नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बेरोजगारी, अशिक्षा तथा गरिबीविरुद्ध लड्न समयसापेक्ष शिक्षाको आवश्यकता औँल्याउनुभएको छ ।चामुण्डा उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज जोरपाटीमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संसद्बाट हालै पारित शिक्षा ऐन सकारात्मक भए पनि अझै समयसापेक्ष हुन नसकेको बताउनुभयो ।“शैक्षिक योग्यताको प्रमाणपत्र पाएलगत्तै रोजगारी हासिल हुने शिक्षाको आवश्यकता छ, यसका लागि मुलुकलाई आदर्श नेता चाहिएको छ, त्यो समयसापेक्ष शिक्षाले मात्र पूरा गर्न सक्छ” – उहाँले भन्नुभयो ।सांसदहरु रामेश्वर फुयाँल, शेरबहादुर तामाङ र पेम्बा लामाले शैक्षिक जनशक्ति तयार गर्न चामुण्डा उच्च माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।सो समारोहमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वर्ण महोत्सवको अवसरमा प्रकाशित विशेष स्मारिकको विमोचन गर्नुभयो । विद्यालय स्थापना तथा सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो ।मरणोपरान्त सम्मानित हुनेमा पूर्व सांसद चक्रबहादुर ठकुरी र मणिराम चालिसेलगायत हुनुहुन्छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी दीपकसिंह भण्डारीले आफ्ना पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको स्मृतिमा नगद रु ५० हजार विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल तामाङ, प्राचार्य यादवप्रसाद पौडेल, सहप्राचार्य गुणराम आचार्य, जनसम्पर्क अधिकृत शत्रुध्नबहादुर सुवेदी, स्रोत व्यक्ति रामनारायण शाहले विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।विसं २०२४ मा स्थापना भएको चामुण्डा माविमा अहिले एक हजार आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
cornelluniversity · Jun 12, 2016 5:05 PM · 181 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion