म कमै मान्छेलाई मात्र सार्वजनिक अनि औपचारिकरुपमा "जन्मदिनको शुभकामना" व्यक्त गर्दछु | आज मेरो रुचिमा परेका छन द्वन्द ब्यबस्थापनका बिज्ञ, अग्रगामी राजनैतिक चेतनाका सम्बाहक, लेखक तथा मेरा अनन्य मित्र अंग राज तिमिल्सिना | उनलाई निजिरुपमा भेट्न र चिन्न अघि म उनको बिष्लेशणात्मक लेखकीय कलाको "फ्यान" थिएँ | मातृभूमी नेपालमा राजनैतिकरुपमा कालो दिनको आरम्भपछि हाम्रो भेट न्युयोर्क सहरमा भयो | उनि विचारले खुलेर नेपाली कांग्रेसको समाजवादको समर्थन गर्थे (गर्छन) तर व्यक्तिको स्तुतीगान गरेर त्यहाँ र यहाँ उनि कहिल्यै रमाएनन | जे देख्यो त्यो बोल्ने अनि लेख्ने अजंगको स्वाधीन चेतना अनि ताकत छ अंगराजसंग | उनको त्यो भीमकाय स्वरुपको स्तरीय लेख पढे पछि मेरो मनमा अंगराजको बारेमा अलि फरक खाले परिकल्पना आएको थियो | उनि अजंगको भीमकाय शारीरिक स्वरूप अनि आयतन भएको हामी भन्दा अगाडीको पुस्ताको मान्छे हुनुपर्छ | जब प्रत्यक्ष भेट भयो म झस्किएँ | उनि त छरितो अनि पातलो शरीर भएको म भन्दा पनि कम उमेरका मान्छे पो रहेछन | पछि भेटघाटमा म सँधै उनलाई जिस्क्याउँथे "अंगराजजी तपाईको शरीर हेर्दा त तपाईको नाम अंगराज नहुनु पर्ने हो |" उ खिस्स हाँसेर पन्छिन्थे | राज्य अनि राष्ट्रमा हुनुपर्ने समावेशिता अनि अन्तरिक लोकतन्त्रमा उनको बिश्वास छ | श्रमजीवी वर्गको आन्दोलन अनि सामाजिक अग्रगमनको मुद्दामा उनको निजि रुचि पनि छ | त्यसैले होला सायद अमेरिकी प्राईमरीको क्रममा उनको सद्भाव प्रगतिशील उम्मेदवार बर्नी सान्डर्स प्रति रह्यो | उनीसंग मेरो निजि सामाजिकस्वरूपको अग्रगामी एकता अनि एक्क्यबध्द्ता आफ्नो ठाउँमा छँदैछ, त्यो भन्दा पर अर्को सुखद संयोग पनि छ उनीसंग- अंगराज तिमिल्सिना ह्वाईट हिमाल टेलिभिजनका प्रशारण भईरहेको कार्यक्रम सम्प्रेषणको पहिलो पाहुना हुन् | सन २०१२ को फेब्रुअरीमा मैले उनीसंग बिश्व राजनीति, नेपालको दोश्रो जनआन्दोलन, अरब स्प्रिंग अनि वाल स्ट्रिट मुभमेन्टको बारेमा अन्तरंग वार्तालाप गरेको थिएँ | यी र यस्तै घटनाक्रममा गर्विला पात्र अनि सहि र साँचो अर्थको प्रगतिशील तथा अनन्य मित्र डा. अंगराज तिमिल्सिनालाई सम्प्रेषण परिवार अनि मेरो निजितर्फबाट मनभरिको शुभकामना व्यक्त गर्दछु
shivanatarajan · Jun 1, 2016 6:24 PM · 124 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion