पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर आजदेखि कैलाश विकास बैंक लिमिटेड बनी एकीकृत कारोबार सुरु गरेका छन् । तीन वित्तीय संस्था गाभिएपछि बैंकको पुँजी एक अर्ब ५८ करोड रुपैयाँ, जगेडा कोष ७६ करोड पाँच लाख रुपैयाँ, निक्षेप १४ अर्ब ३३ करोड रुपैयाँ, कर्जा लगानी १३ अर्ब २१ करोेड रुपैयाँ पुगेको छ भने शाखा संख्या ३८ रहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले तीनवटा वित्तीय संस्थाको एकीकृत कारोबारको शुभारम्भ तथा पोखराको न्युरोडमा निर्माण सम्पन्न कैलाश विकास बैंक लिको नवनिर्मित भवनको आज एक कार्यक्रमकबीच उद्घाटन गर्दै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगी उद्यमशीलता गरेर मालिक बन्न सबै नेपालीसँग आग्रह गरे । अहिले पनि देशका ६० प्रतिशत जनता बैंकको पहुँचमा पुग्न नसकेका र उनीहरुले घरमै पैसा राख्ने गरेको जानकारी दिँदै उनले सबैजसोले देश बिग्रियो, खतम भयो अब यहाँ केही अवसर छैन भनेर नकारात्मक सोच मात्रै राख्ने र आफ्ना छोराछोरीलाई खाडी मुलुक र मलेसिया पठाउने गरेको बताए । बैंक तथा वित्तीय संस्थामा आपूmले कमाएको पैसा जम्मा गर्ने, उद्योगधन्दा गर्न ऋण लिने अवसर हुँदाहुँदै नबुझीकन सबै नेपाली अवसरबाट वञ्चित भएको धारणा राख्दै गभर्नर डा नेपालले नेपाल राष्ट्र बैंकले ;अहिले वित्तीय साक्षरताको पहुँच हरेक नेपालीमा पु¥याउन कार्यक्रम गर्न लागेको जानकारी दिए । बैंक तथा वित्तीय संस्था गाभिँदै गए पुँजीको आकार बढ्ने र वित्तीय संस्थाको लगानी गर्ने क्षमता पनि बढ्ने बताउँंदै उनले पैसाको महत्व बुझी व्यवसाय गरेर समृद्धि बन्न सबैसँग आग्रह गरे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकको पुँजी वृद्धि गरी उनीहरुलाई सबल र सक्षम बनाएको धारणा राखे । नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक चिरञ्जीवी चापागाईंले गण्डकी र धौलागिरि अञ्चलमा रहेका बैंक तथा वित्तीय संस्थाबाट हाल १३४ अर्ब रुपैयाँ निक्षेप संकलन र ६७ अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी गराए । कैलाल विकास बैंक लि. सञ्चालक समितिका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा भएको सो समारोहमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सचिव राजेन्द्र पण्डित, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, डेभलपमेन्ट बैंक र एसोसिएसनका सचिव गोविन्द ढकाल र बैंकका सञ्चालक नारायण बराल लगायतले आफ्नजो धारणा राखेका थिए -
shivanatarajan · May 30, 2016 1:18 PM · 5,180 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion