विदेशबाट फर्केर सामूहिक तरकारी खेतीमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घरखर्च चलाउनसमेत मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै साहुसँग ऋण गरेर मलेसिया हानिएका मोरङ इटहरा–४ का दुर्गाप्रसाद गौतमले भनेजस्तो काम नपाएपछि दुई वर्षमै रित्तो हात नेपाल फर्किए ।सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता गाउँमा सौर्य पम्पिङ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध भएपछि घरखर्चको लागि अब कसैको भर पर्नु परेन । जिल्ला कृषि विकास कार्यालय मोरङले इटहरा–४ मा कृषि क्रान्ति कृषक समूह नै गठन गरेर तरकारी खेतीतर्फ आकर्षित भएका किसानलाई निःशूल्क सौर्य पम्पिङ प्रणाली उपलब्ध गराएको हो ।समूहमा आवद्ध दुर्गाप्रसादले आफ्नै घर नजिक करेला, लौका, च्याऊ, फर्सी, काँक्रा खेतीलगाएका छन् । विगत एक वर्षयता सब्जीखेती गर्दै आएका दुर्गाप्रसाद अब विदेश जाने कल्पनासमेत गर्न छाडेका छन् । सिँचाइका लागि सौर्य पम्प जडान गरेपछि दुर्गाप्रसाद जस्तै छिमेकी लक्ष्मीप्रसाद घिमिरे, विष्णु भट्टराई, छाँया घिमिरे, तुङ्गप्रसाद आचार्य, केदार घिमिरेलगायतको दैनिकी अहिले सब्जी खेतीमै बित्ने गरेको छ । गाउँको १९ घर परिवारले तरकारी खेती गरेर मासिक ४० देखि ५० हजार रुपयाँसम्म आर्जन गर्न थालेका छन् ।“पहिले आकासको पानीका भरमा खेती गरिन्थ्यो”, किसान लक्ष्मीप्रसाद घिमिरेले भने, “अहिले समूहका सबैले मौसमी र बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।” पम्पबाट तानेको पानीलाई पाइपमार्फत वितरणको व्यवस्था मिलाइएको बताउँदै उहाँले अन्य खेतीभन्दा सब्जी खेतीमा कम मेहनत पनि पर्ने गरेका कारण आकर्षित भएको बताउनु भयो ।अर्का किसान सिमा घिमिरेको बारीमा अहिले मनग्य करेला र लौँका फलेका छन् । उहाँले भन्नुभयो “पहिले पहिले विदेशमा रहेका श्रीमान्सँग घरखर्च माग्नुपर्ने बाध्यता थियो तर अहिले सब्जी खेतीबाटै घरखर्च मात्र होईन, छोराछोरीलाई स्कुल पढाउने खर्च पनि उठेको छ”। सब्जी खेती गरेरै घरपरिवार चलाउँदै आएका इटहराका किसानले विदेशमा गएर परिश्रम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउँदा पनि उत्तिकै आम्दानी हुने बताउँछन् ।इटहरा किसानले उत्पादन गरेको सब्जी दैनिक उर्लाबारी, पथरीलगायतका शहरसम्म बेच्न लैजाने गर्दछन् ।

cornelluniversity · Jun 12, 2016 5:03 PM · 303 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all