Jun 1, 2016- A leopard that entered a private house compound in Kuleshwor height, Kathmandu on Wednesday morning after jumping from another adjoining house has been subdued by forest officials. The big cat was confined inside a house belonging to Chhetra Bahadur Shrestha, according to DSP Hem Bahadur Thapa, chief of Kalimati Police Circle. A technical team from the Central Zoo from Jawalakhel along with authorities from the District Forest Office, Kathmandu, and police personnel reached the scene and tranquilised the big cat. “We got the information about the signting of a leopard inside a house at around 7 am. The leopard had been moving from one house to another and is now hiding under some shade inside the compound,” he said. “We asked the people to stay at a secure distance.” Earlier, a leopard was spotted inside a house at Kirtipur on January 22. The house owner had informed police after the leopard entered the house. Another leopard was spotted at New Baneshwor on January 9. A team of veterinarian from Jawalakhel Zoo had taken the leopard under control and transported it to the zoo. Photos by Angad Dhakal Published: 01-06-2016 11:45 http://bit.ly/1RLBFFi
cybernepali · Jun 1, 2016 10:28 AM · 20,590 views
manche le ghar chyap chyapti banayepachi k garun bichara janawar haru le. hami dimag wala haru ko pani yo sansar ma kehi kaam chaina..
bhetghat · Jun 1, 2016 10:34 AM
धन्न हराम्बेलाइ जस्तो गोलि हानेर मारेनछ ! बिचारा हराम्बेलाइ मारेको कुरामा मलाई अहिले सम्म रिस उठिराको छ ! उसले त् त्यो बच्चालाइ झन् प्रोटेक्ट गरिराको थियो ! उसलाई मार्नुपर्ने अवस्था नै थिएँन ! त्यो कुलंगारनी आमाले आफ्नो बच्चालाइ राम्ररी सम्हालेको भए एउटा निर्दोष जन्तुको प्राण जाने थिएँन !
Nas · Jun 1, 2016 10:46 AM
Exactly Nas,samething came in my mind. Nepal justo desh ma ta khasai Animal lai harm nagari kana capture garna sakyo bhane yaha chai bichara nirdosh animal lai bekar ma marera. Negligence kale parents haru lai karbai garnu parne..chor haru
gone12 · Jun 1, 2016 12:21 PM
Where did the leopard show up from in the city?
funtush · Jun 1, 2016 1:13 PM
चितुवा नै समातेको त छैन तर आफू पशु डाक्टर भएकोले यस्ता कुरामा अलिक रुचि राख्छु। माथि सबैजसोले भन्नु भएजस्तै पशुलाई मार्नु नै पर्ने अवस्था कमै मात्र आउँछ। "Nepal justo desh ma ta khasai Animal lai harm nagari kana capture garna sakyo bhane" भन्नु भा रहेछ, यसरी जङ्गली जनावर समात्ने प्रविधि दशकौ अघि देखि छ हाम्रोमा। विदेशको जस्तो गतिलो नभएपनि धेरै राम्रो अनुभवी र आँट भएको टीम भएकोले अहिलेसम्म अवस्था त्यति नराम्रो छैन। गैडा translocation देखि अन्य धेरै गतिला काम भएका छन् नेपालमा। 'धुर्वे हात्ती' नभेटिएर मार्न नसकेको भनेर समाचारमा आए पनि खासमा मार्न नखोजिएको हो; सुझबुझ छ नेपालामा बन्यजन्तुतिर काम गर्नेहरूमाझ। यही चितुवाको कुरो: हाम्रा महान नेपाली जनतालाइ हेर्नुस, फोटोमा पनि देखिन्छ; सप्पै गोलो लागेर हेरेका छन. नेपालको भीडमा जानुभएको सम्झना होला तपाईंहरूलाई पनि. यति धेरै हल्ला हुन्छ कि, डाक्टर-टेक्निसियन ले सल्लाह गर्न समेत सक्दैनन्; इसाराको भरमा काम गर्नु पर्छ। फेरी त्यस्तोमा पनि नेता निस्किन्छ, अझै ठुलो बिज्ञ पनि निस्किन्छ कहिले त। यताबाट dart हान, उताबाट नाहान, उता नजा...अब हान.. के हेरेर बसेको?,,,उनीहरूको खटन हुन्छ। अनि अर्को बास्तविक जन्तु भनेको पत्रकार भनिनेहरू। जनताले त जसोतसो प्रहरीलाई टेरेपनी पत्रकारले त पुलिसलाइ टेर्ने कुरो भएन। जनावरलाइ सुरक्षित तरिकाले गाडीसम्म लान पनि दिदैनन। फोटो चाहिएको छ सबैलाई, त्यो पनि एङ्गल एङ्गल बाट. हतार हतार गाडिमा भएको खोरमा नपुर्याए एनेस्थेसिया सकिएर जुरुक्क उठ्ला भन्ने पीर। बिचरा चितुवा पनि शान्त बातावरण नभए झन् बिच्किन्छ। एक पटक माथिमा फोटोमा भएकै टेक्निसियनलाइ नराम्रो घाइते पारेको थियो चितुवाले, उनको पटक्कै गल्ति थिएन, पछाडी सुरक्षित ठाउँ छोडिदिनुस भन्दै अगाडि के बढेका थिए, पत्रकारको भिड अगाडि बढीहाल्यो, बिचरा बाच्न चाहिं बाचे। कोटेश्वर तिर हो जस्तो लाग्छ। साधारण श्रोतको भरमा, दिन रात झरी नभनी हज्जारौ जनावर, सर्प इत्यादी समातेर जनताको ज्यान जोगाएका यी घर्ती दाइलाइ देखेर यिनिजत्तिको हुन पाए हुन्थ्यो भन्ने सपना पनि थियो कुनै बेला। Last edited: 01-Jun-16 02:32 PM
_ · Jun 1, 2016 2:31 PM
yeah some of areas I really appreciate what Nepali are doing. बन्यजन्तु को कर्मचारी एंड नेपाल त्रफ्फिक प्रहरी , सिंहदरबार को चोक मा बसेर एउटा हवल्दार ले पुरा काठमाडौँ को RUSH HOUR कन्ट्रोल गर्छ , यहाँ एउटा लोकल स्ट्रीट को चर्च को त्रफ्फिक कन्ट्रोल गर्न ६ जना pOLICE लै धौ धौ परेको देख्छु..
gone12 · Jun 1, 2016 3:13 PM
घर्तीलाई शंका छ- काठमाडौंमा मानिसहरुले चितुवा पालेका छन् http://setopati.com/samaj/4772... काठमाडौं शहरमा बेला बेला चितुवा पस्छ। चितुवा पसेको घरमा मानिसको भीड लाग्छ। कोही हेर्छन्, कोही चितुवालाई जिस्काउँछन्। कोही डराउँछन्। तर, सुरक्षित तवरले चितुवालाई पक्रने र जंगल पुर्याउने शहरमा एउटा मात्र मान्छे छन्, राधाकृष्ण घर्ती। ललितपुर गोदावरीका घर्ती जावलाखेल चिडियाखानाका भेटनरियन हुन्। जागिरका २९ वर्षमा उनले काठमाडौं शहर छिरेका करिब पाँच दर्जन चितुवा समातेका छन्। तीमध्ये केहीलाई पर्सा र चितवन पठाएका छन् भने धेरैलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा छोडेका छन्। रामपुर क्याम्पसबाट आइएसी एजी एनिमल साइन्स पढेका घर्तीले २०४४ सालमा सदर चिडिया खानामा नायब प्राविधिक सहायकका रूपमा स्थायी जागिरमा छिरेका हुन्। ‘त्यहाँभन्दा अघि त्रिपुरेश्वरको अफिसमा अस्थायी थिएँ,’ उनले भने ‘अहिले यहाँ सुब्बा सरहको पद हो मेरो।’ उनले चितुवा कसरी समात्ने भन्ने कहीँ पढेको छैनन्, अहिलेसम्म अनुभवका आधारमा काम गरिरहेका छन्। ‘सानोतिनो तालिम भने पनि लिएको छु’ उनले भने ‘भारत र बेलायतमा पनि तालिम लिएँ। तर धेरै कुरा त काम गरेर नै सिकियो।’ सुरूमा त उनलाई पनि डर लाग्थ्यो चितुवा समात्न। ‘पछिपछि अनुभव बढ्दै गयो, काम पनि सिकियो,’ घर्तीले भने ‘अचेल त सजिलै लाग्छ।’ घर्तीलाई चितुवा समाउन सहयोग गर्छन्, विश्वनाथ रिजाल। रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्छन्। प्रकृति संरक्षण कोषमा जनावरसम्बन्धी काम गर्ने रिजाल घर्तीलाई चितुवा समाउनु पर्दा सघाउन आउँछन्। घर्ती र रिजाललाई लाग्छ–अझै पनि धेरै मान्छेलाई चितुवा, बाघ र बन बिरालो बीचको फरक थाहा छैन। फरक मात्र होइन चितुवा किन शहर पस्छ र शहर पसेपछि के गर्नुपर्छ भन्ने पनि मेसो छैन। चितुवा र बाघमा के फरक छ? चितुवा र बाघ ठूला बिराला प्रजातिका जनावर हुन्। धेरै मानिसले चितुवालाई देख्दा पनि बाघ नै भन्ठाछन्। यिनीहरुमा छालाको रङ फरक हुन्छ, चितुवाको शरीरमा थोप्ला थोप्ला हुन्छ भने बाघको टाटा परेको हुन्छ। बाघ चितुवाभन्दा ठूलो हुन्छ। पहाडी र हिमाली भेगमा चितुवा बस्छ भने बाघ तराईमा बस्छ। चितुवा किन शहर पस्छ? मुख्य कारण हामीले उसको बासस्थान हडप्नु नै हो। बनजंगल मासिएपछि चितुवा गाउँ पस्छन्। अर्को कुरा आहार पनि हो। बिरामी वा बुढो भएपछि चितुवाले मृग मार्न सक्दैन। बरू कुकुर मार्न सजिलो हुने भएकाले चितुवा शहर पस्छ। पछिल्लो अध्ययनले के देखाएको छ भने चितुवाको स्वादमा पनि फरक आएको छ। पहिला मृग मन पराउने चितुवा अचेल कुकुर र बाख्राको स्वाद मन पराउन थालेका छन्। त्यसको कारण मृगको भन्दा बाख्रा र कुकुरको मासुको स्वाद नुनिलो हुन्छ। एक पटक कुकुर वा बाख्राको मासु खाएपछि त्यही स्वादको आहारका लागि चितुवा शहर पस्छ। शहर पसेर भुस्याहा कुकुरलाई आहारा बनाउँछ। शहरमा मानिसले चितुवा पालेको आशंका चितुवा किन सुकुम्बासी टोलमा आउँदैन? किन धनी मान्छेको घरमा मात्र भेटिन्छ? घर्तीका अनुसार मैतीदेवीमा ध्वाँसे चितुवा फेला पर्नु, बौद्धमा चितुवा फेला पर्नुले स्वाभाविक रुपमा शंका जन्माउँछ कि शहरमा कोहीले चितुवा पनि पाल्छन्। बानेश्वर र कुलेश्वरमा भेटिएको चितुवामा फरक छ। बीच शहरमा भेटिने चितुवामा जंगलमा बस्ने चितुवाको जस्तो गन्ध पनि आउँदैन। केही मान्छेले सानो चितुवा पालेको हुन्छन्। ठूलो भएपछि खाना खुवाउन पनि गाह्रो हुन्छ। बन्यजन्तु राख्नु हुन्न भन्ने डरले पनि छोडेका हुन सक्छन् भन्ने शंका छ तर यसको आधिकारिक पुष्टि छैन। घर्ति भन्छन्, ‘कीर्तिपुरमा चितुवा भेटिनु स्वभाविक हो तर बानेश्वरमा चितुवा भेटिनु अस्वभाविक हो।’ चितुवा कसरी समातिन्छ? पहिला चितुवा हो कि होइन भन्ने पत्ता लगाउनु पर्छ। हो भने त्यसको तौल कति हो आँकलन गरिन्छ। अनुभवका आधारमा घर्ती हेरेरै चितुवाको तौल अनुमान गर्न सक्छन्। बेहोस बनाउन डाइलाइटिन र केटालिन औषधि हाल्नुपर्छ। यो औषधि जर्मनी, बेलायत र अमेरिकाबाट मात्र आउँछ। केटालिन प्रतिकेजी २ एमजी र डाइलाइटी प्रति केजी ३ एमजी मिलाएर हाल्नुपर्छ। ५० किलोको चितुवा भए १.५ एमएल केटालिन र २ एमएल डाइलाइटिन हाल्न पर्छ। सिरिन्ज दुई वटा हुन्छन्, एउटामा औषधी हुन्छ, अर्कोमा हावा हुन्छ। सामान्य सिरिञ्जभन्दा यो सिरिञ्ज फरक हुन्छ। त्यो सिरिञ्जलाई टेल इन्जिट गनमा राखेर टार्गेट मिलाएर चितुवाको पछाडिको फिलामा हान्नुपर्छ। पहिला पहिला औषधी हान्ने कुरा पर्दाको पाइप जस्तो हुन्थ्यो। त्यसमा औषधीको सिरिञ्ज फिट गरेर टार्गेट बनाएर फुक्नु पथ्र्यो। ठ्याक्कै सनहाई बजाए जसरी। तर अचेल आधुनिक गन आएका छन्। औषधी हानेको ५ देखि ७ मिनेटमा चितुवा बेहोस हुन्छ। सिरिन्ज हानेपछि चितुवालाई चल्न दिनु हुँदैन। औषधी दिएको चितुवा हिँड्यो भने १० मिनेटमा औषधीले काम नगर्न सक्छ। औषधी हालेपछि बेहोस भएको छ कि छैन भनेर कान चलाइन्छ। कान चलाउँदा बेहोस नभएको भए प्रतिक्रिया दिन्छ। भएको भए चलाउँदैन। चुप लागेर बस्छ। अनि भित्र गएर कालो कपडाले मुख छोपिन्छ। मुख छोपेपछि बोकेर रेक्स्यू गाडीको केजमा हालेर गन्तब्यमा लगिन्छ। सानो गल्तीले गर्दा कहिलेकाँही चितुवा बेहोस नहुन सक्छ। २०७० जेठ ४ गते कपनको एक घरमा बसेको चितुवालाई पनि घर्तीको टोलीले औषधी हान्यो तर सिरिञ्ज चितुवाको फिलामा लाग्नासाथ कसैले टिनमा बेस्सरी ढुंगाले हान्यो र करायो। शान्त बस्नुपर्ने चितुवा बौरियो र बाहिर निस्कन खोज्यो। सबैजना भित्र पसिहालेँ। बाहिर थिए घर्ती। उनैलाई झम्टियो चितुवाले। २६ वर्षसम्म धेरै चितुवालाई समातेका उनको त्यो दिन चितुवासँग घम्साघम्सी पर्यो। उनी रक्ताम्य भएर चितुवासँग लडिरहे। करिब १० मिनेटको लडाईँपछि चितुवाको मुख च्याप समातेर बसे। हतियारसहितका प्रहरीले चितुवालाई गोली हाने। तर निशाना लाएनन्। चितुवा भाग्यो पछि फेरि गोली हानेर मारियो। ‘चितुवा त्यसरी मार्न हुँदैन थियो,’ घर्ती भन्छन्, ‘हाम्रै गल्तीले चितुवा बिच्केको हो, उसको गल्ती होइन।’ कसैको घरमा चितुवा आयो भने के गर्ने त? चितुवा राति चर्ने र दिउँसो सुत्ने जनावर हो। शिकारको खोजीमा शहर पस्छ। तर धेरै उज्यालो भएपछि ऊ अलमलिन्छ। अनि जहाँ सजिलो, गोप्य ठाउँ जस्तैः ट्वाइलेट, बन्द कोठा, भर्याङ मुनि बस्छ। उसलाई कुनै बाधा नपुर्याउने हो भने रात परेपछि ऊ आफ्नै ठाउँमा जान्छ। चितुवादेखि डराउनु पर्दैन। तर उसलाई 'डिस्ट्रब' भने गर्नुहुन्न। जंगली जनावर आएपछि हान्ने, जिस्काउने, घाइते बनाउने गर्ने हुन्न। घर्ती भन्छन्–नजिकको प्रहरीलाई खबर गर्ने, घरलाई सिल गरिदिने, बाहिरको मान्छेलाई जान नदिने, उसलाई शान्तसँग बस्न दिने। त्यति गर्यो भने चितुवालाई सहज हुन्छ। उसले केही हानि गर्दैन। सदर चिडियाखानामा घर्ती र उनका एक जना साथी मात्र छन्, चितुवा समात्न सक्ने। चितुवालाई बेहोस बनाउने औषधी चिडियाखानामा मात्र छ। यस्ता प्राविधिक बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पनि छन्। ‘सर हुनुभएन भने त काठमाडौंमा पसेको चितुवा कसैले समाउन सक्दैन,’ रिजालले घर्तीतिर हेर्दै भने। घर्ती हाँसे। उनीहरुको कामको वेवास्ता र अबमूल्यन गरेकोमा घर्ती र रिजालको गुनासो छ। चितुवा शहर पस्ला कि भनेर डराउनुको साटो प्रविधिको प्रयोग गर्नुपर्ने बताउछन रिजाल। उनले भने ‘रेडियो कोलरिङ प्रविधिमार्फत् चितुवा शहर पसेको थाहा पाउन सकिन्छ,' उनले भने 'काठमाडौंमा त्यो आवश्यक भैसक्यो तर सरकारको त्यस तर्फा ध्यान गएको छैन।’ ‘चितुवा आउँदा सबै जम्मा हुन्छन्। हल्लाखल्ला हुन्छ। अर्को दिन सबैले बिर्सन्छन्, अहिलेसम्म भएको त्यही छ,’ घर्तीले भने ‘चितुवा समाउन जाने काम चिडियाखानाको होइन र पनि हामी जान्छौं तर हामीलाई प्रोत्साहन छैन।’ कुनै ठाउँमा चितुवा पस्यो भन्ने खबर पाएको सुन्नासाथ १५ मिनेटमा पुग्ने टिम तयार राख्नु आवश्यक छ जस्तो लाग्छ उनलाई। ‘हाम्रोमा त आदेश पर्खदापर्खदै घण्टौं बित्छ’ घर्तीले भने, ‘बुधबार कुलेश्वरमा चुतुवा पसेको सात घण्टापछि आउने भन्दै स्थानीय रिसाएका थिए।’ आफू पछि यो काम कसले गर्छ? त्यसको तयारी सरकारले नगरेकोमा पनि उनलाई पीर छ। ‘हामी तीन जना थियौं। एक जना रिटायर्ड भइसक्नु भयो। म र अर्को साथी पनि रिटायर्ड हुने बेला भइसकेको छ। हामी पछि को आउने हो भन्ने त सरकारले बेलैमा सोच्नु पर्यो नि’ उनले भने। तस्बिरः भरतबन्धु थापा/नारायण महर्जन प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७३ १०:५०:५०
_ · Jun 3, 2016 10:22 AM
त्यो हराम्बेको मुख देखेर कता कता उसलाई देख्या जस्तो लाग्यो, नास ब्रो!
magdadela · Jun 3, 2016 11:45 AM
हा हा हा ! माग्दादेला ब्रो ! ब्रोको सटिक "वान लाइनर" गयो ! हा हा !
Nas · Jun 3, 2016 12:10 PM
It has happened to myself. I'd not blame the parents, rather I'd say it was a bad luck. The ape was not trying to protect the baby towards the end. It was actually trying to enjoy the play. Although the world has said the gorilla was protecting the kid, I'd disagree. The action of the gorilla reminded me of monkeys' behavior. I grew up in Pashupati area I used to watch them closely. Monkeys are very intelligent, if they like, they hug each other. They very carefully take care of their kids. As they transport their kids, they can jump from roof to roof, tree to tree and still make sure the babies are not hurt a little bit. They never drag their live kids... NEVER. I've seen cases where dogs and monkeys are kept as pets. The monkeys, being more intelligent, teased the dogs all the time. To the point they hated each other, although they lived together. The monkeys always dragged the dogs' puppies. In the particular video, the ape tried to hide the kid initially, then dragged the kid to the middle. Then after a few seconds, it made the kid stand up and looked at its back. You may think I have a dirty mind, but for sure the monkey was checking out the kid's sex organ ... 100%. Finding no ape-like structure, the ape gave up the idea of sex and because it was excited, it dragged him again. Now, the ape is killed, but I think it was a bad luck. If the monkey had not been killed, the end result would have been an injured kid, at best. And for this reason, i say the zoo keepers knew what they were doing. Don't believe me? I'm a living proof. I still have two scars from a monkey bite when I was bitten by a frightened monkey when I was just about 4. The monkey in my case was being chased by a soldier in Gaucharan area (Shlesmantak ban near Pashupati) and because the monkey was frightened, and I was going to the airport to watch the plane in a group of about 10, the monkey came towards my cousin sister, she was bigger than me she managed to get out of the way. But me, being too young, could not defend myself. The monkey bit me and blood was all over me. The soldier took me home from there. Now if someone bluntly asks me is it OK to kill animals? No, and that too I'm saying ... I've been bitten by a monkey, two dogs and two snakes. Still I love all kinds of animals.
magdadela · Jun 3, 2016 3:32 PM
माग्दादेला ब्रो ! त्यो पशुपतिको खाते बाँदरहरु सार्है अग्रेसिभ हुन्छन ! ब्रो एक्स्पर्टहरुको अनुसार हराम्बे अग्रेसिभ थिएँन रे त्यो बच्चा प्रति ! “The Silverback would’ve understood that it was a defenseless, small child,” Professor Gisela Kaplan, from the University of New England, explained. “They would not normally attack, they are not an aggressive wild species [and] in the wild, I’m certain the boy wouldn’t have been killed. If he was going to attack, he would’ve warned him first. The first thing they do is charge and beat their chests, and as far as I know, that didn’t happen.” http://hollywoodlife.com/2016/... तर यो भिडियोमा हराम्बेले त्यो बच्चालाइ ड्रयाग गरेको देख्दा चै अलिक मेरो माइन्ड अलिक चेन्ज भो ! https://www.youtube.com/watch?... तर १९९६ मा पनि एउटा बच्चा खस्दा चै गोरिलाले बचाको हो ब्रो ! https://www.youtube.com/watch?...
Nas · Jun 3, 2016 7:58 PM
प्रसङ्ग हराम्बे को. Many people have not watched the full video available and jumped into conclusion that the kid was safe with Harambe. Some even joked that the kid was more protected and cared by Harambe than his careless mother. Well, if you see the two mins clip on its entirety you will see Harambe dragging the kid through shallow water. This could be a play or protection in eyes of a Gorilla but it is very dangerous for a human kid. We don't see what happens after he drags the kid to a corner, but according to the eye witness interviewed by CNN, there was enough reason to assume that the kid wouldn't be safe with the Gorilla. Was it the Gorilla's fault. If anybody, he is the least guilty here. But he happened to be in wrong place wrong time. Very unfortunate but they did what was necessary. For once let's trust the expert on this one.
BadhiJanne · Jun 3, 2016 10:33 PM
Kukur le tokeko chai I know in KTM regions but leopard le bite gareko chai naya nai hune hola.....hariyo ban Nepal ko dhan I think.
Alias_ · Jun 4, 2016 12:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion