विदेशबाट आयात हुने मदिराको भन्सार शुल्क ३३ प्रतिशतसम्मले बढेको छ। बढेको भन्सार शुल्क आज आइतबारबाटै लागू भएको छ। भन्सार विभागका अनुसार ह्विस्की, ब्राण्डी, रममा प्रतिलिटर १२ सय रुपैयाँबाट ३ सय रुपैयाँ बढ्दै १५ सय रुपैयाँ भन्सार शुल्क निर्धारण भएको छ। नयाँ निर्धारण भएको भन्सार शुल्क बृद्धिदर २५ प्रतिशत हो। भन्सार शुल्कसँगै नयाँ मूल्यमै १३ प्रतिशत भ्याट लागू हुने विभागका महानिर्देशक शिशिर ढुंगानाले सेतोपाटीलाई बताए। त्यस्तै विदेशबाट आयात गरिने बियरमा यसअघि लिइँदै आएको प्रतिलिटर १ सय २५ रुपैयाँ भन्सार शुल्कलाई ३२ प्रतिशतले बृद्धि गरी १ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ। वाइनमा यसअघि लिइँदै आएको प्रतिलिटर १ सय ८० रुपैयाँ भन्सार शुल्कलाई ३३ प्रतिशत बढीले बृद्धि गर्दै २ सय ४० रुपैयाँ निर्धारण भएको ढुंगानाले बताए। उनका अनुसार नयाँ भन्सार शुल्क बजेट घोषणा भएको भोलिपल्टबाटै लागू हुने गरेको छ। यो व्यवस्था भन्सार ऐनमै स्पष्ट उल्लेख भएकाले आजबाटै भन्सार कार्यालयहरुले नयाँ शुल्क लिन थालेका छन्। त्यस्तै आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माका अनुसार मदिरा र सुर्तिजन्य बस्तुमा अन्तःशुल्क ८ देखि १५ प्रतिशतसम्म बृद्धि भएको छ। मूल्य तोकिएका पदार्थको दस्तुर भने बृद्धि भएको छैन। आन्तरिक राजश्व विभाग नयाँ अन्तःशुल्क शुल्क लागू गर्ने अन्तिम तयारीमा छ।
cornelluniversity · May 29, 2016 5:58 PM · 6,947 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion