सडक कुकुरको सेवामा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सडक कुकुरको सेवामाचार वर्षअगाडि स्नेहा श्रेष्ठ, ३२, को आठमहिने फुच्चे कुकुरलाई कसैले विष खुवाएर मारिदियो । त्यसको पीडा उनले कसै गरी भुल्न सकिनन् र सडक कुकुर को स्याहारमा समर्पित भइन् । कुकुरलाई बिस्कुट/खाजा खुवाउने, घाइते/अपांगको उद्धार, स्याहार र उपचार गर्दै उनले तीन वर्ष बिताइसकेकी छन् । सुरुमा उनले केही कुकुरलाई आफ्नै खर्चमा केनल क्लबमा लगेर राखिदिने गर्थिन् । त्यसको खर्च हुन्थ्यो, प्रतिदिन २ सय ५० रुपियाँ । तर, अहिले कुकुरका लागि काठमाडौँको चोभारमा आफैँले वासस्थान बनाइदिएकी छन्, जहाँ ४३ वटा कुकुर छन् ।पेसाले उनी ट्राभल एजेन्ट हुन् । एक वर्षमा ६ महिना मात्र काम हुन्छ, बाँकी समय अलपत्र, घाइते र अपांग सडक कुकुरहरूको सेवा गर्छिन् । अहिले उनलाई दैनिक ५० भन्दा बढी कुकुर उद्धार गरिदिन फोन आउँछ । तर, पाँचदेखि १० वटा कुकुरको मात्र उद्धार गर्न सकिरहेकी छन् । शब्द/तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी(बाटोघाटो वा सार्वजनिक स्थानमा घाइते, अपांग वा अलपत्र अवस्थाको कुकुर देख्नुभएमा स्नेहालाई 9802008274 फोन वा  https://www.facebook.com/sneha... सम्पर्क गरी खबर गर्न सक्नुहुन्छ ।) http://nepal.ekantipur.com/new...

metta · Jun 10, 2016 6:41 PM · 11,420 views

2 Replies

I like these kind of news.

jerryswari · Jun 10, 2016 9:30 PM

Learning Humanity From Dogs Modern Love By PAULS TOUTONGHI JUNE 10, 2016 http://www.nytimes.com/2016/06...

metta · Jun 11, 2016 5:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all