताधिकार प्रयोग गर्न नपाएपछि त्यसको फाइदा डोनाल्ड ट्रम्पलाई हुने नै भयो। डोनाल्ड ट्रम्प आफैंमा ‘परफेक्ट क्यान्डिडेट’ होइनन् तर, राष्ट्रपतिको निर्वाचनमा विजयी हुने सम्भावना भने उनकै छ।

cornelluniversity · Jun 12, 2016 5:11 PM · 13,303 views

3 Replies

Is that your perception? In my vision and perception, there is extremely slim chance for Donald "Dump". If he becomes president I can't even imagine where the country will head to? One thing is sure that many will have guns in their pocket. Hence, Mr. University dont' assume that Mr. Trump wiil be the next president. Note: I didn't read your entire content. I just read your heading. That was enough for me. Last edited: 12-Jun-16 07:43 PM

Nepalibhai · Jun 12, 2016 7:28 PM

कसतो तोरपे रैछ यो copy paste मात्र गरना आऊने...... अमेरीकाको news नी नेपाली मीडिया मा पड़ेर साझा मॉ आएरा copy paste गरेर दीक्क लगाउछः तोरपे

OBAMA · Jun 12, 2016 9:23 PM

I thought it's only me who hates " copy and paste."Welcome to the club. Last edited: 14-Jun-16 04:13 PM

magorkhe1 · Jun 13, 2016 8:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all