बुडो आखिर बहुला रैछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, ६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षपछि नेपालले भारतबाट इन्धन ल्याउन नपर्ने बताएका छन् । उनले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भर हुने बाटोमा सरकार अघि बढेको भन्दै भारतबाट तेल ल्याउन नपर्ने बताए । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले लामो समय दक्षिणी छिमेकी भारतको तेल प्रयोग गरेको र उत्तरी छिमेकी चीनको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए । नवलपरासी जिल्लामा वार्षिक रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको ओलीको भनाई थियो । मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे । अस्तीसम्म सहेर बसेको... के के बक्दै थिए.. मनमनै भने ल ल मनको लद्दु घिऊसँग खाऊ बुढो । अब त अति भो.. के यसलाइ यति पनि थाहा छैन कि पेट्रोल जमीनबाट निक्लदैमा प्रयोग गर्न मिल्ने होइन तेसको लागि रिफानरी बनाउनु पर्छ... जाबो नाथे २०० मिटरको पुल बनाउन १२ बर्ष लाग्ने नेपालमा रिफानरी बनाउन कति लाग्ला हाहाहा ..के रिफाइन गर्न फेेरी भारत चीन पठाउने? फेरी जमिनबाट पाउने पनि कैले कैले..तर बुढो बोलीरहेछ लाइक यसको चाकमा पेट्रोल खोज्ने राडार छ.. अर्को बिश्वमा फलाम कौडीको भाउमा बिक्छ, स्टीलको भाउ दिनहु घटदै छ .. बुढो १० अर्ब तेतिकै फल्ने कुरो गर्छ .. नेपालको भाग्यमा हावादारीकै बोलबाला...सिलटुमुर खाउ बुढो बिफोर वी गो क्रेजी.. खला कि मखुला ?

controversial · May 19, 2016 5:56 AM · 4,699 views

1 Reply

गुल्लाडे हरु नया नया कुरा जनतालाई दिएर झाक्री बन्दै छन् | १० बर्समा सिंगापुर बनाइ दिए के के दिने हुन् सुन्दै जाउ : न पचे लेख्दै जाउ | कुनै दिन म गभाबती भए : घुतुमुने छोरो दिन्छु भन्दा यो गोंज ले ?

magorkhe1 · May 19, 2016 12:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all