पंचायती एकदलीय शासनताका पन्चहरु भन्ने गर्थे "सबै नेपाली पन्च अनि सबै पन्च नेपाली" अहिले अमेरिकामा "सबै प्रवासी कबि अनि सबै कवि प्रवासी" हुने सम्भावना ह्वात्तै बढेर गएको छ | संख्यात्मकरुपमा सहभागिता बढेपछि नै गुणात्मक सिर्जना हुने सम्भावना प्रबल हुन्छ | यसो हुनु असाध्य राम्रो हो तर मौकामा चौका हानेर जीवनकालमा एक पटक कबि पनि बनिहाल्ने रहर अनि लालच गर्नेहरुले कमसेकम निबन्ध, कथा, नियात्रा र कबिता बिचको तात्विक भिन्नता चाँही बुझ्न जरुरी छ | दुनिया अब फास्ट ट्रयाकमा गईसक्यो तर यी नयाँ आसु कबिहरु चाँही चार पाँच पेज लामो कथा पढेर "कविता बाचन" गर्छन बा! न्युयोर्कमा यो दशक कबिता त धेरै सुनियो तर हरेक कवि गोष्टीहरुमा म चाँही "टुक्रे कबि" बिनोद रोकाको चार लाईनको टुक्रे कबिता बाचन बिनाको कवि गोष्टी अथवा समारोह अधुरो अनि अपुरो भएको महसुस गर्छु |
shivanatarajan · Jun 1, 2016 6:22 PM · 164 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion