आखिर के हो मेरो पहिचान ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैले तपाईं लाई मर्सिया, भैया, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू , काले, धोती, भेले आदि भनेर रंगभेद र दुर्व्यवहार गर्छ भने त्यो तपाइको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छे को संक्रिण सोचाई र कमजोरी हो । कुनै जमाना मा हाम्रै देश नेपालमा मनु मखु, मर्स्या ख:, अर्थात् ‘मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो । आज आएर यहि देश मा मधिसे मूलका डा राम बरण यादव प्रथम रास्ट्रपति बन्नु भयो, भोली जो कुनै पनी रास्ट्रपति बन्न सक्छ । म मधेसमा जन्मे । कालो छु, कसैको नाक थेप्चो छ, कसैको नाक चुच्चो छ, कसैको आँखा चिम्सो छ, कसैले ट ट गरेर बोल्छ । कालो बर्ण, चुच्चे नाक, थेप्चो नाक, चिम्सो आँखा त प्लासटिक सर्जरी गरेर परिबर्तन होला तर तपाइको विचार, सोच र शैली लाई के गर्ने ? नेपालमा अहिले १२५ भन्दा धेरै जनजाति छन् भने करिब १ सय १० भन्दा बढी भाषाभाषी छन्। अनेकतामा एकता र एकतामा अनेकता नै नेपालीको विशेषता हो । हाम्रो देश बहुसंस्कृतिको धनी देश मानिन्छ जसको मिश्रणले नेपाली संस्कृति बनेको छ। पहिचानका लागि लड्ने हो भने म त मिथिला बासी हुँ । सबै तराई बासी मिथिला होइनन । आधा भन्दा बढी मिथिला बासी इंडिया मा छन् । अब भन्नुहोस म मेरो पहिचान को लागि नेपाल संग लंडू वा इंडिया संग लंडू? पहिचान कै लागि संघर्ष गर्ने हो भने त मेरो पहिचान मिथिला र मैथिलीबाट मात्रै झल्किन्छ, अरूबाट झल्किँदैन । त्यसैले भाषा, संस्कृति, रहनसहन, धर्म, सामाजिक सम्बन्ध लाई राजनीतिक रंग दिनहुदैन । जातीय विभेदी मानसिकताको अशोभनीय चिन्तन लाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, समाजिक दोन्द बढाउछ , देश शक्तिहीन बनाउछ । केही निहित स्वार्थ का लागि देश तथा जनता को बली नचडाउ । नेपाली भन्न सिक्नु भन्दा स्वाभिमानी नेपाली बन्न सिकौ । अब हामी ले हिड्ने बाटो लामो छ, उकालो छ, अपठ्यारो छ, अत्यासलाग्दो छ तर हामी सबै मिलेर हिड्ने हो भने एक दिन गन्तब्य मा पुग्न अबश्य सफल भइन्छ । Last edited: 31-May-16 09:25 AM

yadavanu · May 31, 2016 9:24 AM · 23,891 views

19 Replies

वेदर चेन्ज भएर होला, फेरी आइ यहाँ खोक्न. वाना बी सेलिब्रिटी.

BondJamesBond · May 31, 2016 9:29 AM

Guys, everyone's free to express their opinions without being subjected to unfair name calling. Let's promote positivity so everyone is encouraged to express their opinion without being attacked without any provocation.

ne0 · May 31, 2016 9:52 AM

Guys, everyone's free to express their opinions without being subjected to unfair name calling. Let's promote positivity so everyone is encouraged to express their opinion without being attacked without any provocation.

ne0 · May 31, 2016 9:52 AM

"म मधेसमा जन्मे । कालो छु" काली भएनी सार्है हिस्सी परेकी हुनुहुन्छ है हजुर !

Nas · May 31, 2016 10:11 AM

काली भएनी सार्है हिस्सी परेकी हुनुहुन्छ है हजुर हजुर त काली तर राम्री काली हो , बिपासा बसु जस्तो राम्री काली

Punter · May 31, 2016 10:35 AM

Please read this blog by someone posted several years ago: http://rohinishukra.blogspot.c... मैले उत्तर नपाएको जातीयताको प्रश्न आज मलाई धेरै समयदेखि खड्किएको जातीयताको सवालबारे लेख्दै छु। जातीयताबारे थुप्रै बहस, भाषण भएका छन्, थुप्रै लेखहरू लेखिएका छन्, कति कार्यक्रमहरू भएका छन्। थुप्रै विद्वान्हरूले आ-आफ्ना विचारहरू राखेका छन्, र थुप्रै नविन र नवोदितहरूलाई यही विषयले स्थापित नायक समेत बनाइदिएको छ। तर मलाई सधै "म कुन जातिको हो?" भन्ने खड्किरह्यो र कुरिराखें कोही विद्वान्ले पक्कै प्रष्ट पार्नेछन्। तर अहँ, कतै आएन। नयाँ संविधान बनाउने चर्चा छ र यसमा जातीयतालाई प्राथमिकता दिनुपर्छ भन्ने सशक्त आवाज यत्रतत्र छ। तर जनताहरूलाई जातिका कित्तामा कसरी छुट्टाउने भन्नेबारे कत्तिको गम्भीर बनिएको छ? कस्तो आधारले वर्गीकरण गर्ने हो? कतिवटा जाति कायम गर्ने हो? जनतालाई नागरिकता दिंदा त्यसैमा जाति खुलाउने हो कि, पासपोर्टमा खुलाउने हो कि, जन्म दर्ता प्रमाणपत्रमै जाति खुलाएर दिने हो कि? प्रमाणपत्र जे दिए पनि गाँठी कुरो- हराउन लागेको जातीयता फेरि एकपटक मजबुत पारेर हरेक नागरिकलाई "तँ यो जातको, तँ त्यो जातको" भन्ने टीका लगाइने होला। नयाँ जन्मिनेहरूलाई त ती बिकल्प होलान्, अनि हामीजस्ता पहिल्यै नागरिकता लिएकाहरूलाई के चिनारी दिने हो? के हामीले प्रशासन कार्यालय आदिमा गई यस्तो पहिचान पत्र लिनुपर्ने वा पाइने हो? अनि हामीलाई "यो यो जातको" भनेर कसी लाउने आधार के हुने हो? बोलीचालीकै आधारमा जस्तो हलुका परिभाषा दिने हो भने के त्यो कानुनी हुन्छ? संसार बैज्ञानिक युगमा प्रवेश गरेको छ, हामी पनि त्यसैलाई पछ्याउँदै जीन-डिएनए परीक्षणलाई आधार बनाउने हो कि? कि हाम्रै पुरानो प्रचलनको पञ्च भेलाजस्तै कुनै सभा गठन गर्ने र उसैको तजबिजीमा निर्णय गर्ने हो? यदाकदा संभावना देखाइने गरेको "भाषा" लाई आधार मान्न त पक्कै मिल्ने छैन। त्यसो हो भने त सायद हिन्दी बोल्ने सबै भारतीय हुने होलान्, अंग्रेजी बोल्ने सबै बेलायती हुने होलान्। फेरि भाषा त जुन जातको बन्न मन लाग्यो त्यो मन लागेर सिक्यो भने केही महिनामै सिक्न पनि संभव छ। धेरै भाषा जान्नेको हकमा पनि कुरो गहन हुने होला। फेरि उदाहरणको लागि- कतिपय अहिले नेवार मानिनेलाई नेवारी आउँदैन, तिनीहरूले पनि संकट पैदा गर्ने होलान्। मानौँ, मलाई वरपरकाले क्षत्री भन्छन् तर मैले मगर हूँ भन्ने दाबी गरेँ भने त्यो कुराको फैसला कसले कसरी गर्ला? अहिले मालपोत कार्यालय बाहिर लेखनदास बसेर जग्गाको लेखापढी गरेजस्तै संभवत: जाति, थर, गोत्र, भाषा आदिको व्यापार चम्कने हो? त्यस्तो व्यवस्थामा सायद दुई फरक जातिबीचको बिवाहलाई प्रतिबन्ध लगाइन्छ कि, के हुन्छ? मानौँ, नेवार भनिएको नागरिकले तामाङ भनिने नागरिकसित बिहे गर्यो भने उनीहरूको बच्चा के जातको हुने हो? नारी पुरूष समानताको कुरा गर्ने हो भने कुनै एक जात दिन पक्कै मिल्ने छैन। फेरि त्यो ‌संतानले नेवारसित बिहे गरेर जन्मेको तेस्रो वंशको बच्चा के जातको हुने हो? नेवार नभई बाहुनसितै बिहे गरेर जन्मेको अवस्थामा बच्चाको जात के हुने हो? यसरी पहिलो पुस्तामा के-के हुने, दोस्रो पुस्तामा के-के हुने, तेस्रो पुस्तामा के-के हुने भनी कानुन बनाउनु पक्कै पनि साह्रै गाह्रो विषय हुने होला। डि एन ए परीक्षण गर्ने हो कि, पञ्च भेला डाक्ने कि के गर्ने? संभवत यो सरकारको कार्यक्रम विपरित हुने हुँदा यस्तो कार्यलाई अवैधानिक घोषणा गरी दुवैलाई कारबाही गर्ने व्यवस्था हुने हो कि? तत् पश्चात् बिहेमा जात जातिको विषय सबैभन्दा महत्वपूर्ण हुने भयो। जाति जातिबीच लक्ष्मणरेखा नै कोरिने भयो। नागरिक नागरिक समान हुन् भन्ने कुराको त अवशेष पनि बाँकि नरहने भयो। जातिहरूबीचको परस्पर संबन्धमा न्युनीकरण आई शुन्यप्राय: हुने भयो। आइन्दा हुने बिहेवारी त कानुले बर्जित गर्न सक्ने भयो, तर भइसकेकाको हकमा के नियम लागू हुने हो? अन्तरजातीय भनिने बिहे भई जन्मेका बच्चा के जातका हुने हुन्? दोस्रो पुस्तामा पनि अन्तरजातीय बिहे भएको भए नाति पुस्ता के जातका हुने हुन्? पनाति पुस्ता?--- कुरो त्यतिमै सीमित छैन। थुप्रै नेपालीले विदेशीसित बिहे गरेका छन्, कति विदेशीहरू नेपाली नागरिक भएका पनि छन्। तिनीहरूलाई कुन जाति दिइने हो? जातिअनुसार अधिकार बाँडिने भएपछि ठूलो र सानो पनि पक्कै बन्ने छन्। त्यस्तो दर्जामा ती विदेशी कुन दर्जामा रहने हुन्? माथि दुई जातिको बिहेमा भनिएजस्तै नयाँ संविधानमा विदेशीसित बिहे गर्न पनि प्रतिबन्ध लगाउनु पर्ने हो कि? मानवअधिकारका कुरा भइरहेको परिवेशमा, विश्व रंगभेद नीतिविरुद्ध लम्केको घडीमा, समावेशिताको आवाज उठिरहेको बखतमा के जातीयताको यो विषय सरासर उल्टो प्रतीत हुँदैन? अझ आश्चर्य त के भने "समावेशी" शब्दकै खिल्ली उड्ने गरी नितान्त उल्टो लाग्ने निर्णयहरू पो भइरहेछन्। हालै आएको एउटा नमुनाले भन्दै थियो, सेनालाई समावेशी बनाउन सेनामा एउटा छुट्टै मदेशी गण बनाउने रे। ए बाबा, समावेशी भनेको त मिसावट गर्ने भनेको होला नि, छुट्टै बनाउने भनेको त "समावेशी"को विपरितार्थक शब्द हो। के हामीले समावेशी भनेर "शुद्ध वा विभाजित" भन्न खोजेको हो? यदि त्यसो हो भने शब्द फेर्नु उपयुक्त हुन्छ।  मेरो आग्रह छ, मैले माथि उठाएको विषय धेरैलाई शुरुमा मन पर्ने छैन, तर कृपया: विषय गम्भीर छ, गम्भीरतापूर्वक विचार गर्नुहोला। मेरो विचारमा जातीयताको विषय पूर्णत: निरर्थक र वाहियात हो। बरू हामी सबैले थर फेरेर सबैले "नेपाल" थर लेख्ने संवैधानिक व्यवस्था गर्नु समानता र समावेशिताको हिसाबले श्रेयष्कर हुन सक्छ। होइन मेरो बुझाइमा कमजोरी देख्नु हुन्छ र संवैधानिक हिसाबले नै यकिन गरी "यो जातको" भन्ने आधार छ भने मलाई पनि जानकारी दिनुहोला। बखेडा विवाद भने खोजेको होइन। पछि पछुतो नहोस्, धन्यवाद।

_ · May 31, 2016 11:04 AM

हामीले मान्छे भएर बाच्न जानेनौ , हामि लाई मान्छे भएर पुगेन, त्यो भन्दा बढी केहि हुन पर्यो समस्या तेही हो . अनसार मा कोहि पर्फेक्ट छैन, जुन देश मा पनि एक प्रकार को मान्छे ले अर्को प्रकार को मान्छे लाई होच्याउने , हेप्ने गरिन्छ, खालि घटी बडी मात्र हो. नकारात्मक विचार भएको मान्छे हरु संसार को सबै ठाम मा हुन्छन खाली तिनीहरु डोमिनेन्ट छन कि छैनन् भन्ने कुरा मात्र हेर्ने हो. नकारात्मक विचार भएको मान्छे हरु लाई समाज मा डोमिनेन्ट हुन दिन हुन्न. तेस्को लागि कानुन बनौन पर्छ. अमेरिका मा बस्ने लाई थाहा छ अमेरिका मा पनि टन्न जातिवादी मान्छे छन् , प्रहरी ले एक प्रकार का मान्छे लाई दुखः दिन्छ नेपाल मा पनि भेद भाब छ, त्यो कानुनी रुप मा हुन हुन्न, सामाजिक रुप मा भएको लाई निरुस्तहित गर्न पर्छ. सांस्कृतिक कारण ले पनि कतिपय भेद भाब छ, संस्कृति भन्ने ठुलो हो भन्ने हटाई दिएपछि त्यो भेद भाब हट्छ. नेपाल को समस्या के हो भने छिमेकी देश हरु ले आफ्नो स्वार्थ को लागि हाम्रो सांस्कृतिक बिबिधता लाई प्रयोग गरि रहेछन, नेपाली नेता हरु तेश्मा रमाई रहेछन . मानब शोभाब को कारण ले पूर्ण तय भेदभाब रहित समाज को सिर्जना गर्नु सम्भब छैन. त्यो त स्वोप्निल समाज मात्र हो (dream society, ideal society). सत्य युग मा त्यो थियो भनिन्छ तर तेस्तो सत्य युग पनि टिकेन, राम राज्य मा बाघ र बाख्रा ले संगै पानि खान्थे भनिन्छ तर त्यो राम राज्य पनि टिकेन. discrimination मान्छे को डि एन ए मा नै छ जस्तो छ . समाज परिबर्तान्शील छ भन्छन. नेपाल को एउटा समस्या परिबर्तन लाई स्वीकार गर्न नसक्नु पनि हो, अथवा आफु परिबर्तन भएर पनि हजार वर्षा पुराना संस्कृति को लागि झगडा गर्न नछोड्नु कमजोरी हो चाहिने भन्दा नचाहिने कुरा को लागि हामि बढी आन्दोलन गर्छौ. घर मा छोरा छोरी आफ्नो भाषा बोल्दैनन (जुन भाषा ले उसलाई केहि दिदैन त्यो भाषा बोलेर के गर्ने), हालिवोड़ को फिल्म हेर्छन, अमेरिकी फेसन मन परौछन बाउ संस्कृति को लागि अनुसन बस्छ तेसो भएपछी केहि हुदैन. हामि लाई अहिले बिजुली चाहिएको छ, दालभात चाहिएको छ, पानि चाहिएको छ तेश को लागि आन्दोलन गर्ने कि नगर्ने. बिजुली दालभात र पानि जुन भाषा बोल्ने ले दिएपनि, जुन रंग को मान्छे ले दिएपनि जुन भौगोलिक क्षेत्र को मन्छे ले दिएपनि हुन्छ जे भएपनि हामी लाई मान्छे भएर पुगेको छैन, हामीले मान्छे भएर बाच्न जानेका छैनौ हामि लाई तेसो गर्न पर्छ भन्ने पनि थाहा छैन लेख्दै जानुस , ब्यबहार मा उत्रादै जानुस बहस सुरु गर्न गारो छ, तर बहस सुरु गने , सकारात्मक बहस गर्ने गर्दा समाज मा नकारात्मक विचार हरु को कमि आउछ

_____ · May 31, 2016 11:04 AM

" बिपासा बसु जस्तो राम्री काली " हो नि पुन्तर ब्रो ! हाम्री प्यारी रास्ट्रपति पुत्री ... त् साँची नै हिरोइन हुन् लाएकको हुनु हुन्छ ! कति सारो राम्री हुनुहुन्छ ! उहाको त्यो मिठो मुस्कानले तराईबासिलाइ मात्र नभई हाम्रो यो पहाडी मनलाइ नि तेतिकै भुत्तुक्क पार्छ नि हौ गाँठे !

Nas · May 31, 2016 11:13 AM

JamesBond, What's wrong with you. She has rights to express her views as you are doing everyday here is Sajha. Problem is not weather, problem is in your attitude. Probably, she is in wrong place to express the views.

NepaliBhai · May 31, 2016 11:16 AM

उपनिषदमा भएका ज्ञान गुनका कुरा आज भोलि कसैलाई सुन्ने फुर्सद छैन अनि व्यर्थको जातिभेदमा उल्झेर समय खेर फाल्छन. "आखिर के हो मेरो पहिचान ?" (अनु जी को प्रश्न) उपनिषदमा चार सरल शब्दमा स्पस्टसंग उल्लेख गरिएको छ तपाइको अस्ली पहिचान: १) तत् त्वम् असि (Thou Art That) २) अहम् ब्रह्मास्मी ( I am Absolute or the pure Awareness) ३) अयम आत्मा ब्रह्म (This Atman is Absolute) ४) प्रज्ञानम ब्रह्म (Consciousness is Absolute) मन भन्दा माथि शाक्षी चैतन्य छ जुन हाम्रो असली पहिचान हो. मैथली, नेपाली, मधेसी, नेवार, ब्रामण, क्षत्रिय, इत्यादी, सब आत्मामा गरिएका कल्पना हुन् जसको कुनै अस्तित्व नै छैन. समुद्रका छालहरू विभिन्न प्रकारका हुन्छन. कोहि ठुला छाल हुन्छन, कोहि साना छाल हुन्छन तर यी छालहरूको असली स्वरूप समुद्र नै हो. समुद्र बिना यी छालहरुको कुनै अस्तित्व नै रहदैन. त्यसै गरि, हाम्रो असली स्वरूप भनेको अनन्त आकाश रुपी सुद्ध चेतना हो जुन आफैमा निर्गुण छ. जसरी एक आकाश छ, तेसरी नै एक चेतना छ. विभिन्न किसिमका प्राणी एवं विभिन्न जात-जाति केवल एस चेतनाका छायाँ हुन्. छायाँको कुनै अस्तित्व हुदैन. सुन बाट विभिन्न प्रकारका गहनाहरु बनाउन सकिन्छ. कोहि हातमा लगाइन्छ भने कोहि गलामा. हातमा लगाइने गहनको पहिचान गलामा लगाइने गहना भन्दा छुट्टै हुन्छ तर यी सब गहनाहरु केवल सुन हुन्. सुन बिना यी गहनाको कुनै अस्तित्व नै रहदैन. तेसैगरी आत्मा बिना कुनै प्राणीको अस्तित्व नै रहदैन. जब अनन्त आत्मामा संकल्प आयो, ब्रह्माण्डको उत्पत्ति भयो तर ब्रह्माण्ड केवल एक छायाँ हो ! एस ब्रह्माण्डमा हुने सारा नाटक एउटा स्वप्न संसार जस्तै हो. ईशा वास्यं इदं सर्वं = All this is pervaded by that one divine supreme.

ujl · May 31, 2016 11:46 AM

WTF ?? Who the f**k will listen to your wack ass उपनिषद ? You ain't know about the culture, you ain't know nothing about rapping हिन्दु श्लोक in Sanskrit bohy.

Burga-Flippa · May 31, 2016 3:03 PM

खोइ तिम्रो पहिचान के हो तिमिनै भनिदेउ. नेवारनी सम्म चाहि बनौन सक्छु!

magdadela · May 31, 2016 3:22 PM

अनिता यादव जी ले राम्रो कुरा उठाउनु भयो ! आखिर के हो हाम्रो पहिचान ! को होउ हामि ? हामि किन सदै एउटा ठाउँ , एउटा जात एउटा धर्म को परिधि बाट उठ्न सक्दैनौ ! अनि हामि आफै भन्छौ देस बिकास भएन , देस ले प्रगति गरेन ! सन्दर्भ न्यु योर्क मा मनाइएको नेपाल दे परेड को हो ! आइतबार छुटी नै हुने हुना ले मा पनि येसो तेता तिर लागेको थिए ! र सयाद छुट्टि नभए पनि म जान्थे होला किन कि त्यो नेपाल को लागि थियो ! तर तेहा माहोल अर्कै थियो ! एमाले को जनसम्पर्क समिति ले आयोजना गरेको भएर कांग्रेस लगाएत अरु पार्टी ले बहिस्कार गरेका थिए ! अनि सुरु भयो जात जाति ठाउ बिबेस का सहभागी हरु को रमिता , एउटा देस मा धेरै किसिम का भेस भूसा हुन्छन , कला संस्कृति हुन्छन त्यो नराम्रो हैन ! तर तेस्लाई छुट्टा छुट्टै पार्टी संस्था को नाम दिएर तेहा जानु गलत थियो ! तेह नेवारी थिए , मधेसी थिए , म्याग्दी का थिए , अझ अमेरिका बसेर अमेरिकन भै सकेका बाल्टिमोर बासि थिए तर नेपाली चै थोरै औला मा गन्न लाएक थिए ! आयोजक ले पहिले भन्न पार्थि तेसरी जाति बिसेस झण्डा बोकेर आउने हैन भनेर , अर्को कुरो हरेक पार्टी का संस्था का कार्यकर्ता हरु तिनी हरु को भिड मा गएर नाची रहेका थिए , यो कसै संग आबध नभई नेपाली भएर तेहा गएका थिए ति सबै पर बसेर रमिता हेर्दै थिए ! त्यो लाज मर्दो परिस्थिथि हो ! हुन त न्यु योर्क मा त्यो सबै नया कुरा हैनन् , येह ५० थरि जात ठाउ का ५० संस्था होलान , हुनु एक किसिम ले राम्रो पनि हो , भोलि गारो सरो पर्दा काम लाग्ने तिनै दाजु भै हो ! तर भोलि कोइ नेपाली लाइ गारो सारो पर्दा कसले को कुन पार्टी को भनेर सोध्ला कि भन्ने पो डर छ अब ! म एक पटक एमाले को भेला मा गएको थिए , एउटा न्यु योर्क का एमाले का जान्ने सुन्ने नेता ले मलाई भाइ तिमि येह बसे पछि एउटा न एउटा संस्था मा मिल्न चै पर्छ नत्र भोलि तिम्लाई गारो पर्दा कसले हेर्छ रे ! म एक छिन सोच मग्न भए , के म भोलि कुनै संस्था मा सहभागी भैएन अनि म येह कुनै दुख मा फसे भने मलाई नेपाली भनेर सहयोग कसैले नगर्लान त् ! कि मलाई पैले यो कुन ठाउँ को कुन जात को कुन पार्टी को भनेर खोजि नीति गरेर सहयोग गर्लान ! त्यो दिन देखि मैले कुनै पनि पार्टी , संग संस्था को कार्येक्रम मा जानै छोडिए ! म नगएर तिनी हरु को कार्येक्रम मा की असर पक्कै गर्दैन किन कि येह पनि नेपाल मा झैँ चाकरी गर्ने चम्चे हरु को कमि छैन ! हाम्रो देस लाइ येस्तै समूह , पार्टी , जात जाति को विभाजन ले खायो र त्यो येह परदेस सम्म आई पुगेको छ ! हुन त नानि देखि लागेको बानि कसरि जाने ! आस छ कुनै दिन हामि कुनै समूह भन्दा माथि उठेर आफ्नो देस को पहिचान बोकेर उभिने छौ जय नेपाल

instagram · May 31, 2016 5:22 PM

कसैले तपाईं लाई मर्सिया, भैया, भोटे, टुप्पी, टपरी बाजे, ज्यापू , काले, धोती, भेले आदि भनेर रंगभेद र दुर्व्यवहार गर्छ भने त्यो तपाइको समस्या होइन त्यो त सोच्ने र भन्ने मान्छे को संक्रिण सोचाई र कमजोरी हो । thik vannu vo tara yo pani tha vo nepali le gaali garna vedhbhav rakhdainan ni . not just one community was targeted haina ta ?  कुनै जमाना मा हाम्रै देश नेपालमा मनु मखु, मर्स्या ख:, अर्थात् ‘मान्छे हैन, मधिसे हो भन्ने गरिन्थ्यो । this was not due to discrimination/ racist in mind but that time Kathmandu used to have very few crimes and there used to be lot of incident where indians (bihar and UP)  kidnapping childrens ( bali / slavary etc purpose) were so that all kathmandu dwellers were terrified  hence the saying. kathmandu people refer madhise to whom arrived from india not from terai. Calling Madhise from tarai - put it it blame on regional parties and few leaders.. mashesis could be in  Tarai but there is no madhesh in Tarai.   पहिचानका लागि लड्ने हो भने म त मिथिला बासी हुँ । सबै तराई बासी मिथिला होइनन । आधा भन्दा बढी मिथिला बासी इंडिया मा छन् । अब भन्नुहोस म मेरो पहिचान को लागि नेपाल संग लंडू वा इंडिया संग लंडू? you fight where your bigger stake is right? but is it possible? you will be bulgeon to army like in northeast india.   if you want stake in nepal of course it is possible since we are build with 125 varieties.  rest-- discrimination is, was everywhere in world. it is rampant in educated world comparing to uneducated Nepal if you follow thoroughly . 

controversial · Jun 1, 2016 8:31 AM

यो पहाडी मनलाइ नि तेतिकै भुत्तुक्क पार्छ नि हौ गाँठे ! म त भुतूकै भै सके हाम्री प्यारी रास्ट्रपति पुत्री देखेर आहा कति राम्री!!! तपाई को अव को टार्गेट रास्ट्रपति पुत्री हो नाज ब्रो ल तेसो भए मेरी प्रियंका लै अव आखा लाउने कोहि नि भएन ! म त खुसि भए!!!

Punter · Jun 1, 2016 8:46 AM

"तपाई को अव को टार्गेट रास्ट्रपति पुत्री हो नाज ब्रो" पुन्तर ब्रो, रास्ट्रपति पुत्री मलाई सार्है मन पर्छ ! तर यो हाम्रो आत्मियेता, अध्यात्मिक टाइपको.... स्पिरिचुअल लभ हो पुन्तर ब्रो ! मेरी प्यारी प्रियाँकाजीसंगचै मलाई एक दम सेन्सुअल लभ परेको हो पुन्तर ब्रो ! तेसैले त्यो दुइ खालि लभमा धेरै भिन्नता छ, पुन्तर ब्रो !

Nas · Jun 1, 2016 10:38 AM

तेसैले त्यो दुइ खालि लभमा धेरै भिन्नता छ, पुन्तर ब्रो ! मलाई चै प्रियंका जी लै गाला मा गया गर्यो भने कुन चै लोव हुन्छ नाज ब्रो यो दीपक बोका को जस्तै

Punter · Jun 1, 2016 10:44 AM

तपाईको मेरो जस्तो "त्रु लभ" परेको होइन पुन्तर ब्रो ! क्षणिक "लस्ट" मात्र हो ! खाली काम-वासना मात्र जागेको हो पुन्तर ब्रो ...मेरी प्यारी प्रियाँकाजीको मोहिणी रुप देख्नु भएर ! अहा... हाम्री राष्ट्रपति पुत्री !!

Nas · Jun 1, 2016 5:19 PM

क्षणिक "लस्ट" मात्र हो ! खाली काम-वासना मात्र जागेको हो पुन्तर ब्रो के यो केरा जस्तो कुरा गर्नु भाको हजुर ले नाज ब्रो सन् २००५ देखि म मेरी मायालु लै माया गर्दिए आको छु जब कि त्यो बेला तपाई को केरा मा कपाल पनि पलाको थिएन होला साएद म मेरी मन कि रानी प्रियंका लै भित्र मन देखि माया गर्छु ब्रो अनि माया म अलि अलि काम-वासना त हुनु परि हाल्यो नि नत्र भने मेरी प्रियंका को काले को केरा खोगना गइ हालचा नि आजकल नेपाली हरु संग संग लगेर हैरान छन् नाज ब्रो कालो केरा खाएर धत् के भाको हो यो नेपाली केटि हरु लै!!!!

punter · Jun 2, 2016 6:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all