तरकारी मान्छे ! लुगाहरु छर्पस्ट हुन्छन्, मोजा जर्जर्र्राउछ झुठो भांडाको रोदन अर्को, फोहोरले गन्दै जान्छ, म सोच्छु, साला मान्छे, मान्छेबाट बिस्तारै तरकारी बन्दै जान्छ ! गर्नु पर्ने कुरा बिर्सदै जाँदा, आलस्यले छोपेर ल्याउंछ सुतु सुतु लग्ने मुतु मुतु लग्ने बासी डस्ननामा सारा दिन लुकु लुकु लग्ने जीउ गल्दै जान्छ मस्तिस्क भन्दै जान्छ, सोच्छु, मान्छे, मान्छेबाट तरकारी बन्दै जान्छ | किन जीउने ? हाँस्न अल्छि लाग्छ, बाँच्न अल्छि लाग्छ, रूने, कराउने मृत्युदेखी झन् अल्छि लाग्छ | जिन्दगी अोइलाउंदै गैरहेको छ पहेलो देख्छु सुकेको छ कुन बेला गनाउने हो, खुर्केर कती दिन चलाऊने ? पखालेर कती दिन चलाऊने ? जन्मियो, हुर्कियो एत्रो जीवन ठण्डै भयो हेर्दा हेर्दै आखिर तरकारी बन्दै गयो !! Last edited: 25-May-16 10:50 PM Last edited: 25-May-16 10:53 PM
jhaukiri · May 25, 2016 10:47 PM · 19,021 views
साला सरकारी मान्छे हुन सकिएन... आफू पनि हेर्दा हेर्दै तरकारी मान्छे भइएछ यार .. गजबको कविता गयो झ्याउँकिरी ...
Geology Tiger · May 26, 2016 6:30 AM
hahaha sahi ho dai..
jhaukiri · May 26, 2016 8:05 PM
रोचक सृजना.
ujl · May 26, 2016 8:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion