WTF..!!?? WTF .!!? Never heard of this.. can't believe this still exists somehow. ;( धर्मको आडमा धूर्त पण्डितहरूले कसरी आफ्नो नि:शुल्क वेश्यागमनको अधिकारलाई सुनिश्चित गर्न सफल भएका छन् भन्ने कुरा पद्म पुराणको सृष्टि खण्ड अध्याय २३ मा उल्लिखित ‘प्रत्येक आइतबारका दिन वेश्याहरूले पुराण जान्ने पण्डितहरूलाई बोलाई बिनाशुल्क सम्भोग गर्न लगाए मृत्युपर्यन्त यस्ता वेश्याहरूले वैकुण्ठमा राज गर्न पाउँछन्’ भन्ने वाक्यले प्रस्ट पार्छ । http://kantipur.ekantipur.com/... I don't mean to hurt any religious beliefs. Plz read the article and make up ur mind. No offence!
nozzs · May 24, 2016 9:09 PM · 35,617 views
धर्मको खोलभित्र यौनशोषण कहिलेसम्म ? - रामेश्वरी पन्त, काठमाडौं देउकीको रूपमा पुजारी र पहुँचवालाहरूका यौनदासी बन्न विवश कैयौं महिला पटक—पटक मर्दै बाँचिरहेका छन्, आज पनि । जेष्ठ १२, २०७३- बैतडी जिल्लाको मेलौली लगायत विभिन्न शक्तिपीठमा अझै पनि कन्या चढाउने र चढाइएका कन्यालाई पुजारी लगायतले साझा भोग्या बनाउने ‘देउकी’ प्रथा कायमै रहेको सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ । भनिन्छ, जीवनसाग मृत्यु जोडिए जस्तै धर्मसँग पाप पनि जोडिएर आएको हुन्छ । मानिसले जब धर्मको कुरा गर्छ, त्यहाँ पापको कुरा पनि हुन्छ । दुनियाँमा पाप जन्म्यो र त धर्म जन्माइयो । अपराध जन्म्यो र त न्याय जन्माइयो । दुनियाँका प्राय: हरेक अपराधीलाई न्यायको कठघरामा उभ्याउन सकिएला, तर धर्मको नाममा धर्मकै खोलभित्र हुने अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याउन सजिलो छैन । धर्मको नाममा हुने अपराधबाट पीडित भने मुख्यत: निर्दोष महिला र बालिका नै हुने गरेका छन् । यस लेखमा धर्मसँग जोडिएर आएको ‘देउकी’ परम्परा र धर्मकै नाममा महिलामाथि हुने यौन शोषणको चर्चा गर्ने प्रयास गरिएको छ । चौधौं शताब्दीमा डोटीका राजा नागी मल्लले सुरु गरेको ‘मन्दिरमा कन्या चढाउने’ परम्पराले आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि सुदूर पश्चिमका बैतडी, डोटी लगायतका केही जिल्लाका शक्तिपीठमा निरन्तरता पाइरहेको छ । डोटी राज्यमा कलेराको महामारी फैलिएपछि ‘राजाले आफ्नी छोरी मन्दिरमा चढाए महामारी शान्त हुनेछ’ भनी पुजारीले भनेपछि राजा नागी मल्लले आफ्नी छोरी डोटीको केदार मन्दिरमा चढाएका थिए र यसले पछि गएर धार्मिक परम्पराको रूप लिँदै गएर आफ्ना मनोकांक्षा पूर्तिका लागि यो मन्दिर लगायत शक्तिपीठहरूमा कन्या चढाइने गरेको बारे खोज—अनुसन्धान गरेकी छन्, पत्रकार देवकी विष्टले । जुन परम्परालाई ‘देउकी प्रथा’ भनिन्छ । आफ्नो नाम ‘देवकी’लाई बिगारेर साथीहरूले ‘देउकी’ वा गालीको भाषामा ‘देउकेनी’ भनेको पीडामा मलमपट्टी गर्न उनले देउकीबारे खोज—अध्ययन गर्दै एउटा वृत्तचित्र नै तयार गरिन्– ‘देउकी इन सर्च अफ देवी ।’ चौधौं शताब्दीबाट सुरु भएको ‘देउकी प्रथा’ आजसम्म पनि इतिहासमा सीमित हुनसकेको छैन र पश्चिमका शक्तिपीठहरूमा उच्च वर्ग र पैसावालहरूले कन्या किनेर गोप्य रूपले चढाउने रहेछन् । जसरी आफ्नो भाकल पुरा गर्न राँगा, बोका, परेवा आदि पशुलाई मन्दिरमा चढाइन्छ वा बलि दिइन्छ, त्यसरी नै यहाँका मन्दिरमा कन्या किनेर चढाइन्छ । यसरी चढाइने कन्यालाई ‘देवी’ वा ‘देउकन्या’ भनिने र उनीहरूले आजीवन विवाह गर्न र घरजम गर्न नपाउने परम्परा रहेको र यही परम्परा पछि गएर ‘देउकी’ भएको रहेछ । मन्दिरमा ‘देवी’का रूपमा चढाइएका कन्याहरू केवल देवी भएर रहन वा पुजिन पाएनन् । समाजका सम्भ्रान्तहरू, पाखण्ड पण्डित र पुजारीहरूले ती कन्याहरू हुर्केपछि उनीहरूलाई यौन सन्तुष्टिको साधन बनाए र भनिदिए–‘देउकन्याहरू’को विवाह भगवानसँग भएको छ, त्यसैले अरूसँग विवाह गर्न हुँदैन ।’ ‘धर्म’ नामको शब्द यस्तो ‘विष’ हो, जसको आडमा युगौंदेखि भइरहेका अन्याय, अत्याचार, शोषण र अपराधको विरुद्धमा कोही बोल्न सक्दैन । धर्मको खोलभित्र र बाहिर हुने अपराधलाई धर्मकै नाममा पखालिन्छ । ‘देउकी’ प्रथाभित्रको यौनशोषण र अपराध पनि धर्मकै आडमा गरिएको छ र त्यो अपराधलाई पखाल्न पनि धर्मकै ‘विष’ पिलाइदिए धर्मका ठेकेदारहरूले र भनिदिए, ‘देउकी’सँग सम्भोग गर्नाले सम्पूर्ण पाप नाश भएर जान्छ ।’ यसरी ‘पाप पखालिने’ विश्वासमा देउकीहरूलाई जोसुकैले पनि भोग्न पाउने ‘परम्परा’ बसेको सुदूर पश्चिममा अहिले कैयौंको संख्यामा यौनदासी रहेको र उनीहरूले कष्टपूर्ण र नारकीय जीवन बिताउन बाध्य भएको कुराले देशको मूल कानुनको खिल्ली उडाएको छ । धर्मको आडमा छोरीहरूलाई पण्डित, पुजारीहरूका यौनदासी बनाउने ‘परम्परा’का कारण भगवानको त्रास देखाएर मन्दिरमा चढाइएका कन्याहरूलाई सामूहिक भोग गर्न पाउने अधिकार सुनिश्चित गरिएको यो कुप्रथालाई राज्यको मूल कानुनले कागजमा मात्र प्रतिबन्ध लगाएको छ । तर व्यवहारमा भने अझै पनि गोप्य रूपमा गरिबका छोरीहरू किनेर मन्दिरमा चढाउने क्रम भने यथावत् नै छ । विश्वका प्राय: हरेक धर्मका ठेकेदारहरूले ‘धर्म’का नाममा ‘छोरी’हरूलाई मन्दिरमा चढाउने, उनीहरूलाई देवीको संज्ञा दिने अनि उनीहरूको यौनशोषण गर्ने गरेको इतिहास र त्यसको निरन्तरता भेटिन्छ । खासगरी शाक्त र तन्त्रशास्त्रले राजारूमहाराजा, पण्डित, पुजारी र कुलिनहरूको यौन सन्तुष्टिका लागि यौनलाई धर्मसँग जोडेको पाइन्छ । प्राचीन भारतमा प्रचलित ‘देवदासी’ परम्परा यसैको नमुना हो । देवदासी प्रथा अन्त्य गर्न भारतमा विभिन्न समयमा विभिन्न ऐन—कानुन बनाइए पनि पूर्णत: निर्मूल हुनसकेको छैन र अझै पनि भारतको कर्नाटक र आन्ध्र प्रदेशमा यो प्रथा कायमै छ भनिन्छ । नेपालको ‘देउकी’ पनि ‘देवदासी’कै निरन्तरता हो भनिन्छ । ‘देवदासी’ होस् वा ‘देउकी’, धार्मिक वेश्यावृत्ति अर्थात् कुलिन वर्गले धर्मको आडमा खुलेआम गर्ने यौनशोषण हो । धर्मको आडमा धूर्त पण्डितहरूले कसरी आफ्नो नि:शुल्क वेश्यागमनको अधिकारलाई सुनिश्चित गर्न सफल भएका छन् भन्ने कुरा पद्म पुराणको सृष्टि खण्ड अध्याय २३ मा उल्लिखित ‘प्रत्येक आइतबारका दिन वेश्याहरूले पुराण जान्ने पण्डितहरूलाई बोलाई बिनाशुल्क सम्भोग गर्न लगाए मृत्युपर्यन्त यस्ता वेश्याहरूले वैकुण्ठमा राज गर्न पाउँछन्’ भन्ने वाक्यले प्रस्ट पार्छ । यस्तै कथित पण्डित र पुजारीहरूको सोचले गर्दा नै समाजमा महिलामाथि अनेक प्रकारका शोषण र अत्याचारले निरन्तरता पाइरहेको छ । नेपालको शेर्पा समुदायमा प्रचलित ‘झुमा’ प्रथा पनि यौनशोषणकै अर्को रूप हो । शेर्पा समुदायमा माइली छोरीलाई गुम्बामा चढाइन्छ, जसले बिहे गर्न पाउँदिन, तर बच्चा जन्माउन सक्छे । लामाहरूले उसलाई भोग्न स्वतन्त्र हुन्छन् । धर्मकै नाममा काठमाडौं उपत्यकामा प्रचलित ‘कुमारी प्रथा’ले पनि बालिकाको स्वतन्त्र जीवनमाथि हमला गरेको छ । तर कुमारीहरूले भने देउकी वा झुमाजस्तो ‘भोग्या’ बन्नुपरेको सुनिंँदैन । उनीहरूको शिक्षादीक्षादेखि हरेक कुराको ख्याल राखिन्छ । यद्यपि ‘कुमारीले बिहे गर्नु हुँदैन, बिहे गरे लोग्ने मर्छ’ भन्ने मानसिकता रहेको र कुमारी भएकैले जीवनभर मानसिक तनावबाट मुक्त हुन नसकेका गुनासा पनि सुन्नमा आउँछन् । तैपनि कुमारी भएकाहरू पछि गएर बिहे गर्न र सम्मानपूर्वक जीवन जिउन स्वतन्त्र छन् । तर देउकीहरूको जिम्मेवारी न बेचेका अभिभावकले लिन चाहन्छन्, न किनेर चढाउनेहरूले नै लिएका हुन्छन् । देउकी त मन्दिरभित्रका यौनदासी बन्छन् नै, जीवन गुजाराका लागि वेश्यावृत्ति अपनाउन पनि बाध्य छन् । उनीहरूबाट जन्मेका सन्तानले अनागरिक भएर गुमनामको जीवन बाँचेका छन् । मन्दिरमा बलि दिइएका पशुहरू त एकपटक मर्छन्, तर देउकीको रूपमा पुजारी र पहुँचवालाहरूका यौनदासी बन्न विवश कैयौं महिला जीवनभर पटक—पटक मर्दै बाँचिरहेका छन्, आज पनि । उनीहरूले जन्माएका सन्तानहरूमा न बाबुको पहिचान छ, न नागरिकता नै । यदाकदा बिहे गरेर घरजम गरेका देउकीहरूले पनि नत आफ्नो पहिचान खोल्न सक्छन्, न सन्तानलाई तिनीहरूको बाबु चिनाइदिन सक्छन् । समाजले देउकीहरूलाई ‘देवी’ हैन, ‘देउकेनी’ अर्थात् कथित ‘चरित्र’सँग जोडेर हेर्ने गर्छ । सम्मान होइन, अपमान दिन्छ । सुरुका दिनमा एक रुपैयाँ तिरेर कन्या किन्ने र मन्दिरमा चढाउने गरिन्थ्यो रे, तर अहिले आएर कन्याको मूल्य सात लाखसम्म पुगेको वृत्तचित्रमा भनिएको छ । यसबाट के देखिन्छ भने सुदूर पश्चिममा धर्मका नाममा छोरी बेचेर कमाउने गरिन्छ वा गरिबीबाट मुक्तिका लागि छोरीलाई मन्दिरमा बेचेर यौनदासी बनाउनुलाई परम्पराको नाम दिइएको छ । त्यसो त पैसाका लागि अरबका खाडीमा वा मुम्बईका कोठीमा छोरी—बुहारी बेच्ने समाज र देउकी परम्परा बोकेको समाजमा फरक हुनसक्दैन । तर पनि राज्यले मुम्बई या खाडीमा छोरी—बुहारी बेच्नेलाई भेटेसम्म जेल हाल्छ, तर धर्मको नाममा छोरी बेच्ने कुकर्मीहरूलाई देखेको नदेख्यै गर्छ । धर्म, पहुँच, प्रतिष्ठा र पैसासँग जोडिएको हुनाले नै देउकीको रूपमा छोरीहरूलाई नारकीय जीवन बिताउन बाध्य पार्नेहरू अहिलेसम्म जेल गएको सुन्नमा आएको छैन । २०७२ को संविधानको भाग तीनमा मौलिक हक अन्तर्गत धारा २९ को उपधारा २ मा लेखिएको छ, ‘धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन ।’ तर कागजमा मात्र सीमित हुने यस्ता प्रतिबन्धले धार्मिक कुप्रथासँग जोडिएर महिलामाथि हुने शोषण अन्त्य गर्न भने सकेको देखिँदैन । पछिल्लो समयमा देउकीहरूलाई सरकारी तवरबाट सीपमूलक रोजगारीको अवसर दिने प्रयास पनि गरिए पनि नागरिकतामा बाबुको पहिचान खोजिने प्रावधानले गर्दा देउकीहरूका सन्तान अनागरिक बन्नुपर्ने अवस्था रहेकाले उच्चशिक्षा र रोजगारीको अवसरबाट बञ्चित भइरहेको गुनासोलाई राज्यले गम्भीरतापूर्वक लिएर उनीहरूलाई आम नागरिकसरह सम्मानपूर्ण जीवन बाँच्ने अवसर दिन जरुरी छ । देउकी प्रथा पनि मानव बेचबिखनकै एक रूप हो । धर्मको नाममा हुने यस्तो कलंकपूर्ण परम्परालाई कडाइका साथ प्रतिबन्ध लगाई यसलाई निरन्तरता दिनेहरूलाई दण्डित गरिनुपर्छ । http://kantipur.ekantipur.com/...
nozzs · May 31, 2016 5:54 AM
Continuing the TRADITION of violence across the world. It is important we don't DISCONTINUE our tradition. Logic 101: http://sajha.com/sajha/html/in... अष्ट्रेलियाका नेपालीमा बढ्दो घरेलु हिंसा - नारायण खडका, अष्ट्रेलिया जेष्ठ २१, २०७३- दुई महिनाअघि अष्ट्रेलियाका नेपालीहरुमा गरिएको सर्वेक्षणमा करिब २५ प्रतिशत नेपालीहरु घरेलु हिंसाको चपेटामा रहेको तथ्य सार्वजनिक गरिएको छ । तथ्य र आंकडा सहित सार्वजनिक गरिएको रिर्पाेट अनुसार घरेलु हिंसाको मारमा पर्ने महिलाहरु मात्र नभएर पुरुषको संख्या समेत उल्लेख्य रहेको छ । पछिल्लो समयमा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुमा घरेलु हिंसा बढिरहेको प्रसंगमा यहाँ रहेका सातैवटा राज्यहरुमा रहेका नेपालीहरुलाई समेटेर एक कार्यदल बनाएर सर्भेक्षण गरिएको थियो । बिभिन्न राज्यहरुबाट संकलन गरिएको सर्वेक्षणको नतिजालाई आधार मानेर उक्त रिर्पोट तयार पारिएको हो । मानसिक, सामाजिक, शारीरिक, यौन र आर्थिक हिंसालाई आधार मानेर संकलन गरिएको सर्वेक्षण रिर्पाेटमा महिलाहरुले करिब २५ प्रतिशत हिंसा ब्योहोरिरहेका छन भने पुरुषहरुले करिब १८ प्रतिशत हिंसा ब्योहोरिरहेका छन् । घरेलु हिंसा ब्योहोरिरहेका ६७ प्रतिशत महिलाहरु जोखिममा रहेका छन भने पुरुषहरुको संख्या ३३ प्रतिशत रहेको बताइएको छ । अष्ट्रेलियाको सिड्नी, मेलबर्न, बि्रसबन, पर्थ, एडिलेड, क्यानबेरा लगायतका शहरमा बसोबास गरिरहेका नेपालीहरुलाई सर्वेक्षणमा समावेश गरिएको थियो । एनआरएनले सामाजिक सरोकार अन्तरगत शुरु गरेको अष्ट्रेलियाका नेपाली समुदायमा घरेलु हिंसा कम गर्नका लागि आयोजित अभियान अन्तरगत यो सर्वेक्षण गरिएको थियो । रिर्पोटलाई सार्वजनिक गर्ने क्रममा कार्यक्रमकी संयोजक जानकी पौडेलले नेपाली समुदायमा घरेलु हिंसा डरलाग्दो रुपमा बढ्दै गएको र यसलाई नियन्त्रण गर्न आवश्यक भइसकेको बताएकी थिईन् । जम्मा २ सय ४१ जना नेपालीले सहभागिता जनाएको सर्वेक्षणमा २८ प्रतिशत महिलाले मानसिक यातना भोगेको रिर्पोट सार्वजनिक गरिएको छ भने सामाजिक, शारीरिक, आर्थिक र यौन बिषयमा क्रमश १९, १४, १७ र ७ प्रतिशत महिलाहरुले घरेलु हिंसा भोगेको देखाइएको छ । त्यसैगरि पुरुषहरुले सबैभन्दा धेरै आर्थिक हिंसा भोगेको देखाइएको छ । सहभागीहरुमध्ये २२ प्रतिशतले आर्थिक हिंसा भोगेका छन भने सामाजिक, मानसिक, यौन र शारिरिक शिर्षक अन्तरगत क्रमशः १५, २०, ६ र १३ प्रतिशतले घरेलु हिंसा भोगेको तथ्य सार्वजनिक गरिएको छ । 'सर्वेक्षणलाई बस्तुपरक र यर्थाथ बनाउनका लागि प्रश्नहरु समेत हामीले त्यस्तै बनाएको थियौं, कार्यक्रमलाई बिज्ञको रुपमा पर्यवेक्षणमा सघाइरहेका डा. जगदीश तिम्सिनाले कान्तिपुरसँग भने - अहिले हामीले दिएको रिर्पोटलाई मध्यनजर गरेर यसलाई रोकथामका लागि लागिएन भने यो अवस्था अझ भयावह हुनसक्छ ।' अष्ट्रेलिया सरकारको सन २०१२ को तथ्यांक अनुसार पनि ३३ प्रतिशत महिलाहरु घरेलु हिंसाको चपेटामा छन् । सर्वेक्षणमा यहाँ बसोबास गरिरहेका सानो संख्यामा नेपालीहरु समेटिएको भएपनि यो रिर्पाेटले ऐनाको रुपमा काम गर्ने पर्यवेक्षक डा. तिम्सिनाको विश्वास छ । कार्यदलले रिर्पोट सार्वजनिकसँगै यसलाई न्युनिकरण गर्नका लागि सुझाव समेत सम्बन्धित क्षेत्रलाई दिएको छ भने पीडितहरुलाई काउन्सिलिङ र आवश्यक अनुसार यहाँको सरकारी निकायहरुसम्म पहुँच समेत बनाइदिने गरेको छ । 'हामीले अहिले गर्नसक्ने भनेको सम्पर्कमा आउनुभएका पीडितहरुलाई सम्बन्धित निकायसम्म पुरयाइदिने र सकेको काउन्सिलिङ लगायतका सहयोग गर्ने हो ।' संयोजक पौडेलले भनिन- यसका लागि एनआरएन लगायतका सामाजिक संस्थाले जनचेतना जगाउने र सुचना प्रवाह गर्ने काम गर्नुपर्छ । प्रकाशित: जेष्ठ २१, २०७३ http://kantipur.ekantipur.com/...
metta · Jun 5, 2016 9:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion