Me and Frugality !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नाइ भन्न् नसक्नु एउटा कम्जोरी हो, मैले त्यसलाई लुकाउन  साइकल किनिन | मधेस नजिकैको सहरको बसाइमा छिमेकि देखि गाउलेहरुको  सेवामै समय र इनर्जी खेर जाला भनेर किनिएन | हरेक दिन कालेज जान ४०-४५ मिनट एकहोरो हिडियो , त्यो हिडाइमा साथ दिने मित्र पनि यतै छन | मेले बुनेको एउटा धागोमा कसैले कमेन्ट गरेका थिए : कहिलै कार चढेको भए थाहा हुन्थ्यो |  बिदेस छिरिए पछि बसाइ र काम को दुरी अनुसार बाहन को आबस्यकता हैन  किन्नु पर्ने बाध्यता हुदो रहेछ | यो पनि survival को एउटा अंग नै थियो | मेरा कोठे मित्रले Manual गाडि किनेका थिए अनि बेला बेलामा गोर्खे ब्रो  मेरो गाडी लैजाउ भन्थे , यदी साच्चै जान्ने भए सोध्ने थिएनन होला | यही कारणले (no sharing )  मैले पहिलो गाडी ( अलिकती सस्तो पनि पर्ने रहेछ ) र अहिले सम्म standard गाडीहरु मात्र किनेको र चलाएको छु |  अन्जान हुँदा का भोगाइ : एक दिन गाडीको क्लच माथि नै आउँदैन, नजिकैको PEPBOY मा लगेको मास्टर सिलिण्डर फेर्नु पर्छ रे १५० को इस्टिमेट पाए पछी मेरो टेम्प एजेन्सी मार्फत काम गर्नेलाई सोधे ? Bkare Fluid  थप्ने र Air bleed  गर्नु पर्छ भन्यो अनि म टवा परेर पछि तेस्ले भन्यो " man if you drive an used car,  you must learn something about the car  otherwise you will  end up paying more than you paid for it" . You need brake fluid , add brake fluid and do  10 clutch press and a full brake press for 10-20 minutes. You will regain it but very slowly.   एकै चोटिमा काम गरि हाल्यो | यो थियो मेरो कार बिषय संग को पहिलो चिनारी !  एक दिन Starterले काम गर्न छोड्यो :  ७० को starter फेर्न  ७० नै लाग्यो | कुनै  दिन AutoZone मा थिए,  एउटाको कार मेरै जस्तो चुईकियो मोडेल पनि एकै थियो  | कसरी फेर्दो रहेछ भनी हेरी बसे : बेट्री निकाले पछी मनग्य ठाउँ बन्यो  २ वटा नट खोल्यो नयाँ Starter राख्यो | हात पनि कालो नहुने जाबो १५ मिनटको काम रहेछ ! आजकालका होन्डामा चिहाउनु पनि सकिदैन ( Starter are placed under the Manifold) टोयोटामा चै सम्भब होला ?  श्रीमतीजी को कारले ग्यालानको १५ माइल पनि दिएन भने पछि :Mass air flow र Thortal Clean गरिदिए | आज भोलि YouTube ले गर्दा धेरै सजिलो भएको छ | Did as they suggested. कुराको सुरुवात यहा बात हुन्छ | पहिले पल्ट कुनै part  राम्ररि टाइट भएन छ, हावा लिक भएर  बढी आवाज आउने भयो | फेरी खोल खाल गरि टाइट गरे पछि ठिक भयो | तर श्रीमतीजीले हरेक पल्ट स्टप साइन कही रोक्नु पर्दा थर्थराएको आवाज निरन्तर आई रह्यो | कहाँ कतिखेर बिच बाटोमा गाडी बन्द होलाकी भन्ने भय जगाउदो रहेछ | मेकानिक कहा देखा भनि सकिन | चोक्टा खान गएकी बुढि झोलमा डुबेर मरि संग मिल्न गए जस्तो भएन ? शनिबार  कार-टकमा भनेको सुनेको : DY गराजमा ३ कुरा लेखिएका थिए रे | 1) Do not break any thing . 2) Do not loose any thing . 3) If you do not know what you are doing , then do not do it .  खासै जटिल काम पनि गरेको पनि हैन | मैले २ वटा क्ल्याम्प र ४ ओटा स्क्रु खोलेर सफा गरेको हुँ  | किन  हरेक स्टप साइनमा गाडी रोकेको बेला मात्र कही थथर्किएको आवाज आउछ ? ड्राइभर सिट बाट सुनिने आवाज भयाबय नै थियो |मैले एक दिन  एस्लाई काममा लिएर गए पछी एक कुरा थाहा पाए |  त्यो के हो भने  Drive शिफ्टमा  हुँदा मात्र थथर्किने रहेछ | घरमा फर्किए पछि एक चोटि आफैले नहेरी किन लैजानु मेकानिक का भनि हेर्न पुगे |  नट बोल्ट र वाईरिङ्ग जोड्न बिर्सिएको हो कि भनी एक एक गरी हेरे | हेर्नु के थियो : हेराइ मात्रै थियो | आफैलाई चित्त बुझाउन हेरी रहे | ति कल पुर्जा मेरा लागि काला अक्षर भैंसी बराबर थिए | मेरो आँखा  Mass Air Flow  संग जोडिएको प्लास्टिक को स्यानो बक्स मा गएर अड्किन्छ | तेस्लाई एक टक हेरी रहन्छु अनी मेरा हात तेस्लाई छुन लम्किन्छन, छुएको मात्र के थिए थर्किएको आवाज कम भएको महसुस गरे |  तेस्लाई चलाऊना साथ आवाज आउँन  छोड्यो | EUREKA ! त्यो प्लास्टिक बक्स गाडीको अरु पार्ट्स नजिक भएछ अनी जतीखेर रोकेर बसिन्छ गाडी थथर्किदा त्यो पनि सगै थथर्किदो रहेछ र गाडीको कुनै पार्टमा ठोक्किदाको आवाज रहेछ |  मन मनै भने लाटा ले पापा हेरे झैँ हेर्दा पनि कहिले काही उत्तर  पनि निक्लिदो रहेछ ? साथै  DYI को तेस्रो नियम सम्झीए |Whole two weeks my wife was torched  by the noise that made on each and every stop sign. Am I  changed from Survival to Frugal ? Last edited: 27-May-16 10:08 AM Last edited: 28-May-16 08:19 AM

Magorkhe1 · May 23, 2016 8:33 PM · 7,057 views

2 Replies

I love reading your posts. Please keep posting. I haven't seen this level of sincerity and authenticity anywhere online, forget Sajha. At first it was hard to understand your writings, I don't know if I have learned to decipher your scripts or you have improved - now it is a pleasure reading them. It won't be something astounding, an everyday mundane thing, but you have given me a reason to continue visiting Sajha. मेरो मधेसी मित्र, मगोर्खे, लेख्दै जानुस.

Kiddo · May 24, 2016 11:32 AM

कुनै बुहारीले भन्थिन रे मेरा बुढाले लेखेको आफै बुझ्दैनन् | म पनि तेही बर्गमा पर्छु | साहित्य कुन चराको नाम हो भन्नेमा म पनि एक हु | | मेरो बोल्ने र लेख्ने तरिका एउटै भएकाले २ ओटा कक्षामा ३० अंक भन्दा कम ल्याएको थिए | अंग्रेजी देखि ४ हात परै बस्छु कुनै बेला ESL कक्षा लिन जाउ भनि सकेका छन् अनि सरकारी स्कूलको र सामान्य बिद्यार्थीमा भएको मेरो लेख्ने सैलिले जनाउछ होला | दैनिक जिबनमा आईपर्ने अनि भोग्नु पर्ने वा भोगिएका कुरालाई साझामा राख्न खोजिएको प्रयासलाइ प्रोत्साहन गरिदिनु भएकोमा धन्यबाद ज्ञापन गर्दछु | मैले झन्डै धन्यबाद मै पूर्ण बिराम राखी सकेको थिए |

magorkhe1 · Aug 23, 2016 7:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all