दुर्गा खरेललाई हेरेर हैरान बनाउँछ काले केटाले काठमाडौं । ‘त्यो काले केटाले दुबई घुमाएर ल्यायो, अब युरोप लैजान्छु भन्दैछ ।’ अनलाइनखबरसंग कुरा गर्दै दुर्गा खरेलले भनिन् । ‘युग’ एल्बममा उनले गाएको काले काले केटाले… बोलको गीत अहिले सर्वाधिक चर्चाको विषय बनेको छ । स्वदेश एवं विदेशमा बसेका सबै खाले दर्शकले गीत मन पराइदिंदा दुर्गा दंग छिन् । उनी दुबईवाट फर्किएको धेरै दिन भएको छैन । युरोपवाट पनि निम्ता आइसकेको छ । युरोपमा दुई महिना भन्दा बढी बस्नु पर्ने भएकाले सम्झौता हुँन बाँकी रहेको उनको भनाई छ । दुर्गा भन्छिन् ‘काले केटाले धेरै चर्चा पायो, अचेल त जसले पनि त्यहि गीतको धेरै कुरा गर्छन् ।’ हुन त उनका स्वरमा सजिएका अरु पनि राम्र्रा गीत धेरै छन् । तर, चर्चा धेरै पाएको भने यहि गीतले हो । कसरि यो गीतले यति धेरै चर्चा पायो ? ‘खै मलाई पनि थाह भएन ।’ दुर्गाले भनिन् । ‘तपाईको गीत दामी लाग्यो’ भन्नेहरु भने दिनदिनै बढेका बढ्यै छन् । हरेक दिन उनको फेशबुकको म्यासेज बक्समा यस्तै सन्देश आएका हुन्छन् । धेरैले लेखेका हुन्छन् । ‘तपाईको गीत निकै राम्रो लाग्यो ।’ कतिले यसो पनि भन्दा रहेछन् ‘गीत पनि तपाई जस्तै राम्रो ।’ जे होस्, आफ्नो गीतलाई मन पराईदिएकोमा मख्ख छिन् उनी । ‘मैले अरु पनि राम्रो गीत गाएकी छु तर, यो गीतले जति चर्चा अरुले पाएको थिएन ।’ उनले भनिन् । गीतको कभर बनाएर युट्युवमा राखेको केही घण्टामै उनका फ्यान बढेका थिए । काले केटो भेटिएको छैन उनको पछिल्लो गीत तन्नेरी पुस्तालाई यसकारण पनि मन पर्छ । त्यहाँ सुन्दर केटीहरुलाई सताउने छट्टु काले केटाको कथा छ । अनि त्यहि कालेकेटालाई लाइन मार्ने सुन्दरी पनि । शब्द, संगीत र स्वरको तादम्यताले गीत रसिक बनेकोमा शंका छैन । तर, गीत जस्तै आफ्नो जीवन भने रसिक हुन नभ्याएको दुर्गाले बताइन् । ‘रियलमा पनि काले केटो त आयो होला नि ?’ दुर्गाले मुस्कुराउँदै भनिन् अँ ह आजसम्म भेटेको छैन ।’ रियाज, गीत रेकडिङ, स्टेज प्रस्तुति, कहिले काँही भिडियोको सुटिङ । यस्तो काम गर्दा काले केटाहरु प्रसस्तै भेटिन्छन् । तर, दुर्गाले भने मन खाने खालको भेटेकै छैनन् । भन्छिन् ‘मन चोर्ने खालको काले केटो देखेर मात्रै भेटिन्न जस्तो छ, लेखेकै हुनुपर्छ जस्तो लाग्छ ।’
_____ · Jun 4, 2016 9:48 AM · 2,233 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion