#IamWithKpOli

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"9 कक्षा Fail...कुदायो Rail " Electric Bulb का आविष्कारक महान वैज्ञानिक Thomas Alva Edison लाई कुनैबेला उनका शिक्षकले 'Too Stupid To Learn Anything' भन्दै कक्षाबाट निकालेका थिए रे...दुईपटक सम्म जागिरबाट "Too Unproductive.." भन्दै फायर गरिएका उनको Stupidity र Productivity ले अन्ततः रातमा पनि संसारलाई झलमल्ल बनाईदियो । सायद उनले आकाशको सुर्य अनि धर्तिको जुनकीरीबाट सिके अनि त्यो सम्भव देखे । आज America ले प्रत्येक बर्ष केही पल बत्ती निभाउदै उनलाई सम्झिन्छ रे ! कल्पनामा रम्न खोज्ने मानवीय स्वभाव हो अनि त्यसलाई यथार्थमा बदल्ने मानवीय खुबी । सपना नदेखिंदा हुन् त सायदै यो विपना यति रंगिन हुन्थ्यो । ओलि काका तपाईका सपना पनि विपनालाई रङ्ग्याउने खालका छन् । एकदिन यो घुमाउरो भुमिमा लामा-छोटा Rail दौडिनेछन् । 10000 megawatt विद्युत हाम्रै नदिबाट उद्पादन हुनेछ ! अनी फेरी त्यो बिजुली बेची अझै 40000 megawatt बिजुली निकाल्नुपर्छ ! त्यो पैसाले Bullet Train कुदाउँला अनी आज तपाईलाई उडाउनेहरु 300Km/hr speed को Train चढी तपाईलाई भोट हाल्न आउनेछन् । चितवन र झापाको बालुवा चालेर सुनको भाउमा बेच्नुपर्छ । हाम्रै चुरे Range मा Petroleum र Natural Gas छ,त्यो निकाल्नुपर्छ अनी महाभारत Range को Metallic Minerals (Iron, Nickel, Cobalt) पनी उत्खनन गर्नुपर्छ ।Train हुँदै Minerals हरु आफ्नै पानीजहाजमा राखी तेस्रो मुलुकमा लगी बेचौंला । 6 बर्षदेखी QATAR को तातो बालुवामा पहेलो टोपी लगाई फलामको Rod बोकीरहेको दैलेखको श्यामे आमाले पकाएको गुन्द्रुक खाई ढाका टोपिमा सजिएर आफ्नै माटोमा IRON खन्नेछ । रामे Train को Driver हुनेछ अनी बिर्खे पानीजहाजको CAPTAIN ! त्यो दिन नेपालीले DV मा भन्दा बढी CV मा विश्वास गर्नेछन् अनी बुद्धको देशले सगरमाथाको उचाई चुम्नेछ । टाढा होला तर असम्भव छैन । तपाईको सपनालाई नउडाउने म छु, उ छ, हामी छौं.....त्यसैले अघी बड्नुस ओली काका ! ‪#‎IamWithKpOli‬ Credit: ‪#‎BhuwanRajUpreti‬ #memenepal

instagram · May 19, 2016 10:56 AM · 2,928 views

1 Reply

NEW COMEDIAN "KP OLI"....machhe ramailo, kaam ZERO...still better than aru bhatuwaa...not a panacea to Nepal's condition though....

collegefootballrocks · May 19, 2016 11:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all