१५ दिनमा एकपटक धारामा पानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको अभाव बढेपछि ट्याङ्करको पानी प्रयोग गर्न बाध्य भएका छन् । खानेपानीको मुहान सुकेपछि तानसेनमा पानीको हाहाकार सिर्जना भएपछि ट्याङ्करबाट पानी किनेर प्रयोग गर्दै आएका हुन् । मुहान सुकेपछि १५ दिनमा एकपटक धारामा खानेपानी आउने गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले यसवर्ष ट्याङ्करको पानी प्रतिलिटर एक रुपैयाँमा खरिद गर्न बाध्य भएका हुन् । सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढेपछि पानीे खरिद गरेर नै उपयोग गरेको स्थानीयवासीको भनाइ छ । तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको अभाव रहेको छ । तानसेन उपभोक्ता समितिले अहिले पाँच लाख लिटरमात्र आपूर्ति गरिरहेको छ । पानीको जोहो गर्न नसक्दा उपभोक्ता समिति यतिबेला समस्यामा परेको छ । यो वर्ष पानीको मुहान सुकेपछि ग्रामीण भेगमा समेत ट्याङ्करको पानी प्रतिलिटर दुई रुपियाँमा किनेर प्रयोग गरेको बराङ्दीका स्थानीय बासिन्दा सरस्वती बस्यालले बताए । मुहानमै पानी सुके पनि जडित सबै पम्पबाट पानी आउन सक्ने अवस्था नरहेको र अहिले सातवटा पम्पबाट मात्र पानी आइरहेको तानसेन उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताउनुभयो । खानेपानीको चरम अभाव हुँदा यहाँका सरकारी कार्यालयमा समेत पिउन र शौचालयमा प्रयोग गर्न पानीको अभाव भएको छ । खानेपानीको समस्या बढेपछि तानसेनका गृहणी, विद्यार्थी र कर्मचारीलाई पानीको जोहो गर्न कठिनाइ भइरहेको छ । - 

shivanatarajan · May 30, 2016 1:15 PM · 3,529 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all